विपिन रावत

जनरल विपिन रावत (पविसेप, उयुसेप, अविसेप, युसेप, सेप, विसेप, एडिसी) (सन् १९५८ मार्च १६- सन् २०२१ डिसेम्बर ८) भारतको प्रथम प्रमुख रक्षा अधिकारी वा चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) थिए। उनले सन् २०२० जनवरी १ को दिन भारतको प्रमुख रक्षा अधिकारीको पदभार ग्रहण गरेका थिए। रक्षा प्रमुख बन्नु पूर्व उनी भारतीय थलसेनाको प्रमुख थिए। रावत सन् २०१६ डिसेम्बर ३१ देखि सन् २०१९ डिसेम्बर ३१ सम्म थल सेनाध्यक्ष पदमा रहेर काम गरेका थिए। सन् २०२१ डिसेम्बर ८ मा हेलिकप्टर दुर्घटनामा ६३ वर्षको उमेरमा उनको मृत्यु भएको थियो।

जनरल
विपिन रावत
पविसेप उयुसेप अविसेप युसेप सेप विसेप ऐडिसी
विपिन रावत
आधिकारिक तस्विर, सन् २०२०
पहिलो प्रमुख रक्षा अधिकारी
कार्यकाल
१ जनवरी २०२० (2020-01-01) – ८ डिसेम्बर २०२१ (2021-12-08)
राष्ट्रपतिराम नाथ कोविन्द
प्रधानमन्त्रीनरेन्द्र मोदी
रक्षा मन्त्रीराजनाथ सिंह
पूर्वाधिकारी'पद स्थापित'
उतराधिकारी'रिक्त'
व्यक्तिगत विवरण
जन्म(१९५८-०३-१६)१६ मार्च १९५८
पौडी, पौडी गढवाल जिल्ला, उत्तर प्रदेश, भारत
(वर्तमान उत्तराखण्ड, भारत)
मृत्यु८ डिसेम्बर २०२१(2021-12-08) (उमेर ६३)
बन्दिसोला, नीलगिरी जिल्ला, तमिलनाडु, भारत
मृत्युुको  कारणहेलिकप्टर दुर्घटना
जीवन साथी
मधुलिका रावत
(
वि १९८५; मृत्यु २०२१)
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठान
सैन्य सेवा
निष्ठाविपिन रावत भारत
शाखा/सेवाविपिन रावत भारतीय सेना
सेवाको वर्षहरूसन् १९७८ डिसेम्बर १६  – सन् सन् २०२१ डिसेम्बर ८
श्रेणीविपिन रावत जनरल
एकाइ५/११ गोर्खा राइफल्स
सेवा क्रमIC-35471M
पुरस्कारहरू
  • विपिन रावत परम विशिष्ट सेवा पदक
  • विपिन रावत उत्तम युद्ध सेवा पदक
  • विपिन रावत अति विशिष्ट सेवा पदक
  • विपिन रावत युद्ध सेवा पदक
  • विपिन रावत सेना पदक
  • विपिन रावत विशिष्ट सेवा पदक

प्रारम्भिक जीवन

रावतको जन्म सन् १९५८ मार्च १६ मा पौडी गढवाल जिल्लाको पाउरी, हालको उत्तराखण्ड राज्यमा भएको थियो। उनको परिवार कयौँ पुस्तादेखि भारतीय सेनामा सेवारत छन्। उनको बुवा लक्ष्मण सिंह रावत भारतीय सेनाको लेफ्टिनेन्ट जनरलको दर्जासम्म पुगेका थिए। उनको आमा उत्तरकाशी जिल्लाकी थिइन् र उनी उत्तराखण्ड विधानसभाका पूर्व सदस्य किसन सिंह परमारकी छोरी थिइन्।

