बाजीराव प्रथम (१८ अगस्ट १७०० – २८ अप्रिल १७४०), (बाजीराव बल्लाल पनि भनिन्छ, मराठा साम्राज्यका ७ औं पेशवा (प्रधानमन्त्री) थिए। उनको मुस्लिम पत्नी मस्तानीसँगको प्रेम सम्बन्ध भारतीय उपन्यास र सिनेमामा चर्चा गरिन्छ।
श्रीमन्त पेश्वा बाजीराव प्रथम | |
---|---|
मराठा साम्राज्यका ७ औं पेस्वा | |
कार्यकाल १७ अप्रिल १७२० – २८ अप्रिल १७४० | |
एकाधिपति | साहु प्रथम |
पूर्वाधिकारी | बालाजी विश्वनाथ |
उतराधिकारी | बालाजी राव |
व्यक्तिगत विवरण | |
जन्म | Dubere, Sinnar, मराठा साम्राज्य (हालको नाशिक जिल्ला, महाराष्ट्र, भारत) | १८ अगस्ट १७००
मृत्यु | २८ अप्रिल १७४० Rawerkhedi, मराठा साम्राज्य (हालको खरगौन जिल्ला, मध्य प्रदेश, भारत) | (उमेर ३९)
जीवन साथीहरू |
|
नाता |
|
सन्तान(हरू) |
|
अभिभावकs |
|
बाजीरावलाई मराठा साम्राज्यको इतिहासमा शिवाजी, सम्भाजी, सन्ताजी घोरपडे पछि प्रसिद्ध व्यक्तित्वको रूपमा हेरिन्छ। दक्षिण भारतमा मराठा सर्वोच्चता कायम गर्नु र उत्तरमा राजनीतिक वर्चस्व स्थापित गर्नु उनको उपलब्धिको रुपमा हेरिन्छ। पेस्वाको रुपमा आफ्नो २० वर्षे कार्यकालमा उनले निजाम-उल-मुल्कलाई पाल्खेन्डको लडाईमा पराजित गरे, र मालवा, बुल्देलखण्ड, गुजरातमा मराठा साम्राज्यको विस्तार गरे र पश्चिमी तटलाई पोर्चुगलको शासनबाट मुक्त गरे। उनले आफ्नो जीवनमा ४१ लडाइँ लडे र कुनै पनि लडाइँमा उनले पराजय भोग्नु परेन। १७४० अप्रिलमा उनको मृत्यु भयो।
सन् १७२० मा पेश्वा बाजी विश्वनाथको मृत्युपछि, साहुले विश्वनाथका पुत्र बाजीरावलाई पेश्वा नियुक्त गरे। १७ अप्रिल १७२० मा छत्रपति शाहुले बाजीरावलाई पेशवा नियुक्त गरेका थिए।
बाजीरावको कार्यकालमा मराठा साम्राज्यको भुभाग १० गुणाले बढ्यो। १७२० देखि १९४० को अवधिमा आधुनिक भारतको ३% हिस्सा ओगट्ने मराठा साम्राज्य ३०% भुभागमा फैलियो।
बुन्देलखण्डमा, छत्रसालले मुगल साम्राज्य विरुद्ध विद्रोह गरे र स्वतन्त्र राज्यको स्थापना गरे। डिसेम्बर १७२८ मा, मुहम्मद खान बानगाँस नेतृत्वको मुगल सेनाले बुन्देलखण्डमाथि आक्रमण गर्यो र उनको किल्ला र परिवार घराबन्दीमा परे। छत्रसालले बाजीरावसँग निरन्तर सहयोगको याचिका गरे पनि बाजीराव त्यससमय माल्वामा व्यस्त थिए। उनले उनको अवस्था गजेन्द्र मोक्षसँग तुलना गरेका थिए। बाजीरावलाई पठाएको पत्रमा, छत्रसालले लेखेका थिए:
मेरो अवस्था गोहीले खुट्टा समातेको गजेन्द्र मोक्ष हातीको जस्तै छ। मेरो वीर जाती लोप हुने संघारमा छ। हे बाजीराव आएर मेरो उद्धार गर्नुहोस्।
१७२९ मार्चमा, पेसवाले छत्रसालको अनुरोधको प्रतिक्रिया दिए र २५,००० घोडसवार, उनका लेफ्टिनेन्ट पिलाजी जाधव, तुकोजी पावर, नरो शङ्करजी र दावलजी सोम्वान्सीको साथ बिन्देलखन्ड तर्फ कुच गरे। छत्रसाल बन्दी हुनबाट जोगिए र मराठा सेनासँग जोडिए। त्यसपछि सेनाको आकार ७०,००० भयो। जयतपुर पुगेपछि बाजीरावको सेनाले बन्गासको सेनालाई घेराबन्दीमा पार्यो र उनको आपूर्ति र सञ्चार रेखा विच्छेद गर्यो। बन्गासले प्रत्याक्रामण गरे तर बाजीरावको रक्षात्मक घेरालाई तोड्न सकेनन्। मुहमाद खान बन्गासका छोरा कासिम खानले नयाँ सेना ल्याए तर उनको सेनामाथी बाजीराव सेनाले हमला गर्यो र उनी पराजित भए। बन्गासले "अब कहिल्यै बुन्देलखण्ड माथी आक्रमण नगर्ने" सम्झौता गरेर पछि हट्न बाध्य भए। बुन्देलखण्डको शासकको रुपमा छत्रसाल पुनर्स्थापित भए। उनले बाजीरावलाई ठूलो जागिर दिए र आफ्नो छोरी मस्तानीको विवाह गराइदिए। १७३१ मा छत्रसालको मृत्यु हुनु अगाडि, उनले एक-तिहाई जमिन मराठालाई दिएका थिए।
निरन्तरको युद्ध र अविरल सैन्य अभियानबाट बाजीरावको शरीर थकित र जीर्ण भएको थियो। उनलाई रावेरखेडी शिविरमा छँदा कडा ज्वरो आयो र १७४० अप्रिल २८ मा उनको मृत्यु भयो। त्यसै दिन नर्मदा नदीको तटन्मा उनको दाहसंस्कार गरियो। बालाजी बाजीरावले रणोजी सिन्धियालाई उनको स्मारकको रुपमा छत्री निर्माण गर्ने आदेश दिए। स्मारकको वरपर धर्मशाला छ। यस परिसरमा निलकण्ठेश्वर महादेव शिव र रामेश्वर राम प्रति समर्पित दुई मन्दिर छ।
This article uses material from the Wikipedia नेपाली article बाजीराव प्रथम, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.