होबार्ट

होबार्ट (/ˈhoʊbɑːrt/) अस्ट्रेलियाको टापु राज्य तस्मानियाको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। लगभग आधा तस्मानियालीहरूको घर भएको यो स्थान सबैभन्दा कम जनसङ्ख्या भएको अस्ट्रेलियाली राज्यको राजधानी सहर हो। क्षेत्रफलको आधारमा डार्विन, उत्तरी क्षेत्रपछि यो दोस्रो सबैभन्दा सानो सहर हो। होबार्ट तस्मानियाको दक्षिण-पूर्वमा डरवेन्ट नदीको मुहानमा अवस्थित छ, जसले यसलाई अस्ट्रेलियाको राजधानी सहरहरूमध्येको सबैभन्दा दक्षिणी राजधानी सहर बनाउँछ। होबार्टको सबैभन्दा उच्च स्थान १,२७१ मिटर (४,१७० फिट) अग्लो माउन्ट वेलिङ्गटन रहेको छ भने यसको बन्दरगाहले विश्वको दोस्रो गहिरो प्राकृतिक बन्दरगाह बनाउँछ। सहरको धेरै जसो तटहरू पुन: दावी गरिएको भूमि मिलेर बनेको छ। यस सहरलाई समेट्ने पाँच स्थानीय सरकारी क्षेत्रहरू मध्ये एक होबार्ट सहरबाट अलग गर्नको लागि महानगरीय क्षेत्रलाई प्रायः ग्रेटर होबार्ट भन्ने गरिन्छ। यो नगरमा प्रायः हल्का समुद्री मौसम हुने गर्छ।

होबार्ट
निपालुना
तस्मानिया
होबार्ट
होबार्ट सिटी सेन्टर
होबार्ट is located in अस्ट्रेलिया
होबार्ट
होबार्ट
निर्देशाङ्क४२°५२′५०″द॰ १४७°१९′३०″पू॰ / ४२.८८०५६°S १४७.३२५००°E / -42.88056; 147.32500 १४७°१९′३०″पू॰ / ४२.८८०५६°S १४७.३२५००°E / -42.88056; 147.32500
जनसङ्ख्या२४७,०६८ (सन् २०२१) (११औँ)
 • जनघनत्व१४५.७/किमी (३७७/वर्ग माइल) (सन् २०२१)
स्थापना२० फेब्रुअरी १८०४ (1804-02-20)
उचाइ१७ मी (५६ फिट)
क्षेत्रफल१,६९५.५ किमी (६५४.६ वर्ग माइल) (महानगर)
समय क्षेत्रएइएसटी (युटिसी+१०)
 • ग्रीष्म (डिएसटी)एइडिटी राज्य: तस्मनिया (युटिसी+११)
स्थान
  • हुअनभेलीबाट ३८ किमी (२४ माइल)
  • स्वान्जीबाट १३४ किमी (८३ माइल)
  • लन्सेसटनबाट १९८ किमी (१२३ माइल)
  • क्विन्सटाउनबाट २४८ किमी (१५४ माइल)
  • बुर्नीबाट २९७ किमी (१८५ माइल)
राज्य निर्वाचन क्षेत्र(हरू)कालर्क, फ्र्याङ्क्लिन
सङ्घीय विभाग(हरू)क्लार्क, फ्र्याङ्क्लिन
औषत अधिकतम तापक्रम औषत न्यूनतम तापक्रम वार्षिक वर्षा
१७.६ °से
६४ °फे
९.० °से
४८ °फे
५६५.३ मिमी
२२.३ इन्च

यो सहरलाई स्थानीय मोहेनेनर मानिसहरूले निपलुना भनेर चिन्ने गरेका थिए। ब्रिटिस बसोबास हुनुभन्दा पहिले, यो भूमि सम्भवतः ३५,००० वर्षसम्म अर्ध-पुन्हा घुमन्ते मोहेनेनर मानिसहरू, नुएनोनको उप-समूह, वा "दक्षिण-पूर्व जनजाति"द्वारा कब्जा गरिएको थियो।

