एलन मस्क

इलोन रिभ मस्क (अङ्ग्रेजी: Elon Reeve Musk) FRS (/ˈiːlɒn/;(जन्म जुन २८, १९७१) एक दक्षिण अफ्रिकामा जन्मिएका क्यानडेली-अमेरिकी व्यवसायी, लगानीकर्ता, इन्जिनियर, औद्योगिक डिजाइनर, प्राविधि उद्यमी र परोपकारी हुन् । उनी स्पेसएक्सको संस्थापक, प्रमुख कार्यकारी अधिकृत, प्रमुख प्राविधिक अधिकारी र प्रमुख डिजाइनर हुन्।; टेस्ला इन्कको सुरुवाती लगानीकर्ता, सि.इ.ओ र प्रोडक्ट आर्किटेक्ट ; द बोरिङ कम्पनीको संस्थापक; न्युरालिंकको सह-संस्थापक; र ओपन ए आइको सह-संस्थापक तथा सुरुवाती अध्यक्ष हुन् उनी २०१८ मा फेलो अफ रोयल सोसाइटीको रूपमा निर्वाचित भएका थिए। २०१८ मा, उनी फोर्ब्सको संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको सुचीमा २५ औँ स्थानमा सुचिकृत भएका थिए, र २०१९ कोमस्ट इनोभेटिब लिडरमा पहिलो स्थान मा परेका थिए। १४ अगस्ट २०२० को अनुसार उनको खुद सम्पत्ति ७६.७ अर्ब डलर रहेको अनुमान छ र उनी फोर्ब्सको विश्वको सातौ धनि मानिस सुचिकृत भएका थिए । उनी विश्वव्यापी रूपमा कुनै पनि अटोमोटिब निर्माताको सबैभन्दा लामो कार्यकाल काम गर्ने प्रमुख कार्यकारी अधिकृत हुन् ।

एलन मस्क
A close-up of Musk's face while giving a speech
२०१५ मा एलन मस्क
जन्मएलन रिभ मस्क
(1971-06-28) जुन २८, १९७१ (उमेर ५२)
प्रिटोरिया, Transvaal, दक्षिण अफ्रिका
वासस्थानBel Air, लस एन्जलस, क्यालिफोर्निया, अमेरिका
नागरिकता
  • दक्षिण अफ्रिका (१९७१-वर्तमान)
  • क्यानाडा (१९८८-वर्तमान)
  • अमेरिका (२००२-वर्तमान)
मातृ शिक्षाप्रतिष्ठान
  • Queen's University
  • पेन्सिलभेनिया विश्वविद्यालय
पेशाउद्यमी, ईन्जिनियर, र लगानीकर्ता
जम्मा सम्पतियूएस $ १९ .६६ अरब (अप्रिल २०१८)
उपाधि
  • स्पेस एक्स को प्रमुख कार्यकारी अधिकृत
  • टेस्लाको प्रमुख कार्यकारी अधिकृत
  • Neuralinkको प्रमुख कार्यकारी अधिकृत
  • द बोरिङ्ग कम्पनी को प्रमुख कार्यकारी अधिकृत
जीवनसाथी
जस्टिन विल्सन मस्क
(
वि २०००; सम्बन्ध विच्छेद २००८)
  • तलुला रिले (m. २०१०–div. २०१२; m. २०१३–div. २०१६)
सन्तान
मातापिता
  • इरोल मस्क (बुवा)
  • माये मस्क (आमा)
आफन्त
  • किम्बल मस्क (भाइ)
  • Tosca Musk (sister)
  • Lyndon Rive (cousin)
हस्ताक्षर
Elon Musk

खरबपति मस्क जनवरी २०२१ मा, जेफ बेजोसलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बने।

प्रारम्भिक जीवन

बाल्यकाल तथा परिवार

इलोन रिभ मस्कको जन्म २८ जुन १९७१ मा दक्षिण अफ्रिका प्रिटोरियामा भएको थियो। उनको आमा माये मस्क (जन्म उपनाम हल्देमन), क्यानडा मुलको मोडेल र पोषणविद थिइन्। जो क्यानडामा जन्मिएकी थिइन् तर दक्षिण अफ्रिकामा हुर्किएकी थिइन्।

