मानिकगञ्ज जिल्ला

मानिकगञ्ज (बङ्गाली: মানিকগঞ্জ জেলা) बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्दछ।

मानिकगञ्ज
মানিকগঞ্জ
बाङ्लादेशको नक्शामा मानिकगञ्ज जिल्लाको अवस्थितिको अवस्थिति
बाङ्लादेशको नक्शामा मानिकगञ्ज जिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°५१′N ९०°०१′E / २३.८५°N ९०.०१°E / 23.85; 90.01 ९०°०१′E / २३.८५°N ९०.०१°E / 23.85; 90.01
देशमानिकगञ्ज जिल्ला बङ्गलादेश
विभागढाका विभाग
क्षेत्रफल
 • जम्मा१,३८३.६६ किमी (५३४.२३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा१,३९२,८६७
 • घनत्व१०००/किमी (२६००/वर्ग माइल)
साक्षरता दर
 • जम्मा५६.०%
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक कोड
१८००
वेबसाइटwww.manikganj.gov.bd

भूगोल

मानिकगञ्ज जिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो जिल्ला २३°३८' देखि २५°०३' उत्तर अक्षांश र ८९°४१' देखि ९०°०८' पूर्वी देशान्तरणमा अवस्थित छ। मानिकगञ्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३८३.०६ वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई टाङ्गाइल जिल्लाले उत्तर, फरिदपुरढाका जिल्लाले दक्षिण, ढाका जिल्लाले पूर्व र पाबना, राजबाडि र सिराजगञ्ज जिल्लाले पश्चिमबाट घेरेको छ।यस जिल्लामा ५ प्रमुख नदिहरू छन्: पद्मा, कालिगङ्गा, जमुना, इचामती र धलेश्वरी। यी नदिहरू सुरमा-मेधना नदि प्रणाली अन्तर्गत पर्छन्। यस जिल्लाको अौसत अधिकतम तापक्रम ३६ डिग्री हुन्छ भने अौसत न्युनतम तापक्रम १२.७ डिग्री हुन्छ। यस जिल्लामा वार्सिक २३७६ मिलिमिटर (९३.५ इञ्च) वर्षा हुने गरेको छ।

इतिहास

मानिकगञ्जको स्थापना ढाका विभाग एक भागको रूपमा भएको थियो। मानिकगञ्जलाई सन् १९८४ मा जिल्लामा परिणत गरिएको थियो।

२६ अप्रिल १९८९ का दिन मानिकगञ्ज जिल्लामा एक भयानक समुन्द्री छाल आएको थियो। उक्त विनाशकारी आँदिमा परि १,३०० मानिसहरूको मृत्यु भएको थियो भने १२,००० घाइते भएका थिए। सेतरिया र मानिकगञ्ज उपजिल्लामा एक प्रतिवेदनका अनुसार ८०,००० मानिसहरू घरवारविहीन बनेका थिए।

बङ्गलादेश मुक्ति अभियान

सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो भने तात्कालिक समयमा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले सैनिक किल्ला तिर जान लागेका ३०० जना पाकिस्तानी सेना सवार ३ पानी जहाजमा बहबारुद र आक्रमण गरेका थिए जसको फलस्वरूप कयौं पाकिस्तानी सेना र सेना प्रमुखहरू मारिएका थिए। २२ नोभेम्बरका दिन पाकिस्तानी सेनाले घ्योर उपजिल्ला अन्तर्गत पर्ने ताराश्री भन्ने ठाउँमा अन्धाधुन्ध गोली हानि ४१ गाउँलेको हत्या गरेका थिए। १४ डिसेम्बरका दिन बङ्गलादेशी लडाकुले मानिगञ्ज सदर उपजिल्ला अन्तर्गत पर्ने काजीनगर गाउँमा पाकिस्तानी सेनालाई आक्रमण गरेका थिए जसको फलस्वरूप सेना तितरबितर हुन बाध्य बनेका थिए। १४ डिसेम्बरका दिन बालटिक गाउँमा भएको पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको प्रत्यक्ष गोलि हानाहानमा केही पाकिस्तानी सेना र लडाकुको ज्यान गएको थियो। १५ डिसेम्बरका दिन बङ्गलादेशी लडाकु र पाकिस्तानी सेना बीच युद्ध भएको थियो जहाँ महम्मदपुर अमिनुर रहमान, सरिफुल स्लाम, चखेल उडिन आदि लडाकुको मृत्यु भएको थियो।

जनशाङ्खिकि

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ६९८४४७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ३५३२०१ छ भने महिलाको जनसङ्ख्या ३४५२४६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ११५५२०२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १२९४८८ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या २१४, इसाई धर्मको २८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १४८ रहेको छ। यस जिल्लाको जनघनत्व ३६७४ रहेको छ। यस जिल्लामा ३५७५ मस्जिद, १६० हिन्दु मन्दिर, १० गृजाघर र ५ बौद्ध स्तुपाहरू रहेका छन्।

अर्थतन्त्र

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५६.१५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.२८% मजदुरी, व्यापार र उद्योगमा १.४८%, वाणिज्यमा १४.०३%, सञ्चार र यातायातमा ३.२५%, रेमिटेन्समा २.१०%, निर्माण क्षेत्रमा १.४५%, अन्य क्षेत्रमा १०.६७%, धार्मिक सेवा ०.२१% र अन्य ७.३७% रहेका छन्।

