कछुवा

कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो। प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ। बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ|

कछुवा
कछुवा

उभयचर प्राणीमा पर्ने कछुवा निकै लामो समय सम्म बाँच्ने प्राणी हो। सम्भवतः प्रकृतिमा मानिसको भन्दा दोब्बर आयु अर्थात् डेढ सय वर्षसम्म बाँच्न सक्ने प्राणी कछुवा बाहेक अर्को छैन र झण्डै २० करोड वर्षदेखि प्रकृतिको अनगिन्ती आरोह अवरोहलाई झेल्दै आफूलाई सुरक्षित राख्न सफल प्राणीमा पनि कछुवा नै पर्दछन्।

कछुवाको प्रकार तथा पाइने स्थान

कछुवा 
अल्माट फार्ममा आफ्नो बासस्थानमा आराम गरिरहेको कछुवा

कैयौँ देश र द्वीपमा कछुवा पाइन्छ। ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ। अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दुर्गन्धको भाँडो नै भनिन्छ। उनीहरू अलिकति खतराको सङ्केत पाउने वित्तिकै शरीरबाट पसिनाले भिजेको मोजाबाट आउनेभन्दा पनि यति बढी कडा दुर्गन्ध छोडछन् कि शत्रुहरू त्यतैबाट भाग्न बाध्य हुन्छन्। कछुवा सिधासादा र केही पनि नगर्ने खालका हुन्छन् तर उनीहरूमध्ये केही प्रजातिका कछुवा यति खतरनाक पनि पाइएका छन् कि ज्यानै लिने गरी हमला गर्न पनि बेर लगाउँदैनन्। हुनत कछुवाको दाँत हुँदैनन् तर यसको ओठ जस्तो चुचोको भित्री भागमा आरो जस्तो दाना हुने गर्दछ जसले गर्दा समुद्रमा पाइने एक किसिमको घडियाली कछुवा निकै घातक हुने गर्दछन्।

यसैगरी अर्को एक विशेष प्रजातिको कछुवा अफ्रिकी मुलुकमा पाइन्छ। चेप्टो आकृतिका देखिने यी कछुवा अलिकति खतराको सङ्केत पाउनासाथ शारीरिक संरचनाको फाइदा लिएर चट्टानको सानो प्वालबाट भित्र छिर्छन् र आफूलाई सुरक्षित गर्दछन्। उनीहरूलाई शत्रु जीवले पहिले त देख्नै सक्दैनन् देखिहाले पनि उनीहरूले आफ्नो शरीरलाई यसरी फुलाउँछन् कि उसले बाहिर तान्नै सक्दैन। यद्यपि संसारमा निकै प्रजातिका कछुवा पाइन्छन्। तथापि प्राणीशास्त्रीहरूले यिनीहरूलाई मुख्यतः तीन भागमा बाँडेर अध्यायन गर्ने प्रयास गरेका छन्। यसमध्ये पहिलोमा समुद्री -टर्टल) कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा -टेरापिन) र तेस्रो जमीनमा पाइने कछुवा -टारटायस) पर्दछ। कछुवाको शरीरको बाहिरी भाग निकै कडा हुन्छ। सितिमीति उनीहरूमाथि अरू शत्रुजीवले आक्रमण गर्न सक्दैनन्। तथापि प्रकृतिको पर्यावरणीयचक्रबाट उनीहरू पनि अछुत भने छैनन्। सिधै आक्रमण गर्न नसके पनि बाज तथा गिद्धजस्ता हिंस्रक पक्षीहरूले उनीहरूलाई टिपेर आकाशमा लान्छन् चट्टानमाथि खसाउने गर्दछन्। यसबाट उनीहरूको शरीरको बाहिरी खपटा फुट्छ र मासुको सिकार गर्ने गर्दछन्।

धार्मिक महत्त्व

विष्णुको दस अवतारमा कछुवा पनि मानिएको छ, जसको क्रम माछापछि आउँछ । यसले प्राणीजीवनको विकास क्रमलाई पनि जनाउँछ । प्राणीशास्त्रीहरूका अनुसार पनि प्रकृतिमा जलचरपछि उभयचर प्राणी सृष्टि भएका थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

कछुवा को प्रकार तथा पाइने स्थानकछुवा धार्मिक महत्त्वकछुवा सन्दर्भ सामग्रीहरूकछुवा बाह्य कडीहरूकछुवा यो पनि हेर्नुहोस्कछुवा

🔥 Trending searches on Wiki नेपाली:

विवाह संस्कारगण्डकी प्रदेश सभान्यायपालिकासिन्धु घाटीको सभ्यताअर्थहनुमानमाधवप्रसाद घिमिरे (साहित्यकार)गुरुङ जातिजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीयोगनेपालका राजाहरूको सूचीबाइसे राज्यहरूनेपालको संविधानआयुर्वेदपृथ्वीदोस्रो विश्व युद्धबङ्गलादेशबौद्धनाथवैशाखहनुमान चालीसाबीमानेपाली साहित्यगङ्गालाल श्रेष्ठनेपाल आयल निगम लिमिटेडभिटामिनपूँजीवादजङ्गलचिठीमधेश प्रदेश सभाकर्जाखस ब्राह्मणनेपालमा महिला अधिकारनेपालमा पर्यटनचौबिसी राज्यहरूजगेडादोलखा जिल्लानुवाकोट जिल्लापारिस्थितिक प्रणालीप्रतिनिधि सभा निर्वाचन, २०७९न्युटनको गतिका नियमहरूचितवन जिल्लादक्षिण एसियाअन्तर्वार्तात्रिभुवन वीरविक्रम शाहनेपालका राष्ट्रिय निकुञ्जहरूउच्च अदालतलागत लेखाविधिमहादेशभित्री मधेशनेपालको सर्वोच्च अदालतवरुणग्रहआयोजनाघोराही उपमहानगरपालिकामुद्राअनुराधा कोइरालासंस्कारज्ञानेन्द्र वीरविक्रम शाहबिरालोबौद्धिक सम्पत्तिमदन भण्डारी राजमार्गअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालरत्ननगर नगरपालिकानेपाल विद्युत प्राधिकरणमहाभारतसंयुक्त राष्ट्र सुरक्षा परिषद्अमरसिंह थापामोतीराम भट्टनेपाल राष्ट्र बैङ्कस्नातक तहसोभियत सङ्घवासुदेव त्रिपाठीभिरिङ्गीप्राइभेट लिमिटेड कम्पनीलागु पदार्थकथानकपरराष्ट्र मन्त्रालय (नेपाल)🡆 More