कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल

कम्पनी रजिष्ट्रारको कार्यालय (ओसीआर) कम्पनी ऐन, २०६३ वमोजिम प्राइभेट लिमिटेड, पव्लिक लिमिटेड र मुनाफा वितरण नगर्ने कम्पनीहरु दर्ता गर्न स्थापित भएको संस्था हो । यस कार्यालयको मुख्य उद्देश्य संस्थापक र र्सवसाधारणलाई सुलभ र प्रभावकारी सेवा उपलव्ध गराउने हो। । सञ्चालक तथा व्यवस्थापनका पदाधिकारीहरूले सर्वसाधारणको पूँजी दुरुपयोग गर्दै कम्पनीबाट ऋण झिक्ने वा आफ्ना नातेदारसँग कारोबार गरी व्यक्तिगत फाइदा लिने प्रवृत्ति रोक्ने पनि यस कार्यालयको मुख्य उद्देश्य हो। विदेशी कम्पनीहरूलाई सरकारको नियमनभित्र ल्याउने कार्य पनि कम्पनी रजिष्ट्रारको कार्यालय (ओसीआर)ले गरेको छ।

कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल
कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल
कम्पनी रजिष्ट्रारको कार्यालय,त्रिपुरेश्वर, काठमाण्डौ, नेपाल
सरकारी कार्यलय विवरण
प्रधान कार्यालयत्रिपुरेश्वर, काठमाडौँ, नेपाल
वेबसाइटocr.gov.np

परिचय

नयाँ दर्ता हुने कम्पनीहरूलाई छिटो, छरितो र सजिलो एबम प्रभावकारी सेवा उपलव्ध गराउने प्रमुख उद्देश्यका साथ कम्पनी रजिष्ट्रारको कार्यालय (ओसीआर) स्थापना भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालय २०४९ साल माघ महिनामा स्थापित भएको हो । यो उद्योग मन्त्रालय अन्तर्गत स्थापित विभागस्तरीय कार्यालय हो । यस कार्यालयको स्थापना सबै प्रकारका कम्पनी प्रशासनसम्वन्धी काम कारवाहीहरु समान र एकै किसिमले एउटै निकायबाट सम्पादन गर्न भएको हो । यस कार्यालयले कम्पनी ऐन बमोजिम आवश्यक क्रियाकलाप र कागजातहरूको माध्यमबाट समेत अनुगमन गर्ने गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यलयले कम्पनी ऐन, २०६३ अनुसार कम्पनी दर्ता, कर सङ्कलन, कम्पनी नविकरण, कम्पनी खारिजी लगायता कामहरु गर्दैआएको छ ।

कम्पनी सम्बन्धि जानकारी र कागजातहरु सम्बद्ध पक्ष, र्सवसाधारण सदस्य र सरोकारवालालाई उपलव्ध गराउनु पनि यो कार्यालयको उद्देश्य हो । साथै यस कार्यालयले कम्पनी प्रशासनका क्षेत्रमा आइपरेका चूनौतीहरूलाई स्पष्ट र प्रभावकारी रूपमा समाधान गर्दै कम्पनी प्रशासन सम्बन्धि सेवाहरू उपलव्ध गराउछ । यस कार्यालयको हाल सम्म कुनै शाखा बिस्तार भएको छैन । यो कार्यालय त्रिपुरेश्वर, काठमाडौँ, नेपालमा रहेको छ।

कम्पनी रजिष्टारको कार्यालयमा सूचना तथा प्रविधिको भवन पनि छ । यसले कम्पनी रजिष्टारको कार्यालयको क्षमतालाई अझै वृद्धि गरी छिटो छरितो सेवा प्रदान गर्न सहयोग गर्छ । सूचना प्रविधिको विकासले कम्पनी दर्ता प्रक्रिया, कर सङ्कलन, रोजगारी तथा आर्थिक विकासमा ठुलो योगदान पुग्छ । यस भवनको निर्माणले सेवाग्राहीलाई निकै सहज भएकोछ । नवनिर्मित कम्पनी रजिष्ट्रारको भवनमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । जसले गर्दा कम्पनी दर्ता गर्दा लाग्ने १५ वटा विभिन्न प्रक्रिया घटेर ५ मा सिमित भएको छ ।

