पचाल झरना

पचाल झरना कालीकोट जिल्लाको सदरमुकाम मान्मादेखि १८ कोस उत्तर-पूर्वमा रहेको राम्नाकोट गाविस वडा नम्बर ७ र ८ मा पर्ने पचाल झरना ३ सय ८१ मिटर अग्लो झरना हो । कालीकोटको पचाल झरना नेपालकै अग्लो मानिएको अर्को ह्यातुङ झरनाभन्दा करिब १६ मिटर अग्लो भएको जिल्ला प्राविधिक कार्यालयले प्रमाणित गरेको पनि छ । जंगलको बीचबाट निस्केको पानीको छहराको दृश्य मनमोहक भय पनि पर्यटकीय विकास नहुदा ओझेलमा परेको हो । घना जंगलको बीचमा पर्ने पचाल झरना कर्णाली अञ्चलको चर्चित धार्मिकस्थल पुगमालिकाबाट बग्ने पानीका मूल एकै ठाउँमा मिसिएपछि बनेको छ ।

पचाल झरना
पचाल झरना
पचाल झरना
पचाल झरना is located in नेपाल
पचाल झरना
स्थानराम्नाकोट गाविस, कालीकोट जिल्ला, नेपाल
निर्देशाङ्क२८°३३′२०″N ८३°३८′२१″E / २८.५५५५°N ८३.६३९२३°E / 28.5555; 83.63923 (पचाल झरना) ८३°३८′२१″E / २८.५५५५°N ८३.६३९२३°E / 28.5555; 83.63923 (पचाल झरना)
प्रकारPlunge
जम्मा उचाइ४८२ मी (१,५८१ फिट)
झरना सङ्ख्याएक

झरनाको लम्बाई

कालीकोट जिल्लाकोे पूर्वी क्षेत्रमा पर्ने पचालझरना गाउपालिका वडा नं. ३ स्थित खाद्रु गाँउमा पर्ने ऐतिहासिक पर्यटकिय स्थल पचाल झर्ना ४ सय १५ मिटर रहेको प्रमाणीत भएको छ । जिल्लाकै ऐतिहासीक रमणिय पर्यटकिय स्थल भएपनि गुमनामा रहेको पचाल झर्ना पर्यटन बोर्डको सहयोग, जिल्ला समन्वय समिति कालिकोटको समन्वय तथा जिल्लाको रास्कोट नगरपालिका निवासी युवा बिद्यार्थी यसोधा बराल र जिल्ला विकास समितिको प्राबिधि टोलीले पचालझरनाको नापनक्सा गरी ४ सय १५ मिटर रहेको प्रमाणीत गरेको हो । पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टी भएको छ । नेपालको मात्र नभएर यो झरना एसिया कै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएको छ । पचाल झरनाको अहिलेसम्म औपचारिक नाप लिइएको थिएन । तर, स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिइएको हो । त्यसक्रममा पचाल झरना नेपाल कै सबैभन्दा अग्लो भएको पाइएको हो । पचालझरनाको वास्तबिक उचाई ३८१ मिटर रहेको पाइएको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सेजुवालले बताए । जिल्ला प्राविधिक कार्यालय कालिकोटका प्राविधिक कुलप्रसाद न्यौपाने, र्‍याप थ्री संस्थाका प्राविधिक विश्वास मण्डल र पचालझरना गाउँपालिकाका प्राविधिक टेकबहादुर शाहीको टिमले झरनाको उचाईको नाप लिएको हो । २ वटा जिपिएसको सहायताबाट २०७४ साउन ५ र ६ गते दुई दिन लगाएर नाप लिइएको थियो । ‘हामीले दुई दिन लगाएर यसको नाप लिएका हौं’ अध्यक्ष सेजुवालले भने, ‘२ वटा जिपिएसको सहयोगले तीन जना प्राविधिकले २ दिनमा यसको नाम लिँदा ३८१ मिटर पाइयो ।’ यस अघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । तर, हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो । वास्तबिक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरूमा परेको छ । स्थानीय तहको चुनाव अघिका प्रतिबद्धता अनुसार यहाँका जनप्रतिनिधिहरूले पचालझरनाको विकासको लागि कार्यक्रम बनाएर बजेट विनियोजन गरेका छन् । झरनाको प्रचारका लागि आयोजना गरिएको पदयात्रासहित कार्यक्रममा नाप लिइएको अध्यक्ष सेजुवालले जानकारी दिए । गाउँपालिकाको नाम सोही झरनाबाट राखिएकाले पनि झरनाको बारेमा सत्यतथ्य प्राप्तिका लागि २०७४ साउन ५ गतेदेखि ८ गतेसम्म पदयात्रा कार्यक्रमसहित नाप लिइएको उनको भनाइ छ ।

    पर्यटन बोर्डमा सूचिकृत छैन

यो झना अहिलेसम्म नेपाल पर्यटन बोर्डमा समेत सूचिकृत भएको छैन । अब झरनाको वास्तविक उचाई समेत पत्ता लागेकाले यसलाई नेपाल पर्यटन बोर्डमा सूचिकृत गराउनका लागि प्रकृया सुरु गर्ने गाउँपालिका अध्यक्ष सेजुवालले बताए । यसअघि स्थानीयले समिति बनाएर संरक्षणको काम गरेपनि औपचारिक रूपमा सूचिकृत गराउन कुनै पहल नभएको भन्दै उनले अब प्रकृया सुरु गर्ने बताए । अध्यक्ष सेजुवालले भने,’अब हामीले नाप लिइसकेका छौं, प्रकृया पुर्‍याएर सूचिकृत गरी यसको विकासमा लाग्छौं । त्यसका लागि कार्यक्रम र बजेट समेत विनियोजन गरिएको छ ।’ गाउँपालिकाले झरनासम्म पुग्नका लागि बाटो, बसोबासको व्यवस्था मिलाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्षका साथ योजना तथा कार्यक्रम बनाएको छ ।

