ईद

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र - ईद र ईदुज्जुहा - बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा - राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी -बलिदानको सम्झना हो जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए । इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्राय: एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदछ्न् । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान गरिन्छ ।

عيد الفطر
ईदुल फित्र (ʻĪd al-Fiṭr)
उपवास तोड्ने पर्व
ईद
ईदुल फित्र
आधिकारिक नामअरबी: عيد الفطر
‘Īd al-Fiṭr
वैकल्पिक नामचिनी चांड, मिठो पर्व
अनुयायीईस्लाम तथा मुस्लीम
प्रकारइस्लामीक
महत्त्वरमादान महिनाको अन्त सूचक
उत्सवपरिवार र साथीहरू भेटघाट, परम्परागत मीठा व्यञ्जन, नयाँ लुगा लगाएर, अत्तर प्रयोग, उपहार आदानप्रदान, संगीत प्रदर्शन आदि
परिपालनजकात अल-फित्र
मिति१ शव्वल
सम्बन्धितरमादान, ईद अल-अदाह

मनाउने तरिका

ईदको दिनमा बिहानै सबै मुसलमान स्नान गर्छन् । आफ्नो सामर्थ्य अनुसार राम्राराम्रा नयाँ कपडा लगाउँछन् । रमजानको ईदमा नमाजका लागि जानुभन्दा अगाडि सम्पूर्ण मानिस एउटा निर्धारित सद्का-ए-फित्र -धर्मादान) लाई निकालेर गरीब, असहाय वा मदरसाहरूलाई दिन्छन् । नेपालमा प्रत्येक व्यक्तिलाई रु. ५५ सद्का-ए-फित्र निर्धारण गरिएको छ । हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीब गुरूवाहरूको पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरूले आफ्नो संचित धनको २.५ प्रतिशत हिस्सा गरिबहरूलाई फित्रा(दान) गर्नु पर्ने नियम छ । बिहान केही घाम चढेपश्चात् सबै मानिस घरहरूबाट निस्किन्छन् जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होओस्। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित र सम्मिलित हुन्छन्। यस सामूहिक खुसीमा सबै सरिक होऊन् भन्ने विचार गरिएको हुन्छ। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदान -जसलाई इदगाह भनिन्छ)मा पढिन्छ। नमाजका लागि जाँदा सबै मुसलमान यो तक्विर -जप) पढ्दै हिंड्छनः "अल्लाहु अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द " अर्थ "अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकै लागि हुन्।" हरेक गल्ली, बजार एवं बाटो र सडकहरूमा यही नारा लगाइन्छ। ईदगाहको मैदानमा जब सबै मानिस नमाज पढ्नका लागि एकत्रित हुन्छन् तब पंक्तिबद्ध भई एकाग्रतासाथ दुई रकअत नमाज पढ्छन्। इमाम -धर्मगुरु) उभिएर प्रवचन -खुत्बा) दिन्छन ।

(शुक्रवार)को नमाजका विपरीत यो प्रवचन नमाजपश्चात् हुन्छ। धेरैभन्दा धेरै मानिस आˆना नेताको भाषणमा सम्मिलित हुन्छन्। यो मौका वर्षमा दुई पटक मात्रै आउँने गर्छ। इमामले आफ्ना प्रवचनहरूमा शिक्षा, सचेतता, मार्गदर्शन र इस्लामी जमाअत -समूह) का सम्बन्धमा महत्त्वपूर्ण समस्या र मुद्दाहरूमाथि प्रकाश पार्छन्। कुनै फौजी वा राजनीतिक हलचल भएको भए त्यसको प्रबन्ध पनि त्यसै समूहबाट गरिन्छ। सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छ। यो समूह ईदगाहबाट नमाज पढेपछि हिंड्छ। जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किन राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तुतिबाट खाली नहोस् भन्ने हो।

नमाजबाट फर्किएर ईदुज्जुहाको दिनमा सामथ्र्यवान मुसलमान कुरबानी गर्छन्। यो कुरबानीमा एउटा ऐतिहासिक घटना पनि जोडिएको छ। हजरत इब्राहिमले अल्लाहको सङ्केत पाउँदा आफ्नो छोरालाई ईश्वरको नाममा समर्पणका लागि तयार भएका थिए। त्यही समयमा अल्लाहको कृपाबाट छोराको बदलामा भेडाको कुरबानी गर्ने स्वीकृति भएको थियो। यो कुरबानी गर्नुको अर्थ मुसलमानहरू त्यसै भावनालाई ताजा गर्दछन् जो हजरत इब्राहिमले अल्लाहसमक्ष समर्पण गरेका थिए। कुरबानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो। यस नियतको प्रस्तुतीकरण जनावरलाई जिब्ह -हलाल गर्ने) गर्दा यी शब्दहरूबाट हुन्छ।

