सिन्जो आबे

सिन्जो आबे (安倍 晋三 आबे सिन्जो) जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे माथी गोलि प्रहार भएको छ । नारामा आयोजना गरिएको एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनिमाथी गोलि प्रहार भएको हो । नारास्थित साइदाइजी स्टेसन अगाडि आयोजित चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा एक जना यूवकले उनिमाथी घरेलु हतियारले २ राउन्ड गोलि प्रहार गरेका हुन । घटना लगत्तै आबेलाई अस्पताल लगिएको र अवस्था गम्भीर रहेको जापानी सन्चार माध्यमहरुले बताएका छन । आक्रमणकारी सन्दिग्दलाइ पक्राउ गरि उनिमाथी थप अनुसंधान भैरहेको बताइएको छ । सन्दिग्दले आबेलाई गोलि हान्नुको कारण भने खुलेको छैन आबेकाे जन्म: सन् १९५४ सेप्टेम्बर २१भएको थियाे।आबे तीन पटक जापानका प्रधानमन्त्री बनेका छन् । पहिलो पटक उनी सन् २००६ को सेप्टेमबर २६ देखि सन् २००७ को सेप्टेम्बरको बीचमा छोटो अवधिको लागि प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । त्यति  बेला उनको उमेर जम्मा ५२ वर्ष थियो । उनी फुमिमारो कोनोईपछिका जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री पनि हुन् । सन् २०१२ देखि सन् २०२० को बीचमा उनले दुई पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका छन् ।उनी एक जापानी राजनीतिज्ञ हुन् ।जसले सन् २००६ देखि सन् २००७ र सन् २०१२ देखि सन् २०२० सम्म जापानको प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टीको सभापतिको रूपमा सेवा दिएका थिए। उनले सन् २००५ देखि सन् २००६ सम्म प्रमुख मन्त्रिमण्डल सचिवको रूपमा समेत जिम्मेवारी सम्हालेका थिए। आबे जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्ने नेता हुन्।दोस्रो विश्व युद्ध पछि जापानका सबैभन्दा शक्तिशाली नेता मध्ये एक थिए सिञ्जो आबे । शुक्रबार पश्चिमी नगर नारामा गोली लागेर मृत्यु भएका आबे जापानको राजनीतिक वृत्तका प्रभावशाली व्यक्ति पनि हुन् । राजनीतिक पारिवारिक पृष्ठभूमिका आबेका पिता बुबा शिन्तारो आबे लिबरल डेमोक्रेटिक दलका महासचिव र विदेशमन्त्री थिए । बुबा विदेशमन्त्री हुँदा आबे परराष्ट्रमन्त्रीको सचिव पनि भएका थिए । उनी आफ्ना हजुरबुबा नोबुसुके किशी भन्दा पनि लामो समय प्रधानमन्त्री रहे । मुद्रास्फीतिको कुचक्रबाट अर्थतन्त्रलाई निकाल्न र अर्थतन्त्रलाई पुनःजीवित गर्न आबेले बैंक अफ जापानको सहयोगमा मुद्रास्फीतिलाई २ प्रतिशतको लक्षित बिन्दुमा ल्याउन आक्रामक मौद्रिक विस्तार गरे, छोटो अवधिमा आर्थिक गतिविधिलाई टेवा दिन लचिलो वित्तीय नीति अपनाए अनि संरचनात्मक सुधार र निजी क्षेत्रमा लगानी गरेर दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने नीति अपनाए । उनको यो रणनीति आबेनोमिक्सको नामले चर्चित छ । खस्किँदै गइरहेको जन्मदरलाई बढाउन विवाहलाई टेवा दिने कार्यक्रम शुरु गरे ।