राजापुर नगरपालिका

राजापुर भेरी अञ्चलको बर्दिया जिल्लामा अवस्थित नगरपालिका हो । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा राजापुर, दौलतपुर र भिम्मापुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा राजापुर पनि नगरपालिका बनेको हो।

राजापुर नगरपालिका
देशराजापुर नगरपालिका नेपाल
विकास क्षेत्रमध्य-पश्चिमाञ्चल
अञ्चलभेरी अञ्चल
जिल्लाबर्दिया जिल्ला
जनसङ्ख्या
 (२००१)
 • जम्मा९५४५
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
Postal code
२१८००
क्षेत्रीय सङ्केत०८४
वेबसाइटwww.rajapurmun.gov.np

मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन् ।

राजापुर नगरपालिकाका धार्मिक तथा पर्यटकीय स्थलहरू

बर्दिया जिल्ला प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा आफैँमा सुन्दर र मनोरम पर्यटकीय क्षेत्र हो ।  राष्ट्रिय निकुञ्ज भित्र वन्यजन्तु प्रति चासो राख्नेहरूका लागि पनि एक अनुपम गन्तव्य हो बर्दिया। जिल्लामा रहेका थुप्रै पर्यटकीय गन्तव्यहरु मध्ये पनि राजापुर नगरपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु आफैँमा सुन्दर र मनोरम रहेका छन् । यस नगरपालिका भित्र थारु रहनसहनदेखि प्राकृतिक सौन्दर्यले सजिएको सुन्दर र मनोरम दृश्य, कृषि क्षेत्रले भरिएको समथल फाट, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायत थुप्रै पर्यटकलाई आकर्षण गर्ने क्षेत्र रहेका छन्। यस नगरपालिकामा स्वदेशी तथा विदेशी पर्यटकहरुले छुटाउन नहुने मध्यको एक गन्तव्य हो कर्णाली नदीको गेरुवा घाटमा बनेको नेपालकै लामो पुल, जसको लम्बाइ १ हजार १५ मिटर छ । धार्मिक आस्थाको मुख्य केन्द्रका रूपमा परिचित गणेश मन्दिर यस क्षेत्रको मुख्य धार्मिक शक्तिपिठ हो । गणेशको दर्शन गर्दा मनमा आनन्द आउनुका साथै मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । हरेक मंगलवार र माघ महिनामा ठूलो घुइचाेका साथ यस गणेश मन्दिरको दर्शन गर्न मानीसहरु विभिन्न जिल्लाबाट आउने गरेको पाइन्छ ।यस्तै यस नगरको अर्को पर्यटकीय स्थल हो हुलाकि राजमार्ग अन्तर्गत बर्दिया र कैलालीको सिमानामा रहेको सत्तीघाट कर्णाली पुल रहेको छ । यस पुलबाट बिश्वमै लोपउन्मुख माछा डलफिन खेलिरहेको सजिलै देख्न सकिन्छ । यसका अलवा कर्णाली नदीमा जलयात्रा, मानव निर्मित अर्नहुवाताल, सोनाहा र थारुजातीको सयुक्त संग्रहालय, वडा नम्बर १ मा रहेको नमुना गाउँ, अजिङ्गरको बासस्थान आदी विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्न सकिन्छ ।

यो पनि हेर्नुहोस्



सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

राजापुर नगरपालिका का धार्मिक तथा पर्यटकीय स्थलहरूराजापुर नगरपालिका यो पनि हेर्नुहोस्राजापुर नगरपालिका सन्दर्भ सामग्रीहरूराजापुर नगरपालिका बाह्य कडीहरूराजापुर नगरपालिकानगरपालिकाबर्दिया जिल्लाभेरी अञ्चल

🔥 Trending searches on Wiki नेपाली:

रोगप्रशान्त महासागरनेपालको उपराष्ट्रपतिलुम्बिनीकोशी प्रदेश सभानेपालको परराष्ट्र सम्बन्धपृथ्वीनारायण शाहहाट बजारसर्पक्षेत्रफलमाछापुच्छ्रे हिमालएथेन्सस्टिफन हकिङभुटानत्रिभुवन विश्वविद्यालयनेपाल एकिकरण अभियानका लडाँइहरूशिरीषको फूलअल्गोरिदमउपभोक्ताआम निर्वाचन २०४८घरेलु हिंसाज्योतिषसार्वजनिक वित्तउदारवादनिबन्धजनसांख्यिकीय लाभांशपञ्चायती व्यवस्थासती प्रथामार्क्सवाद-लेनिनवादअङ्ग्रेजी भाषानेपालका प्रदेशहरूऋतुनगरपालिकाजयपृथ्वीबहादुर सिंहनेपाल प्रजा परिषद्अन्तिम संस्कारताप्लेजुङ जिल्लाछन्दमानव अधिकार दिवसप्रथम राष्ट्रिय जनगणना १९६८कैलाली जिल्लाहोलीसामाजिक सञ्जालसरुवा रोगभारतथारू जातिकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीपृथ्वीमहाभारतसामन्तवादकोरियाली भाषावर्ण विन्यासकालापानीप्रेमगीत ३लोकगीतनर्वेन्यायचाँगुनारायण मन्दिरहरितगृह प्रभावनेपालका प्रधान सेनापतिहरूराष्ट्रिय सभा (नेपाल)बैतडी जिल्लानेपालका जिल्लाहरूविश्वका अग्ला हिमालहरूगिरिजाप्रसाद कोइरालापशुपति क्षेत्र विकास कोषकोदोअनुसन्धानयुट्युबयार्सा गुम्बाकथानकपहिलो विश्वयुद्धमहावीर पुन🡆 More