विकिपिडिया

विकिपिडिया एक बहुभाषी नि:शुल्क अनलाइन विश्वकोश हो, जुन खुला सहयोग र विकिमा आधारित सम्पादन प्रणालीको माध्यमबाट स्वयंसेवकहरूको समुदायद्वारा लेखिएको हुन्छ। यसका सम्पादकहरूलाई विकिपिडियन वा विकिपिडिया सम्पादक पनि भनिन्छ। विकिपिडिया इतिहासको सबैभन्दा ठूलो र सबैभन्दा धेरै पढिने सन्दर्भ कृति हो। यो लगातार १० सबैभन्दा लोकप्रिय वेबसाइटहरू मध्ये एक हो जुन सिमिलर वेब र विगतमा अलेक्साद्वारा क्रमबद्ध गरिएको छ। सन् २०२२ सम्म, विकिपिडियालाई सातौँ सबैभन्दा लोकप्रिय वेबसाइटको रूपमा स्थान दिइएको थियो। यो विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालन गरिएको छ, जुन एक अमेरिकी गैर-लाभकारी संस्था हो जसले मुख्यतया दान वा चन्दाको माध्यमबाट वित्त पोषित गर्दछ।

विकिपिडिया
विकिपिडिया
विभिन्न लेखन प्रणाली समावेश विकिपिडियाको लोगो
साइटको प्रकार
अनलाइन विश्वकोश
उपलब्ध भाषा३२९ भाषाहरू भाषाहरू
उद्गम देशविकिपिडिया संयुक्त राज्य अमेरिका
मालिक
सर्जक
युआरएलwikipedia.org
व्यवसायिकहैन
दर्तावैकल्पिक
प्रयोगकर्ताहरू>२९१,७४४ सक्रिय सम्पादक
>११३,२८५,६६० दर्ता भएका प्रयोगकर्ताहरू
चालु भएको मितिजनवरी १५, २००१
(२३ वर्ष पहिले)
 (२००१-०१-15)
वर्तमान स्थितिसक्रिय
सामग्री इजाजतपत्र
सिसि एट्रिब्युसन / सेयर-अलाइक ३.०
जिएनयू नि: शुल्क कागजात इजाजतपत्र अन्तर्गत अधिकांश पाठहरू दोहोरो-अनुमतिपत्र प्राप्त छन्। मिडिया अनुमतिपत्र विभिन्न छन्।
लेखिएको भाषाल्याम्प मञ्च
ओसिएलसी अङ्क52075003

सन् २००१ जनवरी १५ मा जिम्मी वेल्स र ल्यारी स्याङ्गरले विकिपिडियाको सुरुवात गरेका थिए। स्याङ्गरले यसको नाम "विकि" र "इन्साइक्लोपिडिया" (नेपालीमा विश्वकोश)को मिश्रणको रूपमा राखेका थिए। वेल्स अस्ट्रियाली अर्थशास्त्री तथा मिसेस इन्स्टिच्युटका वरिष्ठ साथी मार्क थोर्नटन यी विचारहरूको सम्पर्कमा आए पश्चात् फ्रेडरिक हायेक र अस्ट्रियाली अर्थशास्त्र विद्यालयसँग सम्बन्धित "स्वतःस्फूर्त क्रम" विचारहरूबाट प्रभावित थिए। विकिपिडिया सुरुमा अङ्ग्रेजी भाषामा मात्र उपलब्ध थियो। अन्य भाषाहरूमा संस्करणहरू चाँडै विकसित भएका थिए। यसका संयुक्त संस्करणहरूमा ५.९ करोड भन्दा बढी लेखहरू समावेश गरेको छ, जसलाई नोभेम्बर २०२० सम्ममा प्रति महिना लगभग २ अर्ब पटक अवलोकन गरिन्छ। यसमा प्रति महिना १.७ करोड भन्दा बढी सम्पादनहरू (प्रति सेकेन्ड १.९ सम्पादनहरू) हुने गर्दछ। सन् २००६ मा, टाइम (पत्रिका)ले कसैलाई पनि सम्पादन गर्न दिने नीतिले विकिपिडियालाई "विश्वको सबैभन्दा ठूलो र (सम्भवतः उत्तम) विश्वकोश" बनाएको भन्ने कुरा उल्लेख गरेको थियो।

