वि.सं. २०२१ चलचित्र आमा: प्रथम नेपाली चलचित्र

आमा हिरासिंह खत्रीद्वारा निर्देशित नेपाली कथानक चलचित्र हो। दुर्गा श्रेष्ठ र चैत्य देवीद्वारा लेखिएको यस चलचित्रलाई महेन्द्र वीर विक्रम शाहले तत्कालीन रोयल नेपाल फिल्म कर्पोरेशनको उत्पादनको रूपमा सार्वजनिक गरेका थिएँ। यस चलचित्रमा शिवशङ्कर मानन्धर तथा भुवन चन्दलाई प्रमुख भूमिकामा र वसुन्धरा भुसाल, हिरासिंह खत्री तथा हरिप्रसाद रिमाललाई सहायक भूमिकामा राखिएको छ। यो चलचित्रमा नेपाली सेनामा काम गरेपछि घर फर्केका युवाको कथा दर्शाइएको छ। राजा महेन्द्रको आग्रहमा हिरासिंह खत्रीले निर्देशन गरेको यस चलचित्रको अधिकतम भागको छायाङ्कन तथा उत्पादन पछिका कार्यहरू भारतको कोलकातामा गरिएको थियो। वि.सं.

२०२१ साल असोज २२ गते सार्वजनिक गरिएको यस चलचित्रलाई नेपालमा नै निर्माण गरिएको प्रथम चलचित्रको रूपमा दर्ता गरिएको छ।

आमा
वि.सं. २०२१ चलचित्र आमा: कथा सारांश, कलाकार, निर्माण
निर्देशकहिरासिंह खत्री
लेखक
  • दुर्गा श्रेष्ठ
  • चैत्य देवी
मुख्य कलाकार
वितरक
कम्पनी
नेपाल सरकार सूचना तथा प्रसारण विभाग (तत्कालीन रोयल नेपाल फिल्म कर्पोरेशन)
प्रदर्शन मिति
वि.सं. २०२१ साल असोज २२ गते
देशनेपाल
भाषानेपाली

कथा सारांश

हर्कबहादुर एक जडैँया हुन् जो आफ्नी श्रीमतीसँग शारीरिक दुर्व्यवहार गर्छन्। कथा सुरु भएको समयको एक दिन पछि ऋण तिर्न नसकेको हुनाले हर्कबहादुरको बन्धकको रूपमा राखिएको घरलाई लिइने कुरा निस्कदा उनले आफ्नी श्रीमतीलाई मादक पदार्थ सेवन गर्न छोड्ने वाचा गर्छन्। त्यही दिन, पछि तिर उनी मादक पदार्थको सेवन गरी घर फर्कन्छन् र आफ्नी श्रीमतीलाई कुट्न थाल्छन् तर चट्टानले लागेर उनको मृत्यु हुन्छ। उनको मृत्यु पछि उनका छोरा मानबहादुर (शिवशङ्कर) घर छोडी सेनामा भर्ती हुन्छन्।

दुई वर्ष पछि विदेशी सेनामा काम गरेर मान घर फर्कन्छन् तर आफ्नी आमालाई देख्दैनन्। उनकी आमाको मृत्यु भएको ज्ञात भएपछि उनले नेपाल छोड्ने निर्णय गर्छन् तर उनका छिमेकीहरूले "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी" भन्दै उनलाई आफ्नो समाजको सेवा गर्ने सल्लाह दिन्छन्। अन्ततः मानले छिमेकीहरूको सुझाव मानी देशको बढ्दो अर्थतन्त्रमा सक्दो योगदान दिने निर्णय लिन्छन्।

