सुनौलो लङ्गुर

गिको सुनौलो लङ्गुर अथवा सामान्यतया सुनौलो लङ्गुर, भारतको पश्चिमी आसामको सानो क्षेत्रमा र भुटानको कालो हिमालको छिमेकी पहाडहरूमा पाइने पुरानो जगतको बाँदर एक प्रजाति हो अथवा अर्को शब्दमा भन्नुपर्दा यो पूर्व जगतको बाँदर प्रजातिको एक सदस्य हो जुन भारतको पश्चिमी आसाम तथा भुटानका केही भूभागहरूमा पाइन्छन्। यस प्रजातिको लङ्गुर भारतमा बाँदर प्रजातिको सबैभन्दा सङ्कटापन्न जीवको रूपमा रहेको छ। धेरै हिमालयका मानिसहरूले लामो समयदेखि पवित्र मानेका यस सुनौलो लङ्गुरलाई सर्वप्रथम सन् १९५० मा, बेलायती भारतीय प्रकृतिविद् एड्डर्व पिटचर्ड गिले यसको खोज तथा अनुसन्धान गरेका थिए। सुनौलो लङ्गुरको वयस्क भालेहरूको शरीरमा गाढा पहेँलो वा सुनौलो रङ हुन्छ भने पोथीहरूको शरीरमा हल्का खाले रङ हुन्छ।यसको अनुहार सामान्यतया कालो हुन्छ जसलाई सुनौलो केशले घेरेको हुन्छ। यस प्रजातिको लङ्गुरको पुच्छर लामो हुन्छ भने यसक‍ लम्बाइ ५० सेन्टिमिटर (१९.६९ इन्च) लामो हुन्छ। यो उच्च रूखमा बस्दछ। पाकेको र नपाक्ने फलफूल, परिपक्व तथा साना पातहरू, बीउ, फल र फूलहरूको जडीबुटीयुक्त बनस्पतिहरू यसका प्रमुख आहार हुन्। समूहको औसत आकारमा आठ जना हुन्छन् र प्रत्येक वयस्क भालेको अनुपातमा पोथीको अनुपात भन्दा ठूलो हुन्छ। यो भारत र भुटानको सबैभन्दा खतरामा परेको बाँदरको प्रजातिहरू मध्ये एक हो।

सुनौलो लङ्गुर
सुनौलो लङ्गुर
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: प्राथमिकवर्ग
परिवार: पूर्व जगत बाँदर
वंश: Lutung
(Khajuria, सन् १९५६)
प्रजाति:
T. geei
वैज्ञानिक नाम
Trachypithecus geei
(Khajuria, सन् १९५६)
उप-प्रजाति
  • Trachypithecus geei geei खजुरिया, 1956
  • Trachypithecus geei bhutanensis वाङचुक, २००३
सुनौलो लङ्गुर
सुनौलो लङ्गुरको बासस्थान दायरा

खोज तथा अनुसन्धान

सुनौलो लङ्गुरको सबैभन्दा पुरानो तथ्याङ्क रोबर्ट बोइलउ पेम्बर्टनको सन् १८३८ को एउटा कागजमा लेखिएको थियो। तथापि, पेम्बर्टनको तथ्याङ्क पुस्तक हराएको र सन् १९७० को दशकमा मात्र पुन: पत्ता लागेको हुनाले सुनौलो लङ्गुरको वैज्ञानिक आविष्कार बेग्लै ढङ्गमा सुरु भएको थियो। सन् १९०७ मा केही सिकारीहरूका साथ बाहिर अन्वेषणका लागि निस्केका एडवर्ड ओसवाल्ड सेब्बियरले जमदुयारको आसपासमा सुनौलो रङ्ग भएको देखेको खुलासा गरेका थिए।तथापि, त्यतिबेला न त यसको कुनै तस्वीर, न त जीवित वा मृत नमुना प्रस्तुत गरिएको थियो। सन् १९१९ को एउटा प्रकाशनमा छापिएको सुनौलो लङ्गुरलाई अज्ञात वैज्ञानिक वर्गीकरणको दर्जाको जनावरको रूपमा उल्लेख गरिएको थियो।