विकिपिडियाले ज्ञानको लोकतान्त्रिकरण, समावेशकताको दायरा, अद्वितीय संरचना, संस्कृति, र व्यावसायिक पूर्वाग्रहको विनाको सक्षमताको लागि प्रशंसा प्राप्त गरेको छ। यसले प्रणालीगत पूर्वाग्रह, विशेष गरी महिलाहरू विरुद्ध लैङ्गिक पूर्वाग्रह र कथित वैचारिक पूर्वाग्रह प्रदर्शनको लागि आलोचना खेपेको छ। विकिपिडियाको विश्वसनीयतालाई सन् २००० को दशकमा बारम्बार आलोचना गरिएको थियो तर समयको साथ यसमा सुधार आएको छ। किनकी विकिपिडियालाई सामान्यतया २०१० को दशकको अन्त्य र २०२० को दशकको सुरुमा प्रशंसा गरिएको थियो। अमेरिकी राजनीति र कोभिड-१९ महामारी र युक्रेनमा रूसी आक्रमण जस्ता प्रमुख घटनाहरू जस्ता विवादास्पद विषयहरूमा वेबसाइटको सम्प्रचारले सञ्चार माध्यमहरूको पर्याप्त ध्यान आकर्षित गरेको थियो। यसलाई विश्वका विभिन्न देशहरूले प्रतिबन्ध समेत लगाएका छन्। अप्रिल २०१८ मा फेसबुक र, युट्युबले उनीहरूले प्रयोगकर्ताहरूलाई सम्बन्धित विकिपिडिया लेखहरूको तथ्य-जाँच कडीहरू सुझाएर नक्कली समाचारहरू पत्ता लगाउन मद्दत गर्ने घोषणा गरेका थिए। ताजा समाचारहरूसँग सम्बन्धित लेखहरू प्रायः ती घटनाहरूको बारेमा बारम्बार अद्यावधिक गरिएको जानकारीको स्रोतको रूपमा पहुँच गरिन्छ।

इतिहास

नुपिडिया

विकिपिडियाका संस्थापक जिम्मी वेल्सल्यारी स्याङ्गर

विकिपिडिया सुरु हुनुभन्दा पहिले विभिन्न सहयोगी अनलाइन विश्वकोशहरूको प्रयास गरिएको थियो, तर सीमित सफलताहरू हात परेका थिए। विकिपिडिया नुपिडियाको पूरक परियोजनाको रूपमा सुरु भएको थियो, जुन एक नि: शुल्क अनलाइन अङ्ग्रेजी भाषाको विश्वकोश परियोजना हो जसको लेखहरू विशेषज्ञहरूद्वारा लेखिएका थिए र औपचारिक प्रक्रिया अन्तर्गत समीक्षा गरिएको थियो। यसको स्थापना ९ मार्च २००० मा एक वेब पोर्टल कम्पनी बोमिसको स्वामित्वमा भएको थियो। यसको मुख्य व्यक्तित्वहरू बोमिसका प्रमुख कार्यकारी अधिकृत जिमी वेल्स र ल्यारी स्याङ्गर थिए, जुन नुपीडिया र पछि विकिपिडियाका लागि प्रधान सम्पादक थिए। नुपिडियालाई सुरुमा आफ्नै नुपिडिया खुला सामग्री अनुमतिपत्र अन्तर्गत इजाजतपत्र प्रदान गरिएको थियो, तर विकिपिडियाको स्थापना हुनुभन्दा पहिले, नुपिडियाले रिचर्ड स्टालम्यानको आग्रहमा जिएनयू नि:शुल्क दस्तावेज अनुमतिपत्रमा परिवर्तन गरेको थियो। वेल्सलाई सार्वजनिक रूपमा सम्पादन योग्य विश्वकोश बनाउने लक्ष्यलाई परिभाषित गर्ने श्रेय दिइन्छ, जबकि स्याङ्गरलाई उक्त लक्ष्यमा पुग्न विकिको प्रयोग गर्ने रणनीतिको श्रेय दिइन्छ। १० जनवरी २००१ मा, स्याङ्गरले नुपिडिया मेलिङ सूचीमा नुपिडियाको लागि "फिडर" परियोजनाको रूपमा विकि सिर्जना गर्न प्रस्ताव गरेका थिए।

