नेपाल-अंग्रेज युद्धको सम्झना स्वरूप पाल्पाको तानसेनमा बिहीवार भगवतीजात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने चलन छ । पहाडी जिल्ला पाल्पाको शानको रूपमा यो जात्रा मनाउने गरिन्छ। जात्रा मनाउन जिल्ला वाहिर गएर वसोवास गर्नेहरू समेत आएका थिए। तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ । यसैलाई भगवतीको रथयात्रा भनिने गरेका छ । जात्राको महत्त्व सन् १८७१/७२ को नेपाल अंग्रेज युद्ध गाँसिएको छ ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अक्टोबर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (अक्टोबर २०११) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
पाल्पाका विभिन्न स्थान र छिमेकी जिल्लावाट आएकाहरूले भाकल अनुसारको कुखुरा, हाँस, बोका, राँगो, आदी बली दिएर पूजा चढाए। भगवती मन्दिरमा तीन पटक घुमाएर रथ निकालिएको थियो। त्यस अघि नेपाली सेनाले बढाई दिने चलन छ। तानसेनको जिल्ला प्रशासन, जिल्ला प्रहरी, नेपाली सेनाको गणमा पुजा दिने र बजार घुमाइएको थियो।
बजार घुमाउनु अघि नवमीको दिन सुर्योदय नहुँदै बजारका महिलाहरू झिसमिसेमै देवीको पुजा गरिसकेका थिए। दिउसो १ वजेदेखि भगवतीतिर नगर परिक्रमा गराउन ३०/४० जना बलिया कुमाल जातीका पिपा जवान आएका थिए। उनीहरूले रथको दुवै तिर तेर्साईएका दुई बलिया नोलहरूलाई काधमा बोकेर नगरबासीको जयजयकारको गुन्जन ध्वनी सहित रथयात्रा गरियो।
तानसेनका घरघरबाट पुजा दिए। मन्दिरमा श्रद्धालुको भिड रहेको थियो। विगतका वर्षमा भन्दा यसपटक उल्लेख्य श्रद्धालुको सहभागीता रहेको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदारलाल श्रेष्ठले बताए। जात्रा कसरी चल्यो भन्नेबारे रोचक र सत्य घटना छ।
काजी अमर सिंह थापाको कार्यकाल सकिँदा निजका नाति नयन सिंहका छोरा कर्णेल उजीरसिंह थापा पाल्पाका तैनाथवाला भएर वसेका थिए। सोही वेला अंग्रेजहरूले दुख दिने र नेपाललाई हडप्ने गरेका थिए। अंग्रेजहरूले नेपाल आफ्नो हातमा पार्न चारै तिरवाट आफ्नो सेना अगाडि वढाएका वेला उजीरसिंह थापा लडाईमा सामेल हने मौका पाए।
मनोकामना देवी सँग प्रकट गरी युद्ध लड्न गएको र अग्रेजहरू उजीरसिंहको लडाइँ हार खाई फर्केको ईतिहासमा लेखिएको छ। जीतगढीको लडाइँमा नेपाली फौजले जित्यो। सन् १८७१-७३को नेपाल अंग्रेज युद्ध पछि कर्णेल उजीरसिंह थापाले एक विशाल तीनतले पेगोडा शैलीको मन्दिर वनाएका हुन्। मन्दिर वनाउन सन् १८७५/७६मा सकिएको थियो। यसैवेला देखि काठमाण्डौका जात्रावाट प्रभावित भएका उजीर सिंहले भगवतीको रथयात्रा निकाल्न सुरु गरेको इतिहास्विद् डा.कर्णबहादुर बाँनिया बताँउछन्।
This article uses material from the Wikipedia नेपाली article भगवतीजात्रा, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.