खुल्ला ज्ञान नेपाल

खुल्ला ज्ञान नेपाल अर्थात ओपन नलेज नेपाल विषेशगरी युवा खुल्ला ज्ञान उत्साहीहरूको एक गैर-नाफामुखी खुल्ला सञ्जाल हो। सन् २०१३ मा स्थापित यस सञ्जाल, खुल्ला ज्ञान अन्तराष्ट्रिय (Open Knowledge International) को नेपाली कार्य समुह हो। यस समुह अनुसन्धान, वकालत, प्रशिक्षण, भेटघाट र ह्याकाथोनको आयोजना, र खुल्ला डाटा, खुल्ला सरकारी डाटा, खुल्ला स्रोत, खुल्ला शिक्षा, खुल्ला पहुँच, खुल्ला विकास, खुल्ला अनुसन्धान लगायतसंग सम्बन्धित औजार विकासका कार्यहरूमा संलग्न भइआएको छ। ओपन नलेज नेपाल परिवारको सदस्य र समर्थकका रूपमा विभिन्न क्षेत्रका प्राध्यापक, विद्यार्थी, कार्यकर्ता, पत्रकार र सरकारी अधिकारीहरु रहेका छन्। यस समुहले परामर्श, तालिम र औजारहरूको विकास मार्फत खुल्ला डाटा उद्यमी र स्टार्टअपहरूले सामना गर्दै आएका डाटासंग सम्बन्धित विभिन्न प्रकारका समस्या समाधानमा मद्दत समेत गर्दछ।मेत गर्दछ।

खुल्ला ज्ञान नेपाल
ओपन नलेज नेपालको लोगो

ओपन नलेज नेपाल नेपाल सरकार कम्पनी ऐन २०६३ अन्तरगत दर्ता भएको एक गैर-नाफामूखी संस्था हो। कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेस्वरमा यस संस्थाको दर्ता नम्बर १६०७१/०७३/०७४ रहेको छ भने आन्तरिक राजस्व विभागमा स्थायी लेखा नम्बर ६०४३७३९४८ रहेको छ। यसका साथै समाज कल्याण परिषद, लैनचौरमा सम्बन्धन नम्बर ४४८८८ सहित सामाजिक कल्याण गर्ने संस्थाका रूपमा समेत दर्ता भएको छ।

उद्देश्यहरु

  • खुल्ला ज्ञानको विचारलाइ प्रवर्धन गर्ने, यो के हो र यो किन राम्रो विचार हो भन्ने जानकारी दिने।
  • खुल्ला ज्ञानसँग सम्बन्धित स्थानिय तथा विश्वब्यापी कर्यक्रमहरू सञ्चालन गर्ने, जस्तै खुल्ला ज्ञान सम्मेलन।
  • खुल्ला ज्ञानका विभिन्न कार्य समुहहरु निर्माण गरी तिनमा काम गर्ने, जस्तै खुल्ला सरकारी डाटा, खुल्ला विज्ञान, खुल्ला अर्थतन्त्र, आदि।
  • खुल्ला ज्ञानसँग सम्बन्धित औजार, परियोजना र श्रोतहरूको विकास गर्ने।
  • नेपालमा खुल्ला ज्ञानको स्थितिका बारे अनुसन्धान र सर्वेक्षण गर्ने।
  • खुल्ला ज्ञानका विषयहरूमा स्थानिय र अन्तरास्त्रिय तहमा विभिन्न संघसंस्था र सञजालहरूसँग सहकार्य गर्ने।

खुल्ला ज्ञान सिर्जना र लागू

मुख्य विषयवस्तुहरू

विश्वव्यापी चुनौतीहरू

खुल्ला जानकारी, सबैलाई मुद्दाहरु बुझ्न मद्दत गर्न, त्यसबारे विचार र समाधानका प्रयासहरु गर्न, र जोखिम र सफलताको लेखाजोखा राख्न, आवश्यक छ।

