धीरूभाई अम्बानी

धीरूभाई हिराचन्द धीरूभाई अम्बानी (२८ डिसेम्बर १९३२ – ६ जुलाई २००२) एक भारतीय प्रसिद्ध व्यवसायी थिए, उनले आफ्नो नातेदारसँग मिलेर भारतको बम्बेमा रिलायन्स उद्योगको थालनी गरेका थिए । उनी द सनडे टाइसमा एसिया महाद्विपको ५० शिर्ष व्यवसायी मध्ये एकको रूपमा उल्लेख गरिएको थियो । उनले रिलायन्स उद्योगलाई सन् १९७७ मा पब्लिकमा परिणत गरेका थिए र सन् २००७ सम्ममा उनको परिवारको सगोल सम्पत्ति युएसडि ६० विलियन भएको थियो तथा अम्बानी परिबार संसारको तेश्रो धनी परिवार समेत भएका थिए । अम्बानीको मृत्यु ६ जुलाई २००२ मा भएको थियो ।  सन् २०१६ मा उनलाई मरणोपरान्त पदम विभुषणबाट सम्मान गरिएको थियो, जुन भारतको दोश्रो उच्चतम नागरिक सम्मान हो । यो सम्मान उनलाई व्यापार तथा उद्योगको क्षेत्रमा उनको योगदानको लागि प्रदान गरिएको थियो । 

धीरूभाई अम्बानी
धीरूभाई अम्बानी
जन्म(१९३२-१२-२८)२८ डिसेम्बर १९३२
चोरभाद, गुजरात, भारत
मृत्यु६ जुलाई २००२(2002-07-06) (उमेर ६९)
मुम्बई, महाराष्ट्र, भारत
मृत्युको कारणहृदयघात
राष्ट्रियताभारतीत
जातीयतागुजराती
पेशारिलायन्स उद्योग, रिलायन्स पावर तथा रिलायन्स क्यापिटको स्थापक
धर्महिन्दु
जीवनसाथीकोकिलावेन अम्बानी
सन्तानमुकेश अम्बानी
अनिल अम्बानी
नीना कोठारी
दिप्ती सालगाओन्कर
पुरस्कारपद्म विभूषण (२०१६)

प्रारम्भिक पेशागत जीवन

उनले सन् १९६६ मा रिलायन्स उद्योगको स्थापना गरेका थिए र सन् २०१२ सम्ममा यस कम्पनीमा ८५,००० भन्दा बढी कर्मचारी तथा केन्द्रिय सरकारको जम्मा कर राजश्वमा लगभग ५ प्रतिशत योगदान रहेको थियो । सन् २०१२ सम्मा रिलायन्स उद्योगमा फर्च्युन ५०० मा शिर्ष १० को सूचीमा राजस्वको आधारमा सूचीकृत भएको थियो । 

मृत्यु

उनलाई ठूलो हृदयघात भए पश्चात २००२ जुन २४ मा मुम्बईको ब्रिच क्याडि हस्पिटलमा भर्ना गरिएको थियो । यो उनको दोश्रो हृदयघात थियो, सन् १९८६ फेब्रुअरीको पहिलो हृदयघातले उनको दाँया हातमा पक्षघात भएको थियो । उनी हप्ता भन्दा बढी समयको लागि कोमा रहे तथा उनको उपचारमा विभिन्न डाक्टरहरू संलग्न थिए । उनको मृत्य सन् २००२ जुलाई ६ मा भएको थियो ।

धीरूभाई पछिको रिलायन्स

सन् १९८६ मा भएको हृदयघात पश्चात उनले रिलायन्सको नियन्त्रण आफ्ना छोराहरू मुकेश अम्बानी तथा अनिल अम्बानीलाई सुम्पेका थिए । सन् २००२ जुलाई ६ मा हृदयघातको कारणले ब्रिच क्याडि हस्पिटलमा उनको मृत्यु भएको थियो । सन् २००४ नोभेम्बरमा मुकेश अम्बानीले एक अन्तरवार्तामा उनको भाइ अनिल अम्बानी सँग स्वामित्वको कारण मनमुटाब रहेको स्विकारेका थिए । उनले मनमुटाब घरायसी रहेको समेत भनेका थिए । धिरूभाई अम्बानीको मृत्यु पश्चात समूहलाई रिलायन्स उद्योग लिमिटेड मुकेश अम्बानीको अध्यक्ष भएको तथा रिलायन्स अनिल धिरूभाई अम्बानी समूह अनिल अम्बानी अध्यक्ष भएको दुई संस्थामा टुक्रिएको थियो ।