अमेरिकासँगको सुरक्षा सन्धीलाई नयाँ आयामबाट अगाडि बढाउने काम पनि आबेले नै गरेका हुन् । जापान, भारत, अष्ट्रेलिया र अमेरिकाको अनौपचारिक समूह क्वाडको मुख्य प्रस्तावक पनि आबे नै हुन । आबेकै पालामा जापानको छिमेकी देशहरुसँगको सम्बन्धमा तिक्तता आयो । जापानको आत्मरक्षा बललाई युद्ध लड्न विदेशी भूमिमा जान सक्ने ऐन संसदबाट पारित गराउने काम पनि आबेले नै गरेका हुन् । उनको यो पहलले दक्षिण कोरिया ससंकित बन्यो भने चीन जापानसँग रुष्ट भयो ।जापानको संविधान संसोधन गर्ने महत्वकांक्षा पनि आबेमा लामो समयदेखि थियो । विशेषगरी संविधानको धारा ९ लाई उनले संसोधन गर्न खोजेका थिए । तर राजनीतिमा निकै पोख्त मानिएका आबेले कानून संसोधनका लागि जनमत संग्रह गराउने पर्याप्त समर्थन जुटाउन सकेनन् । आबे दोस्रो विश्व युद्धपछि जापानको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बने । उनी दक्षिणपन्थी राष्ट्रवादीको सहयोगमा सत्तामा आएका थिए । सत्ताबाट बाहिरिएपछि आबे हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो उग्रताको कटु आलोचक बने ।जापानमा अति विशिष्ट व्यक्तिहरुलाई गोली प्रहारका घटनाहरु पटक पटक भएका छन् । तर गोली प्रहारबाट ज्यान गुमाउने आबेको हत्या सन् १९३२ यताका पहिलो पूर्व÷प्रधानमन्त्रीहत्या हुन् । सन् १९९४ मा पूर्व प्रधानमन्त्री मोरिहिरो होसोकावालाई पनि टोकियोको शिन्जुकु वडामा गोली प्रहार भएको थियो । तर सो घटनामा उनको ज्यान भने बच्यो । आबे अघि जापानका कम्तिमा पनि ४ प्रधानमन्त्रीको हत्या भएको थियो । यसरी मर्ने पहिलो प्रधानमन्त्री हिरोबुमी इतो थिए । उनको हत्या सन् १९०९ मा चीनमा ६८ वर्षको उमेरमा भएको थियो । सन् १९२१ मा ताकाशी हाराको हत्या पनि प्रधानमन्त्री छँदा भएको थियो । आबे भन्दा अगाडि हत्या भएका प्रधानमन्त्री चुयोशी इनुकाई हुन् । उनको हत्या सन् १९३२ मा भएको थियो ।८ जुलाई २०२२ मा करिब जापानी समयमा अनुसार ११:३०आबेको हत्या भयो।आबेलाई नारा सहरमा चुनावी भाषण दिने क्रममा पछाडिबाट गोली हानिएको थियो।नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनलाई छातीमा प्वाल पर्ने गरी गोली लागेको थियो । तत्काल एम्बुलेन्समा हालेर लगिएकोको थियाे। नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए । बिभिन्न सञ्चार माध्यमले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गए । गोली प्रहारपछि गम्भीर घाइते भएका आबेको निधन भएको भयो। आबेलाई गोली हान्ने ४१ बर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।उनी नारा सहरकै बासिन्दा हुन्। आक्रमणकारी गोली हानेपछि पनि भाग्ने प्रयास किन गरेनन् ? गोली हानेपछि उनी त्यहीँ ठाउँमा उभिइरहे। त्यसपछि नजिकैका मानिसहरुले उनलाई प्रहरीसमक्ष बुझाए। उनी जापानी नौसेनाका पूर्वसैनिक भएको बताइएको छ।तर, रक्षा मन्त्रालयले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन।सदिग्ध नारा शहरका ४१ वर्षिय बासिन्दा तेसुया यामागामी भएको प्रहरीले बताएको छ । उनले आबेलाई मार्ने उद्देश्यले नै गोली हानेको पनि प्रकाशमा आएको छ । आक्रमणकारीलाई नाराको निशी प्रहरी चौकीमा लगिएको छ। घटनाको कारण असहिलेसम्म पत्ता नलागेको जापानी प्रधानमन्त्री फुमिओ किशिदाले पनि बताएका छन् । आबे हत्या गरिएका छैटौ पूर्व प्रधानमन्त्री हुन् ।प्रहरीले उनीसँग बयान लिइरहेको छ।

