थारू संस्कृति

नेपालमा बसोबास गर्ने एक प्रमुख जाति थारू जातिको आफ्नै सांस्कृतिक पहिचान रहेको छ।

थारू जाति देशका विभिन्न ठाउँमा छरिएर रहेका छन्। त्यसैले ठाउँ अनुसार उनीहरूको संस्कृतिमा केही भिन्नता पाइन्छ।

पर्सा जिल्लाका थारू जातिको संस्कृति

थारुजाती लाई नेपालको आदिवासी भनेर चिनिन्छ| जसअनुसार यस पर्सा जिल्लामा कुल जनसङ्ख्याको आधारमा विश्लेषण गर्दा करिब ४०% को हाराहारीमा थारुहरूको बसोबास छ| पूर्वमा त्रिभुवन राजपथ र उत्तरमा सुर्य हिम्श्रीन्खला (चुरे पर्वत) र पश्चिममा ओरिया खोला भारतको पश्चिमी चम्पारण जिल्लासँग जोडिएको सिमानामा थारुको बसोबास छ|

भाषा

थारुहरूले बोल्ने मुख्य भाषालाई थारु भाषा भनिन्छ|

धार्मिक स्थल

यस जिल्लाको धार्मिक स्थलमा राम्भौरी भट्टाअन्तर्गत धुधेश्वोर महादेव मन्दिर छ भने सेढवा गाबिस अन्तर्गत जिरा भवानीको मन्दिर छ | सोमा थारुहरूको अधिकांस धार्मिक आस्था रहेको देखिन्छ|

पहिरन

पहिरनको हिसाबले भन्नुपर्दा थारुहरूले लगाउने भेषभुषामा, लोग्ने मान्छेले लागाउनेमा मर्दानी (धोति) र कमिज, महिलाहरूले लगाउनेमा साडी र आहिलेको बदलिदो परिस्थिति आनुसार हालको समयमा केटाकेटिहरूले लगाउने पोसाकमा प्यान्ट, सर्ट र कुर्ता सुरुवाल हुन्|

गरगहना

गरगहनामा महिलाले लगाउने नाथिया, माँगटिका, हसुली, डरकस, पाउजु, चंद्रहार आदि हुन्|

चाडपर्व

माघमा मानिने माघे पर्व थारुहरूको महत्त्वपूर्ण पर्व हो| यसदिनलाई नयाँवर्षको रूपमा मनाइन्छ भने आन्या पर्वहरु मनाउनेमा चैत्र महिनामा मनाइने पर्व घाटो (गौर पर्व) , झम्टा त्यस्तै झिझिया, फागु, छठ र तिहार पनि हुन्|

थारू संस्कृति 
माघी मनाउदै
थारू संस्कृति 
माघी पर्व मनाइदै

==खाना==थारुहरूको शाही खानालाई घोङ्गइ भनिन्छ| त्यस्तै गंगटो, माछा र पिठा (ढिक्रि,फुलौरी,खँरिया) पनि प्रमुख खानाहरुका रुपना मानिने गरिन्छ।

थारू संस्कृति 
घोङ्गइ

छठीयार(birth rituals)

संकृति आनुसार हेर्नुपर्दा यस समुदायमा जन्मिने बच्चाहरूको ६ दिनपछि मानिने पर्वलाई छठीयार भनिन्छ।

बैवाहिक सम्बन्धक

पुरानो रिती आनुसार स-सानामा बिवाह गर्ने चलन थियो तर हाल आएर नयाँ रिति आनुसार २० वर्ष उमेर पुगेपछि मात्र बिवाह गर्ने भान्ने थारु कल्याण कार्यालयले नियम बनाएको छ|

पेशा

थारु हरूको मुख्य पेशामा कृषिलाई बढी मानिने गरिन्छ| कृषिको साथै हाते बुनाई (जस्तै स्वेटर, टोपी, मोजा, ढकीया आदि ) लाई संस्कृतिक पेसाको रूपमा लिइन्छ भने माछा पालन परम्परागत पेशा हो । तर हालायेरा थारु जातीका मानिसहरु औध्योगिक पेशातिर आकर्षित भएको देखिन्छ| साथ साथै हस्तकलालाई जिबिकोपार्जनको रूपमा पनि विकसित हुने क्रम जारी छ।

थारू संस्कृति 
थारु हस्तकला

थारु कल्याण कार्यालय

थारु सामाजलाई आगाडी बधाउन प्रोत्साहन गर्ने क्रममा थारु कल्याण कार्यालय नामक संस्थाको स्थापना पनि गरिएको छ|


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

थारू संस्कृति पर्सा जिल्लाका थारू जातिको संस्कृतिथारू संस्कृति भाषाथारू संस्कृति धार्मिक स्थलथारू संस्कृति पहिरनथारू संस्कृति गरगहनाथारू संस्कृति चाडपर्वथारू संस्कृति छठीयार(birth rituals)थारू संस्कृति बैवाहिक सम्बन्धकथारू संस्कृति पेशाथारू संस्कृति थारु कल्याण कार्यालयथारू संस्कृति सन्दर्भ सामग्रीहरूथारू संस्कृति बाह्य कडीहरूथारू संस्कृतिथारू जाति

🔥 Trending searches on Wiki नेपाली:

नेपालको राष्ट्रपतिअनलाइन खबरबालकृष्ण समठकुरीरस (काव्य शास्त्र)विद्युतीय अपराधअधिकारपृच्छाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालग्रीष्म ऋतुधरहराजीव विज्ञाननेपालको मन्त्रिपरिषद्लेखा प्रणालीलिच्छवि राज्यअर्थशास्त्रस्वर्णिम वाग्लेभियतनामभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूनेपालका उपत्यकाहरूदादुरानिबन्धश्वेता खड्कावराहक्षेत्रसार्वभौमसत्तानेवारी भाषागायत्री मन्त्रजनमत सङ्ग्रह, २०३७राउटे जातिदलितसामाजिक न्यायज्योतिषघोडाघोडी तालमहानगरपालिकाआमा (वि.सं. २०२१ चलचित्र)लोकगीतधनगढी उपमहानगरपालिकानेपालका सर्वोच्च आठ हिमालपोखरा महानगरपालिकाशिक्षण विधिनेपालका राजाहरूको सूचीहिन्दु पञ्चाङ्गसिन्धुपाल्चोक जिल्लापिनासतिहारपूँजीवादप्राथमिक उपचारसमाजकाठमाडौँवर्गसामाजिक विज्ञानकाभ्रेपलान्चोक जिल्लासप्तकोशी नदीउत्प्रेषणलोक सेवा आयोग (नेपाल)नेपालको जनआन्दोलन २०४६बाइबलआउँसामन्तवादनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)आँखाखस जातिक्षेत्रीवैशाखसमासफौजदारी कानुनपहाडी प्रदेश (नेपाल)औलोच्याटजिपिटीवेब्याक मेसिनपशु पालनआमानेपालमा बोलिने भाषाहरूसङ्खुवासभा जिल्लाकोशी प्रदेशको मुख्यमन्त्रीनिम्न माध्यमिक विद्यालयव्यवस्थापन सूचना प्रणालीदरबार हत्याकाण्ड🡆 More