सैन्य जीवन

राजपूत परिवारमा जन्मिएका रावतको कयौँ पिढी सेनामा रहेका छन्।

  • सन् १९७९ जनवरीमा सेनामा मिजोरममा प्रथम नियुक्ति
  • नेफा इलाकामा तैनाथीको दौरान बटालियनको नेतृत्व
  • कङ्गोमा संयुक्त राष्ट्रको संयुक्त राष्ट्र शान्ति सेनाको अगुवाई
  • सन् २०१६ सेप्टेम्बर १ मा सेनाको उप-प्रमुख नियुक्त ।
  • सन् २०१६ डिसेम्बर ३१ मा थल सेना प्रमुख नियुक्त।

प्रारम्भिक वृत्ति

सन् १९७८ डिसेम्बर १६ मा, रावत ५औँ  बटालियन, ११ गोर्खा राइफलमा प्रवेश गरेका थिए। उनको पिताले यसै इकाइबट सेनामा प्रवेश गरेका थिए। उनले उच्चतम उचाइमा युद्ध गरेका थिए साथै उनले प्रति विद्रोह अपरेसन सञ्चालनमा दस वर्ष विताएका थिए।

१९८७ चीन-भारत सङ्घर्ष

सुमदोरोङ चू नामक स्थानमा भएको सन् १९८७ को चीन-भारत सङ्घर्षको समयमा, तत्कालीन क्याप्टेन रावतको बटालियनलाई चिनियाँ जनमुक्ति सेना विरुद्ध परिचालन गरिएको थियो। यो गतिरोध सन् १९६२ को भारत-चीन युद्ध पछि विवादित म्याकमोहन लाइनमा भएको पहिलो सामना थियो।

विमान दुर्घटनामा असामयिक मृत्यु

सन् २०२१ डिसेम्बर ८ को दिन तमिलनाडुको कुन्नुरमा भारतीय वायुसेनाको रक्षा प्रमुख जनरल विपिन रावत चढेको मिल एमआई-१७ भिएच हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा सवार १४ मध्ये १३ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो। यस परिस्थितिमा वायुसेनाद्वारा जाँचको आदेश दिइएको थियो। उक्त हेलिकप्टरले कोयम्बटोरको सुलुर आइएएफ स्टेसनबाट उडान सुरु गरेको थियो र रक्षा प्रमुखलाई लिएर वेलिङ्टन सैन्य अधिकारी एकेडमी जाँदै थियो।

सम्मान र सैनिक चिह्नहरू

लगभग ४३ वर्षे आफ्नो सैन्य करियरमा उनले परम विशिष्ट सेवा पदक, उत्तम युद्ध सेवा पदक, अति विशिष्ट सेवा पदक, युद्ध सेवा पदक, सेना पदक, विशिष्ट सेवा पदकका साथै उनको वीरता र विशिष्ट सेवाको लागि दुई पटक सैन्य प्रशस्तिसँगै एक पटक सेना कमान्डर प्रशस्तिले सम्मानित गरिएको थियो।

विपिन रावत  विपिन रावत 
विपिन रावत  विपिन रावत  विपिन रावत  विपिन रावत 
विपिन रावत  विपिन रावत  विपिन रावत  विपिन रावत 
विपिन रावत  विपिन रावत  विपिन रावत  विपिन रावत 
विपिन रावत  विपिन रावत  विपिन रावत  विपिन रावत 
परम विशिष्ट सेवा पदक उत्तम युद्ध सेवा पदक
अति विशिष्ट सेवा पदक युद्ध सेवा पदक सेना पदक विशिष्ट सेवा पदक
घाइते पदक सामान्य सेवा पदक विशेष सेवा पदक अपरेसन पराक्रम पदक
सैन्य सेवा पदक उच्च उचाइ सेवा पदक विदेश सेवा पदक ५०औँ स्वतन्त्रता वार्षिकोत्सव पदक
३० वर्षे लामो सेवा पदक २० वर्षे लामो सेवा पदक ९ वर्षे लामो सेवा पदक मोनुस्को

