बिरालो: Feline को घरेलु प्रजाति

बिरालो वा घरपालुवा बिरालो एक मांशाहारी तथा स्तनधारी समुहमा पर्ने जनावर हो । । यसले मुसाहरूलाई मारेर अन्नको रक्षा गर्दछ । बिरालो धेरै प्रजातीका हुन्छन् । कसै कसैले बिरालो शौकको लागि पालिएको देखिन्छ । बिरालो पाल्ने मानिस तथा समुदायलाई आत्मनिर्भर मानिन्छ, किनभने बिरालोलाई आत्मनिर्भरता र आत्मविस्वासको प्रतिक पनि मानिन्छ।

बिरालो
बिरालो: शारिरीक बनोट, विशेषता, प्रजनन
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
स्तनधारी प्राणी
गण:
कुल:
Felidae
वंश:
Felis
प्रजाति:
F. catus
वैज्ञानिक नाम
Felis catus
Linnaeus, 1758
पर्याय

Felis silvestris catus (subjective synonym)
Felis catus domestica (invalid junior synonym)


शारिरीक बनोट

बिरालोको शरीरमा एक पुच्छर, चार खुट्टाहरू १८ वटा नङ्ग्राहरू आँखा, कान,हुन्छन् । बिरालोको रंग भने प्रजाती अनुसार फरक-फरक हुन्छ । यसको मुख भित्र चार वटा लामा र अरु छोटा दाँतहरू हुन्छन् । यसको जिब्रोको माथिल्लो पट्टी काँडा जस्तै उल्टो फर्केका मांशपेसी हुन्छन् । जसले गर्दा यसले आफ्नो सिकारको रौंहरू चाटेर शरीरबाट अलग गर्न सक्छ । यसको आँखाको नानी रात र दिनमा फरक-फरक हुन्छ । रातमा पुरै आँखामा फैलिएको गोलो नानी देखिन्छ भने दिनमा आँखाको विचमा एक धर्सानुमा नानी देखिन्छ । जसले गर्दा यो अँधेरोमा पनि सिकार गर्न सक्छ । यसका नङ्ग्राहरू सिकारलाई झम्टदा बाहेक अरु समयमा लुकाई राखेको हुन्छ ।

विशेषता

बिरालो एक पशु भए पनि यसको विशेषता अनौठो प्रकारको हुन्छ । यसले अरु प्राणीको भन्दा भिन्नै प्रतिक्रियाहरू देखाउँछ । जसलाई तल उल्लेख गरिंदै छ ।

चाल

बिरालोको आवाज "म्याउँ" न सुन्दा सम्म बिरालोको उपस्थिति थाहा पाउन सकिदैन । यसको शरीर जति भारी भए पनि यो हिंड्दा खेरी कसैले पनि थाहा पाउन सक्दैन । हिंड्दाखेरी सुन्दै नसुन्ने गरी हिंड्द छ । हाम्रो समाजमा कोही सुस्तै चियो गरिरहेको छ भने त्यसलाई "बिरालोको चालमा आएर चियो गर्दै छ" भनिन्छ ।

सरसफाई

बिरालो पशु भए पनि यसले साफ सफाईमा विशेष ध्यान दिएको पाइन्छ । यो सिकार गर्ने बेला बाहेक अरु बेला फोहर ठाउँमा बस्दैन । बिरालोको दिशा पिसाब बाहिर खुल्ला ठाउँमा देखिदैन । यसले दिशा पिसाब गर्ने ठाउँमा पहिले खाल्डो बनाएर दिसा पिसाब गर्छ । फेरि माथिबाट पुरि दिन्छ । भनिन्छ प्राचीन कालमा बाघ र बिरालो एक आपसमा मामा भान्जा थिए बिरालोले बाघलाई आफ्ना सबै कलाहरू सिकाई दिएको थियो । पछि गएर बाघले एक दिन बिरालोलाई मार्न खोज्दा बिरालो रुखमा चढेर बाँच्यो । यो देखेर बाघलाई रुख चढ्ने कला आफूलाई नसिकाएकोले साह्रै रिस उठ्यो र भन्यो "अब म तेरो दिसा पिसाब भेटाएमा तेरो पिछा गरेर तँलाई न मारी छोड्दिन । " यसकारण बिरालो आफ्नो दिसा पिसाब लुकाएर राख्छ । कुरा जे पनि होस् तर यो कार्यलाई बिरालोले सफाई राख्छ भन्दा फरक नपर्ला दिसा पिसाब गरेर माथिबाट पुर्दा पनि कतैबाट गन्ध त आउँदैन भनि सुँघ्न पनि यो भुल्दैन । यदि गन्धको महसुस भएमा फेरि पुर्ने कोसिस जारी राख्छ । जबसम्म गन्ध पुरै बन्द हुँदैन तबसम्म पुर्दै रहन्छ ।

