पाँडे वंश वा पाण्डे वंश नेपाली राजनैतिक पृष्ठभूमिको एक वंश हो । यो वंश क्षत्रिय वर्णको नेपाली क्षेत्री जातिहरूको परिवार थियो र यिनीहरूको दुश्मनी थापा वंशसँग लामो समयसम्म रह्यो । यिनीहरूको उदय गोरखाका राजा द्रव्य शाहको राज्यारोहणबाट सुरू भएको थियो । पछि शिवराम सिंह बस्न्यातको परिवारसँग पृथ्वीनारायण शाहको पालामा यस परिवारको जोडदार सम्बन्ध बन्यो ।
गणेश पाँडे यस भारदार परिवारका पहिलो भारदार देखिन्छन् । उनी राजा द्रव्य शाहलाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । काजी वीरुदत्त पाण्डे गोरखाका काजी हुन् । उनी गणेश पाँडेकै पछिल्ला वंशज हुन्। वीरुदत्तका छोरा काजी भीमराज पाँडे राजा नरभूपाल शाहलाई राज्यारोहण गराउने भारदारी समुहमा थिए । भीमराजका छोरा काजी वंशीधर कालु पाण्डे गोरखाको सेनापति भए । यस परिवारको सर्वोच्च प्रतिनिधि कालु पाँडे नै थिए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । उनका तीन छोरा थिए;वंशराज पाँडे, रणशूर पाँडे र दामोदर पाँडे। उनका जेठा छोरा देवान काजी वंशराज पाँडे पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी दामोदर पाँडे नेपालको पहिलो प्रधानमन्त्री हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए । उनले मूलकाजी भै शासन चलाउँदा राजा रणबहादुर शाहको फिर्ता सवारीमा भीमसेन थापाको आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो ।
उनका छोरा रणजंग पाँडे पनि नेपालको तेस्रो प्रधानमन्त्री हुन् ।
This article uses material from the Wikipedia डोटेली article पाँडे वंश, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.