कलाकार

निर्माण

महेन्द्र वीर विक्रम शाहको आग्रहमा भारतीय चलचित्रको क्षेत्रमा काम गरिरहेका प्रख्यात नेपाली चलचित्र निर्देशक हिरासिंह खत्रीले पञ्चायती व्यवस्थाको प्रवर्धन गर्नका लागि आमा चलचित्रको निर्माण गरेका थिएँ। नेपाली चलचित्रको प्रारम्भिक कालमा देशमा नै चलचित्र निर्माण, छायाङ्कन, वितरण र प्रस्तुतीकरण गर्ने उपयुक्त पूर्वाधारको निर्माण भएको थिएँन। त्यसबेला कुनै व्यवसायिक अभिनेता नभएका हुनाले निर्देशक खत्रीले गायक शिवशङ्कर र नाट्यशाला प्रदर्शनकर्ता भुवन चन्दलाई छानेका थिएँ। घरको यादमा डुबेका व्यक्तिको भूमिका निर्वाह गर्नका लागि खत्रीले शिवशङ्करलाई छानेका थिएँ। प्रमुख भूमिकामा रहेकी अभिनेत्री भुवन चन्दले यस चलचित्रमा अभिनय गर्न पाउनु नै उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण र अविस्मरणीय घटना भएको बताएकी थिइन्। चौध वर्षको उमेरमा हरिप्रसाद रिमालले पनि आमामा सानो भूमिका निर्वाह गरी आफ्नो अभिनय जीवनको सुरुवात गरेका थिएँ।

यस चलचित्रको छायाङ्कन ३ देखि ४ महिनाको समयावधिमा पूरा गरिएको थियो र निर्माण पछिका कार्यहरू भारतको कोलकातामा ६ महिनाको अवधिमा पूरा भएको थियो। चलचित्रका धेरैजसो दृश्यहरू एकै चोटी छायाङ्कन गरिएको थियो। भुवन चन्दलाई यस चलचित्रमा भूमिका निर्वाह गर्नका लागि रु. ५,००० ज्यालाको रूपमा दिइएको थियो। चन्दले काठमाडौँ क्रेजलाई भनेकी थिइन्, "चलचित्रका निर्देशकले छायाङ्कन गर्ने व्यक्तिलाई सोधेका थिएँ मलाई भाग दिने कि नदिने भनेर र उनले चाहिँ मेरो पक्षमा बोले। तसर्थ, मैले चलचित्रमा भूमिका निर्वाह गर्न पाउनुको श्रेय छायाङ्कनमा संलग्न देव र निर्देशक खत्रीलाई नै जान्छ।"

सार्वजनिकीकरण

यस चलचित्रलाई वि.सं. २०२१ साल असोज २२ गते काठमाडौँ उपत्यकामा सार्वजनिक गरिएको थियो। फिल्म्स अफ नेपालकी सुनिताले लेखे अनुसार यो चलचित्र सार्वजनिक गरेपछि नै रातारात लोकप्रिय बन्यो। यो चलचित्रको सफलता पछि निर्देशक हिरासिंह खत्रीले नेपाली राष्ट्रवाद र देशभक्ति झल्काउने हिजो आज भोलि (वि.सं. २०२४) र परिवर्तन (वि.सं. २०२८) निर्माण गरे। नेपालमा नै निर्माण भएको प्रथम चलचित्रको रूपमा दर्ता गरिएको आमा नेपाली चलचित्रको इतिहासमा अत्यन्तै महत्त्वपूर्ण चलचित्र मानिन्छ। चलचित्रको सार्वजनिकीकरण पछि त्यसमा संलग्न कलाकारहरू पनि प्रख्यात भए। काठमाडौँ फिल्म्समा प्रकाशित भए अनुसार "यो [आमा] नेपाली चलचित्रका लागि अत्यन्तै महत्त्वपूर्ण घटना हो।"

