जनकपुरधाम उपमहानगरपालिका

जनकपुरधाम (पूर्व तथा हालसम्म चलनचलतीमा रहेको नाम: जनकपुर) नेपालको मधेश प्रदेशको धनुषा जिल्लामा रहेको प्रादेशिक राजधानी, जिल्ला सदरमुकाम र एक उपमहानगरपालिका हो। धनुषा जिल्लाको पहिलो नगरपालिका रहेको यो नगरको नामकरण प्राचीन मिथिला क्षेत्रका राजा जनकको नामबाट भएको हो। यो सहर नेपालको राजधानी काठमाडौँबाट ४५० कि.मि.

को दुरीमा अवस्थित छ।

जनकपुरधाम
जनकपुर
जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित जानकी मन्दिर
जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित जानकी मन्दिर
जनकपुरधाम is located in मधेश प्रदेश
जनकपुरधाम
जनकपुरधाम
नक्सामा जनकपुरधामको अवस्थिति
जनकपुरधाम is located in नेपाल
जनकपुरधाम
जनकपुरधाम
जनकपुरधाम (नेपाल)
निर्देशाङ्क: २६°४३′४३″उ॰ ८५°५५′३०″पू॰ / २६.७२८६१°N ८५.९२५००°E / 26.72861; 85.92500 ८५°५५′३०″पू॰ / २६.७२८६१°N ८५.९२५००°E / 26.72861; 85.92500
देशजनकपुरधाम उपमहानगरपालिका नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा जिल्ला
नगरपालिकावि.सं. २०१७ जेठ १३
सम्मिलित क्षेत्रजनकपुरधाम
उपमहानगरपालिकावि.सं. २०७१ पुस २८
सम्मिलित (गाविस)लोहना, प्रखे महुवा, बेंगाशिवपुर, बसविटिट, कुर्था, देवपुरा रुपैठा, बिन्धी, बसहिया, लक्ष्मीपुरबगेवा, गोपालपुरकनकपट्टी
सम्मिलित (गाविस)कनकपट्टी, अन्दुपट्टी (६-९), मानसिंहपट्टी (१-५) र गोपालपुर (१-२)
सम्मिलित मितिवि.सं. २०७४ जेठ ११
नामकरणजनक
सरकार
 • मेयरलाल किशोर साह (जसपा)
 • उप मेयररिता कुमारी मिश्र (लोसपा)
क्षेत्रफल
 • जम्मा९१.९७ किमी (३५.५१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५९४६८
 • घनत्व१७००/किमी (४५००/वर्ग माइल)
क्षेत्रीय सङ्केत०४१
वेबसाइटwww.janakpurmun.gov.np

नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०१७ जेठ १३ गतेदेखि लागु हुने गरी जनकपुर नगरपालिकको गठन गरिएको थियो। जनकपुरलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो। जनकपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा कुर्था, बसविटिट, बिन्धी, प्रको महुवा, लोहना, बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, गोपालपुर तथा कनकपट्टी गाउँ विकास समितिलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएको हो। सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो नगरपालिकामा २ वटा गाउँ विकास समितिहरूको आंशिक भाग थपेर यसको क्षेत्र विस्तार गरेको थियो तर राजनीतिक विवादका कारण सरकारले स्थानीय तहहरू पुनर्मूल्याङ्कन गरि वि.सं. २०७४ जेठ ८ गते गरेको निर्णय तथा वि.सं. २०७४ जेठ ११ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार थप गरिएका गाउँ विकास समितिहरूलाई खारेज गरि यस उपमहानगरपालिकामा कनकपट्टी, अन्दुपट्टी (वडा नं. ६-९), मानसिंहपट्टी (वडा नं. १-५) र गोपालपुर (वडा नं. १-२) क्षेत्र कायम गरेर क्षेत्र विस्तार गरिएको थियो।

यहाँ नेपालको प्रसिद्ध जानकी मन्दिर रहेको छ। जनकपुर हिन्दू धर्ममा एक महत्त्वपूर्ण स्थल, मैथिली संस्कृतिको केन्द्र तथा नेपालको एकमात्र रेल सुविधा भएको सहर भएकोले पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ। वर्तमान समयमा यो उपमहानगरपालिकाको कुल क्षेत्रफल ९१.९७ वर्ग किलोमिटर रहेको छ भने नेपालको वि.सं. २०६८ को जनगणना अनुसार यहाँको कुल जनसङ्ख्या १,५९,४६८ रहेको छ। यो नगरपालिकालाई २५ वटा वडामा विभाजन गरिएको छ।

नामकरण

मिथिलाका राजा तथा नेपालको राष्ट्रिय विभूतिका रूपमा स्थापित जनकको नाउँकै आधारमा यसको नाम जनकपुर राखिएको हो। प्राचीन कालदेखि वर्तमान समयसम्म यस नाममा कुनै परिवर्तन आएको छैन।