उनको पिता इरोल मस्क, एक दक्षिण अफ्रिकी इलेक्ट्रोमेकानिकल इन्जिनियर, पाइलट, नाउ, परामर्शदाता तथा सम्पत्ति बिकासकर्ता (Property Developer) थिए। उनको एक जना भाइ, किम्बल (जन्म:१९७२), र एक बहिनी, टोस्का (जन्म: १९७४) थिए।

व्यवसाय

जिप टु

सन् १९९५ मा एलन, किम्बल र ग्रेग कुरीले एन्जल लगानीकर्ताबाट आएको पैसाबाट वेव सफ्टवेयर कम्पनी जिप टुको स्थापना गरेका थिए। उनीहरूले पालो अल्टोमा सानो अफिस भाडामा लिएका थिए। यो कम्पनीले पत्रिका प्रकाशन उद्योगको लागि नक्सा, दिशा, र पहेंलो पेज सहित इन्टरनेट सिटि गाइडको विकास तथा बजारीकरण गर्यो। मस्कले बताएका छन् कम्पनी सफल हुनु अगाडी, उनले अपार्टमेन्ट जुटाउन सक्दैनथे र उनी अफिसमा नै सुत्ने गर्थे र एउटा कम्प्युटर भाइसंग साझा गर्थे। मस्कका अनुसार , "वेवसाइट दिनमा चल्थ्यो र म राती कोडीङ गर्थे, हप्ताको सातै दिन. सबै समय। " मस्क दाजुभाइले द न्युयोर्क टाइम्स र सिकागो ट्रीब्युन बाट ठेक्का पाए, र सिटि सर्च कम्पनीसंग गाभिने योजना त्याग्न बोर्ड अफ डिरेक्टरलाई सहमत गराए । कम्पनीका अध्यक्ष रिच सर्किनले सम्हालिरहेको सिइओको पद हासिल गर्ने मस्कको प्रयास बोर्डबाट अस्वीकृत भयो १९९९ फेब्रुअरीमा कम्प्याकले ३०७ मिलियन अमेरिकी डलरमा जिप टु खरिद गर्यो मस्कले उनको ७ प्रतिशत शेयरको लागि २२ मिलियन अमेरिकी डलर प्राप्त गरे।

'एक्स डट कम' र पेपाल

सन् १९९९ मा मस्कले अनलाइन वित्तीय सेवा तथा इमेल भुक्तानी कम्पनी एक्स डट कमको सह-स्थापना गरे। यो स्टार्टअप पहिलो अनलाइन बैंकिङ्ग सेवा मध्ये एक थियो र, यसको प्रारम्भिक महिनामा नै २ लाख ग्राहक यसको सेवामा जोडिए। कम्पनीका लगानीकर्ताहरूले मस्कलाई एक अनुभवको कमी भएको महसुस गरे र त्यो वर्षको अन्त्य सम्ममा बिल ह्यारिसले उनको स्थान लिए। अर्को वर्ष, एक्स डट कम अनलाइन बैंक कन्फिनिटि सँग गाभियो। कन्फिनिटिको स्थापना म्याक्स लेभ्चिन र पिटर थिलले गरेका थिए। , कन्फिनीटिको आफ्नै मनी ट्रान्सफर सुबिधा थियो, (यसको नाम पेपाल थियो), जुन एक्स डट कमको भन्दा चर्चित थियो। गाभिए पछि बनेको कम्पनीमा, मस्क सिइओ बने। मस्कको रोजाई लिनक्स भन्दा पनि माइक्रोसफ्ट सफ्टवेयर परेपछि कम्पनीमा खाडल उत्पन्न भयो र थिलले राजीनामा दिए। प्राविधिक मामिला र संसक्त व्यापार मोडलको कमीले, २००० सेप्टेम्बरमा बोर्डले मस्कलाई हटाएर उनको स्थानमा थिललाई सिइओ बनायो। थिलको मातहतमा, कम्पनीले पेपाल सेवामा केन्द्रित गर्यो र २००१ मा पेपाल नामाकरण गर्यो। २००२ मा, पेपाल $१.५ अर्ब सहित 'इबे'मा गाभियो । जसमा मस्क ११.७% सेयर १०० मिनियन डलर सहित सबैभन्दा ठूला हिस्सेदार थिए।