सिन्जो आबे
安倍 晋三
सिन्जो आबे
आबे सन् २०१५ मा
जापानको प्रधानमन्त्री
कार्यकाल
सन् २०१२ डिसेम्बर २६ – २०२० सेप्टेम्बर १६
एकाधिपतिआकिहितो
नारुहितो
सहायकतारो आसो
पूर्वाधिकारीयोसिहिको नोडा
उतराधिकारीनिर्णयाधीन
योसिहिदे सुगा
कार्यकाल
सन् २००६ सेप्टेम्बर २६ – सन् २००७ सेप्टेम्बर २६
एकाधिपतिआकिहितो
पूर्वाधिकारीजुनिचिरो कोइजुमी
उतराधिकारीयासुओ फुकुदा
लिबरल डेमोक्रेटिक पार्टीका सभापतिहरू
पद बहाली
सन् २०१२ सेप्टेम्बर २६
सहायकमासाहिको कोमुरा
महासचिवसिगेरू इसिबा
सादाकाजु तानिगाकी
तोसिहिरो निकाई
पूर्वाधिकारीसादाकाजु तानिगाकी
उतराधिकारीनिर्णयाधीन
कार्यकाल
सन् २००६ सेप्टेम्बर २० – सन् २००७ सेप्टेम्बर २६
महासचिवसुतोमु ताकेबे
हिडेनाओ नाकागावा
तारो आसो
पूर्वाधिकारीजुनिचिरो कोइजुमी
उतराधिकारीयासुओ फुकुदा
विपक्षी दलको नेता
कार्यकाल
सन् २०१२ सेप्टेम्बर २६ – सन् २०१२ डिसेम्बर २६
एकाधिपतिआकिहितो
प्रधानमन्त्रीयोसिहिको नोडा
पूर्वाधिकारीसादाकाजु टानिगाकी
उतराधिकारीबानरी काइएडा
प्रमुख मन्त्रिमण्डल सचिव
कार्यकाल
सन् २००५ अक्टोबर ३१ – सन् २००६ सेप्टेम्बर २६
प्रधानमन्त्रीजुनिचिरो कोइजुमी
पूर्वाधिकारीहिरोयुकी होसोडा
उतराधिकारीयासुहिसा सियोजाकी
प्रतिनिधि सभाको सदस्य
पद बहाली
सन् १९९६ अक्टोबर २०
पूर्वाधिकारी'नयाँ निर्वाचन क्षेत्र'
निर्वाचन क्षेत्रयामागुची चौथौ जिल्ला
बहुमत८६,२५८ (५८.४०%)
कार्यकाल
सन् १९९३ जुलाई १८ – सन् १९९६ अक्टोबर २०
पूर्वाधिकारी'नयाँ निर्वाचन क्षेत्र'
उतराधिकारीमासाहिको कोमुरा
निर्वाचन क्षेत्रयामागुची पहिलो जिल्ला
व्यक्तिगत विवरण
जन्म
安倍晋三 (आबे सिन्जो?)

(1954-09-21) २१ सेप्टेम्बर १९५४ (उमेर ६९)
टोकियो, जापान
मृत्यु८ जुलाई २०२२(2022-07-08) (उमेर ६७)
Kashihara, Nara, जापान
मृत्युुको  कारणगोली प्रहार (cardiopulmonary arrest)
राजनीतिक दललिबरल डेमोक्रेटिक पार्टी
जीवन साथी
अकाई आबे
(
वि १९८७)
अभिभावक(हरू)सिन्तारो आबे
योको आबे
निवास'कान्तेई'
मातृ शिक्षाप्रतिष्ठानसेइकेई विश्वविद्यालय (बिए)
दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय

जन्म तथा प्रारम्भिक जीवन

आबेको जन्म जापानको राजधानी टोकियोको एक स्थायी राजनीतिक परिवारमा भएको हो। उनको परिवार मूलत: यामागुची पर्फेक्चरका निवासी हुन् र आबे उनको हजुरबुवाको जन्म भएको स्थान नागाटोका पञ्जीकृत वासिन्दा हुन्। उनको हजुरबुवा कान आबे र बुवा सिनतारो आबे दुवै राजनीतिज्ञ हुन्। आबेकी आमा, योको किसी जापानका प्रधानमन्त्री नोबुसुके किसी (१९५७-१९६०)की छोरी हुन्। किसी द्वितीय विश्व युद्धका समय हिडेकी तोजोका मन्त्रिपरिषदको सदस्य थिइन्।

