बलि राजा

पौराणीक कथा

बलि राजा
वामनले आफ्नो अन्तिम पाउ बलि राजाको शिरमा राखेर ग्रहण गर्दै उनलाई पाताल. सुतलमा पठाए

महाबलि वा  बलि राजा, प्राचीन हिन्दु मिथक पौराणिक कथा अनुसार एक दानवीर असुर राजा थिए ।  राजा बलि हिरण्यकशिपुका पनाति , प्रह्लादका नाति र विरोचनका पुत्र थिए  ।हिरण्यकशिपुलाई मारे पछि भक्त प्रह्लादलाई भगवान बिष्णुले अब यो कुलमा जन्मेको मानिसको संहार गर्ने छैन भन्ने वाचा दिनु भएको थियो ।

अश्वमेघ यज्ञ  समापन गरिरकेको बेलामा, वामन रूप मा ब्राह्मण वेशधारी विष्णु उपस्थित भए । वामनलाई देखेर राजा बलिले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यै वाचा गर्न आग्रह गरे। तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे। यो सुनेर राजा बलिले अहंकारका साथ भने "म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्न लागे तब गुरु शुक्राचार्यजीले यी वामन सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। तर बलीले मानेनन् , तैपनि आफ्नो शिष्यको हितगर्ने ठानेर उनी संकल्प गर्ने कलशको मुखमा गएर बसिदिए जसले गर्दा कलशबाट पानी खसेन । पानी नखसेपछि बलीले कुशको टुक्राले कलशको मुख घोच्दा शुक्राचार्यको आँखा फुट्यो । संकल्प गरिसके पछि राजा बलिले वामनलाई जमीन नाप्ऩ लगाए। वामनले तीन पाउँ जमिन / भुमि दान मागे र संकल्प पूरा हुने बित्तिकै विशाल रूप धारण गरेर  प्रथम दुई पाउँले पृथ्वी र स्वर्ग ओगटे। बाँकी दानको लागि बलिले आफ्नो शिरको नाप दिए ।   भगवानले बलिलाई पाताल लोकमा केहि समय बस्न लगाए  । बलिको भक्ति र उदारता देखेर वामन ले उनलाई मनु को समयमा इन्द्र हुने बरदान दिए ।

बलि उदार, परोपकारी, दयालु र दानवीर राजा थिए । उनको शासनको समयलाई एक समृद्ध र खुसियालीको युग मानिन्थ्यो । वास्तवमा उनको यहि सफलताले देवताहरु उनी देखि चिन्तित हुन् थाले र वामन अवतारको सहयोगबाट उनको पतन गराए ।  आफ्नो मृत्युको विषयबाट चिन्तित रहेका आफ्ना प्रजाहरूको मन् शान्त पार्न, उनलाई प्रत्येक वर्ष दिपावली पर्व मा एक पटक पृथ्वीमा फर्कने अनुमति दिइएको थियो ।

यो पनि हेर्नु होस्

सन्दर्भ

पुर्वाधिकारी
विरोचन
दैत्य
अज्ञात
उत्तराधिकारी
वाणासुर

Tags:

🔥 Trending searches on Wiki नेपाली:

पहिलो विश्वयुद्धकार्यपालिकातनहुँ जिल्लामेलम्ची खानेपानी आयोजनानिक्षेपपोखरेलऔद्योगिक क्रान्तिरणबहादुर शाहरारातालसुगौली सन्धिसिन्दुरे जात्रा (नुवाकोट)प्रदेश प्रमुख (नेपाल)उत्प्रेषणमानव विकास चरणआत्रेय गोत्रजाभाहजरत अलीलोक सभावडा कार्यालय (नेपाल)औलोराशि-चक्रवाच्य (व्याकरण)बालेन शाहवीरेन्द्र सैनिक अस्पतालक्रोकस सिटी हलमा आक्रमणबसिर अहमदविश्व बैङ्कबझाङ १ (निर्वाचन क्षेत्र)बेरोजगारीयोगमाया न्यौपानेखस ब्राह्मणनेपाली सेना पृतना प्रधान कार्यालयनेपालको जनआन्दोलन २०६३कर्णाली नदीभाषागर्भपतनगण्डकी प्रदेशगिरिजाप्रसाद कोइरालाजैविक विविधतामाटोचौबिसी राज्यहरूनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)श्रेष्ठविद्यार्थीकागेश्वरी मनोहरा नगरपालिकायार्चागुम्बाचेकप्रजनन स्वास्थ्यपारिजात (साहित्यकार)शुक्रराज शास्त्रीकार्कीसिप्लिगानचाणक्यदुर्गानन्द झादाङ जिल्लावर्ण विन्यासराजेन्द्र वीरविक्रम शाहबाल विवाहलम्कीचुहा नगरपालिकाउदयपुर जिल्लाअफ्रिकायुरोपेली सङ्घशिक्षण विधिकाठमाडौँमात्राअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालशेरबहादुर देउवाऊर्जायुगविकिपिडियामहिषपाल वंशमहाभारतबङ्गाली भाषाबहुदलीय प्रणाली🡆 More