प्रमुख कार्यहरु

१। कम्पनी ऐन, २०६३ वमोजिम प्राइभेट लिमिटेड, पव्लिक लिमिटेड, मुनाफा वितरण नगर्ने कम्पनीहरु दर्ता गर्ने ।
२। प.लि.कम्पनीहरूको विवरण पत्र प्रकाशित गर्नु पूर्व जांचवुझ गरी अभिलेख राख्ने ।
३। शेयर पूँजी वढाउन र कम्पनीहरूको नाम परिवर्तन वा संशोधन गर्ने लगायत प्रबन्धपत्र र नियमावलीमा अन्य संशोधन गर्न स्वीकृति दिने ।
४। दर्ता भएका कम्पनीहरूले कम्पनी ऐन वमोजिम कार्य गरे नगरेको अनुगमन गर्ने, छानविन गर्ने र आवश्यकतानुसार निरीक्षक समेत खटाउने ।
५। कम्पनी ऐन, २०६३ को सम्वन्धमा राय परामर्शहरु उपलव्ध गराउने ।
६। प्रबन्धपत्र एवं नियमावलीमा आवश्यकता अनुसार संशोधनको अभिलेख गर्ने ।
७। कम्पनीहरूको अद्यावधिक अभिलेख राख्ने ।
८। कम्पनी ऐन अनुसार कम्पनीको खारेजी सम्वन्धी कार्य गर्ने ।
९। कम्पनी ऐन, २०६३ विपरित हुने गरी काम कारवाही भएको कुरा शेयरवालाको उजूरी तथा अन्य तरिकाबाट जानकारी हुन आएमा आवश्यक कारवाही गरी नियमित गराउने ।
१०। कम्पनीहरु गाभ्ने सम्वन्धी काम कारवाही गर्ने ।
११। कम्पनी ऐन, २०६३ बमोजिम तोकिएका विवरण, सूचना तथा जानकारीहरु निर्धारित समयमा दाखिला गर्न लगाउने र नगर्ने कम्पनीलाई तोकिए बमोजिम जरिवाना तथा खारेजी सम्बन्धी कार्य गर्ने ।
१२। उल्लेखित कार्यहरु बाहेक कम्पनी ऐन, २०६३ ले निर्दिष्ट गरेका अन्य कार्यहरु सम्पादन गर्ने ।
१३। नेपाल सरकारबाट समय समयमा भए गरेका निर्देशन अनुसार अन्य काम कारवाही गर्ने ।

सेवा

कम्पनी दर्ता बिधि / कागजातको जानकारी

प्राइभेट कम्पनी दर्ता बिधि
  1. १० रुपैयाँ को हुलाक टिकट टाँसिएको निवेदन।
  2. आबद्दताको प्रमाणपत्रको प्रतिलिपि -२ प्रति।
  3. प्रस्तावित कम्पनी को अनुसुचि अनुसारको प्रबन्धपत्र -२ प्रति।
  4. संस्थापक शेयरधनीहरूको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि -२ प्रति।
  5. कुनै निकायको पूर्व स्वीकृति वा इजाजत आवश्यक पर्ने भए त्यस्तो निकायको स्वीकृति वा इजाजत ।
  6. प्रा.लि.कम्पनीको हकमा र्सवसम्मत संझौता भएको रहेछ भने त्यस्तो संझौताको प्रतिलिपि ।
  7. पव्लिक लिमिटेड कम्पनीको हकमा कम्पनी संस्थापना गर्नु अघि संस्थापकहरुबीच कुनै संझौता भएको रहेछ भने सोको प्रतिलिपि ।

राजश्व / दस्तुर सम्बन्धि जानकारी

क) प्राईभेट लिमिटेड कम्पनी

पूँजी दस्तुर
१. रु १,००,०००/- सम्मको अधिकृत पूँजी भएको रु. १,०००/-
२. रु. १,००,००१/- देखि रु ५,००,००० /- अधिकृत पूँजी भएको रु. ४,५००/-
३. रु. ५,००,००१/- देखि रु २५,००,००० /- अधिकृत पूँजी भएको रु. ९,५००/-
४. रु. २५,००,००१/- देखि रु १,००,००,००० /- अधिकृत पूँजी भएको रु. १६,०००/-
५. रु. १,००,००,००१/- देखि रु २,००,००,००० /- अधिकृत पूँजी भएको रु. १९,०००/-
६. रु. २,००,००,००१/- देखि रु ३,००,००,००० /- अधिकृत पूँजी भएको रु. २२,०००/-
७. रु. ३,००,००,००१/- देखि रु ४,००,००,००० /- अधिकृत पूँजी भएको रु. २५,०००/-
८. रु. ४,००,००,००१/- देखि रु ५,००,००,००० /- अधिकृत पूँजी भएको रु. २८,०००/-
९. रु. ५,००,००,००१/- देखि रु ६,००,००,००० /- अधिकृत पूँजी भएको रु. ३१,०००/-
१०. रु. ६,००,००,००१/- देखि रु ७,००,००,००० /- अधिकृत पूँजी भएको रु. ३४,०००/-
११. रु. ७,००,००,००१/- देखि रु ८,००,००,००० /- अधिकृत पूँजी भएको रु. ३७,०००/-
१२. रु. ८,००,००,००१/- देखि रु ९,००,००,००० /- अधिकृत पूँजी भएको रु. ४०,०००/-
१३. रु. ९,००,००,००१/- देखि रु १०,००,००,००० /- अधिकृत पूँजी भएको रु. ४३,०००/-
१४. रु. १०,००,००,०००/- भन्दा माथि प्रति १ लाखको रु ३०/- का दरले दस्तुर लाग्ने छ ।

