लमजुङ जिल्ला

लमजुङ नेपालको सात प्रदेशहरू मध्येको गण्डकी प्रदेशका ११ वटा जिल्लाहरूमध्ये एक ऐतिहासिक महत्त्व रहेको जिल्ला हो ।

लमजुङ
अन्नपुर्ण (दोश्रो) हिमालको दृश्य (७,९३९ मिटर)
अन्नपुर्ण (दोश्रो) हिमालको दृश्य (७,९३९ मिटर)
नेपालको नक्शामा लमजुङ जिल्ला (रातो)को अवस्थिति
नेपालको नक्शामा लमजुङ जिल्ला (रातो)
देशलमजुङ जिल्ला नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ जिल्ला
सदरमुकामबेसीसहर
क्षेत्रफल
 • जम्मा१,६९२ किमी (६५३ वर्ग माइल)
उच्चतम उचाई
८,१६२ मिटर (२६७७८ फिट)
न्यूनतम उचाई
३८५ मिटर (१२६३ फिट)
जनसङ्ख्या
 (वि. सं. २०६८)नेपालको राष्ट्रिय जनगणना
 • जम्मा१६७,७२४
 • घनत्व९९/किमी (२६०/वर्ग माइल)
जातीयता
 • मुख्य जातीयताब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार
भाषा
 • मुख्य भाषाहरूनेपाली, मगर, गुरुङ भाषा
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६६
स्थानीय तहको संख्या
वेबसाइटwww.ddclamjung.gov.np

परिचय

लमजुङ जिल्ला भौगोलिक रूपमा मध्य पहाडी क्षेत्र देखि उत्तरी हिमाली क्षेत्र सम्म फैलिएर रहेको छ । नेपालकै झण्डै बीच भागमा पर्ने जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्त्वपूर्णा यो जिल्लाले १,६९२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । गुरुङ जातिको बाहुल्यता रहेको यस जिल्ला ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वको हिसावले प्रमुख स्थानमा रहन्छ । नेपाललाई चिनाउने संस्कृति माध्यम लोक दोहोरी गीतको उदगम स्थल यस जिल्लालाई मानिन्छ । समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम बेसीसहर पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजारदेखि ४२ किलोमिटर उत्तरमा पर्दछ । राजनीतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई ५२ गाउँ विकास समिति, ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।

नामाकरण

"लमजुङ" शब्द मगर भाषाबाट आएको मानिन्छ । यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ ।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०६८ अनुसार लमजुङ जिल्लाको कूल जनसङ्ख्या १,६७,७२४ जना मध्ये पुरुष ७५,९१३ जना र महिला ९१,८११ रहेका छन ।

ऐतिहासिक पृष्ठभुमि

यस जिल्लाको उत्तर तथा उत्तर-पश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि बसोवास गर्दै आएका गुरुङ तथा घले जातिहरूले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनीतिक संरचनाको स्थापना गर्दै आएको पाइन्छ । सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेग गुरुङ तथा घले जातिको सामाजिक तथा राजनीतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन । जिल्लाको दक्षिणी भेकका टार तथा बेसीहरूमा क्षेत्री, ब्राह्मण, दमाई, कामी, सार्की आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ ।

सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वज यशोब्रम्ह शाहले लमजुङ जिल्लामा शासन गरेका थिए । यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ । त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाइन्छ ।

इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरूको राज्यको रूपमा लमजुङलाई लीइएको पाइन्छ । त्यो समयमा स्याङ्जालाई सिकारी, लमजुङलाई गरुढ, गोरखालाई सर्प र कास्कीलाई भ्यागुताको रूपमा इतिहासमा उल्लेख गरेको पाइन्छ ।

भौगोलिक अवस्थिति

  • अक्षांश: २८ डिग्रि ३ मिनेट देखि २८ डिग्रि ३७ मिनेट उत्तर
  • देशान्तर: ८४ डिग्रि ११ मिनेट देखि ८४ डिग्रि ३८ मिनेट पूर्व
  • सिमाना: पूर्व- गोरखा, पश्चिम-कास्की, उत्तर-मनाङ र दक्षिण- तनहुँ
  • क्षेत्रफल: १६९२ वर्ग किलोमिटर
  • सबभन्दा होचोस्थान: ३८५ मिटर (रम्घा गाविस अन्तर्गतको दुईपिप्ले बगैंचा)
  • सबभन्दा अग्लोस्थान: ८,१६२ मिटर (मनास्लु हिमाल)

