माडागास्कर

माडागास्कर आधिकारिक रूपमा गणतन्त्र माडागास्कर र पहिला गणतन्त्र मालागासी (मालागासी: Repoblikan'i Madagasikara, फ्रान्सेली: République de Madagascar) भनेर चिनिने हिन्द महासागरमा अवस्थित एक टापु राष्ट्र हो। मोजाम्बिक जलसन्धि पार पर्दै पूर्वी अफ्रिकाको तटबाट लगभग ४०० किलोमिटर (२५० माइल) टाढा रहेको छ। ५९२,८०० वर्ग किलोमिटर (२२८,९०० वर्ग माइल) मा माडागास्कर विश्वको दोस्रो ठूलो टापु देश हो। यो इन्डोनेसिया पछिको सबैभन्दा ठूलो टापु हो। यस देशमा माडागास्कर टापु (संसारको चौथो सबैभन्दा ठूलो टापु) र धेरै साना परिधीय टापुहरू पर्दछन्। महाद्विप गोन्डवानाको प्रागैतिहासिक विच्छेदपछि लगभग ८ करोड ८० लाख वर्षअघि माडागास्कर भारतीय उपमहाद्वीपबाट विभाजित भएको थियो। यसले गर्दा स्थानीय वनस्पति तथा जनावरहरू सापेक्षिक रूपमा अलग्गै विकास भएका थिए। फलस्वरूप, माडागास्कर जैविक विविधता केन्द्र बनेको छ। यसको ९०% भन्दा बढी वन्यजन्तुहरू पृथ्वीमा कतै पनि पाइँदैनन्। तीव्र गतिमा बढ्दै गइरहेको मानव जनसङ्ख्या र अन्य वातावरणीय खतराहरूको अतिक्रमणले यस द्वीपका विविध पारिस्थितिक प्रणाली तथा अनुपम वन्यजन्तुहरूलाई खतरामा पारेको छ।

गणतन्त्र माडागास्कर
  • Repoblikan'i Madagasikara  (मालागासी)
  • République de Madagascar  (फ्रान्सेली)
माडागास्करको झन्डा
झन्डा
माडागास्करको निशान छाप
निशान छाप
आदर्श वाक्य: 
  • "Fitiavana, Tanindrazana, Fandrosoana" (मालागासी)
  • "Amour, Patrie, Progrès" (फ्रान्सेली)
  • "माया, मातृभूमि, उन्नति"
राष्ट्रिय गान: "Ry Tanindrazanay malala ô!" (मालागासी)
"हे, हाम्रा पूर्खाको प्यारो देश!"
 माडागास्कर-अवस्थिति (गाढा हरियो)
 माडागास्कर-अवस्थिति (गाढा हरियो)
राजधानी
र सबैभन्दा ठुलो सहर
आन्तानानारिभो
१८°५५′द॰ ४७°३१′पू॰ / १८.९१७°S ४७.५१७°E / -18.917; 47.517
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
(सन् २००४)
  • २६% मेरिना
  • १५% बेटसिमिसाराका
  • १२% बेटसिलेओ
  • ७% सिमिहेती
  • ६% साकालाभा
  • ५% आन्ताइसाका
  • ५% आतान्द्रोय
  • २४% अन्य
धर्म
(सन् २०२०)
रैथाने(हरू)मालागासी
सरकारएकात्मक राष्ट्रपतिय संवैधानिक गणतन्त्र
आन्द्रे राजोएलिना
क्रिस्टियन नात्सो
• सिनेट अध्यक्ष
रिभो राकोतोभाओ
• राष्ट्रिय सभा अध्यक्ष
क्रिस्टिन राजानामाहासोआ
व्यवस्थापिकासंसद
सिनेट
राष्ट्रिय सभा
स्थापना
• अधिराज्य
१५४०
• फ्रान्सेली माडागास्कर
६ अगस्ट १८८६
• गणतन्त्र दावी
१४ अक्टोबर १९५८
• फ्रान्सबाट स्वतन्त्र
२६ जुन १९६०
क्षेत्रफल
• जम्मा
५,८७,०४१ किमी (२,२६,६५८ वर्ग माइल) (४६औँ)
• पानी
५,५०१ किमी (२,१२४ वर्ग माइल)
• पानी (%)
०.९%
जनसङ्ख्या
• सन् २०११ अनुमानित
२८,४२७,३२८ (५२औँ)
• घनत्व
३५.२ /किमी2 (९१.२ /वर्ग माइल) (१७४औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$४५.९४८ अर्ब
• प्रति व्यक्ति
$१,६९७
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$१२.७३४ अर्ब
• प्रति व्यक्ति
$४७१
गिनी (सन् २०१२)४२.६
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.५२८
न्यून · १६४औँ
मुद्रामालागासी एरियरी (MGA)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वी अफ्रिकी समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (हेरिदैँन)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२६१
इन्टरनेट डोमेन.mg

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

इन्डोनेसियाफ्रान्सेली भाषाहिन्द महासागर

🔥 Trending searches on Wiki नेपाली:

अधिकारमानव संसाधन व्यवस्थापनलाङटाङ राष्ट्रिय निकुञ्जदासप्रथादोहोरो लेखा प्रणालीनेपालको राजनीतिबुटवल उपमहानगरपालिकास्थानीय तह निर्वाचन, २०७४संयुक्त राष्ट्रसङ्घका महासचिवअङ्कबडघरमहिला विरुद्धका हिंसादेशान्तरमागअर्थम्याग्दी जिल्लालाली गुराँसअन्तर्राष्ट्रिय नारी दिवसकृष्णसिन्धु घाटीको सभ्यताजनता समाजवादी पार्टी, नेपालकिराँत कालशब्दकोशथारू भाषाभूपरिवेष्ठित राष्ट्रगोपाल हमाललुम्बिनी प्रदेशशीतयुद्धसंविधान सभाभानु नगरपालिकाअलैँचीविश्वकोशलेखनाथ पौड्यालनेपालका प्रधानमन्त्रीहरूको सूचीलागु पदार्थथारू जातिजुजु धौघोडाघोडी तालरघुबीर महासेठपरराष्ट्र मन्त्रालय (नेपाल)पाकिस्तानअफ्रिकापर्यटनराजेश हमालधुलिखेल नगरपालिकाजनमत सङ्ग्रहनेपालका झरनाहरूको सूचीमारुनी नाचमौसमप्राइभेट लिमिटेड कम्पनीनामकरण संस्कारकीर्तिपुर नगरपालिकाकावासोती नगरपालिकायुरोपेली सङ्घकालिका मन्दिर, बागलुङचौबिसी राज्यहरूमञ्जुश्रीबिस्केट जात्राजनसङ्ख्यादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनआन्तरिक राजस्व विभाग (नेपाल)उत्प्रेरणाआमासमाजवादपूर्वी रुकुम जिल्लानेपालको प्रमाणिक समयजैविक विविधताराष्ट्रिय वाणिज्य बैंकनेपालको पञ्चवर्षीय योजनाचलचित्रवनस्पतिलखन थापा मगरनेपालको जनआन्दोलन २०६३कोशी टप्पु वन्यजन्तु आरक्षमुटुलागत लेखाविधिपत्रकारितामधुमेहभाषिका🡆 More