नगर प्रशासन इतिहास

नेपाल र भारतका हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामलाई तत्कालीन श्री ५ को सरकारले वि.सं. २०१७ जेठ १३ गते नगरपालिका क्षेत्र कायम गरेको थियो। यो नगरपालिका देशका पुराना नगरपालिकाहरू मध्येको एक हो। तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुष २२ गते नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि जनकपुर नगरपालिकाको नाम स्वतः परिवर्तन भई 'जनकपुर नगर पञ्चायत' भएको थियो। पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते नगरपालिका ऐन, २०४७ घोषणा गरि लागु गरे पछि नगरपालिका बन्नको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले जनकपुरधाम पुन: आधिकारिक रूपमा नगरपालिका बन्न पुगेको थियो।वि.सं. २०७१ सालमा यस क्षेत्रवरिपरीका छिमेकी गाउँ विकास समितिहरू सम्मिलित गरेर यसलाई उपमहानगरपालिकामा स्तरोन्नति गरेको थियो।

इतिहास

यो सहर पूर्व ऐतिहासिक मैथिली सभ्यताको केन्द्रविन्दुको रूपमा रहेको छ। तपस्वीहरू, पण्डितहरू र स्थानीय गीतहरूबाट प्राप्त विवरणले हालको जनकपुर क्षेत्रको स्थापना १८औँ शताब्दीको प्रारम्भमा भएको देखाउँछ।तीर्थस्थलको रूपमा जनकपुरको सबैभन्दा प्रारम्भिक वर्णन सन् १८०५ मा गरिएको थियो। यसअघि कुनै प्राचीन सहरको उपस्थितिको पुरातात्विक प्रमाण फेला परेको छैन। राजा जनकको दरबार विदेह राज्यको राजधानी मानिएको प्राचीन जनकपुरमा रहेको मानिन्छ। रामायणका अनुसार जनकले खेतमा हलो जोत्ने क्रममा एक बालिकालाई भेट्टाए जसलाई सीता नामकरण गरेर उनलाई आफ्नो छोरीको रूपमा हुर्काएका थिए। सीता ठूली भएपछि जनकले एक हजार वर्ष पहिले जनकपुर नजिकै छोडेको शिवको धनुष उठाउन सक्ने जो कोहीसँग सीताको विवाह गर्ने प्रस्ताव राखेपछि विभिन्न राज्यका राजकुमारहरूले सो धनुष उठाउने प्रयास गरे तर अयोध्याका राजकुमार रामले मात्र धनुष उठाउन सफल भएका थिए। मिथिला क्षेत्रका पुरानो गीत अनुसार यो धनुष जनकपुरको उत्तरपूर्वमा भेटिएको थियो।

हिन्दू धर्ममा राम र सीता दुवै प्रमुख व्यक्तित्व भएकोले जनकपुर हिन्दूहरूको लागि महत्त्वपूर्ण तीर्थस्थल हो।

आकर्षण

जनकपुरधामको केन्द्रीय बजार उत्तर-पश्चिम दिशाबाट भव्य जानकी मन्दिरले सुसज्जित छ। यो मन्दिर सन् १९११ मा भारतमा रहेको टिकमगढकी राजकुमारी कुमारी वृषभानुद्वारा निर्माण गरिएको हो। जानकी मन्दिर राजपूत र मुगल शैलीको समिश्रण बाट बनाइएको बिशेष बास्तुकला झल्कने मन्दिर हो र यो तथ्यले यस मन्दिरलाई अझै पनि महत्त्वपूर्ण बनाउँछ। यस मन्दिरको निर्माण गर्दा त्यस ताका ९ लाख रूपैया खर्च भएको हुँदा यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ। यो नेपाल भरिकै ठूलो मन्दिरहरू मध्ये एक हो।

जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी तथा कुण्डहरू हुन्। यहाँ कुटीहरू पनि प्रशस्तै रहेका छन्। पोखरीहरूको कारण जनकपुरको माछा नेपालमै प्रख्यात छ। एक सन्त कविले मिथिलाको पवित्र नगरीलाई आफ्नो कवितामा यसरी अभिव्यक्त गरेका थिए- 'बावन कुटी, बहत्तर कुण्डा। फिरही सन्तजन झुण्डही झुण्डा।' यसको अर्थ ५२ कुटी (मठ तथा मन्दिर) र ७२ वटा (कुण्ड पोखरी, कुवा, इनार) भएको यस पवित्र भूमिमा झुण्डका झुण्ड साधुसन्तहरू भ्रमण गरिरहेका छन्। यहाँ तिथि अनुसार कुण्डमा स्नानको धेरै महत्त्व छ। जनकपुरधाममा भएका केही महत्त्वपूर्ण कुण्डहरू बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अङ्गराज सर, सूर्य कुण्ड, गङ्गा सागर, धनुष सागर, दसरथ तलाउ, पापमोचिनि सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर, धौत-पाप सर आदि हुन्।

