आदित्य मल्ल

आदित्य मल्ल खस राज्यका राजा थिए। आदित्य मल्ल राजा जितारी मल्लका कान्छा छोरा थिए। उनी आफ्ना बाबुजस्तै विजिगीषु थिए। राजा आदित्य मल्ल विद्वान, इमानदार, वीर र धर्म प्रति श्रद्धालु थिए। उनको राज्य पूर्वमा अरुण नदीसम्म फैलिएको थियो।

आदित्य मल्ल
खस राज्यको राजा
शासनकालवि सं १३७०-१३८५
पूर्वाधिकारीरिपु मल्ल
उत्तराधिकारीपुण्य मल्ल
सन्तानकल्याण मल्ल
वंशखस मल्ल वंश
बाबुजितारी मल्ल
धर्महिन्दु

वाल्यकाल

आदित्य मल्ल आफ्नो वाल्यकालमा तिब्बतको शाक्यमठमा महन्तभिक्षु भएर बसेका थिए । त्यसै बेला उनका दाजु अक्षय मल्ल माथि खण्डखातिर परेको बुझिन्छ । त्यो कुरा आदित्य मल्लले दुई वर्ष सम्म थाहा पाएनन् । राजा जितारी मल्लको मृत्यु पछि सिंजा जुम्लाको गद्दी खाली रहेको बेला गद्दी खाली राख्न नहुने गरी रिपु मल्ल राजा भएका थिए । आफ्ना बाबू र दाजु पनि मरेको त्यो कुरा आदित्य मल्लले थाहा पाए पछि आदित्य मल्ले पश्चिम तिब्बतको भोटान शाक्यमठबाट आफ्नो शिक्षा दीक्षा पूरा गरी जुम्ला फर्के ।

त्यस पछि उनले आफ्नो बपौती शासन चलाउन थाले ।

राजा आदित्य मल्लले आफूलाई "परमभट्टारकमहाराजधिराज" भनेको हुँदा उनलाई सम्प्रभु शासक भएको निर्णय गर्न सकिन्छ । उनी विसं १३७० मा तिब्बतबाट नेपाल फर्केका थिए ।

काठमाडौ माथि आक्रमण

राजा आदित्य मल्लले काठमाडौ उपत्यका मा दुईदुई पटक आक्रमण गरेका थिए । उनको पहिलो आक्रमण विसं १३७८ मा भएको थियो । जुम्लाको खससेनाले काठमाडौ उपत्यकालाई भक्तपुर मा आक्रमण गरी पराजित पारेको थियो । त्यो युद्धमा धेरै मानिस मर्नुका साथै उपत्यकाको ठूलो क्षति भएको थियो ।

दोश्रो आक्रमण

दोश्रो पटकको आक्रमण मा पनि राजा आदित्य मल्ल आफैं ले सेना नेतृत्व गरेर काठमाडौ माथि आक्रमण गरे । बीस १३८५ मा भएको सो आक्रमण मा पहिले नुवाकोट कब्जा गरे,त्यसपछि फर्पिङ अधिकार गर्नुका साथै धेरै गाउँमा आगो लगाए । उनले ललितपुर को किल्ल भत्काएर काठमाडौँ भित्र प्रवेश गरे ।

सन्दर्भ


Tags:

आदित्य मल्ल वाल्यकालआदित्य मल्ल काठमाडौ माथि आक्रमणआदित्य मल्ल दोश्रो आक्रमणआदित्य मल्ल सन्दर्भआदित्य मल्लअरुण नदीखस राज्यजितारी मल्ल

🔥 Trending searches on Wiki नेपाली:

व्यवस्थापिकादोस्रो विश्व युद्धनेपालको अन्तरिम संविधान २०६३गणेशसम्पत्तिसाम्यवादपाल्पा जिल्लाहजआत्महत्याराजेन्द्र महतोकर्णाली प्रदेशगण्डकी प्रदेश सभाएसियाली विकास बैङ्कदुर्गा मल्लझाँक्रीनेपालका राजाथारू भाषारुरुक्षेत्र गाउँपालिकानेटफ्लिक्सभीमसेन थापाहावापानीजोखिम व्यवस्थापनसूर्यझलकमान गन्धर्वबुद्ध धर्मलाली गुराँसनेपाली व्याकरणमदर टेरेसानेपाल विद्युत प्राधिकरणपारिजात (साहित्यकार)अम्ल वर्षाअनुसन्धान संस्थानदराई जातिनेपालका मल्ल राजाहरूको सूचीशान्तिनगर गाउँपालिकासिंहदरबारमहादेशहिमालराई जातिवर्णसवारी दुर्घटनामृगौलागाउँखाने कथाकरिम बेन्जेमागौरवमय क्रान्तिनेपाल टेलिभिजनयमबुद्धभारोपेली भाषा परिवारकिराँत कालस्नातक तहकावासोती नगरपालिकाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)विज्ञापनतनहुँ जिल्लामेगा अपलोडनेपालको भूगोलगोसाइँकुण्डतराईनयाँ वर्षरश्मिका मन्दानानेपालका राजाहरूको सूचीजनावरधीरेन्द्र प्रेमर्षिमहानगरपालिकानुवाकोट जिल्लाबनेपा नगरपालिकानेपालको राष्ट्रिय जनगणनाजनसाङ्ख्यिकीय लाभांशकार्यसम्पादन मूल्याङ्कननेपाली सेनाका गणहरुसगरमाथा राष्ट्रिय निकुञ्जनेपालीबैजनी🡆 More