अगस्ट १९५४ मा गिले एक निष्कर्ष निकाल्दै लन्डनको भौगर्भिक समाजका एक जना विशेषज्ञलाई सुनौलो लङ्गुर नयाँ प्रजाति हुन सक्छ भनी सल्लाह दिए। जनवरी १९५५ मा गिले आफ्नो परिणामलाई भारतको भौगर्भिक सर्वेक्षणमा पेश गर्दै सुनौलो लङ्गुरका चलचित्रहरू देखाएपछि यसलाई त्यस क्षेत्रको आगामी सर्वेक्षणमा यसलाई पनि समावेश गर्न सुझाव दिएका थिए। उक्त सुझावले तत्कालीन सर्वेक्षणका निर्देशक डा. सुन्दरलाल होराको समर्थन प्राप्त गरेको थियो र पछि त्यही वर्ष सर्वेक्षण टोलीले सुनौलो लङ्गुरको ६ वटा नमुना सङ्कलन गरेको थियो। त्यसको अर्को वर्ष अर्थात् सन् १९५६ मा, यसको नमुनाहरू अध्ययन गर्ने प्रजाति विद् डा. एच. खजुरियाले गिको सम्मानमा यसलाई प्रेस्बिस्टिस गि नामकरण गर्दै नयाँ प्रजाति बारे वर्णन गरेका थिए।

शारीरिक विवरण

सुनौलो लङ्गुर 
सुनौलो लङ्गुरको अनुहार

वयस्क सुनौलो लङ्गुरको रङ्ग हल्का पहेँलो देखि सुनौलोसम्म हुन्छ। यसको कोखो र छातीमा केशहरू गाढा र प्रायः खिया जस्तो देखिने रङका हुन्छन्। किशोर-किशोरीहरू र पोथीहरूका रङ्गहरू हलुका, चाँदीको सेतो र हल्का पहेँलो हुन्छन्। यसको भुत्लामा मौसमी रूपमा रङ्ग परिवर्तन हुन्छ। गर्मीमा रङ्गीबिरङ्गी सेतो वा हल्का पहेँलो र जाडोमा गाढा सुनौलो वा काष्ठफलमा परिवर्तन हुन्छ। मनसुनको बेला पानी पर्नदेखि आँखा जोगाउन तिनीहरूको लामो जुँगा हुन्छन्। सुनौलो लङ्गुरको कालो अनुहार र यसको मुकुटमा ठूलो कपाल हुन्छ।

सुनौलो लङ्गुरले यौन अनैतिकतालाई प्रदर्शित गर्दछ। पोथीभन्दा भाले ठूलो र बलियो हुन्छ। वयस्क भालेहरूको तौल औसतमा १०.८ किलोग्राम (पाउन्ड) र वयस्क पोथीहरूको वजन ९.५ किलोग्राम (२१ पाउन्ड) हुन्छ। टाउको र शरीरको लम्बाई ५०–७५ सेन्टिमिटर (२०–३० इन्च) हुन्छ भने तुलनात्मक रूपमा लामो पुच्छर ७०–१०० सेन्टिमिटर (२८–३९ इन्च) लम्बाइको हुन्छ।

वितरण

सुनौलो लङ्गुर लगभग ३०,००० वर्ग किलोमिटर (१२,००० वर्ग माइल) क्षेत्रफलमा पाइन्छ, जसमध्ये अधिकांश अनुपयुक्त वासस्थान हो। यस क्षेत्र दक्षिणमा ब्रह्मपुत्र नदी, पूर्वमा मानस नदी, पश्चिममा सुनकोशी नदी, आसाम र उत्तरमा भुटानको कालो हिमालद्वारा जोडिएको छ। यी जैविक-भौगोलिक अवरोधहरूले गर्दा नजिकको सम्बन्ध भएको लङ्गुर प्रजातिको विकिरण भएको विश्वास गरिन्छ। सन् १९८८ मा सुनौलो लङ्गुरका दुई बन्दी समूहलाई उत्तर-पूर्वी भारतको त्रिपुरा राज्यमा जङ्गलमा मुक्त गरिएको थियो। यो तिनीहरूको प्राकृतिक दायरा भन्दा बाहिरको क्षेत्र हो। सेपाहिजोला वन्यजन्तु अभयारण्यमा जारी गरिएको एउटा समूह जीवित छन् भने ती र जङ्गलमा घुलमिल भएको छन्।

