हिमालय टेलिभिजन

हिमालय टेलिभिजन नेपालमा अहिले ४ वटा एचडी प्रबिधिमा सन्चालित टेलिभिजनहरू छन् । जसमध्ये हिमालय टेलिभिजन पनि एक हो । वि.सं.

२०६७ सालबाट सुरुवातमा ल्याइएको निजी टेलिभिजन प्रसारण कम्पनी हो। समाचार तथा मनोरन्जनात्मक दुवै खाले सामाग्री प्रसारण गर्ने यो टेलिभिजनले बिश्व चर्चित रियालिटी सोहरू द भ्वाइस अफ नेपाल, हिमालय रोडिज, डान्सिङ विथ द स्टार र नेपाल्स नेक्स्ट टप मोडल जस्ता ठूला रियालिटी सोहरू पनि प्रसारण गर्छ ।

हिमालय टेलिभिजन
Himalaya TV logo

इतिहास

हिमालय टेलिभिजन २०६७ सालको घटस्थापनासँगै असोज २२ गते परीक्षण प्रसारणबाट दर्शकहरूको माझ आएको थियो । यस टेलिभिजनले २०६७ साल मंसिर १५ गते देखि नेपालमा औपचारिक रूपमा सञ्चार सेवा आरम्भ गरेको थियो ।

टेलिभिजनमा समाचार विभागलाई सुरुका दिनमा स्वर्गीय प्रवीण गिरी र त्यसपछि कपिल काफ्लेले नेतृत्व दिएका थिए । कार्यक्रम तर्फ प्रारम्भमा विकास आचार्य र समाचार सम्पादक पुरुषोत्तम लम्सालले भूमिका खेलेका थिए ।

२०७५ साल साउन १ गतेदेखि यो टेलिभिजनको स्वामित्व युवा सञ्चार उद्यमी धर्मराज भुसाल र श्याम कँडेलले लिएका छन् । नेपालमा अनलाइन न्यूज मिडियाका अग्रणी भुसाल अनलाइनखवर डटकमका संस्थापक एवं प्रधानसम्पादक पनि हुन् ।

हिमालय टेलिभिजन 
काठमाण्डौंको मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको केन्द्रीय कार्यालय भवन

प्रसारण

समाचारका साथसाथै मनोरञ्जनात्मक टेलिभिजन कार्यक्रमा पनि जोड दिएको यस हिमालय टेलिभिजनले काठमाडौँ उपत्यकाका साथसाथै अन्य जिल्लाका समाचारलाई पनि प्राथमिकताका साथ प्रसारण गर्दै आएको छ । अहिले यो टेलिभिजन समाचार र मनोरञ्जनयुक्त कार्यक्रमको मिश्रित स्वरूपमा प्रसारणमा छ ।

यो टेलिभिजनको स्वामित्व २०७४ असारसम्म ललित अग्रवाल र च्याङ अग्रवालसँग थियो । धर्मराज भुसाल नेतृत्वको नयाँ टीमले टेलिभिजन खरिद गरेपछि टीभी प्रसारणलाई हाइ डेफिनेसन(एचडी) प्रबिधिमा स्तरउन्नती गरी २०७५ माघ १ गते टेलिभिजन रिब्रान्डिङ र रिलन्चिङ गरिएको थियो ।

रिलन्चिङसँगै हिमालय टीभीले ठूला बहुराष्ट्रिय रियालिटी सोहरूमा अगाडि बढने घोषणा गरेको छ । द भ्वाइस अफ नेपालको दोस्रो सिजन हिमालय टीभीमा प्रसारण भयो जसले डिजिटल भ्यूजमात्र २५ करोडभन्दा ज्यादा आर्जन गरेको छ । यस्तै बिश्वको नम्बर एक डान्सिङ रियालिटी सो– डान्सिङ वीथ द स्टार पनि प्रसारण हुँदैछ । हिमालय रोडिजको तेस्रो सिजन पनि प्रसारण भइरहेको छ ।

हाल टेलिभिजनमा धर्मराज भुसाल अध्यक्ष छन् भने श्याम कडेल कार्यकारी निर्देशक । सुरुवाती दिनमा बिनोद ढुंगेल यसका समाचार सम्पादक थिए ।

सन्दर्भ सामग्री

बाहिरी लिङ्कहरू

यो पनि हेर्नुहोस्

Tags:

हिमालय टेलिभिजन इतिहासहिमालय टेलिभिजन प्रसारणहिमालय टेलिभिजन सन्दर्भ सामग्रीहिमालय टेलिभिजन बाहिरी लिङ्कहरूहिमालय टेलिभिजन यो पनि हेर्नुहोस्हिमालय टेलिभिजन

🔥 Trending searches on Wiki नेपाली:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)जानकी मन्दिरनिर्धन उत्थान बैंक लिमिटेडपाल्पा जिल्लाकानूननामरोल्पा जिल्लाशौनक गोत्रथापापिनासमोरङ जिल्लाआत्रेय गोत्रभूपि शेरचनलोककथारुकुमकोटकथानकनेपालका मल्ल राजाहरूको सूचीलैङ्गिक विभेदबालश्रमओखलढुङ्गा जिल्लातिहारभारतस्थानीय तह निर्वाचन, २०७४नेपालको प्रशासनिक विभाजनदिगो विकासनेपालका स्थानीय तहहरूथारू जातिइलाम २ (निर्वाचन क्षेत्र)लियोनेल मेसीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीराष्ट्रिय परीक्षा बोर्डसदर चिडियाखाना, नेपालपुष्पकमल दाहालसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूनेपालमा धर्मसुपादेउराली मन्दिरताप्लेजुङ जिल्लासुदूरपश्चिम प्रदेशनगर कार्यपालिकाखाद्य सुरक्षाबुद्ध धर्मनेपालको भूगोलतापन, वायुसञ्चार तथा वातानुकूलनलखन थापा मगरनेपाल विद्यार्थी सङ्घमानव विकास सूचकाङ्कनेपाल-भारत सम्बन्धछो रोल्पानेपालको मन्त्रिपरिषद्क्रिस्टियानो रोनाल्डोआगन्तुकदुर्गानन्द झाढुङ्गे युगहलेसी महादेवक्रिकेटनेपालका अञ्चलहरूसहकारीगोरखा जिल्लाभ्रष्टाचारमेलम्ची खानेपानी आयोजनानेपालको सैन्य दर्जासुशान्त केसीघरविद्युतीय अपराधभिरिङ्गीसहरखुम्बु पासाङल्हामु गाउँपालिकासंयुक्त राष्ट्रबौद्धनाथयोगसुवर्ण शमशेर राणाविश्व व्यापार सङ्गठननेपाल टेलिभिजनसामग्री व्यवस्थापन प्रणालीभण्डारखाल पर्वनिर्वाचन आयोग (नेपाल)दोलखा जिल्लासहरीकरण🡆 More