अबखाजिया

अबखाजिया (अङ्ग्रेजी: Abkhazia)(उच्चारण सहायता /æbˈkeɪʒə/ रूसी: Абха́зия Abhazia) एक स्वघोषित स्वायत्त गणराज्य हो। यसले आंशिक रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यसको एक स्वतन्त्र सरकार छ। यो क्षेत्र उत्तर-पश्चिमी जर्जियाको बृहत् ककेसस पहाडहरूको दक्षिण र कालो समुद्रको पूर्वी तटमा रहेको छ। यस राज्यको क्षेत्रफल ८६६० वर्ग किलोमिटर र जनसंख्या २४,००,००० छ। यो जनसंख्यामध्ये ग्रामीण र सहरी झन्डै आधा-आधा छ।

गणतन्त्र अबखाजिया
  • Аҧсны Аҳәынҭқарра (Abkhazian)
    Apsny Ahwyntkarra
  • Республика Абхазия (रूसी)
    Respublika Abhaziya
अबखाजियाको झन्डा
झन्डा
अबखाजियाको Emblem
Emblem
राष्ट्रिय गान: Аиааира (Abkhazian)
Aiaaira
Victory
.अब्खाजिया (सुन्तला) जर्जिया उचित र दक्षिण ओसेशिया (दुबै खैरो) लाई संकेत गर्ने काकेशसमा केन्द्रित नक्सा।
.अब्खाजिया (सुन्तला) जर्जिया उचित
र दक्षिण ओसेशिया (दुबै खैरो) लाई संकेत गर्ने काकेशसमा केन्द्रित नक्सा।
राजधानी
र सबैभन्दा ठुलो सहर
सुखुमी
४३°००′उ॰ ४०°५९′पू॰ / ४३.०००°N ४०.९८३°E / 43.000; 40.983
आधिकारिक भाषाहरू
  • अबखाज
  • रसियालीa
रैथाने(हरू)
  • अबखाज
  • अबखाजियाली
सरकारएकात्मक अर्धराष्ट्रपतीय गणतन्त्र
• राष्ट्रपति
राउल खाजिम्बा
• प्रधानमन्त्री
भ्यालेरी ब्गान्बा
व्यवस्थापिकाअबखाजियाली जनताको सभा
अर्धस्वतन्त्र
• सोभियतकालीन कानुन र सन्धि खारेजीको घोषणा
१९९० जुन २०
• अबखाजियाली सार्वभौमसत्ताको घोषणा
१९९० अगस्ट २५
• जर्जियाली स्वतन्त्रताको घोषणा
१९९१ अप्रिल ९
• सोभियत सङ्घ विघटन
१९९१ डिसेम्बर २६
• अबखाजियाली स्वतन्त्रता घोषणा
१९९२ जुलाई २३
• राज्यको स्वतन्त्रता ऐन
१२ अक्टोबर १९९९
• अन्तर्राष्ट्रिय मान्यता
२००८ अगस्ट २६
क्षेत्रफल
• जम्मा
८६,६६० किमी (३३,४६० वर्ग माइल)
जनसङ्ख्या
• २०११ जनगणना
२४०७०५
• घनत्व
२८ /किमी2 (७२.५ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१० लगत
• जम्मा
०.५ अर्ब अमेरिकी डलर
• प्रति व्यक्ति
२००० अमेरिकी डलर
मुद्रा
  • Abkhazian apsar
  • Russian rublee
(रसियाली रुबल)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (MSK)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+७ ८४० / ९४० र +९९५ ४४
  1. (Article 6 of the Constitution) प्रत्येक रैथाने समुदायलाई मातृभाषा प्रयोगको सुनिश्चितता
  2. जर्जियालीसँगै