२०१७ मा, मस्कले गोप्य मुल्यमा पेपालबाट एक्स डट कम डोमेन खरिद गरे। उनले यसको भावनात्मक मूल्य रहेको बताएका थिए।

स्पेस एक्स

एलन मस्क 
२०१९ माउत्तर अमेरिकी एरोस्पेस रक्षा समुदाय (नोराड) र एयरफोर्स स्पेस कमाण्डलाई स्पेसएक्स स्टारसिपको क्षमताको बयान गर्दै मस्क

२००१ मा, मस्क गैर-नाफामुलक संस्था मार्स सोसाइटी (अनुवाद: मङ्गल ग्रह समाज)मा संलग्न भए। उनी मङ्गल ग्रहमा बिरुवाको हुर्काउनको लागि च्याम्बर बनाउने योजनाबाट प्रभावित भए र त्यो परियोजनामा आफैले पैसा दिने कुरामा छलफल गरे। २००१ अक्टोबर मा, मस्क पुरानो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र, जसबाट हरितगृह पेलोड अन्तरिक्षमा पठाउन सकिन्थ्यो, खरिद गर्नको लागि मस्को भ्रमण गरे। उनले एन.पी.ओ लाभोच्किन र कोस्मोत्रास कम्पनीसँग छलफल गरे; यद्यपि उनीहरूले मस्कलाई सिकारुको रुपमा हेरे र एक जना रुसी प्रमुख डिजाइनर सँग त मस्कको विवाद नै भयो। उनको समुह खाली हात अमेरिका फर्कियो। २००२ फेब्रुअरीमा, त्यो समूह तीन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको लागि रसिया गयो। उनीहरूले कोस्मोत्रास सँग अर्को बैठक गरे। कोस्मोत्रासले एक रकेट ८ मिलियन डलर प्रस्ताव गर्यो, जुन मस्कले अस्वीकार गरे। त्यसको साटो मस्कले एउटा कम्पनी सुरु गर्ने निर्णय गरे जुनले किफायती रकेट बनाउन सक्थ्यो। आफ्नो प्रारम्भिक सम्पत्तिको १०० मिलियन डलरबाट, मस्कले स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कोर्प., (स्पेस एक्सको नामले कारोबार हुने, कम्पनी २००२ मे मा स्थापना गरे। २०२१ अनुसार, उनी कम्पनीको सिइओ र मुख्य इन्जिनियर पनि छन्।

तीन असफल प्रक्षेपणपछि, २००८ मा चौथो प्रयासमा स्पेसएक्स फाल्कन १ लन्च गर्न सफल भयो। पृथ्वीको भूकेन्द्रीय कक्षमा पुग्ने, यो नै पहिलो निजी तरल-इन्धन रकेट थियो। त्यो वर्षको अन्त्यमा, स्पेसएक्सले फाल्कन ९ र ड्कोरयागन स्पेसक्राफ्ट लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा व्यवसायिक आपूर्ति सेवा कार्यक्रम (अङ्ग्रेजी: Commercial Resupply Services program) को १.६ बिलियन डलरको ठेक्का प्राप्त गर्यो । यसले २०११ मा अवकास पाउने स्पेस सटलको स्थान लियो। २०१२ मा, ड्रयागन गाडीले बेर्थ प्राप्त गर्यो, जुन निजी कम्पनीको लागि पहिलो घटना थियो। पुनर्प्रायोज्य रकेटको लक्ष्यमा काम गर्दैगर्दा, २०१५ मा, स्पेसएक्सले फाल्कन ९ को पहिलो चरणलाई सफलतापूर्वक अवतरण गरायो। अवतरण अटोनोमस स्पेसपोर्ट ड्रोनसिप, एक समुद्र आधारित रिकभरी प्लेटफर्ममा भएको थियो। २०१८ मा, स्पेसएक्सले फाल्कन हेबी प्रक्षेपण गर्यो। यसमा तेस्ला रोडस्टार डमी पेलोडको रुपमा राखिएको थियो। २०१७ मा, स्पेस एक्सले अर्को पिँढीको गाडी तथा स्पेसक्राफ्ट सिस्टम, बिग फाल्कन रकेट लन्च गर्ने कुरा सार्वजनिक गर्योI बिग फाल्कन रकेटलाइ पछी स्टारसिप नामाकरण गरियो, र यसले स्पेसएक्सको सबै प्रक्षेपणलाई धान्न सक्छ। २०१८ मा, स्पेस एक्सले २०२३ लुनार सर्कमनेभिगेसन मिसन, एक निजी उडान डियरमुन प्रोजेक्ट को घोषणा गर्यो । २०२० मा, स्पेसएक्सले पहिलो मानवसहितको उडान डेमो-२ प्रक्षेपण गर्यो, र स्पेस एक्स मानवलाई कक्षमा लैजाने र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुग्ने पहिलो निजी कम्पनी बन्यो।