सिकार तथा आहारा

बिरालो: शारिरीक बनोट, विशेषता, प्रजनन 
सिकारको प्रतिक्षामा बसेको बिरालो
बिरालो: शारिरीक बनोट, विशेषता, प्रजनन 
परेवाको मासु लुछ्दै गरेको

बिरालोले चरा चुरुङ्गी र मुसाहरूको सिकार गर्छ । यसको सिकार गर्ने तरिका पनि अनौठो हुन्छ । बिरालोले सिकार प्राय जसो रातमा गरेको पाइन्छ । यो रातको अँध्यारोमा पनि दिनको जस्तै देख्न सक्छ । यसले सिकार गर्दा पहिले सिकारको बाटो हेरेर बसि रहन्छ । जब यसलाई सिकार देखिन्छ । तब यो बुर्लुक्क उफ्रेर सिकारमाथी हमला गर्छ । सिकारलाई जिउँदै समात्छ यसले आफ्नो सिकारलाई समात्ने बित्तिकै मार्दैन । सिकार समात्नको लागि आफ्ना तिखा दाँत र नङ्ग्राहरूको प्रयोग गर्द छ । सिकारलाई दाँतमा च्यापेर आफ्नो निवासमा ल्याई केही बेर सिकार सँग मनोरञ्जन पनि गर्छ । त्यस पछि मात्र मारेर खान्छ ।

प्रजनन

बच्चाहरूको पालन

बिरालोले बच्चाहरूको पालन पनि अनौठो तरिकाले गर्दछ । यसका बच्चाहरू जन्मिदा आँखा खुलेका हुँदैनन् । ७ देखि ९ दिनको विचमा बिरालोको बच्चाहरूका आँखा खुल्छन् । बच्चाहरूका आँखा न खुलुन्जेल यसले बच्चाहरू जन्माएकै ठाउँमा राखेर आफ्नो दुध चुसाउँछ । आँखा खुलि सके पछि यसले बच्चाहरूलाई दाँतमा च्यापेर एक घरबाट अर्को घर लैजान्छ । जब सम्म बच्चाहरूलाई सिकार गर्ने जस्ता कामहरू सिकाउँदैन तब सम्म यसले बच्चाहरू सार्ने काम जारी राख्छ । बिरालोको यो कामलाई हाम्रो गाउँ घर तिर बिरालोले आफ्ना बच्चाहरूको न्वारन गरेको भन्ने पनि सुनिन्छ । यदि कसैले आफ्नो वास स्थान बदलि रहन्छ भने त्यो मान्छेले " बिरालाको बच्चा सारेको जस्तै गरी रहेको छ" भनिन्छ ।

वासस्थान

मानवसंगको सम्बन्ध

सन्दर्भ सूची

Tags:

बिरालो शारिरीक बनोटबिरालो विशेषताबिरालो प्रजननबिरालो वासस्थानबिरालो मानवसंगको सम्बन्धबिरालो सन्दर्भ सूचीबिरालो

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा पर्यटनव्यास नगरपालिकाबाल विवाहलखन थापा मगरचाणक्य नीतिमदन पुरस्कारव्यापारहस्तमैथुनऊर्जा सङ्कटअशोक स्तम्भबहादुर शाहसमाजदाहालनेपालको संविधान २०७२नारायणगोपाल गुरूवाचार्यबाघदसैँलुम्बिनीगर्भपतनहनुमानअमरसिंह थापामहाकाव्यचौदण्डीगढी नगरपालिकास्वयम्भूनाथपरराष्ट्र मन्त्रालय (नेपाल)मधेश प्रदेशमार्क्सवादपूर्वीय चिन्तन परम्पराविप्रेषणकान्तिपुर दैनिकनेपालको अर्थतन्त्रभित्री मधेशभौगोलिक सूचना प्रणालीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)गोरखा जिल्लामायासामाजिक विज्ञाननेपाल सरकारचिठीधरान उपमहानगरपालिकादेउकी प्रथादिगो विकासनवलपरासी जिल्लाकविताक्षयरोगलाली गुराँसराणाकालीन सरकारी कार्यालयहरूसगरमाथाअनुष्टुप छन्दमगर जातिनागरिक लगानी कोषन्याय परिषद (नेपाल)नेपालका प्राकृतिक सम्पदाहरूको सूचीबागमती प्रदेश सभासङ्खुवासभा जिल्लाशिवभट्टराईव्रतबन्धदेवनागरी लिपिउदयपुर जिल्लाराष्ट्रिय सभा (नेपाल)शेर्पा जातिनेपालको आमसञ्चारलिम्बू जातिकार्यपालिकारोहित शर्माबालश्रमहाम्रो पात्रोजोखिम व्यवस्थापन🡆 More