इतिहास

जस्टिन प्रथम (सन् ५५०) सँगै इसाई बनेपछि अबखाजहरु बैजेन्टाइन साम्राज्यका खम्बा बने । ८ ओँ शताब्दीमा अबखाज एक स्वतन्त्र अधिराज्य बन्यो । पछि यो जर्जियाको एक भाग बन्यो । १४६३ मा यसले मुक्ति पाए पनि १६ ओँ शताबदीमा ओटोम्यान साम्राज्य मातहत हुन पुग्यो । क्रमश: यसका केही भागमा इसाईलाई इस्लामले विस्थापित गरे । सन् १८१० मा एक संरक्षित भूभागका रूपमा मान्यता दिने गरी रुससँग एक सन्धि भयो । १९२१ मा यो एउटा नवगणतन्त्रका रूपमा उदायो । सन् १९३० को दशक अघिसम्म अबखाजिया गणतन्त्र जर्जियाभित्रै एक स्वायत्त गणराज्य थियो । सन् १९८० को दशकको अन्त्यतिर जब सोभियत सङ्घ विघटनको प्रक्रिया सुरु भयो र जर्जियाले स्वतन्त्रताको खोजी गर्न थाल्यो, अबखाजियाले पनि जर्जियाबाट नियन्त्रणमुक्त हुने उपाय खोज्न थाल्यो। १९९० को दशकमा त अबखाजियाले आफैले स्ततन्त्र मुलुक घोषणा गरिदियो ।

सोभियत बिखन्डन

सन् १९९१ मा जर्जिया सोभियत संघबाट स्वतन्त्र भएपछि अबखाजियाका बासिन्दाले आफ्नो स्वतन्त्रता सकिएको भन्ठानेर १९९२ मा गृहयुद्ध नै सुरु गरे। हुन त यस गृहयुद्धको पृष्ठभूमिमा रुस लगायत शक्तिराष्ट्रको भूराजनीतिक र सामरिक टकराव पनि थियो। साथसाथै, १९९० को दशकको सुरुमा अबखाजियाले सामना गरेको तीनथरी संक्रमणको संयुक्त उपजका रूपमा पनि यहाँको गृहयुद्धलाई लिइएको पाइन्छ । जस्तो कि सोभियत अधिनायकत्वबाट लोकतान्त्रिक राज्यमा संक्रमण, नियन्त्रित अर्थतन्त्रबाट बजार अर्थतन्त्रमा संक्रमण र आबद्ध गणराज्यबाट स्वायत्त राज्यमा संक्रमण। यो तेहरो संक्रमणको मूल्य धेरै राज्यका धेरै क्षेत्रमा चुकाउन बाध्य भयो र अन्तत: सन् १९९२-९३ मा एक विनाशकारी युद्धमा परिणत भयो।
युद्धको सुरुमा जर्जियाले सेनाको तैनाथी बढाएर विद्रोहीलाई राजधानीबाहिर धपाउने कोशिस गरेको थियो । तर, विद्रोहीले पुन: शक्ति आर्जन गरेर अवस्ठा उल्टाइदिए । यस संघर्षमा दसौँ हजार मानिस मारिए। जर्जियाली मूलका २ लाखभन्दा बढी बासिन्दाले अबखाजियाबाट विस्थापित हुनुपर्‍यो। रुसी सेनाले पनि अबखाजियाली विद्रोहीलाई सहयोग गरेको थियो । सन् २००८ मा रुसी सेनाले अबखाजियाका तर्फबाट जर्जियामाथि हमला पनि गरेको थियो। त्यसैले रुससँग अबखाजियाको राम्रो सम्बन्ध भए पनि जर्जियाले आफ्ना नागरिकलाई अबखाजिया जानको लागि कानुन बनाएरै प्रतिबन्ध लगाएको छ ।

सार्वभौमिकताको स्थिति

जर्जिया–अबखाजिया द्वन्द्व र जर्जिया-रूस सम्बन्ध यस राज्यको केन्द्रीय मुद्दा हो । यसलाई रसिया, भेनेजुएला, निकारागुआ, नउरु र सिरियाले राज्यका रूपमा मान्यता दिएका छन्। जर्जियाली सरकार र संयुक्त राष्ट्रसंघका अधिकांश सदस्यहरूले भने अबखाजियालाई कानुनी रूपमा जर्जियाको अंश मान्दछन् । जर्जियाको संविधानले पनि उक्त क्षेत्रलाई अब्खाजियाको स्वायत्त गणराज्यको रूपमा तोकेको छ ।