लोकप्रिय मिडियामा

सन् १९८८ मा धीरुभाई अम्बानीको अनाधिकृत जीवनी, हमिश म्याकडोनाल्ड द्वारा द पॉलिस्टर प्रिन्स शीर्षकको साथ, उहाँका सबै राजनीतिक र व्यापारिक विजयहरूको रूपरेखा थियो। उनको पुस्तक भारतमा प्रकाशित भएन किनभने अम्बानीहरूले कानुनी कारबाही गर्ने धम्की दिएका थिए; एक अद्यावधिक संस्करण 2010 मा अम्बानी एन्ड सन्स शीर्षक अन्तर्गत बिक्री भएको थियो, र प्रकाशक विरुद्ध कुनै कारबाही भएको छैन।

फिल्म निर्माता मणिरत्नम द्वारा निर्देशित एक बलिउड चलचित्र गुरु (२००७ फिल्म), कथानकमा समानता भएका कारण धीरुभाई अम्बानीको जीवनमा आधारित रहेको भनिन्छ। यद्यपि रत्नमले यो जीवनी हो भनी अस्वीकार गरे तर यसले वास्तविक जीवनबाट "चरित्रको सार" तान्ने बताए।

सन्दर्भ सामग्रीहरू

Tags:

धीरूभाई अम्बानी प्रारम्भिक पेशागत जीवनधीरूभाई अम्बानी मृत्युधीरूभाई अम्बानी धीरूभाई पछिको रिलायन्सधीरूभाई अम्बानी लोकप्रिय मिडियामाधीरूभाई अम्बानी सन्दर्भ सामग्रीहरूधीरूभाई अम्बानीभारतमुम्बई

🔥 Trending searches on Wiki नेपाली:

हिमाली प्रदेशअष्ट चिरञ्जीवीकोस्टारिकानेपालको प्रधानमन्त्रीसीओपीडीसाकेला नाचसंयुक्त राष्ट्रमहिला विरुद्धका हिंसापिनासविवाह संस्कारआन्तरिक राजस्व विभाग (नेपाल)अक्षांशजुम्ला जिल्लाकालिञ्चोक भगवतीभक्ति थापाकर्जातराईइस्लाम धर्ममाउसगौरीगञ्ज गाउँपालिकातारादेवीराणा शासनमुख्य पृष्ठनेपालको भूगोलकर्मचारी सञ्चय कोषयौनक्यान्सरलोकतन्त्रमकवानपुर जिल्लाधीरेन्द्र प्रेमर्षिआविष्कारकहरूको सूचीनेपालमा महिला अधिकारदिल्लीगणतन्त्रअर्थनेपालका बीमा कम्पनीहरूको सूचीप्रजनन स्वास्थ्यभुईँचालोशाह वंशनेपालका राजनीतिक दलहरूको सूचीतिर्यक कारकमोतीराम भट्टललितपुर महानगरपालिकाराष्ट्रिय सभा (नेपाल)कौडिन्य गोत्रकाठमाडौँ उपत्यकामहाभारत पर्वत शृङ्खलाफूलपौडेलजलवायु परिवर्तननेपाल सम्वत्लेखा अभिलेखअन्तर्राष्ट्रिय श्रमिक दिवसकर्णाली पुलनवलपरासी जिल्लाआरजु राणा देउवाकृष्णभूषण बलनेपालका नगरपालिकाहरूबाल विकासहिन्दु धर्मअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घजियानलुइजी बुफनअमेजन (कम्पनी)दोलखा जिल्लाबसाइँ सराईराष्ट्रिय प्रजातन्त्र पार्टीश्राद्धसमानुपातिक प्रतिनिधित्व प्रणालीबर्दिया जिल्लाकाठमाडौँ जिल्लासंयुक्त राष्ट्रसङ्घका महासचिवनेपालको चलचित्रको इतिहासस्टिफन हकिङमेचीनगर नगरपालिकाबैङ्क🡆 More