सयौँ थुङ्गा फूलका हामी: नेपाली राष्ट्रिय गीत

सयौँ थुङ्गा फूलका हामी, नेपालको राष्ट्रिय गान हो। यसलाई २०६४ साल साउन १८ गते लागू गरिएको थियो। यसलाई अन्तरिम संसदका सभामुख सुवासचन्द्र नेम्वाङ सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहको बीच २०६४ साउन १८ मा औपचारिक रूपमा राष्ट्रिय गानको रूपमा लिइएको घोषणा गरेका थिए। तत्कालीन शाही परिवारलाई समर्पित भई गाइएको राष्ट्रिय गान (राज गान) श्रीमान् गम्भिर नेपालीलाई वि.सं.

२०६३ साल जेष्ठ ५ गते शुक्रबार बसेको तत्कालीन प्रतिनिधि सभा घोषणाले नयाँ राष्ट्रिय गानको साथ प्रतिस्थापन गरेको थियो। अम्बर गुरुङले सङ्गीत दिएको र ब्याकुल माइलाको शब्द सिर्जना रहेको राष्ट्रिय गान "सयौँ थुङ्गा फुलका हामी" शीर्षकको राष्ट्रिय गानलाई नेपालको संविधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ।

सयौँ थुङ्गा फूलका हामी

सयौँ थुङ्गा फूलका हामी: इतिहास, तथ्यसूत्र, बाह्य कडीहरू नेपालको राष्ट्रिय गान
लेखकब्याकुल माइला
सङ्गीतअम्बर गुरुङ
लागू२०६४ साउन १८
सङ्गीत नमूना
noicon

इतिहास

६२/६३ को जनआन्दोलन सफल भए पश्चात्, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले नेपालमा आएको राजनैतिक परिवर्तनहरूसँगै चलिआएका पुरानाशैलीहरूलाई पनि परिवर्तन गर्ने निर्णय गरेको थियो जहाँ राष्ट्रिय गानका कुरा समेत समावेश गरिएको थियो। सरकारले देशभरि रहेका कलाकारहरूलाई राष्ट्रिय गान लेख्नका लागि प्रेरित गरेको थियो र नयाँ राष्ट्रिय गान छनोट समिति पनि गठन गरेको थियो जसमा चौध सदस्यीय टोली रहेका थिए।सयौं थुङ्गा फूलका हामी बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनोट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमा छनोट गरेको थियो। यो गानका रचनाकार कवि व्याकुल माइला हुन् भने सङ्गीतकार अम्बर गुरुङ हुन्। यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्। २०६२/६३ सालको परजिवितान्त्रिक आन्दोलनबाट शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मङ्सिर १४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाख ७ गते राष्ट्रिय गानका रूपमा छानिएको छ।

शब्द

    सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
    सार्वभौम भई फैलिएका, मेची-महाकाली।
    प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
    वीरहरूका रगतले, स्वतन्त्र र अटल
    ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
    अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
    बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
    अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल

तथ्यसूत्र

बाह्य कडीहरू

Tags:

सयौँ थुङ्गा फूलका हामी इतिहाससयौँ थुङ्गा फूलका हामी तथ्यसूत्रसयौँ थुङ्गा फूलका हामी बाह्य कडीहरूसयौँ थुङ्गा फूलका हामीअम्बर गुरुङप्रतिनिधि सभा (नेपाल)व्याकुल माइलाश्रीमान् गम्भीरसुवासचन्द्र नेम्वाङ

🔥 Trending searches on Wiki नेपाली:

नेपाली विकिपिडियाचितवन राष्ट्रिय निकुञ्जनेपालका मल्ल राजाहरूको सूचीदोहोरो लेखा प्रणालीमुक्तिनाथरारातालरणबहादुर शाहदासप्रथानेपालमा भएका सडकहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालबैजनीसहिदमेटागौरा पर्वबाथऊर्जासुर्तीतथ्याङ्कबौद्धनाथबाघडढेलोनेपाली रुपैयाँसूचना प्रविधिसिन्धुपाल्चोक जिल्लाअनुसन्धानचौदण्डीगढी नगरपालिकासगरमाथायोगमाया न्यौपानेअर्थशास्त्रमहादेशकोषउत्पादन (अर्थशास्त्र)स्वरवर्ण र व्यञ्जनवर्णनेपालमा पर्यटनव्यास नगरपालिकामाधवकुमार नेपालबैतडी जिल्लाप्राइभेट लिमिटेड कम्पनीसंस्कारसार्क शिखर सम्मेलनको सूचीमहिनावारी चक्रमनोविज्ञाननेपाल राष्ट्र बैङ्कजनकपुरधाम उपमहानगरपालिकापूर्वीय चिन्तन परम्पराचिठीनबिल बैंकउत्प्रेरणाबर्दिया जिल्लाविवाह संस्कारभूगोलराष्ट्रिय सभा (नेपाल)नारायणगोपाल गुरूवाचार्यनेपालका नगरपालिकाहरूनेपाली भाषाआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूप्युठान जिल्लासञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)संयुक्त राज्य अमेरिकासञ्चारमगर जातिफुलचूडाकर्म संस्कारसिन्धुली जिल्लाबजारशास्त्रमधेश प्रदेशगाउँखाने कथानेपाल प्रजा परिषद्भ्रष्टाचारधादिङ जिल्लाचौबिसी राज्यहरूभारतको इतिहासनेपाल लेखामान बोर्डनेपाली साहित्यको इतिहास🡆 More