ढाका विभाग

ढाका (बङ्गाली: ঢাকা বিভাগ) बङ्गलादेशको आठ विभाग मध्ये एक विभाग हो। यस विभाग बङ्गलादेशको मध्ये भागमा अवस्थित छ। यस विभागको सबैभन्दा ठूलो सहर र सदरमुकाम ढाका हो। यस विभागबाट छुट्टिएर सन् २०१५ मा नयाँ मयमनसिङ्ह विभागको स्थापना भएको थियो।

ढाका विभाग
ঢাকা বিভাগ
विभाग
को अवस्थिति
निर्देशाङ्क: २४°१०′उ॰ ९०°२५′पू॰ / २४.१६७°N ९०.४१७°E / 24.167; 90.417 ९०°२५′पू॰ / २४.१६७°N ९०.४१७°E / 24.167; 90.417
देशढाका विभाग बङ्गलादेश
सदरमुकामढाका
क्षेत्रफल
 • जम्मा२०,५०८.८ किमी (७९१८.५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा३६,४३३,५०५
 • घनत्व१८००/किमी (४६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
मानव विकास सूचकाङ्क (सन् २०१७)०.६२०
मध्यम
क्रिकेट टोलीहरूढाका डाइनामाइट्स, ढाका क्रिकेट टोली, ढाका विभाग क्रिकेट टोली
वेबसाइटdhakadiv.gov.bd

भूगोल

ढाका विभाग बङ्गलादेशको मध्ये भागमा पर्छ भने यो विभाग २२°५१' देखि २५°२५' उत्तर अक्षांश र ८९°१९' देखि ९१°१५' पूर्वी देशान्तरमा अवस्थित छ। ढाका विभागले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१०२६.५१ वर्ग किलोमिटर ओगटेको छ। यस विभागलाई कुडिग्राम जिल्ला र भारतको मेघालय राज्यले उत्तर, बागेरहाट, पिरोजपुर, बरिशाल र चाँदपुर जिल्लाले दक्षिण,सुनामगञ्ज, हबिगञ्ज, ब्रहम्मनबाडिया, कुमिल्ला र चाँदपुर जिल्लाले पूर्व, नाडाइल, मगुरा, झिनाइदह, कुष्टिया, पाबना, सिराजगञ्ज, बोगडा र गाईबान्धा जिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, मेघना, जमुना, कुमारी, ब्रहम्मपुत्र, धनु, कालीगङ्गा, लोहागञ्ज, तुराज, इचामती, हुण्डा, धलेश्वरी आदि यस विभागका प्रमुख नदिहरू हुन्।

जनशाङ्खिकि

विभाग प्रतिवेदनका अनुसार यस विभागको कुल जनसङ्ख्या ३९०४४७१६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५२.१५% छ भने महिलाको जनसङ्ख्या ४७.८५% रहेको छ। धर्मका आधारमा यस विभाग इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ९२.५८% छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६.९७% छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ०.३९, इसाई धर्मवलम्बीको जनसङ्ख्या ०.०२% र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ०.०४% रहेको छ। यस विभागमा ५१४९९ मस्जिद, ५५६५ मन्दिर, २५० गिर्जाघर, ३०१ बौद्ध गुम्बा, १५ प्यागोडाहरू रहेका छन्।

अर्थतन्त्र

यस विभागको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५२.२६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.१८% मजदुरी, व्यापार र उद्योगमा २.११%, वाणिज्यमा १५.६१%, सञ्चार र यातायातमा ३.८२%, रेमिटेन्समा १.८९%, निर्माण क्षेत्रमा १.७०%, सुविधा १०.६५%, धार्मिक सेवा ०.२१% र अन्य ८.५७% रहेका छन्।

