पेरिस सेन्ट-जर्मेन फुटबल क्लब

पेरिस सेन्ट-जर्मेन फुटबल क्लब (फ्रान्सेली उच्चारण: , अनुवाद: पारी साँ जेरमाँ फुतबल क्लुब) वा सामान्यतया पेरिस सेन्ट-जर्मेन, पेरिस एसजी, वा पिएसजी फ्रान्सको राजधानी पेरिसमा आधारित एक व्यावसायिक फुटबल क्लब हो। पेरिस सहरको अर्को फुटबल क्लब पेरिस फुटबल क्लबको स्थापना सन् १९६९ मा भएको थियो भने सन् १९७० मा स्टेड सेन्ट-जर्मेनसँगको उक्त क्लब समायोजित भई पेरिस सेन्ट-जर्मेनको स्थापना भएको थियो। हालको पेरिस फुटबल क्लब सन् १९७३ मा यो क्लबबाट अलग्गिएर स्वतन्त्र भएको थियो। यसको गृह मैदान पार्क डे फ्रान्स हो जसको क्षमता ४७ हजार ९ सय २९ रहेको छ। यो रङ्गशाला सन् १९७४ देखि यस क्लबको गृह रङ्गशालाको रूपमा रहेको छ। क्लबले फ्रान्सेली फुटबलको प्रथम दर्जाको लिग, लिग वानमा प्रदर्शन गर्दछ।

पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पुरा नामपेरिस सेन्ट-जर्मेन फुटबल क्लब
उपनाम(हरू)लेस पेरिसियन्स
लेस रोग एट ब्ल्यु
छोटो नामपिएसजी, पेरिस एसजी, पेरिस
स्थापना१२ अगस्ट १९७०; ५३ वर्ष पहिले (१९७०-०८-12)
मैदानपार्क डे फ्रान्स
मैदान क्षमता४७,९२९
मालिककतार खेलकुद लगानीकर्ता
प्रमुखनासर अल-खलयफी
प्रमुख प्रशिक्षकथोमस तुखेल
लिगलिग वन
२०१८–१९लिग वन, प्रथम
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
घरेलु रङ
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
वाह्य रङ
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
तेश्रो रङ
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब वर्तमान संस्करण

क्लबले आफूलाई फ्रान्सको एक प्रमुख तथा शक्तिशाली क्लबको रूपमा स्थापित गर्न सफल भएको छ। पेरिस सेन्ट-जर्मेनले हालसम्म ४० पटक घरेलु प्रतियोगिताको उपाधि जित्न सफल भएको छ जसले गर्दा यो क्लब फुटबलको एक प्रमुख शक्तिको रूपमा स्थापित भएको छ। सर्वाधिक उपाधि जित्न सफल यस क्लब इतिहासको सबैभन्दा सफल फ्रान्सेली क्लब पनि हो।

क्लब लगातार घरेलु संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने क्लबहरू मध्ये एक हो। क्लब सन् १९७४ देखि लिग वनमा प्रदर्शन गरिरहेको छ। हालसम्म युरोपेली प्रतियोगिता फ्रान्सका दुईवटा क्लबले मात्र जितेका छन् जसमा यो पनि समावेश छ। फ्रान्सको सबैभन्दा लोकप्रिय फुटबल क्लब हुनुका साथसाथै यसले विश्वका सर्वाधिक धेरै समर्थित टोलीको रूपमा स्थान प्राप्त गर्न सफल भएको छ।

घरेलु प्रतियोगितामा यसले ८ पटक लिग वनको उपाधि जितेको छ भने, यसले सर्वाधिक धेरै १२ पटक कुप डी फ्रान्स र ९ पटक कुप डी ला लिग जितेको छ। यसले सर्वाधिक ९ पटक त्रफिस देस चाम्पियन्सको उपाधि पनि जितिसकेको छ। युरोपेली प्रतियोगितामा यसले एक पटक युइएफए कप विनर्स कप र एक पटक युइएफए इन्तेरतोतो कप पनि जित्न सफल भएको थियो। यसले एक पटक दोस्रो दर्जाको लिग, लिग दु सन् १९७०-१९७१ को संस्करणमा जितेको थियो जुन यसको दोस्रो दर्जाको आधिकारिक उपाधि थियो। पिएसजीको लामो समय देखि अर्को बहुचर्चित फ्रान्सेली फुटबल क्लब ओलाँपिक द माख्सेइयसँग दुस्मनी चलिरहेको छ। यी दुईवटा क्लब बीचको प्रतियोगितालाई ले क्लासिक भनिन्छ।

सन् २०११ देखि कतार सरकारको स्वामित्वमा रहेको आधिकारिक सरकारी कम्पनी, कतार खेलकुद लगानीकर्ता यस क्लबको मालिकको रूपमा रहेको छ। कम्पनीले पेरिस सेन्ट-जर्मेनको स्वामित्व ग्रहण गरे देखि यो फ्रान्सको सबैभन्दा धनी क्लब र विश्वको धनी फुटबल क्लबहरू मध्ये एकको रूपमा रहेको छ।

सन्दर्भ समाग्रीहरू

बाह्य कडीहरू

    आधिकारिक वेबसाइट

Tags:

en:WP:IPA for Frenchपेरिसफ्रान्स

🔥 Trending searches on Wiki नेपाली:

कलियुगसौर्यमण्डलयुद्धप्रसाद मिश्रज्योतिषलाली गुराँसकबड्डीकोलेस्टेरोलऋतुलोकतन्त्रपरिवारनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाविज्ञानराष्ट्रिय वाणिज्य बैंकसमानुपातिक प्रतिनिधित्व प्रणालीराणा वंशदिब्रुङनेपालमा बोलिने भाषाहरूकोशी प्रदेशपूर्वीय दर्शनविज्ञापनविश्वेश्वरप्रसाद कोइरालापृथ्वी राजमार्गक्यानडानेपालको राष्ट्रपतिनेपालै नरहेलेखनाथ पौड्यालनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८सिद्धिचरण श्रेष्ठस्त्री स्खलनवसुधैव कुटुम्बकम्स्वरवर्ण र व्यञ्जनवर्णचाँगुनारायण मन्दिरचुत्रोइलाम २ (निर्वाचन क्षेत्र)काठमाडौँ जिल्लाराई जातिदराजसीतागोरखापत्रनेपाल-चीन सिमानासमाजवादहलेसी महादेवरक्सीअंशुवर्मासाम्यवाददाइजोकब्जियतनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)हरिवंश आचार्यबुद्ध धर्मछुवाछुतबालश्रमरामसंविधानऔद्योगिक क्रान्तिअस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीनेपालका विकास क्षेत्रहरूदाङ जिल्लानेपालको सैन्य दर्जानेपालको सङ्घीय संसदबालकृष्ण समथारू जातिपूर्वाञ्चल विश्वविद्यालयपूर्णिमानवौँ राष्ट्रिय खेलकुद २०७९उदयपुर जिल्लावार्षिक प्रतिवेदननेपालका राष्ट्रिय चिह्नहरूनेपालको मन्त्रिपरिषद्सुनगोरखा जिल्लास्याङ्जा जिल्लानारायणगोपाल गुरूवाचार्य🡆 More