एअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना

एअर इन्डियाको एक्सप्रेस विमान १३४४ ले सन् २०२० अगस्ट ७ का दिन दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको केरल अन्तर्गत पर्ने कोझिकोड सहरको कालिकट अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडान भरेको थियो। कालिकट अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई अवतरण गराउने क्रममा उक्त विमानको चक्का चिप्लिएर एक खोल्सामा खसेको थियो जसकारण विमानका विभिन्न पाटपूर्जाहरू ध्वस्त भएका थिए भने उक्त विमान पनि दुर्घटनाग्रस्त बनेको थियो। यस विमानमा १८५ यात्रीहरू र ६ चालक दलका सदस्यहरू गरी कुल १९१ व्यक्तिहरू सवार रहेका थिए। यस भयानक दुर्घटनामा दुवै विमान चालकसहित १७ यात्रुहरूको मृत्यु भएको थियो।

एअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना
एअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना
सन् २००६ मा बोइङ ७३७-८एचजे विमान
दुर्घटना
मिति७ अगस्ट २०२० (2020-08-07)
सारांशवर्षाका कारण अवतरणको क्रममा चिप्लिएको
स्थलकालिकट अन्तर्राष्ट्रिय विमानस्थल, करिपुर, केरल, भारत
११°०७′५९″उ॰ ७५°५८′१४″पू॰ / ११.१३३०६°N ७५.९७०५६°E / 11.13306; 75.97056
विमान
विमानको प्रकारबोइङ-३७३
सञ्चालकएअर इन्डिया एक्सप्रेस
आइएटिए उडान सं.IX1344
आइसिएओ उडान सं.AXB1344
परिचयक चिह्नEXPRESS INDIA 1344
दर्ता नम्बरभिटी-एएक्सएच
विमान उडानदुबई अन्तर्राष्ट्रिय विमानस्थल, दुबई, संयुक्त अरब इमिरेट्स
गन्तव्यकालिकट अन्तर्राष्ट्रिय विमानस्थल, करिपुर, केरल, भारत
सिट सङ्ख्या१९१
यात्रुहरू१८४
चालक दल
मृत्यु१९
घाइतेहरू१३७
जोगिन सफल१७२
एअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना is located in भारत
एअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना
भारतको केरलामा विमान दुर्घटना भएको स्थान

उडान तथा दुर्घटना

भारतीय वायुसेवा निगमको यो जहाज बोइङ ७३७-८एचजी थियो जसको विमान दर्ता सङ्ख्या भिटि-एएक्सएच र उत्पादन क्रमशः सङ्ख्या ३६३२३ थियो। यस विमानले पहिलोपटक सन् २००६ नोभेम्बर १५ का दिन उडान भरेको थियो भने उत्पादन मितिका हिसाबले यस विमान १३.७ वर्ष पुरानो थियो। यस विमानका प्रमुख चालक सेनापति कप्तान दीपक वसन्त साठेले थिए जो एअर इन्डिया एक्सप्रेसमा भर्ती हुनु अघि भारतीय वायुसेनाका एक परीक्षण विमान चालक थिए भने यस विमानका सह चालक कप्तान अखिलेश कुमार थिए।

यस विमानले सन् २०२० अगस्ट ७ का दिन १८ बजेर १४ मिनेट जाँदा (सन् २०२० अगस्ट ७, १३:१४ अन्तर्राष्ट्रिय मानक समय) दुबईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो भने यस विमान १९ बजेर ४० मिनेट जाँदा गन्तव्य स्थान केरलाको कोझिकोड अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने भनिएको थियो। यस विमानलाई कोरोना विषाणु महामारीका समयमा विदेशमा फसिरहेका भारतीय नागरिकहरूलाई स्वदेश फिर्ता गराउनका लागि बन्दे भारत परियोजना अन्तर्गत उडान गराइएको थियो। यस विमानमा यात्रु सवार भैसकेपछि यसलाई समयमानै चलाइएको थियो भने गाडाउँदै धवनमार्गमा एक चक्कर लगाएपछि यस विमानलाई सहि समयमा उडाइएको थियो। त्यसदिन भारतको केरलामा ठूलो पानी परिरहेका कारण मौसम सफा थिएन। यस विमान गन्तव्य स्थानमा पुगेर अवतरण गर्ने बेलामा पानी परिरहेका कारण चिप्लिएर एक ३० फुट गहिरो खोल्सामा पुगि दुर्घटनाग्रस्त बनेको थियो जसकारण यस विमान दुई टुक्र भएको थियो। त्यति गहिरो खोल्सामा दुर्घटनाग्रस्त हुँदा पनि विमानमा आगलागीको कुनै समाचार बाहिर आएको थिएन।

हताहत

यस विमानमा चालक दलका सात सदस्यहरू।सहित कुल १८९ यात्रुहरू सवार थिए। यस विमान दुर्घटनाका कारण १७ यात्रुहरूको मृत्यु भएको थियो भने ४६ जना गम्भीर घाइते भएका थिए। यस विमान दुर्घटना पश्चात् सरकारले आपतकालीन स्थितिको घोषणा गर्दै एक सहायता कक्ष स्थापना गरेको थियो। गम्भीर घाइतेहरूलाई सोहि दिन नजिकको अस्पतालमा पुर्‍याइएको थियो भने मृत्युहुनेहरूमा चालक दलका दुई सदस्यहरू पनि रहेका थिए। यस बाहेक यस विमानमा १० नवजात शिशुहरू पनि सवार थिए।