"ईन्नी वज्जह्तु वज्हिय लिल्लजी फतरस्समावाति वल् अर्ज हनिफऊँ वमा अना मिनल मुश्रिकीन इन्नस्साती व नुसुकी व मह्याय व ममाती लिल्लाही रब्बिल आलमीन ला शरीक लहू व विजालिक उमिर्तु व अना मिनल् मुस्लिमीन अल्लाहुम्म लक वमिन्क " अर्थ "मैले पूर्ण एकत्रित भएर आफ्नो हृदय त्यस अल्लाहतर्फ गरें जसले आकाशहरू तथा पृथ्वी बनायो। म शिर्क -बहुदेववादी) गर्ने मध्येको होइन। निश्चय नै मेरो नमाज, मेरो कुरबानी, मेरो जिन्दगी तथा मेरो मृत्यु सबै अल्लाहको लागि हो। उनको समकक्षमा अन्य कोही छैन। यसैको मलाई निर्देशन दिइएको छ कि म मुस्लिम तथा आज्ञाकारी हुँ। हे पालनहार Û यो तिम्रो नै सामु पेस छ र तिमीले नै दिएका हौ।"

यस दृश्यलाई सबैले हेर्दछन् जसले गर्दा सबैको हदयमा त्यही कुरबानी र पालनहारको त्यही आज्ञाकारीको भावना ताजा हुन्छ । ईद चाड सकिएको अढाई महिनापछि जिहहिला महिनाको १० तारिखका दिन इदज्जुहा (बक्रइद) भन्ने अर्को चाड मनाउँदछ्न् । यस चाडमा मुसलमानहरु राँगा, बोका (नेपालमा चाँही गोबध निषेध भएकोले गाई काट्दैनन, अन्यत्र इदमा गाई काट्ने चलन छ ।) जस्ता जनावरहरूलाई हलाल गरी कुर्वान गर्दछन् । त्यो मासुलाई तिन भागमा लगाई एक भाग आफुले खान्छ्न् । दोश्रो भाग नाता कुटुम्ब र छरछिमेकलाई बाँडिदिन्छन् र तेस्रो भाग चाँही गरिब-गुरूवाहरूलाई दान गर्दछ्न् । जनावरको छाला बिक्रीबाट जम्मा भएको रकम गरीबहरूलाई बाँड्ने चलन रहेको छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

चन्द्रमा

🔥 Trending searches on Wiki नेपाली:

इमेलकम्प्युटररानी पोखरीगोरखा जिल्लाजनकपुरधाम उपमहानगरपालिकाडिजिटल साक्षरताबंगलामुखी मन्दिरस्थानीय तहनबिल बैंकनेपालको अर्थतन्त्रआन्तरिक राजस्व विभाग (नेपाल)छठअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालबूढानीलकण्ठ मन्दिरचौबिसी राज्यहरूनेपाल विद्युत प्राधिकरणगाईक्रिस्टियानो रोनाल्डोआँकजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपाली रुपैयाँलोखर्केअत्रि गोत्रतथ्याङ्करानीमहलवशिष्ठ गोत्रश्रीमद्भगवद गीताखनिजशरद ऋतुइस्वी सम्वत्मानिसछुवाछुतआम सञ्चारमदन भण्डारीक्षेत्रप्रताप अधिकारीछाउपडीनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८भक्तराज आचार्यराजेश हमालरामप्रसाद ज्ञवालीकृष्ण जन्माष्टमीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)आन्ध्र महासागरजिमेलकपिलवस्तु जिल्लानेपालमा हिन्दु धर्मप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपालका गाउँपालिकाहरूसर्लाही जिल्लासार्क शिखर सम्मेलनको सूचीनेपालमा भ्रष्टाचारगुठीबागमती प्रदेशयुइएफए च्याम्पियन्स लिगराजनीतिलेखनाथ पौड्यालगर्ग गोत्रकालोअङ्ग्रेजी भाषाधनकुटा जिल्लाज्ञानेन्द्र वीरविक्रम शाहराम नवमीमारुनी नाचनिबन्धराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)लखन थापा मगरपरीक्षाकुँवरकिराँत कालसंविधान सभा निर्वाचन, २०६४नेपालको राजनीतिकिम्बुकास्की जिल्लाआइएसबिएननेपालका उर्जा केन्द्रहरूको सूचीकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)🡆 More