भाषा र संस्कृति

जनकपुरधाममा बोलिने प्रमुख भाषा मैथिली हो। मैथिल महिलाहरूद्वारा बनाइने मैथिली चित्रकला पुरै नेपालमा प्रख्यात रहेको छ। मुख्यतया माटोको भाँडा र घरको भित्तामा गरिने चित्रकला समेतले महत्त्वपूर्ण स्थान ओगटेको छ। मिथिलाको पारम्परिक घरहरू माटो र परालद्वारा बनाइन्छ। जनकपुरधाममा मनाइने प्रमुख चाड पर्वहरू मध्ये छठ, विवाह पञ्चमी, राम नवमी, लक्ष्मी पूजा, होली आदी हुन्।

जलवायु

यो स्थान समुद्री सतहभन्दा ६६ मिटरमाथि रहेको छ। जनकपुर नेपलको तराई क्षेत्रमा अवस्थित छ, जहाँको हावापानी आर्द्र अर्ध-कटिबन्धीय जलवायु रहेको छ। मार्च र अप्रिल महिनामा तातो, सुख्खा र हावा चल्ने गर्छ भने यहाँ मे महिनादेखि सेप्टेम्बरसम्म मनसुन रहन्छ। अक्टोबरदेखि नोभेम्बरसम्म हल्का सुख्खा र डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो याम रहन्छ।

जनकपुरधाम विमानस्थल (सन् १९८१-२०१०)को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) २२.२
(७२.०)
२६.०
(७८.८)
३१.२
(८८.२)
३४.८
(९४.६)
३४.६
(९४.३)
३४.१
(९३.४)
३२.५
(९०.५)
३२.७
(९०.९)
३२.३
(९०.१)
३१.७
(८९.१)
२९.३
(८४.७)
२५.१
(७७.२)
३०.५
(८६.९)
दैनिक औसत °से (°फे) १५.६
(६०.१)
१८.६
(६५.५)
२३.४
(७४.१)
२७.७
(८१.९)
२९.३
(८४.७)
३०.०
(८६.०)
२९.३
(८४.७)
२९.६
(८५.३)
२८.८
(८३.८)
२६.८
(८०.२)
२२.५
(७२.५)
१८.०
(६४.४)
२५.०
(७७.०)
न्यूनतम औसत °से (°फे) ९.१
(४८.४)
११.३
(५२.३)
१५.५
(५९.९)
२०.६
(६९.१)
२४.०
(७५.२)
२५.९
(७८.६)
२६.१
(७९.०)
२६.४
(७९.५)
२५.३
(७७.५)
२२.०
(७१.६)
१५.७
(६०.३)
१०.९
(५१.६)
१९.४
(६६.९)
औसत वर्षा मिमी (इन्च) ११.७
(०.४६)
११.४
(०.४५)
११.५
(०.४५)
५२.२
(२.०६)
१२८.३
(५.०५)
२३८.७
(९.४०)
४८७.६
(१९.२०)
३३९.४
(१३.३६)
१९७.५
(७.७८)
६३.९
(२.५२)
१.९
(०.०७)
८.४
(०.३३)
१,५५२.५
(६१.१२)
स्रोत: जल तथा मौसम विज्ञान विभाग, नेपाल सरकार

यातायात

सडक यातायात

जनकपुरधामलाई देशका प्रमुख स्थानसँग जोडने कार्य जनकपुर-ढलकेवर फेडर रोडले ढलकेवरमा महेन्द्र राजमार्गसँग जोड्दै पुरा गरेको छ। महेन्द्र राजमार्ग प्रयोग गरेर जनकपुरबाट नेपालका प्रमुख सहरहरू जस्तै बुटवल, भरतपुर, हेटौँडा, काठमाडौँ, इटहरी, धरान, विराटनगर, राजविराज, दमक, बिर्तामोड, काँकडभिट्टासँग जोड्ने गरेको छ। जनकपुरधामबाट नेपालका विभिन्न स्थानहरूका लागि सोझै बस सेवाहरू सञ्चालनमा रहेका छन्। सहर भित्र सामान्य आवतजावतको लागी साइकल रिक्सा, विद्युतीय रिक्सा, टेम्पो र बसहरू उपलब्ध छन्।

रेलवे

वि.सं. २०७८ फाल्गुन अनुसार नेपाल रेल्वेद्वारा सञ्चालनमा रहेको एकमात्र रेल जनकपुरधाम रेलवे हो। यो रेलले पहिलो चरणमा कुर्था–जनकपुर–जयनगरसम्म ३२ किलोमिटरसम्म रेल सञ्चालन गरिरहेको छ।