२०१५ मा स्पेसएक्सले स्याटेलाइट इन्टरनेट एक्सेस (अनुवाद:उपग्रह इन्टरनेट पहुँच) प्रदान गर्न पृथ्वीको तल्लो कक्ष उपग्रहको स्टारलिङ्क कन्स्टिलेसनको विकास प्रारम्भ गर्यो । यसको पहिलो दुई प्रोटोटाइप स्याटेलाइट २०१८ फेब्रुअरीमा प्रक्षेपण गरियोI २०१९ मे मा परिक्षण स्याटेलाइटको दोस्रो खेप र कन्सटिलेसनको पहिलो ठूलो परिचालन भयो, त्यसमा पहिलो ६० स्याटेलाइट प्रक्षेपित गरिएका थिएI दशक लामो यस परियोजनाको डिजाइन, निर्माणम तथा कन्सटिलेसन परिचालनको कुल लागत स्पेसएक्सले कटिब १० अर्ब डलर अनुमान गरेको छI

टेस्ला

एलन मस्क 
Musk next to a Tesla Model S at the Tesla Fremont Factory in 2011

टेस्ला इन्क, —सुरुमा टेस्ला मोटर्स — २००३ जुलाईमा मार्टिन इबरहार्ड र मार्क टार्पेनिंग द्वारा स्थापना गरिएको थियो र उनिहरूले कम्पनीमा पैसा राखेका थिए I कम्पनीको प्रारम्भिक विकासमा मस्कको संलग्नता सँगै दुवै जनाले सक्रिय भूमिका खेलेका थिए I मस्कले २००४ फेब्रुअरीमा सिरिज ए राउण्ड अफ इन्भेस्टमेन्टको नेतृत्व गरे; उनले $६.५ मिलियन लगानी गरे, सबैभन्दा ठुला लगानीकर्ता बने, र अध्यक्षको रुपमा टेस्लाको सञ्चालक समितिमा प्रवेश गरे I मस्कले कम्पनीमा सक्रिय भूमिका लिए र रोडस्टार प्रोडक्ट डिजाइनको निरीक्षण गरे I यद्यपि उनी दिन दैनिक व्यापार संचालनमा त्यति संलग्न थिएनन् I २००७ का कम्पनी भित्रको बढ्दो तनाव र २००८ को वित्तीय सङ्कट पछी, इबरहार्ड कम्पनीबाट बाहिरिए I २००८ मा सिइओ र प्रोडक्ट आर्किटेक्टको रुपमा कम्पनीको नेतृत्व लिए I २००९ मा इबरहार्ड संगको कानुनी सहमति अनुसार, टार्पेनिंग र अन्य दुई जनाको साथ साथै, मस्क टेस्लाको सह-संस्थापक भए I

२०१९ को अनुसार, एलन मस्क कुनै पनि गाडी निर्माता कम्पनीको सबैभन्दा लामो कार्यकाल सिइओ भए I

सोलारसिटी र टेस्ला इनर्जी

न्युरालिङ्क

एलन मस्क 
Musk discussing a Neuralink device during a live demonstration in 2020

२०१६ मा, मस्कलले न्युरालिंकको सहस्थापना गरे। मानव दिमागलाई कृत्रिम बौद्धिकता (ए.आइ) संग एकीकृत गर्नु यसको उद्देश्य रहेको छ। न्युरालिंकको उद्देश्य यस्तो डिभाइसको निर्माण गर्नु हो, जुन मानव दिमागमा जडान गर्न सकिन्छ र दिमागलाई मेसिनसँग जोड्न सकियोस्।