प्रशासन

प्रशासकीय ढाका विभागको स्थापना सन् १८२९ मा भएको थियो। ढाका नगरपालिकाको भने सन् १८६४ मा भएको थियो भने यसलाई सन् १९६० मा सहर विभागमा परिणत गरिएको थियो। सहर निगम सन् १९७२ मा खारेज गरी सन् १९८३ मा नगरपालिका निगममा वर्गीकृत गरिएको थियो र यसलाई सन् १९९० मा सहर निगममा परिणत गरिएको थियो।

नाम सदरमुकाम क्षेत्रफल (वर्ग किलोमिटर) जनसङ्ख्या
१९९१ जनसङ्ख्या
जनसङ्ख्या
२००१ जनगणना
जनसङ्ख्या
२००१ जनगणना
किशोरगञ्ज जिल्ला किशोरगञ्ज २,७३१.२१ २,३०६,०८७ २,५९४,९५४ २,८५३,०००
गाजीपुर जिल्ला गाजीपुर १,७४१.५३ १,६२१,५६२ २,०३१,८९१ ३,३३३,०००
गोपालगञ्ज जिल्ला गोपालगञ्ज १,४८९.९२ १,०६०,७९१ १,१६५,२७३ १,१४९,०००
टाङ्गाइल जिल्ला टाङ्गाइल ३,४१४.३९ ३,००२,४२८ ३,२९०,६९६ ३,५७१,०००
ढाका जिल्ला ढाका १,४५९.५६ ५,८३९,६४२ ८,५११,२२८ ११,८७५,०००/१२,०४३,९७७
नरसिङ्दी जिल्ला नरसिङ्दी १,१४०.७६ १,६५२,१२३ १,८९५,९८४ २,२०२,०००
नारायणगञ्ज जिल्ला नारायणगञ्ज ६८७.७६ १,७५४,८०४ २,१७३,९४८ २,८९७,०००
फरिदपुर जिल्ला फरिदपुर २,०७२.७२ १,५०५,६८६ १,७५६,४७० १,८६७,०००
मादारिपुर जिल्ला मादारिपुर १,१४४.९६ १,०६९,१७६ १,१४६,३४९ १,१४९,०००
मानिकगञ्ज जिल्ला मानिकगञ्ज १,३८३.०६ १,१७५,९०९ १,२८५,०८० १,३७९,०००
मुन्सिगञ्ज जिल्ला मुन्सिगञ्ज ९५४.९६ १,१८८,३८७ १,२९३,९७२ १,४२०,०००
राजबाडी जिल्ला राजबाडी १,११८.८० ८३५,१७३ ९५१,९०६ १,०४०,०००
शरियतपुर जिल्ला शरियतपुर १,१८१.५३ ९५३,०२१ १,०८२,३०० १,१४६,०००
विभाग ढाका ३१,०५१.३९ ३२,६६५,९७५ ३९,०४४,७१६ ४६,७२९,०००/४७,४२४,४१८

