एड्स (Acquired immunedeficiency syndrome/AIDS) एउटा यस्तो लक्षण हो, जुन एचआइभीले गर्दा शरीरमा उत्पन्न हुन्छ। यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसका सिकार हुने गर्दछन। तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरियाका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चा समेतलाई सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा एच'आइ'भी' पसेपछि सर्वप्रथम T-Lymphocyte कोषमा आक्रमण गर्ने गर्दछ र त्यइपछि बिस्तारै उक्त भाइरस अन्य कोषहरूमा पनि प्रवेश गरि यइले शरिरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भयापछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ।
एचआइभी/एड्स | |
---|---|
रातो रिबन एचआइभी संक्रमितको चिन्ह हो । | |
वर्गीकरण तथा बाह्य सामग्रीहरू | |
विभाग | infectious diseases[*] |
आइसिडी-१० | Bb20.htm+ b20 20 . – Bb20.htm+ b24 24 . |
आइसिडी-९ सिएम | 042-044 |
ओएमआइएम | 609423 |
डिजिज-डिबी | 5938 |
मेडलाइन प्लस | 000594 |
इ-मेडिसिन | emerg/253 |
प्यासेन्ट युके | एड्स |
एमई-एसएच | ढाँचा:Mesh2 |
सन् २००४ सम्म लगभग ३,०००,००० मानिसहरू एड्सले गर्दा मृत्यु भइसकेको छ । यी मानिसहरूमा लगभग ५००,००० को संख्या बालबालिकाहरुको थियो। सन् २००४ सम्म विश्वभरीको लगभग ४०,०००,००० मानिसहरूमा एचआईभी संक्रमण थियो ।
विश्वमा सबैभन्दा धेरै एड्स भयाका मानिसहरू अफ्रिकामा बसोबास गर्छन र एड्सबाट मृत्यु हुने बालबालिकाहरु धेरै जसो अफ्रिकामा बस्छन् ।
धेरै यस्ता एचआईभी संक्रमित व्यक्तिहरुलाई आफ्नो सङ्कर्मण बारे ज्ञान हुदैँन । त्यसैले पनि एआईभी पिडित ब्यक्तिहरूको संख्या यकिनका साथ भन्न गाह्रो छ ।
एड्सका लक्षणहरु निम्न प्रकारका छन्:-
आजको दिनसम्म यइलाई पूर्णरुपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन। हामीसँग भयातायातका का औषधीहरु(Anti Retroviral Therapy/ ART) ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन्। आफ्नो चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी शुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरुको संख्या कति छ (CD4 count) भनेर थाहा पाउन सकिन्छ।
बच्ने उपाय
आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
साधारण सम्पर्क जस्तै अँगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने, जुठो खाने गर्नाले एचआईभी संक्रमण सर्दैन। साधारणतया रगत लिँदादिँदा पनि यो रोग सर्दैन किनकी त्यस्तो बेला एचआईभी लगायत हेपाटाइटिस बी जस्ता सर्नसक्ने रोगहरुको परिक्षण गरिएको हुन्छ। तर असुरक्षित यौनसम्पर्क, एउटै सई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्छ।
एचआइभी सर्ने माध्यम
यसरी सर्दैन
This article uses material from the Wikipedia डोटेली article एड्स, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.