वायुमार्ग

जनकपुरमा एउटा आन्तरिक विमानस्थल रहेको छ। जनकपुर विमानस्थलबाट नेपालको राजधानी काठमाडौँ तथा पर्यटकीय नगर पोखराको लागि सोझै उडान सेवा उपलब्ध रहेको छ।यो सहरलाई रामजन्मभूमि अयोध्यासँग विमान सेवाद्वारा जोड्ने प्रस्ताव गरिएको छ।

विमानसेवागन्तव्य(हरू)
बुद्ध एयर काठमाडौँ, पोखरा
यति एयरलाइन्स काठमाडौँ
श्री एयरलाइन्स काठमाडौँ

जनसङ्ख्या

मधेश प्रदेश स्थित धनुषा जिल्लाका साविक कुर्था, बसविटिट, बिन्धी, प्रको महुवा, लोहना,बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, गोपालपुर तथा कनकपट्टी गाविसहरूलाई मिलाएर वि.सं. २०७१ सालमा जनकपुरधामलाई उपमहानगरपालिकाको रूपमा विस्तार गरिएको थियो भने वि.सं. २०७४ सालमा यस उपमहनगरपालिकामा अन्दुपट्टी (वडा नं. ६-९), मानसिंहपट्टी (वडा नं. १-५) र गोपालपुर (वडा नं. १-२) क्षेत्र थप गरिएको थियो। नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर जनकपुरधाम उपमहानगरपालिकाको जनसङ्ख्या १,५९,४६८ रहेको छ।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

जनकपुरधाम उपमहानगरपालिका नामकरणजनकपुरधाम उपमहानगरपालिका नगर प्रशासन इतिहासजनकपुरधाम उपमहानगरपालिका इतिहासजनकपुरधाम उपमहानगरपालिका आकर्षणजनकपुरधाम उपमहानगरपालिका भाषा र संस्कृतिजनकपुरधाम उपमहानगरपालिका जलवायुजनकपुरधाम उपमहानगरपालिका यातायातजनकपुरधाम उपमहानगरपालिका जनसङ्ख्याजनकपुरधाम उपमहानगरपालिका चित्र दीर्घाजनकपुरधाम उपमहानगरपालिका सन्दर्भ सामग्रीहरूजनकपुरधाम उपमहानगरपालिका बाह्य कडीहरूजनकपुरधाम उपमहानगरपालिका यो पनि हेर्नुहोस्जनकपुरधाम उपमहानगरपालिकाकाठमाडौँजनकधनुषा जिल्लानेपालमधेश प्रदेशमिथिला

🔥 Trending searches on Wiki नेपाली:

सहलेस फुलबारीभक्ति थापाविश्वामित्र ऋषि१ वैशाखनिजामती सेवाहरिदत्त (कथा)नेपाली भाषासामुदायिक वनकाठमाडौँ उपत्यकाअक्टोबर क्रान्तिसमाजशास्त्रसार्वभौम सम्पन्न राष्ट्रहरूको सूचीमहानगरपालिकादोलखा जिल्लाएसियाली विकास बैङ्कसुँगुरकवितानियमलोसारइजरायलराष्ट्रिय स्वतन्त्र पार्टीसार्वभौमसत्तानेपालको संस्कृतिदलितश्रीमान् गम्भीरत्रिभुवन वीरविक्रम शाहचन्द्रमानक नेपाल सम्वत्बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासगुरुप्रसाद मैनालीमुस्ताफिजूर रहमानह्रस्व दीर्घ नियमसामाजिक सञ्जालमहिषपाल वंशरवि लामिछानेसाझा प्रकाशनवराहक्षेत्रपञ्चायती व्यवस्थाइसाई धर्मएकाधिकारलिङ्गपशुपतिनाथ मन्दिरअन्तर्राष्ट्रिय तिथि रेखाएड्सशिक्षण विधिदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवनेपाली चलचित्रहरूको सूचीउपन्यासअन्नप्राशन संस्कारदीपेन्द्र सिंह ऐरीहाम्रो पात्रोनेपालको प्रधानमन्त्रीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालमकैको खेतीमहात्मा गान्धीरामायणसमाजवादॐ नमो भगवते वासुदेवायदसैँनगदे वालीरोमानियाठकुरीज्ञानेन्द्र वीरविक्रम शाहस्थानीय तह निर्वाचन, २०७४बुढाथोकीफापरधनगढी उपमहानगरपालिकानेपालका बैङ्कहरूको सूचीनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थादिल्ली सम्झौताविकिमिडिया नेपालको विधानसप्तरी जिल्लासङ्घीयता🡆 More