पद ग्रहण मिति

अधिचिह्न पद भाग पदभार ग्रहण मिति
विपिन रावत  दोस्रो उपसेनानी भारतीय सेना सन् १९७८ डिसेम्बर १६
विपिन रावत  उपसेनानी भारतीय सेना सन् १९८० डिसेम्बर १६
विपिन रावत  सह-सेनानी भारतीय सेना सन् १९८४ जुलाई ३१
विपिन रावत  सेनानी भारतीय सेना सन् १९८९ डिसेम्बर १६
विपिन रावत  प्रमुख सेनानी भारतीय सेना सन् १९९८ जुन १
विपिन रावत  महासेनानी भारतीय सेना सन् २००३ अगस्ट १
विपिन रावत  सहायक रथी भारतीय सेना सन् २००७ अक्टोबर १ (सन् २००७ मे १७ देखि वरिष्ठता)
विपिन रावत  उप रथी भारतीय सेना सन् २०११ अक्टोबर २० (सान्दर्भिक, सन् २०१० मे ११ देखि वरिष्ठता)
विपिन रावत  रथी भारतीय सेना सन् २०१४ जुन १ (सान्दर्भिक)
विपिन रावत  जनरल(सिओएएस) भारतीय सेना सन् २०१७ जनवरी १
विपिन रावत  जनरल(सिडिएस) भारतीय सशस्त्र बल

(त्रि-सेवा)

सन् २०१९ डिसेम्बर ३१

सन्दर्भ सामग्रीहरू

Tags:

विपिन रावत प्रारम्भिक जीवनविपिन रावत सैन्य जीवनविपिन रावत विमान दुर्घटनामा असामयिक मृत्युविपिन रावत सम्मान र सैनिक चिह्नहरूविपिन रावत पद ग्रहण मितिविपिन रावत सन्दर्भ सामग्रीहरूविपिन रावतभारतभारतीय सेना

🔥 Trending searches on Wiki नेपाली:

रामप्रसाद ज्ञवालीज्ञानेन्द्र वीरविक्रम शाहप्रतिनिधि सभा निर्वाचन, २०७९देवानी संहितादाइजोमौलाकालिका मन्दिरउदयपुर जिल्लाखस ब्राह्मणसरकारधर्मो रक्षति रक्षितःमहिनावारीसुनबिस्केट जात्राभारतीय संविधानस्वर्गद्वारीधीरेन्द्र कृष्ण शास्त्रीभैरव अर्यालझलकमान गन्धर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)लागत लेखाविधिबाबुराम भट्टराईजिमेलआङ सान सुकीनेपालको सर्वोच्च अदालतदोलखा जिल्लाचेपाङ जातिदुबईआन्तरिक लेखापरीक्षणलोक सेवा आयोग (नेपाल)सङ्गठनविनोद चौधरीनागरिक समाजसुमना श्रेष्ठसर्पनेपालमा रहेका विभिन्न देशका दूतावासहरूनगरपालिकानेपालको राजनीतिलखन थापा मगरसेतो मछिन्द्ननाथ मन्दिरवित्तीय विवरणहरूयातायातसुगौली सन्धिअङ्ग्रेजी भाषाब्रेजर्सकाभ्रेपलान्चोक जिल्लानेपाल कानुन व्यवसायी परिषद्नेपालमा मौलिक हक र कर्तव्यमहाभारत पर्वत शृङ्खलातथ्याङ्कउद्योगगजलपिनासनेपालका मल्ल राजाहरूको सूचीनेपालको मन्त्रिपरिषद्नेपालका प्रधानमन्त्रीहरूको सूचीऋग्वेदलागु पदार्थराष्ट्रिय वाणिज्य बैंकसमासनेपाल खाद्य संस्थानपाथीभरा देवी (ताप्लेजुङ)सामुहिक लगानी कोषराष्ट्रिय सभा (नेपाल)कोशी प्रदेशको मुख्यमन्त्रीनेपालका संरक्षित क्षेत्रहरूको सूचीलिम्बू जातिनेपालको प्रमाणिक समयवैदेशिक रोजगारअर्थ मन्त्रालय (नेपाल)सन्दुक रुइतसम्पति शुद्धीकरणनाजी जर्मनीचतराधामशाह वंशसमाजवाद🡆 More