महत्त्व

आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने अनगिन्ति प्राकृतिक सौँदर्यताले भरिपुर्ण पचाल झर्ना हालसम्म जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा विकास हुन नसक्दा गुमनाम छ । अग्ला अग्ला पहाडी हिम श्रृङखलाहरूको फेदमा कर्णाली नदीको दक्षिणतर्फ साविकका बदालकोट गाविस र राम्नाकोट गाविसको बीचमा पर्ने ऐतिहासीक पचाल झर्नाको उचित विकासका साथै राष्ट्रिय स्तरमा प्रचार प्रसार तता यसको उचाई प्रमाणीकरण हुन नसक्नुलाई विडम्बनानै मान्नु पर्दछ । प्राबिधिक सहितको टोली लिएर पचालझरनाको अध्यायन अवलोकनमा जानु भएको यशोधा बरालले यो झर्ना कालिकोट जिल्लाको पर्यटकिय सम्भावनाको प्रमूख स्थल रहेको बताएकी छन् । उनले भनिन्, यो ऐतिहासीक झर्नाको संरक्षण, विकास र प्रवद्र्धन गर्न सकिए कालिकोट जिल्लाकै पर्यटकहरूको लागि मूख्य आकर्षक गन्तव्य बन्ने निश्चित छ । तर पनि सम्बन्धित निकाय, राजनीतककर्मी, स्थानीय पर्यटन व्यावसायी र सरोकारवाला निकायहरूको वेवास्ताका कारण पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेरको यो झर्ना गाँउघरे उख्खान कागलाई बेल पाक्यो हर्स न बिस्मात भने जस्तै भएको उनको भनाई छ ।

झरनाको बनोट

पचाल झर्नाबाट खसेको पानी करीब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक मनोरम सौँदर्यतताले भरिपुर्ण यो झर्ना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । स्थानियहरूका अनुसार यो झर्नाको बचिमा ठुला ठुला गुफाहरू पनि छन् र सशस्त्र द्धन्द्धको समयमा माओवादीहरूले यिनै गुफाहरूमा हातहतियारको गोदाम समेत बनाउने गरेका थिए । यहाँका स्थानिय विद्यालयहरूले शैक्षिक भ्रमणमा बिद्यालर्थीहरूलाई लिदा यही झर्नाको अवलोकन गराउने गरेका छन् । झर्ना हिउँदको समयमा पानीको बहाव कम हुदा र वर्षायामको तिब्र पानीको बहावमा पनि शान्त रूपमा खसिरहेको छ । जिल्ला समन्वय समितिले तत्कालै पचालझरना ४ सय १५ मिटर रहेको भनी अभिलेखिकरणका लागि नेपाल पर्यटन बोर्डमा सिफारीस गरेको छ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Tags:

पचाल झरना झरनाको लम्बाईपचाल झरना महत्त्वपचाल झरना झरनाको बनोटपचाल झरना सन्दर्भ सामग्रीहरूपचाल झरना यो पनि हेर्नुहोसपचाल झरनाकर्णाली अञ्चलकालिकोट जिल्लाराम्नाकोट

🔥 Trending searches on Wiki नेपाली:

डाँफेकबड्डीनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामदन भण्डारीप्रजननदरनेपालका अञ्चलहरूकुम्भ मेलादोस्रो विश्व युद्धरवि लामिछानेफियोनेपालको सैन्य दर्जाभौतिक विज्ञाननेपालका हिन्दू मन्दिरहरूको सूचीरौंप्रतिव्यक्ति आयस्याङ्जा जिल्लाविकसित देशस्त्री स्खलननेपाल सरकारशक्ति पृथकीकरणपहिलो विश्वयुद्धनेपाल विद्युत प्राधिकरणविश्वेश्वरप्रसाद कोइरालाकाठमाडौँ जिल्लाउदयपुर जिल्लामदन पुरस्कारवसुधैव कुटुम्बकम्बालकृष्ण समजनमत सङ्ग्रहनेपालको नवौँ राष्ट्रिय जनगणना, २०४८भैरव अर्यालरुपन्देही जिल्लाइन्द्रबहादुर राईसेतो गुराँसचूडाकर्म संस्कारश्राद्धप्रतिनिधि सभा निर्वाचन, २०७९शिखरिणी छन्दनेपालका हिमालहरूको सूचीसम्पादनवर्षा ऋतुसमूहवित्तीय लेखाविधिकाजुसार्क शिखर सम्मेलनको सूचीकैलाली जिल्लाशार्दूलविक्रीडित छन्दनेपालका प्रमुख नदीहरूको सूचीमहिला विरुद्धका हिंसारेखा थापाभूमध्यरेखाजङ्गबहादुर राणारुस-युक्रेन युद्धढोरबराहि मन्दिरजुम्ला जिल्लानुवाकोट जिल्लाअष्ट चिरञ्जीवीसंयुक्त अरब इमिरेट्सछिन्नमस्ता भगवतीनेपालका औद्योगिक क्षेत्रहरूको सुची२०२२ फिफा विश्वकपगाईदराजऔद्योगिक क्रान्तिनगरपालिकाकीर्तिपुर नगरपालिकानेपालको उपराष्ट्रपतिदलितनेपालका उर्जा केन्द्रहरूको सूचीलागत लेखाविधिपारिस्थितिक प्रणालीअक्षांशनेपालमा महिला अधिकार🡆 More