इबोला भाइरस रोग (EVD) वा इबोला रक्तस्रावी ज्वरो (EHF)इबोला भाइरस को कारणले हुने एक मानव रोग हो।
इबोला | |
---|---|
विभाग: | Infectious diseases |
यो रोगको पहिचान पहिलो १९७६ मा इबोलाको नदी नजिकको एक गाउँमा गएको थियो यसको कारण यस रोगको नाम इबोला राखिएको हो। इबोला एक प्रकारको रोग हो जो रोजीसँग सम्पर्क गर्न मानिसलाई सर्ने गर्छ। यदी रोगीको पसिना, रगत वा श्वास प्रश्वासमा कोही मानिस आयो भने उसलाई टाइफाइड, कोलेरा, ज्वरो, मंसपेसिहरू दुख्ने र कपाल झर्ने गर्छ। इबोलाका रोगहरू ५० देखि ८० प्रतिशत मानिसको मृत्यु हुने गर्दछ।
यो रोगको लक्षण भाइरसको सम्पर्कमा आएपछिको दुई देखि तीन हप्ताको बीचमा देखिन सुरु हुन्छ, जसमा ज्वरो, शोर थ्रोट, मांसपेशी दुख्ने, र टाउको दुख्ने हुन्छ। विशेष गरी वाकवाकी, वान्ता, र झाडापाखाला देखा पर्नुका साथै, कलेजो र मृगैलाहरूको कार्य गर्ने क्षमता घट्दै गएको देखिन्छ। यस अवस्थामा, केही मानिसहरूमा रक्तस्राव हुने समस्याहरू सुरु हुन्छन्।
यो भाइरस संक्रमित जनावर (सामान्यतया बाँदरहरू वा फल चमेरोहरूको) रगत वा शारीरिक तरल पदार्थहरूको सम्पर्कमा आउनाले हुने गर्दछ। प्राकृतिक वातावरणमा हावाको माध्यमबाट फैलिने कुराको प्रमाण भेटिदैँन। फल चमेराहरू संक्रमित नभएपनि तिनीहरूमा भाइरस हुने तथा भाइरस सार्छन् भन्ने विश्वास गरिन्छ। मानिसमा संक्रमण भएपछि, यो रोग मानिसहरूका बीचमा सर्ने गर्दछ। उत्तरजीवी पुरुषहरूले यस रोगलाई वीर्य को माध्यमबाट झण्डै दुई महिनासम्म फैलाउन सक्छन्। पहिचान गर्नका लागि, त्यस्तै लक्षणहरू भएका अन्य रोगहरू जस्तै मलेरिया, हैजा र अन्य भाइरल रक्तस्रावी ज्वरोहरूलाई पहिले अलग गरिन्छ। रोगको पहिचानको पुष्टि गर्न रगतका नमूनाहरू एन्टिबडीज, आइरल RNA, वा स्वयम् भाइरसकै लागि परीक्षण गरिन्छ।
रोकथाम अन्तर्गत रोगलाई संक्रमित बाँदरहरू र सुँगुरहरूबाट मानिसमा सर्न नदिने कुराहरू पर्दछन्। जनावरहरूमा संक्रमणको जाँच गरेर यदि रोग भएको पत्ता लाग्यो भने तिनीहरूलाई मारेर तिनीहरूको शरीरलाई समुचित रूपमा व्यवस्थित गरेर यसको रोकथाम गर्न सकिन्छ। मासुलाई राम्रोसँग पकाउनाले तथा मासुसँग सम्बन्धित काम गर्दा सुरक्षात्मक पोशाक लगाउनाले पनि यसमा सहयोगी हुन सक्छ, किनभने रोगी व्यक्तिहरूको वरिपरी हुँदा सुरक्षात्मक पोशाक लगाउने र हातहरू धुने गरिन्छ। रोगी व्यक्तिहरूका शारीरिक तरलपदार्थहरू र तन्तुहरूका नमूनाहरूसँगको काम विशेष सावधानीका साथ गर्नुपर्दछ।अमेरिकाको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनमा संसारभरको इबोलास“ग सम्बन्धित गतिविधिलाई निगरानी गरिरहेको छ । क्यानाडेली कम्पनी टेकमिरा र अमेरिकी कम्पनी केबिपीले इबोला प्रतिरोधक औषधि निर्माण गरेको दाबी गरे पनि बल्ल यसको परीक्षण भैरहेको छ । पहिले बादरमा यसको परीक्षण सफल भए पनि मानिसमा भने पहिलो पटक परीक्षण भएको हो । यद्यपि उक्त औषधि धेरै मात्रामा बनाउन सकिदैन । अमेरिकाको फेडरल ड्रग एसोसिएसनबाट यसको अनुमति लिनुपर्छ । यसका लागि समय लाग्छ । त्यसैगरी यो निकै महंगो पनि छ ।
रोगका लागि कुनै विशिष्ट उपचार छैन; संक्रमित व्यक्तिहरूलाई मद्दत गर्ने प्रयासहरू स्वरुप ओरल रिहाइड्रेशन थेरापी (पिउनको लागि थोरै गुलियो र नुनिलो पानी दिने) वा इन्ट्राभेनस फ्लयड्स दिने गरिन्छ। यस रोगको मृत्यु दर एकदमै उच्च रहेको छ: प्राय: यस भाइरसबाट संक्रमित 50% देखि 90% मानिसहरू मृत्यु वरण गर्दछन्। EVD को पहिचान सर्वप्रथम सुडान र डेमोक्रेटिक रिपब्लिक अफ कंगो मा गरिएको थियो। यो रोगको प्रकोप विशेषगरि उप-साहारा अफ्रिका को उष्ण प्रदेशीय क्षेत्रहरूमा हुने गर्दछ। 1976 (जब पहिलो पटक यसको पहिचान गरिएको थियो) देखि 2013 सम्म, प्रति वर्ष 1,000 मानिसहरू यसबाट संक्रिमित भएका छन्। आज सम्मकै सबैभन्दा ठूलो प्रकोप जारी छ 2014 पश्चिम अफ्रिका इबोला प्रकोप, जसमा गिनी, सिएरा लियोन, लाईबेरिया र सम्भवत: नाइजेरिया प्रभावित भइरहेका छन्। अगस्ट २०१४ सम्म १६०० भन्धआ बढी केसहरू फेला परिससकेका छन्। खोप को विकास गर्ने प्रयासहरू जारी छन्; यद्यपि, हालसम्म कुनै खोप विद्यमान छैन।
|month=
प्यारामिटर ग्रहण गरेन (सहायता)This article uses material from the Wikipedia नेपाली article इबोला, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.