हेटौँडा उपमहानगरपालिका

हेटौँडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम हो। यो नगर भौगोलीक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका (नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिने)को पूर्वी छेउ चुरेपाहडी श्रृङखलासँग जोडएर रहेको छ। यो मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायात केन्द्र हो। यो महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको मिलन विन्दुमा अवस्थित छ। यहा हिन्दु, बौद्ध, मुसलमान, क्रिश्चियन धर्मावलम्बीको बसोवास छ। नेपालको मन्त्री परिषद अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा हेटौँडालाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गेरको हो। हेटौँडालाई उपमहानगरपालिका घोषित गर्दा यसमा वसामाडि गाविसलाई समावेश गरिएको छ। हेटौडा उपमहानगर क्षेत्रकाे विभिन्न भूभागहरूमा औँलो मैत्री एवं मकवानपुर दुन क्षेत्रको प्रथम बासिन्दाको रूपमा परिचित मूलबासी भुमिपुत्र भूमिपुजक देवास राई ] जाति पृथक जातिय सांस्कृतिक पहिचान सहित अनादिकालदेखि बसोबास रहेको छ जसको जनसंख्या करीब ५००० छ।

हेटौँडा
पहाडबाट हेटौँडा उपमहानगरपालिकाको दृश्य
पहाडबाट हेटौँडा उपमहानगरपालिकाको दृश्य
उपनाम: 
हेटौडा उपमहानगरपालिका
देशहेटौँडा उपमहानगरपालिका नेपाल
अञ्चलनारायणी अञ्चल
जिल्लामकवानपुर जिल्ला
सरकार
 • मेयरमिना कुमारी लामा
 • उप मेयरराजेश बानियाँ
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा८४६७१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
४४१००, ४४१०७
क्षेत्रीय सङ्केत०५७
वेबसाइटहेटौँडा उपमहानगरपालिका

इतिहास

महाभारतमा आधारित किंवदन्ती अनुसार पाँच पाण्डव वनबासको क्रममा यस स्थानमा आइपुगेका र हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई तत्कालै मारेकाले हेडम्बाबाट अपभ्रंस भई हेटौँडा भएको हो। हेडम्बाकी बहिनी भूटनदेवीको नामबाट स्थापित देवास राई जातिको पुजारी रहने भूटनदेवी मन्दिर यस नगरपालिकाको वडा नं. १० मा अस्थित छ, जहाँ दैनिक पूजाआजा गरिनुका साथै यससँग सम्बन्धित पर्व पनि मनाइन्छ।

नेपाल सरकारले वि.सं. २०२६ वैशाखमा हेटौँडालाई तत्कालीन नगरपञ्चायतका रूपमा घोषणा गरेको थियो। तत्कालीन हेटौँडा नगरपञ्चायतका प्रथम प्रधानपञ्चमा वासुदेव रिजाल र दोस्रोमा ओमनाथ पराजुली हुन। देशमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि हेटौँडा नगरपालिकाका प्रमुखमा डोरमणि पौडेल, उपप्रमुख हरिबहादुर महतसहित दुई अवधिका लागि निर्वाचित हुनुभएको थियो। हाल कार्यकारि प्रमुखले मेयरको जिम्मेवारि समालिरहनु भयको छ।

साँस्कृतिक तथा ऐतिहासिक स्थलहरू

हेटौँडा नगरपालिकामा शहीद स्मारक, मकवानपुरगढी, पशुपति मन्दिर, ऐतिहासिक भूटनदेवी मन्दिर,मनकामना मन्दिर, गोरक्षेश्वर मन्दिर,कुसमाण्ड सरोवर, गुम्बा डाँडा, भैरव डाँडा र पुण्यक्षेत्रका साथै पुष्पलाल पार्क विशेषताका रूपमा छन्।

सिमाना

पूर्व: छतिवन गा.वि.स

पश्चिमः हाँडीखोला, मनहरी र सरिखेत गा.वि.स.

उत्तरः मकवानपुरगढी नामटार र भैंसे गा.वि.स.

दक्षिणः पर्सा जिल्ला र बारा जिल्ला

सन्दर्भ सामग्रीहरू

यी पनि हेर्नुहोस

Tags:

हेटौँडा उपमहानगरपालिका इतिहासहेटौँडा उपमहानगरपालिका साँस्कृतिक तथा ऐतिहासिक स्थलहरूहेटौँडा उपमहानगरपालिका सिमानाहेटौँडा उपमहानगरपालिका सन्दर्भ सामग्रीहरूहेटौँडा उपमहानगरपालिका यी पनि हेर्नुहोसहेटौँडा उपमहानगरपालिकाइसाई धर्मचितवन जिल्लादेवास राईबुद्ध धर्ममकवानपुर जिल्लामुसलमानवसामाडिहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

हनुमान जयन्तीनेपालको पञ्चवर्षीय योजनानेपालको सङ्घीय संसदविद्यादेवी भण्डारीसुर्खेत जिल्लानेपालको राष्ट्रपतिविराट कोहलीहिमाली प्रदेश (नेपाल)नेपालको राजनीतिमगर जातिमुनामदनक्रोकस सिटी हलमा आक्रमणबागमती प्रदेशमहावीर पुनकर्मचारी सञ्चय कोषनवौँ राष्ट्रिय खेलकुद २०७९उत्तर अमेरिकाढोरबराहि मन्दिरनेपाल मजदुर किसान पार्टीदाइजोढुङ्गे युगनेपालका स्थानीय तहहरूकिराँत धर्मकौशिक गोत्रसाबित्रा भण्डारीआवश्यकता शृङ्खला सिद्धान्तराशि-चक्रबागमती प्रदेश सभाशिक्षाशिक्षक सेवा आयोग (नेपाल)होलिडे आइक्यु डटकमविवाह संस्कारतत्वदादुरातामाङ जातिअल्पविकसित देशमहिनावारीसात सालको क्रान्तिश्रीमद्भागवत् पुराणकर्णाली प्रदेशटेलिभिजनसरस्वतीनिबन्धसगरमाथा राष्ट्रिय निकुञ्जस्यार्पु तालसिन्धुलीगढीनगरकोटइलाम २ (निर्वाचन क्षेत्र)भूपि शेरचनमानव इतिहासउद्योगसूर्यकाठमाडौँ जिल्लाअण्डकोषमहासागरगगन थापादाङ जिल्लामानव विकास चरणअस्ट्रेलियाकृष्णलक्ष्मीप्रसाद देवकोटागण्डकी नदीफ्लोरेन्स नाइटिङ्गेलनेपाल-भारत सम्बन्धनोबेल पुरस्कारप्रतिलिपि अधिकारस्थानीय तह निर्वाचन, २०७४उखान-टुक्काअन्तर्राष्ट्रिय प्रमाणिक समयपतञ्जलिअक्षांशन्युटनको गतिका नियमहरूदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रकविताअन्तर्राष्ट्रिय तिथि रेखापशुपतिनाथ मन्दिर🡆 More