आबेले सन् १९७७ मा सेइकेई विश्वविद्यालयबाट राजनीतिक विज्ञान विषयबाट स्नातक तह र जन प्रशासनिक विषयमा अध्ययन गरेका हुन्। उनी पछि संयुक्त राज्य अमेरिका गएर दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयबाट जन नीति विषयको अध्ययन गरेका थिए। सन् १९७९ अप्रिलमा आबे कोबी स्टिलमा कार्य गर्न प्रारम्भ गरे। सन् १९८२ मा उनले सो कम्पनीबाट राजिनामा दिएर राजनीतिमा प्रवेश गरेका थिए।

राजनीति

सन् १९९३ को जापानी आम निर्वाचनमा विजयी भएपछि सन् २००५ सेप्टेम्बरमा जुनिचिरो कोइजुमीले उनलाई प्रमुख मन्त्रिमण्डल सचिव नियुक्त गरेका थिए। आबेले सन् २००६ सेप्टेम्बरमा भएको लिबरल डेमोक्रेटिक पार्टीको निर्वाचनमा कोइजुमीलाई प्रतिस्थापन गर्दै पार्टीको सभापति बनेका थिए। आबे जापानको राष्ट्रिय संसद (डाइट)को विशेष सत्रमा सन् २००६ सेप्टेम्बर २६ मा पहिलो पटक प्रधानमन्त्री पदका लागि छानिदा उनी द्वितीय विश्व युद्ध पछि जापानको सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए। उनी जापानका प्रधानमन्त्री हुँदा ५२ वर्षका थिए साथै द्वितीय विश्व युद्ध पछि जन्मिने पहिलो प्रधानमन्त्री हुन्। एक वर्षभन्दा पनि कम अवधिसम्म पदमा बहाल रहेपछि उनले स्वास्थ्य समस्याका कारण सन् २००७ सेप्टेम्बर १२ मा प्रधानमन्त्री पदबाट राजिनमा दिए, त्यसपछि उनलाई यासुओ फुकुदाले प्रतिस्थापित गरे।

प्रधानमन्त्रीको रूपमा पहिलो कार्यकाल (२००६–२००७)

सिन्जो आबे 
Official portrait, 2006

२६ सेप्टेम्बर २००६ मा आबेले जापानी प्रधानमन्त्रीका रूपमा सपथ लिए। ५२ वर्षको उमेरमा निर्वाचित, सन् १९४१ मा फुमिमारो कोनोएपछि उनी सबैभन्दा कान्छो प्रधानमन्त्री थिए।

आन्तरिक नीति

परराष्ट्र नीति

उत्तर कोरिया

आबेले सामान्यतया उत्तर कोरियाको सन्दर्भमा कडा पङ्क्तिको अडान लिए, विशेष गरी जापानी नागरिकहरूको उत्तर कोरियाली अपहरणको सन्दर्भमा।

सन् २००२ मा, जापान र उत्तर कोरियाबीच भएको वार्तामा प्रधानमन्त्री कोइजुमी र महासचिव किम जोङ इल अपहरणकारीलाई जापान भ्रमणको अनुमति दिन सहमत भएका थिय । भ्रमणको केही हप्ता पछि, जापान सरकारले निर्णय गर्यो कि अपहरणकारीहरूलाई उत्तर कोरिया फर्कन प्रतिबन्ध लगाइनेछ जहाँ तिनीहरूका परिवारहरू बस्छन्। आबेले यस नीतिगत निर्णयको श्रेय आफ्नो सबैभन्दा धेरै बिक्री हुने पुस्तक, टुवर्ड ए ब्यूटीफुल नेसन (Towards a Beautiful Nation (美しい国へ Utsukushii kuni e?)) मा लिए। उत्तर कोरियाले जापानी निर्णयलाई कूटनीतिक प्रतिज्ञाको उल्लङ्घन भएको भन्दै आलोचना गरेको थियो र वार्ता रद्द भएको थियो।

