थान्का: नेपाली चित्रकला

थान्का नेपालका तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला हो। यो नेपाली हस्तकलाको विविध विधा मध्ये एक मौलिक कला हो। यो चित्रकला नेवार जातिहरू परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ। यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ। सूती कपडालाई काठको फ्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ। सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ। यो क्रम धेरै पटक दोहोर्‍याएपछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ। थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ। यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ। यो एक प्रकारको चित्र लेखन भए तापनि सामान्य चित्र लेखनभन्दा यो फरक रहेको छ।

थान्का: नेपाली चित्रकला
थान्का: नेपाली चित्रकला

थाङ्का बौद्ध दर्शनका आधारित एउटा विशिष्ट कला हो। जतिखेर बुद्ध धर्मको प्रचार हुँदै थियो, त्यसबेला पढेलेखेका मानिस कम थिए। चित्रबाट सजिलै धर्मशास्त्रको ज्ञान दिलाउन पाँचौं शताब्दीमा यो चित्रकलाको विकास भएको थियो भन्ने धारणा रहि आएको छ | त्यसबेलाको नालन्दा विश्वविद्यालय -हाल भारतको पटना)मा यो विषयको अध्यापन हुन्थ्यो। तिब्बत, नेपाल तथा भारतका बौद्ध गुरूहरू यसको शिक्षा लिन त्यहाँ जान्थे। पछि तिब्बतको राजनीतिक परिवर्तनपछि त्यहाँका खाइबाहरू पलायन भए। उनीहरूको उद्देश्य फेरियो। उमेरका कारण उनीहरू चित्र कोर्न नसक्ने भए। उनीहरूका चेला-चेलीले त्यो दर्शन पूर्ण रूपमा टिप्न सकेनन्। आधुनिक शिक्षाका कारण भारतमा पनि यो कलाको अध्यापन रोकियो, तर नेपालका गुम्बामा भने यो शिक्षा फैलिँदै गयो। त्यसैले विश्वमा जति पनि थाङ्का बिक्री-वितरण हुन्छन्, तीमध्ये ९५ प्रतिशत थाङ्का नेपाली हुन्छन्।

नेपालको राजकुमारी भृकुटीको तिव्वती राजा स्रङचन गम्पो सँग विवाह भए पछि यो कला तिव्वतमा प्रवेश पाएको विश्वाश गरिन्छ | यो कला नेपालीको हातमा मात्र भएकाले यो नेपाली कला हो, तिब्बती होइन। हाल वजारमा पाईने थान्कामा नेपाली पौभा चित्रको प्रभाव रहेको छ |

यो पनि हेर्नुहोस‍

सन्दर्भ सामग्रीहरू

Tags:

गुरुङ जातितामाङ जातिनेवार जातिपौभाशेर्पा जाति

🔥 Trending searches on Wiki नेपाली:

दोस्रो विश्व युद्धपाँचतले मन्दिरहरिभक्त कटुवालऔद्योगिक क्रान्तिकटारी नगरपालिकानारायणहिटी दरबार सङ्ग्रहालयशुक्रराज शास्त्रीसुदूरपश्चिम प्रदेशडढेलोनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामन्त्रजैविक विविधतानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपाल कानुन आयोगकृष्ण मन्दिरमहिनावारीकौशिक गोत्रराई जातितनहुँ जिल्लाहात्तीबौद्धनाथमहात्मा गान्धीगाउँ सभावासलातपृथ्वीआउँरामप्रसाद ज्ञवालीकृषि विकास बैंकइजोरिया (उपन्यास)ढुङ्गे युगसुशान्त केसीमाझी जातिप्रदेश प्रमुख (नेपाल)नगरपालिकाअगमसिंह गिरीकम्पनीनेपालका अञ्चलहरूकास्की जिल्लाछुवाछुतस्याङ्जा जिल्लाअनुसन्धान प्रस्तावनेपालमा महिला अधिकारविनोद चौधरीसंस्कृतदमकलनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लासगरमाथातोलीदेवलनेपालका राष्ट्रिय विभूतिहरूदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनबहादुर शाहदादुराखाद्य सुरक्षासामाजिक सुरक्षा कोषजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीमहाभारत पर्वत शृङ्खलागणतन्त्रबसाइँ सराईमलेसियानेपाल सशस्त्र प्रहरी बलविज्ञानस्नातक तहउचाङसंविधान सभा निर्वाचन २०७०पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीप्रतिनिधि सभा निर्वाचन, २०७४पाञ्चायन देवतासेप्टेम्बर ११ को हमलाबज्रयोगिनी मन्दिरमाछाक्रोकस सिटी हलमा आक्रमणमगर भाषाराजेन्द्र वीरविक्रम शाहसिंहदरबारदोहोरो लेखा प्रणालीजयपृथ्वीबहादुर सिंहदुर्गा प्रसाईपूँजी बजार🡆 More