दादुरा

दादुरा(Measles) बिषाणु (Virus)बाट हुने अतिसंक्रामक रोग हो । सन् २००१ मा संसारभरी अनुमान गरेअनुसार करिव ३ करोड बालबालिकाहरूमा दादुरा रोग देखापरेको थियो । ती मध्ये ७४५,००० बालबालिकाहरूको यस रोगका कारण मृत्यु भएको थियो । खोपबाट बचाउन सकिने रोगहरू मध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँछ । दादुरा अतिसंक्रामक रोग भएकोले यस रोगले महामारी गराउन सक्दछ। खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ ।

दादुरा
दादुराबाट अतिसंक्रामक बालक

दादुरा रोग लागेका बालबालिकाहरूलाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक (antibiotics) औषधी दिनुपर्दछ । बिरामीलाई खान र झोलिलो पदार्थ पिउन प्रोत्साहित गर्नुपर्दछ । विकासोन्मुख मुलुकहरूमा दादुरा रोगको निदान भइसकेका बालबालिकाहरूलाई २४ घण्टाको फरकमा २ मात्रा पूरक भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । पूरक भिटामिन ए ले दादुरा रोगबाट मृत्यु हुने संख्यालाई ५० प्रतिशतले घटाउनुका साथै आँखा विग्रन र अन्धोपन हुनबाट बचाउँछ ।

दादुरा रोगका चिन्ह र लक्षणहरू

दादुरा रोगको पहिलो लक्ष्यण उच्च ज्वरो आउनु हो । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग (Koplick spot) देखापर्दछन् । केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा (Rash) देखापर्दछन् । यी विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी विमिरा ५, ६ दिन सम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया यो रोगको जिवाणु शरीरमा प्रवेश गरीसकेपछि यसको लक्षण देखिन १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्दछ ।

दादुरा कसरी सर्दछ

दादुरा रोग रोगीको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा यसका विषाणु हावामा फैलिन्छन् र यो रोग सर्ने गर्दछ । ड्ड दादुरा रोगको लक्षण देखिनु भन्दा अगाडि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म यो रोगको रोगीले दादुराका विषाणु सार्दछ । यो रोग बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्न सक्दछ, जस्तै: विद्यालय, अस्पताल आदि ।

दादुरा रोगका जटीलताहरू

  • खोप नपाएका ५ वर्षमुनिका बालबालिकाहरू, विशेषगरी १ वर्षमुनिका शिशुहरू दादुराको जटिलताको जोखिममा पर्नुका साथै मृत्यु समेत हुनसक्छ् । दादुराबाट संक्रमित शिशुहरूमा कडाखालको झाडा लागेर जल वियोजन हुन जान्छ । बालबालिकाहरूमा कान पाक्ने (Otitis Media) तथा कडा खालको श्वास प्रश्वासको संक्रमण (निमोनिया) हुन जान्छ ।
  • दादुरा रोग लागेर मृत्यु हुने कारण धेरै जसो निमोनिया हो । दादुराको विषाणुले प्रतिरोधात्मक क्षमतालाई कमजोर पारिदिने भएकोले यस्तो भएको हो । निमोनिया दादुराको विषाणुले वा अन्य जिवाणुको संक्रमणबाट हुने गर्दछ । दादुराको कारणबाट कहिले काँहि मस्तिष्कमा कडा खालको सुजन (inflammation) भई मस्तिष्क ज्वरो (encephalitis) पनि आउन सक्दछ ।
  • कडाखालको दादुरा रोग विशेषगरी कुपोषित, चाहिने मात्रामा भिटामिन ए नपाएका, HIV/ AIDS र अन्य रोगका कारणबाट प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै जना परिवार संख्या भएका ठाउँमा हुर्केका बालबालिकालाई लाग्दछ । अफ्रिका महादेश तथा वर्षैभरि दादुरा देखिने विश्वका अन्य मुलुकमा अन्धोपनको मुख्य कारण नै दादुरा रोग हो । एकपटक दादुरा रोग लागिसकेपछि निको भएका बालबालिकाहरूलाई जीवनभर दादुरा रोग विरुद्धको प्रतिरोधात्मक क्षमता विकास हुन्छ ।