चीन, दक्षिणपूर्वी एसिया र ताइवान

आबेले जनवादी गणतन्त्र चीनसँगको सम्बन्ध सुधारको आवश्यकतालाई सार्वजनिक रूपमा स्वीकार गरे र विदेश मन्त्री तारो आसोसँग मिलेर पूर्व जनवादी गणतन्त्र चीन सर्वोच्च नेता हु जिन्ताओसँग अन्तिम शिखर बैठकको माग गरे। आबेले चीन–जापान सम्बन्ध भावनामा आधारित भएर चल्न नहुने पनि बताए ।

अबे ताइवानका सम्मानित राजनीतिग्य माध्ये एक हुन।

आबेले दक्षिणपूर्वी एसियाली क्षेत्रमा राजनीतिक, सुरक्षा र आर्थिक सम्बन्धलाई मजबुत बनाउन आवश्यक रहेको बताए । आबेले उत्तर कोरियाको आणविक खतराको सामना गर्न आफ्नो अन्तर्राष्ट्रिय अभियानमा आफ्ना सहयोगीहरूलाई बढाए। आबेले फिलिपिन्सइन्डोनेसियाको भ्रमण गरे र जनवादी गणतन्त्र चीन दक्षिणपूर्वी एसियाली क्षेत्र भित्र नभए पनि जापानले पनि चीनको समर्थन खोजेको छ। तर सेन्काकु टापु विवाद र आबेको यासुकुनी मन्दिरको भ्रमणको कारणले चीन सँगको सम्बन्ध धमिलो भइरहेको थियो।

भारत

आबेले जापानको प्रधानमन्त्रीको रूपमा आफ्नो चार कार्यकालमा रणनीतिक जापान-भारत सम्बन्धलाई स्तरोन्नति गर्न खोजेका थिए। आबेले सन् २००७ मा जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र भारत बीच क्वाड (Quadrilateral Security Dialogue/ चतुर्भुज सुरक्षा वार्ता)को सुरुवात गरेका थिए। अगस्त २००७ मा उनको तीन दिने भारत भ्रमणले भारत र जापानबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको लामो इतिहासमा नयाँ द्विपक्षीय एसियाली गठबन्धनको सुरुवात गर्‍यो।

आबेको पहल एक उदीयमान परिदृश्यमा "पाँचौं" द्विपक्षीय लिंक स्थापना गर्नु थियो, जसमा, अमेरिका-अष्ट्रेलिया, यूएस-जापान, जापान-अष्ट्रेलिया, र यूएस-भारत लिंकहरू सहयोगी रणनीतिक पङ्क्तिबद्धता हुन्। भारत-अष्ट्रेलियाको छैटौं लिङ्क तार्किक परिणाम हुनेछ, रणनीतिक बल्वार्कको नयाँ चतुर्भुजको रूपमा औपचारिक रूपमा। भियतनाम, दक्षिण कोरिया, फिलिपिन्स र इन्डोनेसियालाई यस व्यवस्थामा समावेश गर्ने अन्तिम विस्तार ती राज्यहरूको मिडियामा अनुमान गरिएको छ। चिनियाँ रणनीतिक विज्ञहरूले विकसित भू-रणनीतिक प्रतिमान, "एसियाली नाटो" लाई लेबल गरेका छन्। आबेको व्यावहारिक भारत विदेश नीति एशियामा एक महत्वपूर्ण साझेदार प्राप्त गर्दा जापानको पुनरुत्थान आर्थिक सूचकहरूलाई बढावा दिन थियो।

प्रतिरक्षा

अलोकप्रियता र राजिनामा

दोस्रो कार्यकालको प्रधानमन्त्री (२०१२–२०१४)

