धवल शम्शेर राणा

डा.

धवल शम्शेर राणा एक नेपाली राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिकाका वर्तमान नगर प्रमुख हुन्। उनले वि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा १२,५१५ मत ल्याएर निर्वाचित भएका थिए।

डा. धवल शम्शेर राणा
धवल शम्शेर राणा
९ औं नेपालगञ्जकाे नगर प्रमुख
कार्यकाल
वि.सं. २०५४ – वि.सं. २०५९
पूर्वाधिकारीविजयकुमार गुप्ता
उतराधिकारीरमेश अर्याल
कार्यकाल
वि.सं. २०७४ – वि.सं. २०७९
सहायकउमा थापा मगर
पूर्वाधिकारीरमेश अर्याल
उतराधिकारीप्रशान्त बिष्ट
व्यक्तिगत विवरण
जन्म (1962-03-30) ३० मार्च १९६२ (उमेर ६१)
नेपालगञ्ज, बाँके जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा एमाले
राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रारम्भिक जीवन

धवल शम्शेर श्री ३ देव शमशेरका वंशज हुन्।

राजनैतिक जीवन

धवल शम्शेरले नेकपा एमालेबाट राजनैतिक जीवन सुरु गरेका थिए। वि.सं. २०६३ को परिवर्तन पछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यता लिएका थिए। राजतन्त्रविरुद्ध एमाले समेत अन्य राजनीतिक दलहरूसँग एकजुट भएपछि राणा पार्टी परित्याग गरेर राप्रपामा लागेका हुन्।

वि.सं. २०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्जको मेयरमा जितेका राणा वि.सं. २०७० को संविधानसभा निर्वाचनमा भने नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका थिए। वि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा राणा १२,५१५ मत ल्याएर नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए।

राप्रपा राजनीति

धवल शम्शेर कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका थिए। वि.सं. २०७१ को पार्टी महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा खुला तर्फ सर्वाधिक मत (११५८ मत) पाएका थिए।

वि.सं. २०७८ मा भएको राप्रपाको महाधिवेशनमा धवल शम्शेर राजेन्द्र लिङ्देनको पक्षमा लागेका थिए। वि.सं. २०७८ मंसिर ९ मा राजेन्द्र लिङ्देनले अध्यक्षमा र राणाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए।

निर्वाचन इतिहास

राणाले हालसम्म ५ वटा निर्वाचनमा आफ्नो सहभागिता जनाइसकेका छन्। उनले सबैभन्दा पहिले आम निर्वाचन २०५१ मा बाँके २ बाट स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन लडेका थिए। संसदीय निर्वाचनमा असफल भएपछि राणाले नेकपा एमालेको टिकटमा वि.सं. २०५४ मा नेपालगञ्ज नगरपालिकाको मेयर चुनाव जित्न सफल भएका थिए। लामो समयको अन्तरालपछि नेपालमा भएको पहिलो तथा दोस्रो संविधानसभाको निर्वाचनमा बाँके ३ बाट उम्मेदवारी दिएता पनि जनताले उनलाई अस्वीकार गरेका थिए। वि.सं. २०५४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयर निर्वाचित भएका उम्मेदवारहरू मध्ये वि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा मेयर पदमा पुन: निर्वाचित हुने राणा एक मात्र जनप्रतिनिधि हुन्।

निर्वाचन वर्ष निर्वाचन क्षेत्र/स्थानीय तह नतिजा मत राजनीतिक दल स्रोत
स्थानीय तह निर्वाचन, २०७४ वि.सं. २०७४ नेपालगञ्ज उपमहानगरपालिका विजयी १२,५१५ राष्ट्रिय प्रजातन्त्र पार्टी
संविधानसभा निर्वाचन २०७० वि.सं. २०७० बाँके ३ पराजित ८,८०९ राष्ट्रिय प्रजातन्त्र पार्टी
संविधानसभा निर्वाचन, २०६४ वि.सं. २०६४ बाँके ३ पराजित ४,३८३ राष्ट्रिय प्रजातन्त्र पार्टी
स्थानीय तह निर्वाचन, २०५४ वि.सं. २०५४ नेपालगञ्ज नगरपालिका विजयी नेकपा एमाले
आम निर्वाचन २०५१ वि.सं. २०५१ बाँके २ पराजित १,३९४ स्वतन्त्र

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

धवल शम्शेर राणा प्रारम्भिक जीवनधवल शम्शेर राणा राजनैतिक जीवनधवल शम्शेर राणा निर्वाचन इतिहासधवल शम्शेर राणा यो पनि हेर्नुहोस्धवल शम्शेर राणा सन्दर्भ सामग्रीहरूधवल शम्शेर राणानेपालगन्ज उपमहानगरपालिकाराष्ट्रिय प्रजातन्त्र पार्टीस्थानीय तह निर्वाचन, २०७४

🔥 Trending searches on Wiki नेपाली:

वैदेशिक रोजगारनेपालमा मौलिक हक र कर्तव्यमानव तस्करीनेपालको प्रशासनिक विभाजननेपालका झरनाहरूको सूचीजनमत सङ्ग्रहकलानागरिक लगानी कोषकोशी प्रदेशअनुसन्धाननेपालको राष्ट्रपतिनेपाल स्टक एक्सचेन्जकानूनतामाङ जातिबलभद्र कुँवरनेपालका मल्ल राजाहरूको सूचीकृषिदेशान्तरनेपालका बैङ्कहरूको सूचीसहस्राब्दी विकास लक्ष्यआन्तरिक नियन्त्रण प्रणालीविद्युतीय अपराधथारू जातिमिथिलाइलाम जिल्लानेपालको शिक्षा मन्त्रीहरूह्युगो चाभेजसगरमाथानेपालका राष्ट्रिय विभूतिहरूझिझियासामाजिक सञ्जालमहासागरनेपाल राष्ट्र बैङ्कनेपालका प्राकृतिक सम्पदाहरूको सूचीगौडिय वैष्णव सम्प्रदायनेपाली साहित्यधर्म निरपेक्षतासिन्धुली जिल्लामुटुप्रतिनिधि सभा निर्वाचन, २०७४गोपाल वंशसुदूरपश्चिम प्रदेशधान नाचहावापानीछन्दनेपालको जनआन्दोलन २०४६प्रविधिखस ब्राह्मणशौनक गोत्रझोला (चलचित्र)नेपाली व्याकरणछुवाछुतनेपाली शब्दकोशबुटवल उपमहानगरपालिकाजुजु धौराणा वंशकिशोरावस्थामदर टेरेसानेपालका हिमालहरूको सूचीयुरोपसंसदीय व्यवस्थागायत्री मन्त्रभक्ति थापासीतासार्की जातिस्थानीय कार्यपालिकापन्जाब, पाकिस्तानरेखा थापामहेन्द्र सिंह धोनीनेपालको प्रधानमन्त्रीबंगलामुखी मन्दिरनेवारी भाषादैलेख जिल्लाविजय मल्ल🡆 More