मृत्यु बाँच्न सफल जम्मा
यात्रुहरू चालकदल जम्मा यात्रुहरू चालकदल जम्मा
१७ १८ १६८ १७२ १९१

उद्धार तथा प्रतिक्रिया

यो विमान दुर्घटनाग्रस्त भएपछि नागरिक उड्डयन महानिर्देशकले घटनाको विस्तृत जाँच तथा अनुसन्धान गर्ने आदेश दिएका थिए। यस घटनालाई लिएर केरलका मुख्यमन्त्री पिनाराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका थिए। मुख्यमन्त्री कार्यालयको एक सूत्रका अनुसार मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल गरेका थिए भने प्रधानमन्त्रीले केन्द्रको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए। केरल राज्यका मुख्यमन्त्री विजयनले राहत अभियानमा समन्वय गर्नका लागि राज्यमन्त्री एसी मोईदीनलाई तैनाथ गरेका थिए। राहत कार्यलाई नियमन गर्नका लागि एक अधिकारीलाई तैनाथ गरिएको थियो भने कोझिकोड जिल्ला र मल्लप्पुरम जिल्लाका अग्निनियन्त्रक र सुरक्षाकर्मीहरू राहत कार्यमा लागि परेका थिए। कोझिकोड मेडिकल क्याम्पसबाट प्राप्त जानकारी अनुसार, उक्त क्याम्पसमा गम्भीर घाइतेहरूलाई थप उपचारका लागि भर्ना गरिएको थियो। स्वास्थ्य मन्त्रीका अनुसार विमान दुर्घटना पश्चात् घाइते भएका यात्रुहरू मध्ये बालबालिकाको स्थिति अझै नाजुक छ।

यस घटनालाई लिएर भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले दुःख व्यक्त गरेका थिए। गृहमन्त्री शाहले 'केरलको कोझिकोडमा एअर इन्डिया एक्सप्रेस विमानको दुःखद दुर्घटनाको बारेमा जानेर म निकै दुःखित बनेको छु। मैले एनडिआरएफको दललाई यथाशीघ्र घटनास्थलमा पुगि राहत कार्यमा जुट्नका लागि निर्देशन दिएको छु' भन्दै एक ट्विट लेखेका थिए। दुर्घटना पश्चात् दुबईमा भारतको महावाणिज्य दूतावासले आकस्मिक सम्पर्क नम्बर जारी गरेको थियो। भारतका राष्ट्रपति राम नाथ कोविन्द, उप राष्ट्रपति वेङ्कैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्रीहरू तथा अन्य नेताहरूले घटनाप्रति दुःख प्रकट गरेका थिए। भारतीय राष्ट्रिय काङ्ग्रेसका राहुल गान्धीले 'कोझिकोडमा विमानको दुर्घटनाग्रस्त भएको विनाशकारी खबरले म चिन्तित छु। यस दुर्घटनामा मृतकका परिवार एवम् साथीहरू प्रति गहरी संवेदना प्रकट गर्दछु। घाइते भएकाहरूको शीघ्र स्वस्थलाभको कामना गर्दछु।' भन्दै एक ट्विट लेखेका थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

एअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना उडान तथा दुर्घटनाएअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना हताहतएअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना उद्धार तथा प्रतिक्रियाएअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना सन्दर्भ सामग्रीहरूएअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना बाह्य कडीहरूएअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटनाएअर इन्डियाकालिकट अन्तर्राष्ट्रिय विमानस्थलकेरलकोझिकोडदुबई अन्तर्राष्ट्रिय विमानस्थलभारत

🔥 Trending searches on Wiki नेपाली:

यौनकार्कीमुलुकी देवानी संहिताअरुण नदीनेपाल रेडक्रस सोसाइटीधर्मरेबिजनेपाली राष्ट्रिय क्रिकेट टोलीविद्युतलागत लेखाविधिकार्यपालिकासप्तरी जिल्लाछाउपडीशनिग्रहनोबेल पुरस्कारचेकदमाई जातिजापाननेपालको जनआन्दोलन २०६३सुदूरपश्चिम प्रदेश सभाइन्टरपोलमगर जातिशौनक गोत्रअगमसिंह गिरीसदर चिडियाखाना, नेपालरत्यौलीनेपालका बीमा कम्पनीहरूको सूचीफूल फुल्ने वनस्पतिसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूहंसपुर नगरपालिकायुद्धग्लोबल आईएमई बैंकउदित नारायण झानेपालीलक्ष्मीप्रसाद देवकोटा रचनासूचीसार्वजनिक सेवा प्रवाहभारतको भूगोलशेरबहादुर देउवानोबेल शान्ति पुरस्कारकुर्था सुरुवालरामसार क्षेत्रनवलपरासी (बर्दघाट सुस्ता पूर्व)प्रविधिमृगौलामिडियाविकीडोटी जिल्लाबीमाकिराँत धर्मनेपालमा महिला अधिकारनेपालका राष्ट्रिय विभूतिहरूबर्बरन्यायिक समितिगणतन्त्र दिवस (नेपाल)देशान्तरलैङ्गिक हिंसालुक ह्वाट यु मेड मी डुऋतुक्यान्सरकोत पर्वरानी पोखरीअन्तर्राष्ट्रिय नारी दिवसशंखरापुर नगरपालिकाद डोर्सस्थानीय कार्यपालिकादिव्योपदेशकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)शौचालयपूर्वीय चिन्तन परम्परानागरिकमुक्तिनाथप्रकृतिअहिल्याअसंलग्न आन्दोलनमाझी जातिलोकतन्त्रअस्तानानेपालको संविधानफूल🡆 More