सन् २०१२ सेप्टेम्बर २६ मा आबेले भूतपूर्व रक्षा मन्त्री सिगेरू इसिबालाई पराजित गर्दै लिबरल डेमोक्रेटिक पार्टीको सभापतिको चुनाव जित्न सफल भए। लिबरल डेमोक्रेटिक पार्टीको सभापतीय निर्वाचन जितेपछि उनी सन् २०१२ को साधारण निर्वाचन जितेर पुन: जापानको प्रधानमन्त्री बने। सन् १९४८ मा सिगेरू योसिदापछि प्रधानमन्त्री कार्यलय फर्किने उनी पहिलो प्रधानमन्त्री बन्न सफल भए।

आर्थिक नीति (Abenomics)

घरेलु नीति

विदेश नीति

रक्षा र सुरक्षा नीति

आबे सन् २०१४ को साधारण निर्वाचनमा आफ्नो साझेदार कोमेइटोसँगको गठबन्धनमा पुन: बहुमतका साथ निर्वाचित भए।

सन् २०२० अगस्ट २८ मा, आबेले अस्वस्थता देखाउँदै प्रधानमन्त्री पदबाट अनिर्णित राजिनामा दिएका छन्। उनी लामो समयदेखि अल्सरेटिभ कोलाइटिसबाट पीडित छन्। उनले लिबरल डेमोक्रेटिक पार्टीको सभापति नछानिएसम्म पदमा रहिरहने जनाएका छन्। आफ्नो अस्वस्थताका कारण सरकारको निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना मागेका थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

सिन्जो आबे जन्म तथा प्रारम्भिक जीवनसिन्जो आबे राजनीतिसिन्जो आबे प्रधानमन्त्रीको रूपमा पहिलो कार्यकाल (२००६–२००७)सिन्जो आबे दोस्रो कार्यकालको प्रधानमन्त्री (२०१२–२०१४)सिन्जो आबे सन्दर्भ सामग्रीहरूसिन्जो आबे बाह्य कडीहरूसिन्जो आबे यो पनि हेर्नुहोस्सिन्जो आबे

🔥 Trending searches on Wiki नेपाली:

सेतो गुम्बाबन्दी प्रत्यक्षीकरणसङ्घीयतापब्लिक कम्पनीदराजमौरिसससामाजिक सञ्जालमोतीराम भट्टमहेन्द्र वीरविक्रम शाहसार्वजनिक सेवा प्रवाहसुखानी पार्ककम्प्युटर विज्ञानअक्षांशयुनानी सभ्यताअल्पविकसित देशदोहोरो लेखा प्रणालीसेयरबाट करोडपति (पुस्तक)पानीनेपालको पहिलो संविधान सभाकृषिमानव शरीरका अङ्गहरूको सूचीऔद्योगिक क्रान्तिराशि-चक्रशेरबहादुर देउवाक्रोकस सिटी हलमा आक्रमणनेपालको प्रशासनिक विभाजनबौद्धिक सम्पत्तिनालापानीको लडाइँअनुष्टुप छन्दसोह्र श्राद्धधान नाचपूँजीवादकृष्णशाह वंशनुवाकोट जिल्लाॐ नमः शिवायरञ्जिता श्रेष्ठनेपालको सैन्य दर्जाबुद्ध धर्मलाली गुराँसबुटवल उपमहानगरपालिकासरोज कुमार यादवभीमसेन थापाभूमध्यरेखानेपालमा खेलकुदनजिरसाकेला नाचप्राथमिक उपचारविस्तृत शान्ति सम्झौतानेपाल सशस्त्र प्रहरी बलहृदयचन्द्रसिंह प्रधानछाउपडीचन्द्र शमशेर जङ्गबहादुर राणाकुलदेवतानाटकनेपाल अङ्ग्रेज युद्धफियोजनमत सङ्ग्रह, २०३७धर्मज्ञानेन्द्र वीरविक्रम शाहनेपालका राजागणतन्त्र दिवस (नेपाल)चुत्रोझोला (चलचित्र)१८औँ सार्क शिखर सम्मेलनमहानगरपालिकासर्लाही जिल्लाआवश्यकता शृङ्खला सिद्धान्तसन्नी लियोननेपालको पञ्चवर्षीय योजनासीतारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनेपालमा मातृभाषामा शिक्षामनोविज्ञान🡆 More