अर्थतन्त्र

यहाँको अर्थतन्त्रको मुख्य आधार उद्योग र पर्यटन हो। एकताका औद्योगिक विकासको चुलीमा पुगेको अबखाजियामा ५०० भन्दा बढी ठूला उद्योग तथा कलकारखाना थिए। अहिले मुस्किलले एक सयवटा छन्, तीमध्ये ८७ वटा राज्यको स्वामित्व नभएका छन्। ४० प्रतिशत उद्योग राजधानीमै केन्द्रित छन्। वार्षिक ५.५ करोड अमेरिकी डलरबराबरको ओद्योगिक उत्पादन रहेको सरकारी आकडा छ।
यहाँको वार्षिक बजेटमा राजस्वको एक तिहाई भरथेग पर्यटनले गर्दछ । वर्षमा १० लाख जति पर्यटक अबखाजिया भ्रमणमा जाने गरेको तथ्यांक छ। पर्यटनमा केही ऐतिहासिक स्थलका साथै समुद्र र सूर्य यहाँका पर्यटनका मुख्य आकर्षण मानिन्छन्। सोभियत संघअन्तर्गत छँदा रुसीहरूमाझ अबखाजिया एक आकर्षक गन्तव्य थियो। गृहयुद्धले यहाँको होटल तथा पर्यटन क्षेत्रमा धक्का पुग्यो । त्यसपछि पर्याप्त नयाँ पूर्वाधार निर्माण र विकासका काम हुन सकेनन्। कतिसम्म भने यहाँ बसपार्क समेत सोभियतकालीन छन् । उसो त यहाँको धेरैजसो सम्पत्तिमा रुसीहरुकै कब्जा छ । यहाँ मुद्रा पनि रुसी रुबल नै चल्छ। पर्यटकका नाममा अहिले केही रुसीहरु मात्र यस क्षेत्रमा घुम्न पुग्छन्। निरन्तरका विष्फोटका घटना र तनावपूर्ण परिस्थितिका कारण यहाँको पर्यटन व्यवसाय उँभो लाग्न सकिरहेको छैन।भएको पर्यटन व्यवसायबाट पनि अबखाजियालीले लाभ पाउन सकिरहेका छैनन् भन्ने यहाँको सरकारको बुझाइ छ। यही कारण सन् २०१९ मा यहाँको सरकारले विदेशी पथप्रदर्शकले पर्यटक घुमाउन नपाउने र कम्तीमा एउटा समूहमा एकजना अबखाजियाली हुनैपर्ने नियम बनाएको छ ।

सन्दर्भ सामग्रीहरू

Tags:

अबखाजिया इतिहासअबखाजिया सार्वभौमिकताको स्थितिअबखाजिया अर्थतन्त्रअबखाजिया सन्दर्भ सामग्रीहरूअबखाजियाअङ्ग्रेजी भाषारूसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

नेपाली सेनाभारतलक्ष्मीप्रसाद देवकोटासामन्तवाददिल्ली सम्झौतागाउँखाने कथावाच्य (व्याकरण)नेवार जातितुलसीदासप्रविधिनेपालको झन्डासूर्यहनुमान जयन्तीभैँसीमाओवादी जनयुद्धनेपालको जनआन्दोलन २०४६सरस्वतीप्रजननदरसंविधानगोपालप्रसाद रिमालगाईराष्ट्रिय अनुसन्धान विभागहनुमान चालीसाकृषिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)दराजयौनदसैँसहिदनेपालमा धर्मसभ्यतारत्ननगर नगरपालिकारारातालमहासागरसंयुक्त राष्ट्रसर्लाही जिल्लासुनसरी जिल्लाव्रतबन्धनेपालको अन्तरिम संविधान २०६३नेपाली चलचित्रहरूको सूचीचन्द्र शमशेर जङ्गबहादुर राणामोरङ जिल्लापारिजात (साहित्यकार)स्थानीय तहराजेश हमालसुवासचन्द्र नेम्वाङसती प्रथाबसाइँ सराईनेपालका जिल्लाहरूलमजुङ जिल्लाललितपुर जिल्लालोक सेवा आयोग (नेपाल)मङ्गोलमकैप्रतिनिधि सभा (नेपाल)थारू जातिकृषि तथा वन विज्ञान विश्वविद्यालयअनुसन्धानराता रक्त कोषमहानगरपालिकानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीशाह वंशरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोराष्ट्रपति भवनकोत पर्वपहिलो विश्वयुद्धमहिनाविद्युतीय अपराधबालाजु बाइसधारा मेलाजापानविद्यार्थीभैरव अर्यालनेपालका अञ्चलहरू🡆 More