आलोचनात्मक प्रतिक्रिया

बस नेपालमा छापिएको थियो, "यो चलचित्रको शीर्षक पनि सुहाउँदो खाले नै छ...आमाले हामीलाई के आशा राख्ने भनेर स्वतः बताउँछ र त्यो आशा पूरा गर्छ। यसको शीर्षक र चलचित्रको विषयवस्तुले एक अर्काको पूरकको रूपमा काम गर्छन्।" समालोचकले आमा एक चोटी हेर्नैपर्छ पनि भने। मिग्युलका फिलिप क्रायन मार्शलले भनेका थिएँ, "आमा स्पष्ट रूपमा नै राष्ट्र निर्माण गर्ने साधन थियो। दौरा सुरुवालढाका टोपी लगाएका पुरुष र सारीचोलो लगाएकी महिलाका साथै विश्वव्यापी रूपमा राष्ट्रिय एकता झल्काउने प्रतीकको रूपमा प्रयोग गरिने आमाको पवित्र छविद्वारा राष्ट्रियवाद र देशभक्तिका विषयवस्तुलाई दर्शाउन खोजिएको थियो, जसमा यो सफल पनि भयो।"

सन्दर्भ सामग्रीहरू

बाह्य कडी

Tags:

वि.सं. २०२१ चलचित्र आमा कथा सारांशवि.सं. २०२१ चलचित्र आमा कलाकारवि.सं. २०२१ चलचित्र आमा निर्माणवि.सं. २०२१ चलचित्र आमा सार्वजनिकीकरणवि.सं. २०२१ चलचित्र आमा सन्दर्भ सामग्रीहरूवि.सं. २०२१ चलचित्र आमा बाह्य कडीवि.सं. २०२१ चलचित्र आमाकोलकातानेपाली सेनाभारतभुवन चन्दमहेन्द्र वीरविक्रम शाहवसुन्धरा भुसालशिवशङ्कर मानन्धरहरिप्रसाद रिमालहिरासिंह खत्री

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्राकृतिक सम्पदाहरूको सूचीप्रविधिहनुमान जयन्तीबहादुर शाहभूपि शेरचनफेवातालमगर भाषाराणा - काङ्ग्रेस मन्त्रिमण्डलनेपालमा हिन्दु धर्मनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालमा धर्मजापानप्रतिलिपि अधिकार२०२२ फिफा विश्वकपलुम्बिनीभैरव अर्यालराष्ट्रिय सभा (नेपाल)क्रिस्टियानो रोनाल्डोदिगो विकासका लक्ष्यहरूमधेश प्रदेश सभासौर्यमण्डलमहेन्द्र वीरविक्रम शाहसंयुक्त राष्ट्रसङ्घका महासचिवकूटनीतिहरिकृष्ण कार्कीआयुर्वेदनेपालका सर्वोच्च आठ हिमालउदयपुर जिल्लासाकेला नाचहात्तीपाइले रोगसामाजिक सञ्जालरञ्जिता श्रेष्ठसूर्यविनायकपृथ्वीनारायण शाहशिखरिणी छन्दविश्वेश्वरप्रसाद कोइरालानेपालको प्रधानमन्त्रीमहाभारत पर्वत शृङ्खलाभ्लादिमिर पुटिननयाँ पत्रिका दैनिकनेपालमा भएका सडकहरूको सूचीराजतन्त्रगिरिजाप्रसाद कोइरालानेपाल वित्तीय प्रतिवेदन मानहरूनेपालको संविधान २०७२ढोरपाटन शिकार आरक्षरामेछाप जिल्लादूरसञ्चारआमा (वि.सं. २०२१ चलचित्र)रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोमानव शरीरका अङ्गहरूको सूचीकारकच्याटजिपिटीविष्णुकार्यपालिकाशेरबहादुर देउवागाईसुमना श्रेष्ठनेपालका विकास क्षेत्रहरूमौलाकालिका मन्दिरनेपालका सहिदहरूभिमाद नगरपालिकाब्रह्माण्डप्रजातन्त्र दिवसजैविक विविधतामोतीराम भट्टतामाङ जातिकार्यालयग्लोबल आईएमई बैंकमुलुकी ऐनअल्पविकसित देशहलेसी महादेवतराईलोकगीत🡆 More