ख) पव्लिक लिमिटेड कम्पनी

पूँजी दस्तुर
१. रु १,००,००,००० /- अधिकृत पूँजी भएको रु. १५,०००/-
२. रु १,००,००,००१ /- देखि रु १०,००,००,००० /- अधिकृत पूँजी भएको रु. ४०,०००/-
३. रु १०,००,००,००१ /- देखि रु २०,००,००,००० /- अधिकृत पूँजी भएको रु. ७०,०००/-
४. रु २०,००,००,००१ /- देखि रु ३०,००,००,००० /- अधिकृत पूँजी भएको रु. १००,०००/-
५. रु ३०,००,००,००१ /- देखि रु ४०,००,००,००० /- अधिकृत पूँजी भएको रु. १३०,०००/-
६. रु ४०,००,००,००१ /- देखि रु ५०,००,००,००० /- अधिकृत पूँजी भएको रु. १६०,०००/-
७. रु. ५०,००,००,०००/- भन्दा माथिको अधिकृत पूँजी भएमा प्रति १ करोडको रु.३०००/- का दरले दस्तुर लाग्नेछ ।

ऐन / निर्देशिका सम्बन्धि जानकारी

अनुसूची

इन्टरनेटमा आधारित सेवा

सुचना प्रविधिको विकास क्रम संगै कम्पनी रजिष्ट्रार कार्यालय(ओसीआर) त्रिपुरेश्वरले नयाँ कम्पनी तथा व्यवसाय दर्ता गर्न र अन्य प्रशासनिक कार्यका लागि इन्टरनेटमा आधारित सेवा (अनलाईन सेवा ) सञ्चालनमा ल्याएको छ। सो सेवा सुरु भएसँगै सेवाग्राहीले सम्पूर्ण कुरा अनलाईन मार्फत प्राप्त गर्न सक्नेछन्। प्रमाणपत्र लिन मात्र कम्पनी रजिष्ट्रारको कार्यालयमा जानुपर्ने हुन्छ । यो सेवाको सुरुआत संगै सेवाग्राहीले इन्टरनेटबाट आफुले चाहेको नाम छ कि छैन हेर्न सक्छन् साथै नाम बुक गर्न पनि सक्छन्। साथै अनलाई सेवाले कार्यालयमा हुने स-साना भ्रष्टाचार र कार्यालय धाउनुपर्ने झन्झटिलो व्यवस्था अन्त्य भएको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल परिचयकम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल प्रमुख कार्यहरुकम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल सेवाकम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल सन्दर्भ सामग्रीहरूकम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल बाह्य कडीहरूकम्पनी रजिष्ट्रारको कार्यालय, नेपालकम्पनी ऐन, २०६३पब्लिक कम्पनीप्राइभेट लिमिटेड कम्पनीव्यवस्थापन

🔥 Trending searches on Wiki नेपाली:

सदर चिडियाखाना, नेपालकालीगण्डकी नदीनेपालका सहिदहरूपारिजात (साहित्यकार)कृषि विकास बैंकबिस्केट जात्रानेपालका नगरपालिकाहरूप्रजनन स्वास्थ्यनेपालका मल्ल राजाहरूको सूचीघरेलु हिंसामकवानपुर जिल्लानेपालका परम्परागत बाजाहरूको सूचीजाजरकोट जिल्लामुनामदन (चलचित्र)नेपाल प्रजा परिषद्प्रतिव्यक्ति आयनेपालनेपाली कांग्रेसगाउँ सभारोमानियामिडियाविकीनेपाली सेनाअरनिकोकृष्णधानवीर्य स्खलनकिराँत धर्मउपभोक्ताराजनीतिक दलनेपाल सरकारबंगलामुखी मन्दिरटेलिभिजनअन्तर्राष्ट्रिय तिथि रेखाफिफाकर्मचारी सञ्चय कोषमहेन्द्र राजमार्गहिमालकेन्द्रीय बैङ्कबागमती नदीचार धामनेकपा (एमाले)को १०औँ महाधिवेशनपरराष्ट्र मन्त्रालय (नेपाल)गरिबीतराईनेपालीशक्ति पृथकीकरणनागरिक लगानी कोषमाछाछन्दकोलेस्टेरोलदेशान्तरलिङ्ग (व्याकरण)नेपालको अन्तरिम शासन विधान २००७नेपालको शिक्षा मन्त्रीहरूअष्ट चिरञ्जीवीपाठ्यक्रमकरारगर्भावस्थापर्वत जिल्लाअरनिको राजमार्गनेपालको संविधान २०७२सूचना प्रविधिराष्ट्रिय वाणिज्य बैंकमानव विकास चरणबिरालोजङ्गबहादुर राणापञ्चैबाजामनकामना मन्दिरलोक सेवा आयोग (नेपाल)सार्की जातिजानकी मन्दिरसंस्कृतिमायाधीरेन्द्र प्रेमर्षिजनमत सङ्ग्रह, २०३७रानीमहलनेपालमा भएका सडकहरूको सूची🡆 More