द बोरिङ्ग कम्पनी

२०१६ मा मस्कले टनेल निर्माणको लागि द बोरिङ कम्पनीको स्थापना गरे।

व्यवस्थापकीय शैली र कर्मचारी प्रति व्यवहार

मस्कको व्यवस्थापकीय शैलीर कर्मचारी प्रतिको व्यवहारको निकै आलोचना गरिन्छ। मस्कसँग निकट भएर काम गर्ने एक व्यक्तिले मस्कले पागलपन र दादागिरी जस्तो निकै तल्लो व्यवहार गर्ने बताएका थिए । बिजनेस इनसाइडर नामक पत्रिकाले टेस्लाका कर्मचारीहरूलाई मस्कको रिसबाट बच्न मस्कको डेस्कछेउबाट नहिड्न भनिन्छ।

चलचित्र रंगमञ्चमा मस्क

मस्कले धेरै चलचित्रमा अतिथि कलाकार र छोटो भुमिकामा देखिएका छन्। आइरन म्यान टु (२०१०), ह्वाइ हिम? (२०१६), and मेन इन ब्ल्याक:इन्टरनेसनल (२०१९). उनी देखा परेका टेलिभिजन सिरिजहरूमा द सिम्प्सन (२०१५), द बिग ब्याङ थियोरी] (२०१५, साउथ पार्क (२०१६), रिक एन्ड मोर्टी (२०१९), and Saturday Night Live (2021). उनले रेसिङ एक्स्टिङ्क्सन (२०१५), र वेर्नर हर्जोग द्वारा निर्देशित लो एन्ड बिहोल्ड, रिभेरिज अफ द कनेक्टेड वर्ल्ड (२०१६) लगायत वृत्तचित्रमा अन्तर्वार्ता दिएका छन्।

सन्दर्भ सामग्रीहरू


Tags:

एलन मस्क प्रारम्भिक जीवनएलन मस्क व्यवसायएलन मस्क चलचित्र रंगमञ्चमा मस्कएलन मस्क सन्दर्भ सामग्रीहरूएलन मस्कअङ्ग्रेजी भाषाअभियन्तादक्षिण अफ्रिकाप्रमुख कार्यकारी अधिकृतफोर्ब्समद्दत:IPA/Englishलगानीकर्ताविश्वका अर्बपतिहरूसंसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको फोर्ब्स सूचीस्पेसएक्स

🔥 Trending searches on Wiki नेपाली:

साकेला नाचविनोद चौधरीवेबसाइटत्रिभुवन वीरविक्रम शाहबौद्धिक सम्पत्तिसुगौली सन्धिब्रह्माण्डसूर्यविनायकसुनसरी जिल्लानेपालको सङ्घीय संसदफुटबल खेलकोलेस्टेरोलमहानगरपालिकादसैँजापानकेकी अधिकारीनेपालमा मातृभाषामा शिक्षाआँकबाल विवाहचिठीबुलबुले तालहात्तीपरराष्ट्र मन्त्रालय (नेपाल)सामन्तवादविकासशील देशजानकी मन्दिरलैङ्गिक समानताबौद्धनाथभ्रष्टाचारथारू जातिमहाकाव्यकालस्त्री स्खलनमाओवादी जनयुद्धनाम४२ सालको पर्वविसं २०७२ को महाभूकम्पनेपालको प्रधानन्यायाधीशकोशी प्रदेशअर्घाखाँची जिल्लाजनशक्तिबाइसे राज्यहरूदोधारा चाँदनी पुलसंयुक्त राष्ट्रसङ्घका महासचिवझमक घिमिरेहिन्दु धर्मसभ्यताजितेन्द्र मुखियायौनव्यवस्थापिकाधान नाचदर्शननेपाली व्याकरणव्यासविश्व व्यापार सङ्गठनक्षेत्रीगोसाइँकुण्डक्याथोलिक चर्चविकिपिडियाअष्ट चिरञ्जीवीसुर्खेत जिल्लातेह्रथुम जिल्लाकृषि विकास बैंकसंस्कृतिजर्मनीरस (काव्य शास्त्र)ॐ मणि पद्मे हूँनाताधरान उपमहानगरपालिकानेपालै नरहेमानव अधिकारछिमेकी (कथा)विश्वकोशसेतो गुम्बा🡆 More