दादुरा रोगको उपचार

  • दादुरा रोग लागेका बालबालिकाहरूलाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक (antibiotics) औषधी दिनुपर्दछ । बिरामीलाई खान र झोलिलो पदार्थ पिउन प्रोत्साहित गर्नुपर्दछ ।
  • विकासोन्मुख मुलुकहरूमा दादुरा रोगको निदान भइसकेका बालबालिकाहरूलाई २४ घण्टाको फरकमा २ मात्रा पूरक भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । पूरक भिटामिन ए ले दादुरा रोगबाट मृत्यु हुने संख्यालाई ५० प्रतिशतले घटाउनुका साथै आँखा विग्रन र अन्धोपन हुनबाट बचाउँछ ।
  • दादुरा रोग विरुद्ध लगाइने खोपले दादुरा रोगबाट बचाउन सकिन्छ । दादुरा रोग अतिसंक्रमित रोग भएकोले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबलिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन् । अस्पतालमा दादुरा रोग सर्ने खतरालाई न्यूनीकरण गर्न अस्पतालमा भर्ना भएका तथा दादुरा विरुद्ध खोप नलिएका लक्षित समुहका बालबालिकाहरूलाई दादुरा रोग विरुद्ध खोप दिनुपर्दछ । त्यस्ता बालबालिकाहरूका बाबु–आमालाई आफ्ना बाल बालिकाहरूले खोप पाएको थाहा नभएमा पनि दादुरा विरुद्ध खोप दिनुपर्दछ ।

सन्दर्भ सामग्रीहरू

Tags:

दादुरा रोगका चिन्ह र लक्षणहरूदादुरा कसरी सर्दछदादुरा रोगका जटीलताहरूदादुरा रोगको उपचारदादुरा सन्दर्भ सामग्रीहरूदादुरा

🔥 Trending searches on Wiki नेपाली:

फौजदारी कानुनखनिजमादलएलन मस्कचीनराई जातिकौडा नृत्यनयाँ पत्रिका दैनिकअंशुवर्माकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)प्रदेश प्रमुख (नेपाल)वीरेन्द्र वीरविक्रम शाहइन्टरनेटनबिल बैंकभूपरिवेष्ठित राष्ट्रपशुपतिनाथ मन्दिरपञ्चशीलतारामय रातनेपालमा कृषिप्रतिनिधि सभा निर्वाचन, २०७९नारायणगोपाल गुरूवाचार्यप्राइभेट लिमिटेड कम्पनीप्रतिनिधि सभा (नेपाल)शीतयुद्धडेउडा गीतकोत पर्वउखान-टुक्कानेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीगाउँ विकास समिति (नेपाल)ॐ नमः शिवायबाँके जिल्लादसैँबर्मुडामानव विकास चरणपासाङ ल्हामु शेर्पाअफ्रिकी सङ्घस्थानीय कार्यपालिकानेपालमा पर्यटनएघारौँ राष्ट्रिय जनगणना २०६८गोविन्द केसीधानसंसदीय व्यवस्थाअधिकारबहादुर शाहस्वास्थ्यनेपालका जिल्लाहरूधुलिखेल नगरपालिकामध्यवर्ती क्षेत्रराष्ट्रिय मुक्ति आन्दोलन नेपालतराईकर्मचारी सञ्चय कोषकुकुरभूपि शेरचनडोल्पा जिल्लागाउँखाने कथाधान नाचमहावीर पुनक्षेत्रीभ्रष्टाचारहोलीललितपुर जिल्लानेपाली चलचित्रसिन्धु घाटीको सभ्यतासुशासनप्रतिव्यक्ति आयश्रीलङ्कागोपालप्रसाद रिमालउत्प्रेषणगर्भावस्थानयाँ वर्षसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारदर्शनउच्च अदालतबीमासुधा त्रिपाठीबालकृष्ण समसामाजिक विज्ञानवडा कार्यालय (नेपाल)🡆 More