प्रशासन

प्रशासकीय मानिकगञ्ज उप विभागको स्थापना सन् १८८५ मा भएको थियो भने पछि सन् १९८४ मा यसलाई जिल्लामा परिणत गरिएको थियो। यस जिल्लामा हाल ७ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला हरिरामपुर (२४५.४२ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला सुतरिया (१४०.१२ वर्ग किलोमिटर) हो। यस जिल्लाका ७ उपजिल्ला यस प्रकार छन्:


शिक्षा

यस जिल्लाको कुल साक्षरता दर ४१.०२% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४६.०३% छ भने महिलाको साक्षरता दर ३५.९८% रहेको छ। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; सरकारी दिभेन्द्र कलेज (सन् १९४२), सरकारी मोहिला कलेज (सन् १९७२), दराग्राम विकू स्मारक कलेज (सन् १९६६), कोन्दाकार नुरल हुस्न ल एकेडेमी, प्राथमिक शिक्षण संस्था, मानिकगञ्ज सरकारी उच्च विद्यालय (सन् १८८४), पटग्राम अनाथ बन्धु सरकारी उच्च विद्यालय (सन् १९१५), नाली बगरिया कृष्ण चन्द्र उच्च विद्यालय (सन् १९१५), धनकोरा गिरिश शिक्षण संस्था (सन् १९१७), धुला बिएम उच्च विद्यालय (सन् १९२०), जमरटा एसजी विद्यालय (सज् १९२१), ताराश्री केएन शिक्षण संस्था (सन् १९२२), इब्राहिमपुर ईश्वर चन्द्र उच्च विद्यालय (सन् १९२३), बारङ्गाली गोपाल चन्द्र उच्च विद्यालय (सन् १९२४), मानिकगञ्ज नमुना उच्च विद्यालय (सन् १९२५), झट्का आनन्द मोहन उच्च विद्यालय (सन् १९२६), सुरेन्द्र कुमार सरकारी कन्या उच्च विद्यालउ (सन् १९३८), बालती ईश्वर चन्द्र उच्च विद्या रलय (सन् १९१९), घियोर डिएन पाइलट उच्च विद्यालय (सन् १९२९), जय मन्ताप उच्च विद्यालय (सन् १९२१), मानिकगञ्ज ईस्लामी मदरसा (सन् १९५३) आदि।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

मानिकगञ्ज जिल्ला भूगोलमानिकगञ्ज जिल्ला इतिहासमानिकगञ्ज जिल्ला जनशाङ्खिकिमानिकगञ्ज जिल्ला अर्थतन्त्रमानिकगञ्ज जिल्ला प्रशासनमानिकगञ्ज जिल्ला शिक्षामानिकगञ्ज जिल्ला सन्दर्भ सामग्रीमानिकगञ्ज जिल्ला बाह्य कडीहरूमानिकगञ्ज जिल्लाढाका विभागबङ्गाली भाषा

🔥 Trending searches on Wiki नेपाली:

नेपालको निसानछापमहालेखा नियन्त्रकको कार्यालयनेपालको पत्रकारिताको इतिहासनेपालका राजनीतिक दलहरूको सूचीनेपालका राष्ट्रिय विभूतिहरूसन्नी लियोनप्रतिनिधि सभा निर्वाचन, २०७४बालनगणतन्त्र दिवस (नेपाल)बाबुराम भट्टराईअरुणा लामामहाभारत पर्वत शृङ्खलास्थानीय तह निर्वाचन, २०७४जनमत सङ्ग्रह, २०३७भिमाद नगरपालिकाबन्दी प्रत्यक्षीकरणविज्ञाननेपालका संरक्षित क्षेत्रहरूको सूचीमुलुकी ऐनच्याटजिपिटीसुमना श्रेष्ठनेपालका अञ्चलहरूमदन पुरस्कारअस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीकार्यसम्पादन मूल्याङ्कनपुदिनाश्रीमद्भागवत् पुराणधरान उपमहानगरपालिकानेपाल सशस्त्र प्रहरी बलसालकनेपालका राष्ट्रिय चिह्नहरूरामप्रसाद ज्ञवालीसमूहअङ्कसुनविश्व व्यापार सङ्गठननेपाल विद्युत प्राधिकरणरौतहट जिल्लालाली गुराँसबलभद्र कुँवरनारायणगोपाल गुरूवाचार्यचराभ्रष्टाचारवर्ण विन्यासनेपालका नगरपालिकाहरूचुत्रोनेपालप्रतिनिधि सभा निर्वाचन, २०७९ढुङ्गे युगलाख बत्तीसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूमाधवप्रसाद घिमिरे (साहित्यकार)कम्प्युटरनेपाली साहित्यरगतचार धामसम्पादनभैरव अर्यालरक्सीपत्रकारितासीतागतिभीमनिधि तिवारीनेपालका विमानस्थलहरूको सूचीगाईजानकी मन्दिरकेकी अधिकारीपरिवारखस ब्राह्मणहिमाली प्रदेश (नेपाल)नेपाली भाषासंविधानहिन्दी भाषानेपालको संस्कृतिनेपाली कांग्रेस🡆 More