पश्चिम नेपालको मध्य पहाडी क्षेत्रमा अवस्थित लमजुङ जिल्ला १६९२ वर्ग किलोमिटरको भौगालिक क्षेत्रफल भित्र फैलिएको छ। समुद्र सतहबाट ३८५ मिटर उचाई देखि ८१६२ मिटर अग्लो मनास्लु हिमशिखर सम्मको धरातलीय उचाईले गर्दा यो जिल्लामा ठूलो पाइन्छ । अत्यन्त गर्मी हावापानीदेखि अतिठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो जिल्ला निकै प्रसिद्ध पनि छ ।

यहाँ प्रशस्त नदीनालाहरू बग्दछन् जसले लाखौं किलोवाट विद्युत उत्पादन गर्न सकिन्छ अर्कोतर्फ यस जिल्लामा नीरमसी, पाखनवेद, पाँचऔंले, चिर्राईतो, जटामसी, गुर्जो, सर्पगन्धा, यार्चागुम्वा, कुट्की, सुगन्धवाल आदि वहुउपयोगी र वहुमूल्य जडीवुटीहरू पाइन्छन् । हिमाली क्षेत्रमा अनेर्कौ वहुमूल्य पत्थरहरू पाइन्छन् । दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, घलेगाउँ, घनपोखरा, पुरानकोट, रागिनासकोट, तुर्लुङकोट आदि ज्यादै सुन्दर र ऐतिहासिक एवं धार्मिक महत्त्वका पर्यटकीय स्थलहरूले गर्दा यस जिल्लाको आर्थिक सम्भावनालाई अत्यन्त माथि पुर्‍याउन मद्दत मिलेको छ । यस जिल्लामा यातायात तथा विद्युतीकरणको पनि राम्रो सुबिधा पुगेको छ ।

चित्रावाली

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

जिल्ला विकास समिति, लमजुङ

यो पनि हेर्नुहोस

Tags:

लमजुङ जिल्ला परिचयलमजुङ जिल्ला नामाकरणलमजुङ जिल्ला जनसङ्ख्यालमजुङ जिल्ला ऐतिहासिक पृष्ठभुमिलमजुङ जिल्ला भौगोलिक अवस्थितिलमजुङ जिल्ला चित्रावालीलमजुङ जिल्ला सन्दर्भ सामग्रीहरूलमजुङ जिल्ला बाह्य कडीहरूलमजुङ जिल्ला यो पनि हेर्नुहोसलमजुङ जिल्लागण्डकी प्रदेशनेपाल

🔥 Trending searches on Wiki नेपाली:

वार्षिक प्रतिवेदनसरस्वतीनेपालका तालहरूको सूचीनेपालको सैन्य दर्जाआवश्यकता शृङ्खला सिद्धान्तगुरुप्रसाद मैनालीसोलुखुम्बु जिल्लाफुटबल खेलखड्कासंयुक्त अरब इमिरेट्सअवलोकनकरारवर्ण विन्यासभक्ति थापानेपालमा खेलकुददराजझमक घिमिरेनेपालको प्रधानन्यायाधीशनेपालको जनआन्दोलन २०४६अर्थलक्ष्मीप्रसाद देवकोटानेपाली सेनाका गणहरुकृषि विकास बैंकरौतहट जिल्लामहानगरपालिकानेपालका सर्वोच्च आठ हिमालसंस्कृतिरणबहादुर शाहमहाकाव्यबौद्धनाथकृष्णपोखरा महानगरपालिकासहरीकरणजङ्गबहादुर राणामानव संसाधन व्यवस्थापनदार्जिलिङ चियाइलाम नगरपालिकारेखा थापाव्यासदासप्रथाधरहरापरिवर्तनीय लागतमानव शरीरका अङ्गहरूको सूचीवत्स गोत्रसिस्नोनातापरराष्ट्र मन्त्रालय (नेपाल)परिवार नियोजनग्लोबल आईएमई बैंकइलाम जिल्लागणेशलागत लेखाविधिनेपालीविद्यालयसमूहकलियुगगतिवासलातरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोदुबईइजरायल–हमास युद्ध, सन् २०२३नेपाल दूरसञ्चार प्राधिकरणनजिरकाठमाडौँ उपत्यकाहनुमान चालीसाप्रतिनिधि सभा निर्वाचन, २०७४लाख बत्तीनोबेल पुरस्कार२०२२ फिफा विश्वकपहरितगृह प्रभावलोक सेवा आयोग (नेपाल)सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)नेपालका राजाखस ब्राह्मणसाउदी अरबनेपालको सर्वोच्च अदालतललितपुर जिल्लापुस्तक🡆 More