वर्तमान समयमा होबार्ट तस्मानियाको वित्तीय र प्रशासनिक केन्द्र हो। सन् २०११-१२ मा अस्ट्रेलिया र फ्रान्सेली अन्टार्कटिक अपरेसनहरूको लागि गृह बन्दरगाहको रूपमा सेवा गर्दै यो सहरमा ११ लाख ९२ हजार पर्यटकहरूले भ्रमण गरेका थिए। अस्ट्रेलियाको प्रसिद्ध आकर्षक स्थलहरूमा यसको दोषी-युग वास्तुकला, सलामान्का बजार र दक्षिणी गोलार्धको सबैभन्दा ठूलो निजी सङ्ग्रहालय म्युजियम अफ ओल्ड एन्ड न्यु आर्ट समेत समावेश छ।

इतिहास

होबार्ट 
जोन ग्लोभरको सन् १८३४ मा कङ्गारु प्वाइन्टबाट माउन्ट वेलिङ्गटन र होबार्ट सहरको चित्रमा अग्रभूमिमा आदिवासी तस्मानियालीहरू नाचिरहेको चित्रण गरिएको छ।

पहिलो युरोपेली बस्ती सन् १८०३ मा डरवेन्ट नदीको पूर्वी किनारमा रिसडन कोभमा सैन्य शिविरको रूपमा सुरु भएको थियो। सन् १८०४ मा पोर्ट फिलिप बस्तीमा बसोबास गरिरहेका परित्याग गरिएका सेनाहरू, स्थायी बासिन्दा र दोषीहरूसँगै रिसडन कोभमा रहेको शिविरलाई क्याप्टेन डेभिड कोलिन्सले सुलिभान्स कोभमा रहेको होबार्टको हालको ठाउँ अर्थात् राम्रो स्थानमा सारेका थिए। यो सहरलाई सुरुमा होबार्ट टाउन वा होबार्टन भन्ने गरिन्थ्यो। यो सहरलाई युद्ध र उपनिवेशहरूका लागि बेलायती राज्य सचिव लर्ड होबार्टको नामबाट नामाकरण गरिएको थियो।

भगिनी सहरहरू

  • होबार्ट  याइजु, सिजुओका परफेक्जर, जापान (सन् १९७७)

सन्दर्भ सामग्रीहरू

Tags:

अस्ट्रेलियाडार्विनतस्मानियामद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

मानव विकास चरणटिकटकविकिपिडियानेपालको एकीकरणसदर चिडियाखाना, नेपाललागु पदार्थबारा जिल्लाराणा शासनदलितजनसाङ्ख्यिकीय लाभांशनेपालको संविधान २०७२ मा बालबालिकाको हकशम्भुप्रसाद ढुङ्गेलन्यायिक समितिदर्शनफिफावडा कार्यालय (नेपाल)वीरेन्द्रनगर नगरपालिकानेपालमा धर्मरामानन्द विश्वश्चर महेन्द्र क्याम्पसमहिला विरुद्धका हिंसासूचनाविद्युतीय अपराधनेपालका उपत्यकाहरूकुखुरा पालनओजोन तहसार्वभौमसत्ताअध्यक्षसंयुक्त राष्ट्रसङ्घका महासचिवसरकारी बजेटस्वयम्भूनाथसङ्गठनयौन स्पर्शफेसबुकनालन्दा विश्वविद्यालयमहासागरनवदुर्गादिनेश अधिकारीरानीमहलमदन पुरस्कारनेपालका अञ्चलहरूबालीसंविधानकास्की जिल्लाभारत-चीन युद्धइलाम जिल्लासुवर्णेश्वर महादेव, भक्तपुरगोरखापत्रचन्द्र शमशेर जङ्गबहादुर राणाबर्तमानसर्लाही जिल्लाशरणार्थीकाँक्रे विहारअन्तर्वार्तादशरथ चन्दनेपालका राष्ट्रिय निकुञ्जहरूनयाँ वर्षइसाई धर्ममनोविज्ञानअनलाइन पत्रिकापाकिस्तान सरकारप्रदेश सभा (नेपाल)कोलोम्बिया राष्ट्रिय फुटबल टोलीप्रशान्त महासागरराजेन्द्र महतोगौतम बुद्धनेपालको प्रधानन्यायाधीशमाल्दिभ्सइन्टरनेटसामाजिक विज्ञानयुनेस्कोमोतीराम भट्टविवाहयार्चागुम्बाउत्तर अमेरिकानेपालको निसानछापकरिम बेन्जेमाराराताल🡆 More