नागरिक, लोकतान्त्रिक जवाफदेहीता र प्रशासन

सबै नागरिकलाई राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरमा आफ्नो समाज कसरी संचालित हुन्छ भन्ने जानकारीको खुला र स्वतन्त्र पहुँच हुनुपर्छ, जसले सरकारको जाँच गर्न र त्यसलाई थप जवाफदेही बनाउन मद्दत गर्छ।

अनुसन्धान, विज्ञान र संस्कृति

मानव ज्ञान को योगफलमा स्वतन्त्र पहुँचले  सबैलाई आफ्नो जीवन र हाम्रो संसारलाई पुर्ण रूपले बुझ्न , सचेत छनौटहरु गर्न, र सबै मिली उज्वल भविष्य निर्माण गर्न  सक्षम बनाउँछ।

उपभोक्ता र व्यापार जवाफदेहीता

व्यापार व्यवसायको स्वामित्व र नियन्त्रणका जानकारी सबैले पाउन सक्नुपर्छ, जसले गर्दा खराब प्रशासन र हानिकारक सामाजिक र पर्यावरणीय अभ्यासहरु प्रकाशमा आउनुका साथै तिनीहरूले प्रयोग गर्ने उत्पादन र सेवाहरुबारे समेत पूर्ण रूपले बुझ्न सकिन्छ।

सन्दर्भ सामग्री

खुल्ला डाटा पुस्तिका: http://handbook.oknp.org

बाह्य कडीहरू

Tags:

खुल्ला ज्ञान नेपाल उद्देश्यहरुखुल्ला ज्ञान नेपाल खुल्ला ज्ञान सिर्जना र लागूखुल्ला ज्ञान नेपाल सन्दर्भ सामग्रीखुल्ला ज्ञान नेपाल बाह्य कडीहरूखुल्ला ज्ञान नेपाल

🔥 Trending searches on Wiki नेपाली:

रोगहोलीनेपालमा महिलाको अवस्थाकिशोरावस्थासामन्तवादमातातीर्थ औँसीविक्रम सम्वत्नेपालको अन्तरिम संविधान २०६३आवश्यकता शृङ्खला सिद्धान्तचेपाङ जातिरामेछाप जिल्लाकर्मचारी सञ्चय कोषआँखानेपालको प्रधानन्यायाधीशचाडपर्वव्रतबन्धकालिञ्चोक भगवतीलक्ष्मीप्रसाद देवकोटा रचनासूचीभोजपुर जिल्ला, नेपालअङ्ग्रेजी भाषाउपेन्द्र सुब्बाकोरा जन्मदरबुलबुले तालदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनशुक्रराज शास्त्रीसर्लाही जिल्लानेपाल आयल निगम लिमिटेडदोस्रो विश्व युद्धउखान-टुक्कानेपालका सहरहरूको सूचीशिवराज आचार्य कौण्डिन्न्यायनअवलोकननेपालको पञ्चवर्षीय योजनाढुङ्गे युगरामायणदाइजो प्रथावर्ण विन्यासमोरङ जिल्लाbc7gfआविष्कारकपञ्चैबाजासंयुक्त राष्ट्रचीनका सहरहरूको सूचीनेपालका झरनाहरूको सूचीआउँ रोगदैलेख जिल्लानेपालको लोकतन्त्र दिवसखगराज अधिकारीनेपालका हिमालहरूको सूचीऋतुभिटोविश्वव्यापीकरणराई जातिअसुरोअहिंसासगरमाथाओखलढुङ्गा जिल्लाअस्ट्रेलियाप्रतिव्यक्ति आयसम्पत्तिगोरखा जिल्लाखड्गप्रसाद ओलीसंस्कृतिनगर कार्यपालिकागुल्मी जिल्लामानव संसाधन व्यवस्थापनकुलदेवतामहेन्द्र सिंह धोनीअङ्करुसपानीमारी अँतवानेतनगरपालिकाजनकपुरधाम उपमहानगरपालिकानेपालका राजाहरूको सूचीअब्दुल कलामनेपालको सङ्घीय संसदसार्की जाति🡆 More