शिक्षा

यस जिल्लाको कुल साक्षरता दर ४३.४४% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४६.८०% छ भने महिलाको साक्षरता दर ४०.८०% रहेको छ। यस विभागमा ७५ विश्वविद्यालय, २३ मेडिकल कलेज, २५ प्राबिधिक शिक्षण विद्यालय, २० सरकारी शिक्षक शिक्षण संस्था, ३ आयुर्वेदिक क्याम्पस, ९ कानुन क्याम्पस, ६७२ क्याम्पस, ३ शिक्षक शिक्षण संस्था, ३८८४ माध्यमिक विद्यालय, ४ प्राबिधिक शिक्षण संस्था, १६५ सामुदायिक विद्यालय, १५ व्यवसायीक शिक्षण संस्था, १६१९७ प्राथमिक विद्यालय, ३२८८ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; ढाका विश्वविद्यालय (सन् १९२१), बङ्गलादेश कृषि विश्वविद्यालय (सन् १९६१), बङ्गलादेश प्राबिधिक तथा इञ्जिनियरिङ् विश्वविद्यालय (सन् १९६२), जहाँगिरनगर विश्वविद्यालय (सन् १९७०), राष्ट्रिय विश्वविद्यालय (सन् १९९२), बङ्गाबन्धु सिख मुझबिर रहमन कृषि विश्वविद्यालय (सन् १९९८), मैलाना भाषिनी विज्ञान र प्राबिधिक विश्वविद्यालय (सन् १९९९), शेर-इ-बाङ्ला कृषि विश्वविद्यालय (सन् २००१), जगन्नाथ विश्वविद्यालय (सन् २००५), जतिया कवि काजी निरुल स्लामी विश्वविद्यालय (सन् २००५), ढाका मेडिकल कलेज र अस्पताल (सन् १०४६), मयमनसिङ्ह मेडिकल कलेज (सन् १९६२), फरिदपुर मेडिकल क्याम्पस (सन् १९८५), सहिद सुरादहरी मेडिकल क्याम्पस (सन् २००६), एडन मोहिला क्याम्पस (सन् १८७३), सरकारी राजेन्द्र क्याम्पस (सन् १९१८), सरकारी सदत क्याम्पस (सन् १९२६), त‍लाराम क्याम्पस (सन् १९३७), सरकारी देवेन्द्र क्याम्पस (सन् १९४२), किश‍ोरगञ्ज गुरुदयाल क्याम्पस (सन् १९४३), कुमुदिनी सरकारी मोहिला क्याम्पस (सन् १९४३), सरकारी आषिक महमद क्याम्पस (सन् १९४६), नरसिङ्दी मोहिला क्याम्पस (सन् १९५५), आदि।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

ढाका विभाग भूगोलढाका विभाग जनशाङ्खिकिढाका विभाग अर्थतन्त्रढाका विभाग प्रशासनढाका विभाग शिक्षाढाका विभाग सन्दर्भ सामग्रीढाका विभाग बाह्य कडीहरूढाका विभागढाकाबङ्गलादेशबङ्गाली भाषा

🔥 Trending searches on Wiki नेपाली:

रारातालपृथ्वीसिन्धुपाल्चोक जिल्लाबालश्रमदोधारा चाँदनी पुलमागश्राद्धदुबईनदीनेपालको अन्तरिम संविधान २०६३नेपालको अर्थतन्त्रशब्दकोशशिवआम सञ्चारकैलाली जिल्लासिक्किम क्रान्तिकारी मोर्चाभिरिङ्गीराम शाहनामरुस-युक्रेन युद्धविप्रेषणविद्यार्थीइन्डियन प्रिमियर लिगभारतनेपालको उपप्रधानमन्त्रीनुवाकोट जिल्लाझुमा प्रथानवौँ राष्ट्रिय खेलकुद २०७९हिमाली प्रदेश (नेपाल)झलकमान गन्धर्वदिगो विकासका लक्ष्यहरूलक्ष्मीप्रसाद देवकोटाशिरीषको फूलबझाङ जिल्लाखोटाङ जिल्लाऋतुधनगढी उपमहानगरपालिकानेपालका तालहरूको सूचीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेवार जातिनेपालको सैन्य दर्जारामायणअस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीपुष्पकमल दाहालजङ्गबहादुर राणापरिवार नियोजनपिनासभुक्तानीकेकी अधिकारीराष्ट्रिय सभा निर्वाचन, २०८०सदर चिडियाखाना, नेपालनागरिक समाजअक्षांशनेपालका स्थानीय तहहरूसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूनबिल बैंकनिर्वाचनभक्तपुर नगरपालिकापाँचऔंलेधर्म निरपेक्षतारामेछाप जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लादिगो विकासछुवाछुतलिङ्गविकिपिडियाजनसाङ्ख्यिकीय लाभांशपुदिनाकाठमाडौँ जिल्लाढुङ्गे युगस्वरवर्ण र व्यञ्जनवर्णनेपालतुलसीकोशी प्रदेशधीरेन्द्र कृष्ण शास्त्रीनेपालका प्रमुख नदीहरूको सूचीवत्स गोत्रकोलेस्टेरोल🡆 More