अजम्बरी, पत्थरीचुर अथवा पर्णबीज पोथ्रा वर्गमा पर्ने औषधीय । यो वनस्पतिको पात, डाँठ जे काटेर फालेपनि त्यसैबाट पुनरूत्पादन हुने हुनाले अजम्बरी भनिएको हो । त्यस्तै संस्कृतको पर्ण र बीज शब्दको संयोजनबाट पर्णबीज भनिएको हो । संस्कृत भाषामा पर्ण भनेको पात र पात नै बीजको रूपमा भएको हुनाले यसलाई पर्णबीज पनि भनिन्छ । अजम्बरीको बोट २-३ फिट अग्लो र काण्डमा दुबैतिर लाम्चा दाँतीयुक्त पात लाग्ने गर्दछ । अजम्बरीको स्वाद अमिलो हुन्छ । यसको प्रयोगले अम्लपित्त, कमलपित्त, पत्थरी, गर्मीले हुने रोग, मधुमेह, धातु झर्ने, पेट दुख्ने र पोल्ने जस्ता रोगहरूबाट मुक्ति पाउन सकिन्छ । यसको नियमित प्रयोगले पित्ताशय र मिर्गौला सफा हुन्छ, खानाको रुचि बढाउँछ, कब्जियत र अलकाई (पाइल्स)लाई पनि निको पार्छ । यी विभिन्न रोगको उपचारका लागि यसको ताजा पात चुस्ने तथा ३-५ ग्राम दिनको ४/५ पटक खाने तथा काँढापानी बनाएर खाने गर्न सकिन्छ ।
अजम्बरी Kalanchoe pinnata | |
---|---|
अजम्बरी | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म) |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Core eudicots |
गण: | Saxifragales |
कुल: | Crassulaceae |
वंश: | Kalanchoe |
भाग: | Bryophyllum |
प्रजाति: | K. pinnata |
वैज्ञानिक नाम | |
Kalanchoe pinnata (Lam.) Pers. | |
पर्याय | |
Bryophyllum pinnatum (Lam.) Oken |
This article uses material from the Wikipedia नेपाली article अजम्बरी (वनस्पति), which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.