मुक्तकलाई गजल कै लघु रूपमा बुझ्न सकिन्छ। मुक्तक साहित्यको एउटा बिधा हो। खास गरी मुक्तक आफैमा एउटा स्वतन्त्र बिधा हो। मुक्त रूपमा आफ्ना भाव र अभिव्यक्ति पोख्ने साहित्यिक बिधा नै मुक्तक हो। तर यसमा गजल जस्तो असिमित हरफ राख्न मिल्दैन। मुक्तकमा बढीमा पनि चार र घटीमा पनि चार हरफ नै हुनुपर्छ। तेस्रो हरफ स्वतन्त्र हुन्छ भने बाँकी हरफमा काफिया मिलेको हुनुपर्छ। मुक्तकमा राखिएका काफियालाई भने अनुप्रास भन्ने गरिन्छ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
परापूर्वकालमा गीत गाएर दोहोरी खेल्ने क्रममा शब्दहरूलाई टुक्काको रूपमा छोटकरीमा मिलाएर गाइने चलनबाट नै मुक्तकको विकास भएको पान्छ। त्यस्तै टुक्के गीतहरूलाई लय र समय मिलाएर गाउदै जाँदा त्यसलाई नगाएर वाचन गर्न थाले पछि मुक्तकको विस्तार हुदै गएको पाईन्छ। मनको भावलाई स्वतन्त्र र लयात्मक तरिकाले निष्चित हरफमा उद्रित गर्नु नै मुक्तक हो।[स्रोत नखुलेको]
मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना हो। मुक्तकमा पहिलो, दोस्रो र चौथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ। हरफको पछिल्तिर हुने, उस्तै सुनिने शब्द/अंशलाई अनुप्रास भनिन्छ। मुक्तकका पहिलो हरफले बिषयको उठान गर्छ। दोश्रो हरफले उठानलाई थप समर्थन गर्छ। समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि तयार पार्छ। तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा मार/झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ। चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ। मुक्तक पढ्दा सररर, बहाबसंगै पढ्न सकिने हुनुपर्छ।
मुक्तक लेख्दा सकेसम्म कम भन्दा कम शब्द प्रयोग हुनु राम्रो मानिन्छ। लेख्न सिक्दैगर्दा सकेसम्म प्रत्येक हरफमा २०/२२ भन्दा कम अक्षर भए राम्रो हुन्छ। कुनै हरफ लामो, कुनै छोटो पनि त्यति राम्रो मानिँदैन। सकेसम्म सबै हरफहरू एकै लम्बाइका हुनुपर्छ ताकि सिंगो मुक्तकलाई झट्ट हेर्दा चिटिक्क मिलेको आयतकार देखियोस्। चार हरफको र अनुप्रास मिल्दैमा उक्त रचना मुक्तक हुन सक्दैन। मुक्तकले भाव र गहिराइको माग राख्दछ। एउटा मुक्तकले कुनै एक विषयमा बोलेको हुन्छ। मुक्तकका हरफहरू बीच एक-आपसमा अन्तरसम्बन्ध हुनुपर्छ।
मुक्तकः १ ( लेखक: भूपि शेरचन )
प्रत्येक पहेंलो धातुलाई सुनको गजुर भन्न मनलाग्छ ( उठान)
प्रत्येक रंगिन चरालाई बनको मजुर भन्न मनलाग्छ ( समर्थन)
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त (स्वतन्त्र हरफ)
बाटामा कुनै गधा देखेपनि हजुर भन्न मनलाग्छ। ( मार हान्ने हरफ )
माथिको मुक्तकमा हरफ १, २ र ४ का पछिल्ला तीन शब्दहरू “अनुप्रास’ हुन्। यो मुक्तकले “चाकडी प्रवृति” को बारेमा बोलेको छ, व्यङ्ग्यात्मक भाषामा।
मुक्तक : दुई लेखक दिपेन्द्र " अश्रुमाली"
हरेक दुख गरी गरी पढ्ने पो त महान ।(उठान)
काडा घारी बाटै अघि बढ्ने पो त महान (समर्थन)
दुनियाले खुट्टा तान्छन भनी किन डराउछौँ।? (स्वतन्त्र हरफ)
खुट्टा तान्दा तान्दै सिखर चढ्ने पो त महान । (मार हान्ने हरफ)
मुक्तकः ३ (लेखक: कृष्णप्रसाद पराजुली, नेपाली मुक्तक विधाका प्रणेता, ‘सय थुँगा फूल’ बाट)
आऊ घावै घाउ भएको छाती कुल्चेर आऊ तिमी (पृष्ठभूमि वा उठान)
म सब पीडा सहुँला आँखामा गुराँस फुलाऊ तिमी (पृष्ठभूमिको लागि थप समर्थन)
आऊ अझ मेरा झरेका सपनाका पातहरूमा टेकेर (स्वतन्त्र हरफ जसले लक्षभेदन गर्छ)
क्यै चाहिन्न मलाई आँशुका गीत भएर जाऊ तिमी । (लक्ष भेदनको परिणाम, प्रभाव दिन्छ ।)
यी तीन वटा मुक्तकले चतुष्पदीय मुक्तक संरचना र मुक्तकको आधारभूत रूप, सार र सौन्दर्य पक्षबारे धेरथोर जानकारी दिन्छन् । नोट : (क) मुक्तक शब्द संस्कृत भाषा साहित्यबाट लिएको हो भने रुबाई फारसी तथा उर्दु कविता परम्पराको देन हो । (ख) ‘मुक्तक’ बहर वा छन्दमै रचिएको हो भनी चिनाइएको पाइँदैन भने प्राचिन ‘रुबाई’ बहर वा छन्दमै रचिएको पाइन्छ । (ग) मुक्तकका सबै पंक्तिमा अक्षर र मात्रागत समानता अनिवार्य देखिँदैन तर रुबाईका सबै पंक्तिमा अक्षरगत वा मात्रागत समानता देखिन्छ ।
न काम भेटिन थाले न नाम भेटिन थाले
बिग्रिएछ सहर सबै बदनाम भेटिन थाले
खोज्दै थिएँ म यहाँ पाप भकारी फोड्नेहरू
तर न कृष्ण भेटिन थाले न राम भेटिन थाले
This article uses material from the Wikipedia नेपाली article मुक्तक, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.