व्यवहार

यस प्रजातिका लङ्गुरहरू यसको बासस्थान दायरा अन्तर्गत धेरै जसो भागमा उच्च रूखहरूमा सीमित हुन्छन् जहाँ यसको लामो पुच्छर सन्तुलितको बनाइराख्ने काम गर्दछ। यस प्रजातिको लङ्गुरहरू हाँगाबाट अर्को रूखको हाँगामा छलाङ लगाउने गर्दछन्। सुनौलो लङ्गुर मुख्यतया रूखमानै बस्ने भएकाले यी प्राणीहरू विरलै जमिनमा ओर्लिन्छन्। वर्षा ऋतुमा यसले शीत र पानीले भिजेका पातहरूबाट पानी प्राप्त पिउने गर्दछ। यस प्रजातिका लङ्गुरहरू साकाहारी हुन्छन् भने यी लङ्गुरले मुख्यतया फलफूल, रूखका पात, बीउ, फुल आदी खाने गर्दछन्। यस प्रजातिको लङ्गुर सामान्यतया एक समुदायमा बस्ने गर्दछन् जसमा लगभग ८ सदस्यहरू (कहिलेकाँही ५० सदस्य सम्म पनि) हुन्छन् जसमा केही पोथी तथा अधिक भाले लङ्गुरहरू हुन्छन्। यस प्रजातिको लङ्गुरको सानो समूह चार सदस्यहरू मिलेर बनेका हुन्छन् भने सबैभन्दा ठूलो समूहमा २२ सदस्यहरू हुन्छन्। मानिसहरू माझ बस्न नडराउने हनुमान लङ्गुरहरू जस्तो नभई सुनौलो लङ्गुर मानिसहरूबाट टाढै बस्ने लजालु स्वभावको हुन्छ। मानिसहरूको उपस्थितिबाट अस्वाभाविक रूपमा प्रभावित हुन सक्ने भएकाले यसका थुप्रै आनीबानीहरू याद गर्न गाह्रो हुन सक्छ। सुनौलो लङ्गुर दिनमा सक्रिय हुन्छ। यस प्रजातिको लङ्गुरले आफ्नो अधिकांश समय रूखको बिताउने गर्दछन्

संरक्षण

सुनौलो लङ्गुर हाल घट्दो जनसङ्ख्या प्रवृत्तिसँगैै खतरामा परेको छ तसर्थ यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ। परिपक्व वयस्कको कुल जनसङ्ख्या ६०००–६५०० रहेको जनाइएको छ। यो भारत र भुटानको अति लोपोन्मुख प्रजातिहरू मध्ये एक हो। भारतमा सुनौलो लङ्गुरको ९३% जनसङ्ख्या वन आरक्षण (चिराङ, मानस र रिपु) र मानस राष्ट्रिय निकुञ्जको पश्चिमी भागमा पाइन्छन् र बाँकी यसका थोरै जनसङ्ख्या देशका विभिन्न भागहरूमा पाइन्छन्। गत ३० वर्षमा सुनौलो लङ्गुरको नसङ्ख्या ३०% भन्दा बढीले घटेको छ र निकट भविष्यमा अझ घट्ने अनुमान गरिएको छ। सुनौलो लङ्गुरलाई कानुनले आफ्नो दायरामा सुरक्षित राखेको छ। यो प्रजाति भारतको वन्यजन्तु संरक्षण ऐन, १९७२, र भुटानको वन तथा प्रकृति संरक्षण ऐन, १९९५, दुवैको अनुसूची १ मा सूचीकृत छ।

