काँच

काँच एक पारदर्शी ठोस वस्तु हो । यो क्रिस्टल नबनी अर्ध ठोस अवस्थाबाट ठोसमा बदलिन्छ । यो एक सुपर कुल्ड लिक्विड ( Super Cooled Liquid) हो । यसको कारण यो ठोस हुनुभन्दा पहिले नै यसको पग्लिने तापक्रमभन्दा तल चिसिन्छ । ठाडो पारेर राखेको झ्यालमा रहेका अणुहरू माथिल्लो तहबाट तल्लो तहतिर बिस्तारै बग्छन् । यो अल्काली र अल्कालाइन धातहरूको होमोजिनस मिश्रण हो । यसको मुख्य कच्चा पदार्थ सिलिका (SiO2) हो । यो बालुवामा पाइन्छ । सिलिका र केही धातुहरूको यौगिकसंग प्रतिक्रिया भई सिलिकेटहरू बन्छन् । धातुको सिलिकेटबाट काँच बनाइन्छ ।

काँच
स्वच्छ पारदर्शी काँचबाट बनेको बिजुली बल्ब

सिलिका काँच

सिलिकालाई लगभग १६०० डिग्री सेल्सियसमा तताउँदा यो पग्लन्छ । यसलाई चिस्याउँदा ठोसमा परिर्वतन भई एक प्रकारको कृस्टलाइन काँच बन्छ । यसैलाई सिलिका काँच भनिन्छ । यो अम्ल, पानी र अन्य रसायनहरूमा घुल्दैन । वातावरणमा भएको फरक तापक्रमले यसलाई असर गर्दैन किनकि सिलिकामा तन्कने गुण हुन्छ । यो काँच गम बनाउन, विद्युतीय सामग्रीहरू बनाउन र प्रयोगशालामा प्रयोग हुने सामग्रीहरू बनाउन प्रयोग गरिन्छ ।

वाटर काँच

सिलिकालाई करिब ८०० डिग्री सम्म सोडियम कार्बोनेट वा पोटासियम कार्बोनेटसँग तताउँदा सोडियम सिलिकेट वा पोटासियम सिलिकेट बन्छ । यो काँच पानीमा घुल्ने हुनाले यसलाई वाटर काँच पनि भनिन्छ । यस प्रकारको काँच अग्नि प्रतिरोधक सामान र सिलिका गार्डेन बनाउन प्रयोग गरिन्छ । यस काँचको घोल पेस्ट , गम आदि बनाउन पनि प्रयोग गरिन्छ ।

भौतिक गुण

काँचको उपयोग कैयौँ प्रकारको वतुहरूमा गरिन्छ जुनमा विभिन्न भौतिक गुणहरूको आवश्यकता रहन्छ। काँचको भौतिक गुणहरूमा भिन्नता विभिन्न आक्साइडहरूद्वारा आउँछ।

घनत्व- काँचमा अधिक घनत्व सीस आक्साइडद्वारा आउँछ भने सबैभन्दा कम बोरिक आक्साइडद्वारा आउँछ।

विद्धुतीय गुण- काँचको विद्युच्चालकता काँचको रचना, ताप एवं वातावरण मा निर्भर रहन्छ। आजकल काँचको उपयोग अचालक (insulator) को लागि गरिन्छ।

तापीय गुण- तप्त हुँदा काँच ताप प्रसारित हुन्छ

प्रकाशीय गुण-

Tags:

कच्चा पदार्थतापक्रमधातुबालुवा

🔥 Trending searches on Wiki नेपाली:

आन्तरिक राजस्व विभाग (नेपाल)सुर्खेत जिल्लानयाँ पत्रिका दैनिकराणा शासनभलिबलकार्ल मार्क्सशीतयुद्धरौतहट जिल्लाएलन मस्कयुरोपछाउपडीमिथिलाद्रव्य शाहबङ्गलादेशमहादेशअग्निदत्त (उपन्यास)दासप्रथानेपालका प्रधान सेनापतिहरूऊर्जातानाशाहीनेवार जातिचूडाकर्म संस्कारजैविक विविधतासती प्रथादसैँजनता समाजवादी पार्टी, नेपालनिबन्धकाभ्रेपलान्चोक जिल्लानेपालको प्रधानमन्त्रीराष्ट्रिय स्वतन्त्र पार्टीनेपालका बैङ्कहरूको सूचीत्रिभुवन विश्वविद्यालयविश्वकर्मा जातिजनक शिक्षा सामग्री केन्द्रपृथ्वीको वायुमण्डलकुल ग्राहस्थ उत्पादनशान्तिनगर गाउँपालिकानेपालको शिक्षा मन्त्रीहरूअन्तर्राष्ट्रिय नारी दिवसविजय मल्लयलम्बरआगन्तुक शब्दनेपालको पञ्चवर्षीय योजनामुख्य पृष्ठपारिस्थितिक प्रणालीव्यापारगोपालप्रसाद रिमालदिनेश अधिकारीरामसार क्षेत्रसंयुक्त राष्ट्र सुरक्षा परिषद्नेपालका प्रमुख नदीहरूको सूचीझिझियाझमक घिमिरेनगद प्रवाह विवरणबलुचिस्तान, पाकिस्तानकालिका मन्दिर, बागलुङसीताराणा वंशनेपालको प्रशासनिक विभाजनहोलिकादाइजोपृथ्वीनारायण शाहनेपालका संरक्षित क्षेत्रहरूको सूचीकृषि विकास बैंकभिटोप्राचीन मिस्रएड्सभीमसेन थापाजङ्गलचाँगुनारायण मन्दिरसिन्धु घाटीको सभ्यतापारिजात (साहित्यकार)नबिल बैंकचेकबूढानीलकण्ठ मन्दिर🡆 More