इन्टरनेट टेलिभिजन

इन्टरनेट टेलिभिजन वा इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) टेलिभिजन प्रसारणको एउटा नयाँ प्रविधि हो। यो प्रविधिबाट अहिले टेलिभिजनका च्यानललाई इन्टरनेटको माध्यमबाट आफ्नो कम्प्युटर अथवा इन्टरनेट-चल्ने टेलिभिजन हेर्न सकिन्छ। जुनसुकै तिब्र गतिको इन्टरनेटको श्रोत मार्फत इन्टरनेटमा जोडेर यस्तो टेलिभिजन हेर्न सकिन्छ। प्रत्यक्ष टेलिभिजन, पुराना कार्यक्रमहरूका साथै चाहिएको भिडियो वा चलचित्र खोजेर हेर्न सकिने भएकोले यो सेवा सामान्य टेलिभिजन प्रसारण भन्दा फरक छ। त्यसैले, आइपी टिभीलाई सामान्यतया इन्टरनेटमा आधारित मल्टिमिडिया सेवा भन्न सकिन्छ।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनले इन्टरनेटको माध्यमबाट प्रसारण हुने टेलिभिजनलाई आइपी टिभी भनेको छ। सन् २००५मा एलाईन्स फर टेलिकम्युनिकेसन इन्डस्ट्री सोलुसन्सले आइपी टिभीको आधिकारिक परिभाषा गरेको हो। पहिलोपल्ट १९९४मा अमेरिकी ब्रोडकास्टिङ कम्पनीले आफ्नो विश्व समाचार सेवालाई पहिलो पटक इन्टरनेटमार्फत् प्रसारण गरेको थियो। सुरुमा सियु-सिमी भिडियो कन्फेरेन्स सफ्टवेयरका माध्यमबाट यस्तो सेवा सुरु गरिएको थियो। त्यसपछि यसलाई विकास गर्दै संसारभरि आइपी टिभीको चलन सुरु गरियो। अहिले भने एमपिइजी फोर प्रविधिमा यस्ता टिभी सञ्चालन गरिन्छ। इन्टरनेटका अरु श्रोतबाट जस्तै, आइपी टिभीमा प्रसारण भइसकेको टिभी कार्यक्रमलाई रेकर्ड गरेर पनि हेर्न मिल्छ। सीमित च्यानलको मात्र सेवा लिएर चलाउन पनि सकिन्छ। आफूलाई मन पर्ने कार्यक्रम रेकर्डका लागि स्वचालित रूपमा मिलाएर राख्ने र पछि हेर्न सकिने भएकाले यो प्रविधि अहिले लोकप्रिय हुन थालेको छ।

सन्दर्भ सामग्रीहरू

Tags:

इन्टरनेटसुसाङ्ख्य

🔥 Trending searches on Wiki नेपाली:

कृषिसत्यमोहन जोशीगोरखापत्रअस्ट्रेलियाक्षयरोगवसन्तबहादुर कुँवरनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूविहादी गाउँपालिकानेपालको जनआन्दोलन २०४६अधिकृत पूँजीजलवायु परिवर्तनहात्तीप्रदूषणकटारी नगरपालिकानेपालमा मौलिक हक र कर्तव्यधरहराफिफामगर जातिबजेटमुख्य पृष्ठपूर्वी एसियाराष्ट्रिय सुरक्षा परिषद्मगर भाषाविश्व व्यापार सङ्गठनबैतडी जिल्लाउत्तर अमेरिकाविकिमिडिया कमन्सशम्भुप्रसाद ढुङ्गेलनेपाली साहित्यकाठमाडौँ जिल्लानियमावलीभुईँचालोनेपाल रेडक्रस सोसाइटीसंयुक्त अधिराज्यजुन्को ताबेईलमजुङ जिल्लाक्रिस्टियानो रोनाल्डोइलाम २ (निर्वाचन क्षेत्र)बिन्ध्यवासिनी मन्दिरदरबार हत्याकाण्डशनिग्रहस्वास्थ्यप्रवेशिका परीक्षानारायणकाजी श्रेष्ठक्षेत्रप्रताप अधिकारीलक्ष्मीप्रसाद देवकोटा रचनासूचीनेपालका नगरपालिकाहरूशाह वंशनेपालको सर्वोच्च अदालतसामन्तवादविष्णुजनसङ्ख्या वृद्धिभानुभक्त आचार्यनेपालको चलचित्रको इतिहासविज्ञापनमोतीराम भट्ट१ वैशाखसिद्धबाबा मन्दिरअङ्कोरवाटशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)महानगरपालिकारुपन्देही जिल्लाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)बुढासुब्बा मन्दिरगाउँखाने कथारामसार क्षेत्रसमाजमदन पुरस्कारअनुसन्धानदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवखप्तड राष्ट्रिय निकुञ्जसुनसरी जिल्लाअरनिकोसिंहदरबारपहिलो विश्वयुद्धमध्यवर्ती क्षेत्रलिच्छवि राज्य🡆 More