भारतमा

५ जुन २०१९ मा, काकोइजना आरक्षित वनका बासिन्दाहरूले सुनौलो लङ्गुरहरूले खाना खोज्न आफ्नो ज्यान जोखिममा नपारून भन्ने उद्देशले ५ जुन २०१९ मा, असमको बोङ्गाइगाउँ जिल्लाका जिल्ला अधिकारीहरूले अम्बा, आँप, ऐसेलु र अन्य फलफूलका रूखहरू रोप्न महात्मा गान्धी राष्ट्रीय ग्रामीण रोजगार ग्यारेन्टी ऐन अन्तर्गत एउटा परियोजनाको सुरुवात गरेका थिए। आरक्ष वनभन्दा बाहिरको खाना खोज्दै गर्दा विद्युत् र सडक दुर्घटनामा परी कैयौँ सुनौलो लङ्गुरको मृत्यु भएको थियो। सन् १९८८ मा भारतको त्रिपुरा राज्यको पश्चिमी क्षेत्रको दुई संरक्षित क्षेत्रहरूमा सुनौलो लङ्गुरको दुई बन्दी समूहलाई मुक्त गरिएको थियो। शिशु तथा युवाको सापेक्षिक मृत्युले मानव गतिविधिद्वारा आवासको ह्राससँग जनसङ्ख्या घट्दै गएको सङ्केत गर्दछ। आसाम जिल्लाको कोकराझाडका रबर खेती हुने क्षेत्रमा यसका सानो तर संरक्षित जनसङ्ख्या सन् १९९७ मा ३८ बाट बढेर सन् २००२ मा ५२ मा पुगेको थियोे। रबरका दानाहरू वा बिउहरू खाएर उनीहरू बाँचेको तथ्याङ्कमा जनाइएको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

सुनौलो लङ्गुर खोज तथा अनुसन्धानसुनौलो लङ्गुर शारीरिक विवरणसुनौलो लङ्गुर वितरणसुनौलो लङ्गुर व्यवहारसुनौलो लङ्गुर संरक्षणसुनौलो लङ्गुर सन्दर्भ सामग्रीहरूसुनौलो लङ्गुर बाह्य कडीहरूसुनौलो लङ्गुर

🔥 Trending searches on Wiki नेपाली:

सरकारसार्क शिखर सम्मेलनको सूचीखस जातिराष्ट्रिय पहिचानगाईजात्राकृषि विकास बैंकप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नौमती बाजानेपालको मन्त्रिपरिषद्मुख्यमन्त्री (नेपाल)बाल्यावस्थातत्समपर्सा जिल्लाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासढुङ्गे युगकान्तिपुर दैनिकसेतो मछिन्द्ननाथ मन्दिररातो मच्छिन्द्रनाथको रथयात्राअमेरिकी क्रान्तिकारी युद्धगाउँपालिकासिन्धुली जिल्लाकाठमाडौँको इतिहासप्रतिनिधि सभा (नेपाल)इस्लाम धर्मआन्तरिक राजस्व विभाग (नेपाल)विज्ञानसार्की जातिनिबन्धनागरिक समाजप्राथमिक उपचारचाँगुनारायण मन्दिरविवाह संस्कारहिमाली प्रदेश (नेपाल)च्याटजिपिटीसाङ वंशशब्दकोशमहासागरपाब्लो पिकासोमगर जातिवैदेशिक रोजगारतारानाथ शर्मापरराष्ट्र मन्त्रालय (नेपाल)चाडपर्वगनोरियाविश्व बैङ्कजारी (चलचित्र)नेपालको भूगोलअष्टाङ्गयोगनेपाली साहित्यको इतिहासधनकुटा जिल्लासम्भोगगुगल विद्वानपाठ्यक्रमअर्थ मन्त्रालय (नेपाल)नगरपालिकाकेन्द्रीय बैङ्कभूपरिवेष्ठित राष्ट्रदोलखा भीमसेनपाणिनिज्ञानेन्द्र वीरविक्रम शाहअष्ट चिरञ्जीवीनेपालको इतिहासधीरेन्द्र कृष्ण शास्त्रीनेपालका राष्ट्रिय निकुञ्जहरूनेपाली चलचित्रजयपृथ्वीबहादुर सिंहनेपाल विद्यार्थी सङ्घअस्ट्रेलियासंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूकिराँत कालबालश्रमबझाङ १ (निर्वाचन क्षेत्र)सम्पति शुद्धीकरणपर्यटनजाजरकोट भूकम्प, २०८०🡆 More