राम नवमी

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । यसै क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्छ । राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँछन् । रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।

राम नवमी
राम नवमी
प्रकारहिन्दु
महत्त्वरामको जन्मदिन
उत्सवचैतको अन्तिम दिन नवरात्रि
परिपालनपूजा, बर्त, रामायण कथा, हवन, दान, संगीतिक मेला
मितिचैतको नवौँं दिन (चैत्र शुक्ल पक्ष नवमी)
आवृत्तिबार्सिक
राम नवमी
भगवान राम र सिताको मुर्ति

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

चैतचैते दसैँदुर्गारामायणश्रीराम अवतारहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

बारा जिल्लाकृष्णकुकुरस्या वंशडेउडा गीतपाँच पोखरीपरराष्ट्र मन्त्रालय (नेपाल)ॐ जय जगदीश हरेकिशोरावस्थासमाजवादजेठी मधुजनसाङ्ख्यिकीय लाभांशनेपालको लोकतन्त्र दिवससती प्रथाॐ नमः शिवायनेपालको प्रधानमन्त्रीसोभियत सङ्घव्यवस्थापन लेखापरीक्षणनेपाली शब्दकोशअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालसिन्धुलीगढीसर्पप्युठान जिल्लाभगांकुरलिच्छवि राज्यदक्षिणकाली नगरपालिकाविकिमिडिया कमन्सझमक घिमिरेमानव विकास सूचकाङ्कमुद्रा स्फितीपारिजात फूलहोमरअर्थशास्त्रबालेन शाहआँकमगर जातिमुलुकी ऐननेपालको अन्तरिम संविधान २०६३नेपाली चलचित्रभारतकुलदेवतानेपालमा विद्यालयको तहगत संरचनादसैँरारातालबाँसबझाङ जिल्लागरुड पुराणभूपि शेरचननेपालका प्रमुख नदीहरूको सूचीबुलबुले तालढुङ्गे युगनेपालका अञ्चलहरूगोरखा जिल्लातीजनारायण प्रसाद पोखरेलनेपालका बैङ्कहरूको सूचीदाइजो प्रथाआर्यकपिलवस्तु जिल्लात्रिभुवन विश्वविद्यालयविक्रम सम्वत्भारतीय संविधानमोतीराम भट्टठकुरीघले गाउँराम नवमीसर्पगन्धामनोविज्ञानफुटबल खेलनेपालको सङ्घीय संसदकुम्भ मेलाउधौलीचूडाकर्म संस्कारनेपाल खाद्य संस्थानराजेन्द्र महतोलगानीस्थानीय तह निर्वाचन, २०७९नेपालका विश्व सम्पदा क्षेत्रहरूको सूची🡆 More