आत्राई उपजिल्ला

आत्राई (बङ्गाली: আত্রাই) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। 

आत्राई
আত্রাই
उपजिल्ला
आत्राई is located in बङ्गलादेश
आत्राई
आत्राई
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°३६.८′उ॰ ८८°५८.२′पू॰ / २४.६१३३°N ८८.९७००°E / 24.6133; 88.9700 ८८°५८.२′पू॰ / २४.६१३३°N ८८.९७००°E / 24.6133; 88.9700
देशआत्राई उपजिल्ला बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानउगाँ जिल्ला
क्षेत्रफल
 • जम्मा२८४.४१ किमी (१०९.८१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१९३२५६
 • घनत्व६८०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (जिल्ला)
वेबसाइटआधिकारिक वेबसाइट

भूगोल

आत्राई उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३२' देखि २५°४२' उत्तर अक्षांश र ८९°४८' देखि ८९°०६' पूर्वी देशान्तरणमा अवस्थित छ। आत्राई उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २८४.८१ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई मान्दारानीनगर उपजिल्लाले उत्तर, नाटोर सदर उपजिल्लाले दक्षिण, सिङ्डा उपजिल्लाले पूर्व र बाधमारा उपजिल्लाले पश्चिमबाट घेरेको छ। आत्राई, चन्द्र बिल, नगर, आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने १९ सेप्टेम्बर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच बन्दैखारी गाउँमा युद्ध भएको थियो। पाकिस्तानी सेनाले पछि यस उपजिल्लाका थुप्रै घरहरूमा आगजनी, लुटपाट तथा सर्वसाधारणहरूको सामूहिक हत्या गर्ने गरेका थिए। पाकिस्तानी सेनालाई पछि बङ्गलादेशको मुक्तिको लागि लडिरहेका एक संस्था मुक्तिबाहिनीले यस उपजिल्लाको तारानगर भन्ने ठाउँमा खुलेआम चुनौती दिएको थियो भने ९ पानीजहाजमा सवार सबै पाकिस्तानी सेनाहरूलाई बङ्गलादेशी लडाकुले अचानक आक्रमण गरी ध्वस्त पारिदिएका थिए। बङ्गलादेश मुक्ति अभियानमा पाकिस्तानी सेनाले यस उपजिल्लाका कयौं मानिसहरूको हत्या साथै थुप्रै घरटहराहरूमा पूर्णतया आगजन समेत गरेका थिए।

जनशाङ्खिकि

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १७९७९९ रहेको  छ जसमध्ये पुरुषको जनसङ्ख्या ९१६३७ छ भने महिलाको जनसङ्ख्या ८८१६२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६१८९४  छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १७५१५ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३७५ रहेको छ। यस उपजिल्लाको कुल जनधनत्व ६८० प्रति वर्ग किलोमिटर रहेको छ भने यस उपजिल्लामा कुल ३०५७० घरहरू रहेका छन्।

अर्थतन्त्र

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया  आँप, केरा, कटहर, अम्बा, लिची, आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, स मिल, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र, सिमेन्ट कारखाना तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले केरा, तोरी, गहुँ, धान, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, सखरखण्ड, तील पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७३.२०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.३३% मजदुरी, व्यापार र उद्योगमा ०.६१%, वाणिज्यमा ११.१३%, सञ्चार र यातायातमा १.९६%, निर्माण क्षेत्रमा ०.७९%, सुविधा ३.४२%, धार्मिक सेवा ०.१५% र अन्य ६.५३% रहेका छन्।

प्रशासन

प्रशासकीय आत्राई थानाको स्थापना सन् १९१६ भएको थियो भने सन् १९८३ अगष्ट १ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। सोनातला उपजिल्ला सोनातला नगरपालिका सहित ७ सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्; असानगञ्ज सङ्घ परिषद्, भोनापाडा सङ्घ परिषद्, विशा सङ्घ परिषद्, हटकालुपाडा सङ्घ परिषद्, कालिकापुर सङ्घ परिषद्, मनियारी सङ्घ परिषद्, पञ्चुपुर सङ्घ परिषद् र शाहगोला सङ्घ परिषद्।

शिक्षा

यस उपजिल्लाको कुल साक्षरता दर ४१.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४८.७% छ भने महिलाको साक्षरता दर ३४.८% रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; मोला अजाद स्मारक क्याम्पस (सन् १९६८), भाविनीपुर उच्च विद्यालय (सन् १९१०), कालीग्राम रविन्द्रनाथ शिक्षण संस्था (सन् १९४१), बन्दैखरा विद्यालय (सन् १८७४) आदि। 

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

आत्राई उपजिल्ला भूगोलआत्राई उपजिल्ला इतिहासआत्राई उपजिल्ला जनशाङ्खिकिआत्राई उपजिल्ला अर्थतन्त्रआत्राई उपजिल्ला प्रशासनआत्राई उपजिल्ला शिक्षाआत्राई उपजिल्ला सन्दर्भ सामग्रीआत्राई उपजिल्ला बाह्य कडीहरूआत्राई उपजिल्लानउगाँ जिल्लाबङ्गलादेशबङ्गाली भाषाराजशाही विभाग

🔥 Trending searches on Wiki नेपाली:

गणतन्त्रवसन्तबहादुर कुँवरभारत-चीन युद्धमल्ल वंशलुम्बिनीबैजनीराजेश हमालम्याग्ना कार्टासमबाहु त्रिभुजमनोविज्ञानसरकारी बजेटयार्चागुम्बासुसाङ्ख्यक्षेत्रप्रताप अधिकारीनारायणकाजी श्रेष्ठपरीक्षानेपाल-चीन सम्बन्धहिमाली प्रदेशराशि-चक्रहिमालइन्टरनेटविकिमिडिया नेपालको विधानजिन ज्याक्स रुसोअर्घाखाँची जिल्लासम्पति शुद्धीकरणभ्रष्टाचारबारा जिल्लाकोशी प्रदेशअछाम जिल्लासङ्खुवासभा जिल्लाजोखिम व्यवस्थापनभगवानव्रतबन्धविहादी गाउँपालिकामिटरमेमोरी (कम्प्युटर)धीरेन्द्र प्रेमर्षिदाङ जिल्लाॐ नमः शिवायशेरबहादुर देउवामाइकल फराडेशङ्खधर साख्वाजुन्को ताबेई१८औँ सार्क शिखर सम्मेलनक्यान्सरसुदूरपश्चिम प्रदेश सभाउत्प्रेषणबुद्ध धर्मटिकटकउत्प्रेरणानेपालका नगरपालिकाहरूबागमती प्रदेश सभासमूहमदन भण्डारी राजमार्गभाषाविज्ञानसुगौली सन्धिआगन्तुक शब्दबंगलामुखी मन्दिरपृथ्वीको तल्लो कक्षयोगेश वैद्यभुईँचालोपूर्वीय दर्शनहजकृष्ण जन्माष्टमीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालसंविधान सभा निर्वाचन, २०६४नागरिक लगानी कोषनिबन्धमहावीर पुनस्थानीय कार्यपालिकामार्क जुकरबर्गअलैँचीधरहराअलङ्कार (साहित्य)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)क्रिस्टियानो रोनाल्डो🡆 More