अजा एकादशी

भाद्रपद महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई अजा एकादशी भनिन्छ । यस दिनलाई नेपाल अथवा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत तथा पर्वको रुपमा मनाउने गर्दछन् ।

व्रत कथा

कुन्ती पुत्र युधिष्ठिर भन्न लागे- हे भगवान! भाद्रपद कृष्ण एकादशीका नाम के हो ? व्रत गर्ने विधि तथा यसको माहात्म्य कृपा गरेर भन्नुहोस् । मधुसूदन भन्न लागे- यस एकादशीको नाम अजा एकादशी हो । यो सबै प्रकारका समस्त पापहरूको नाश गर्ने एकादशी हो । जो मनुष्य यस दिन भगवान ऋषिकेशको पूजा गर्दछ उसलाई वैकुण्ठको प्राप्ति अवश्य हुन्छ । अब तपाईं यसको कथा सुन्नुहोस् ।

प्राचीनकालमा हरिशचन्द्र नामक एक चक्रवर्ती राजा राज्य गर्दथे । उनले कुनै कर्मको वशीभूत भयर आफ्नो सारा राज्य र धन त्यागिदिए, साथै आफ्शी पत्नी, पुत्र तथा स्वयंलाई बेचिदिए ।

ति राजा चण्डालको दास बनेर सत्यलाई धारण गर्दै मृतहरूका वस्त्र ग्रहण गर्दैरहे तर कुनै प्रकारबाट सत्यसँग विचलित भएनन् । कैयों पटक राजा चिन्ताको सागरमा डुबेर आफ्नो मनमा विचार गर्न लाग्थे कि म कहाँ जाउँ, के गरूँ, जसबाट मेरो उद्धार होस् ।

यस प्रकार राजाका कैयों वर्ष बीते । एक दिन राजा यसै चिन्तामा बसेका थिए, गौतम ऋषि आए । राजाले उनलाई देखेर प्रणाम गरे र आफ्नो सबै दु:खले भरीएको कहानी भनेर सुनाए । यो कुरा सुनेर गौतम ऋषि भन्न लागे- राजन तिम्रो भाग्यले आज भन्दा सात दिन पछि भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशी आउनेछ, तिमी विधिपूर्वक त्यसको व्रत गर ।

गौतम ऋषिले अघाडी भने यस व्रतको पुण्य प्रभावले तिम्रा समस्त पाप नष्ट हुनेछन् । यस प्रकार राजालाई भनेर गौतम ऋषि उसै समय अन्तर्ध्यान भए । राजाले उनका कथानुसार एकादशी आएको बेला विधिपूर्वक व्रत र जागरण गरे । त्यो व्रतका प्रभावले राजाका समस्त पाप नष्ट भए ।

स्वर्गमा बाजे बज्न लागे र पुष्पहरूको वर्षा हुन लाग्यो । उनले आफ्नो मृतक पुत्रलाई जीवित र आफ्नी पत्नीलाई वस्त्र तथा आभूषणहरूले युक्त देखे । व्रतको प्रभावले राजालाई पुन: राज्य प्राप्त भयो । अन्तमा उनि आफ्ना परिवार सहित स्वर्गमा गए ।

हे राजन! यो सबै अजा एकादशीका प्रभावले नै भयो । अत: जो मनुष्य यत्नका साथ विधिपूर्वक यस व्रतलाई गरेर रात्रि जागरण गर्दछन्, उनका समस्त पाप नष्ट भएर अन्तमा स्वर्गलोकलाई प्राप्त गर्दछन् । यस एकादशीको कथा श्रवणमात्रले अश्वमेध यज्ञको फल प्राप्त हुन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

Tags:

अजा एकादशी व्रत कथाअजा एकादशी यो पनि हेर्नुहोस्अजा एकादशी सन्दर्भ सामग्रीहरूअजा एकादशी बाह्य लिङ्कहरूअजा एकादशीनेपालभदौभारतहिन्दू धर्म

🔥 Trending searches on Wiki डोटेली:

भियतनामभोपालउदित नारायण झामानव अधिकारमाइकल ज्याक्सनचन्द राजाबशर अल - असदफेवा तालबबूलनेपालको संविधान २०७२नेपाली नागरिकपेयपदार्थगुजरातअहमदाबादइमरान खानयुरोपेली संघखप्तड राष्ट्रिय निकुञ्जमानसिक रोगचियाकैलाली बहुमुखी क्याम्पसवर्षपेरूफेमिना मिस इन्डियाहिन्द महासागरनेपाल विद्यार्थी संघरेडियो नेपालडेउडा गीदभटमासशहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रआँमलियोनेल मेस्सीतेजमान विश्वकर्मास्विजरल्याण्डगुलाफस्नूप डग (गायक)लक्ष्मीपुर पटरीरोबेर्ट बी लाफलिनपरमानन्द झाअरुण जेटलीतिलिचो तालबङ्गलादेशअनिता हस्सनन्दनीजेनिफर लोपेजशिकागोबथनाहा गाविससंस्कृत भाषाहिन्दू धर्मविश्वकप क्रिकेटबगाले थापाअंशुवर्मा🡆 More