सुरुवात र वृद्धि

डोमेनहरू विकिपिडिया डटकम (पछि विकिपिडिया डटओर्ग पुनर्निर्देशन गरिएको) र विकिपिडिया डटओर्गमा क्रमशः १२ जनवरी २००१ र १३ जनवरी २००१ मा दर्ता गरिएको थियो र विकिपिडियालाई १५ जनवरी २००१ मा सुरु गरिएको थियो। डब्ल्युडब्ल्युडब्ल्युडट विकिपिडिया डटकम एकल अङ्ग्रेजी भाषा संस्करणको रूपमा सुरु गरिएको थियो र यसलाई स्याङ्गरद्वारा नुपिडिया मेलिङ सूचीमा घोषणा गरिएको थियो। "तटस्थ दृष्टिकोण" को अभिन्न नीतिको रूपमा यसको पहिलो केही महिनाहरूमा संहिताबद्ध गरिएको थियो। अन्यथा, त्यहाँ सुरुमा अपेक्षाकृत कम नियमहरू थिए र यो नुपिडियाबाट स्वतन्त्र रूपमा सञ्चालित थियो। बोमिसले सुरुमा यसलाई नाफाको व्यवसायको रूपमा राखेको थियो।

विकिपिडिया 
२० डिसेम्बर २००१ मा, विकिपिडियाको गृहपृष्ठ
अङ्ग्रेजी विकिपिडियाको सम्पादक >एक महिनामा १०० सम्पादन
अङ्ग्रेजी विकिपिडियामा रहेका लेखहरूको सङ्ख्या

विकिपिडियाले न्युपिडिया, स्ल्यासडट पोस्टिङ र वेब खोज संयन्त्र अनुक्रमणिकाबाट प्रारम्भिक योगदानकर्ताहरू प्राप्त गरेको थियो। भाषा संस्करणहरू मार्च २००१ मा सिर्जना गरिएको थियो र सन् २००४ को अन्त्यसम्ममा कुल १६१ वटा प्रयोगमा आएका थिए। सन् २००३ मा न्युपिडिया र विकिपिडियाको सर्भर स्थायी रूपमा हटाइँदासम्म र यसको पाठ विकिपिडियामा समावेश नगरेसम्म सह अस्तित्वमा रहेका थिए। अङ्ग्रेजी विकिपिडियाले सेप्टेम्बर ९, २००७ मा २० लाख लेखहरूको पार गरेको थियो र यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो विश्वकोश बनाएको छ जसले सन् १४०८ मा मिङ राजवंशको समयमा बनेको योङ्गल विश्वकोशलाई उछिनेको थियो, जसले लगभग ६०० वर्षसम्म कीर्तिमान राखेको थियो।

व्यावसायिक विज्ञापनको डर र नियन्त्रणको अभावको कारण देखाउँदै स्पेनी विकिपिडियाका प्रयोगकर्ताहरूले फेब्रुअरी २००२ मा एन्सिक्लोपिडिया लिब्रे सिर्जना गर्न विकिपिडियाबाट काँटछाँट गरेका थिए। त्यसपछि वेल्सले विकिपिडियाले विज्ञापनहरू प्रदर्शन नगर्ने घोषणा गर्दै विकिपिडियाको डोमेनलाई विकिपिडिया डटकमबाट विकिपिडिया डटओर्गमा परिवर्तन गरेका थिए।

अङ्ग्रेजी विकिपिडियामा अगस्ट २००९ मा ३० लाख लेखहरू पुगेको भएतापनि नयाँ लेखहरू र सम्पादकहरूको सङ्ख्याको हिसाबले संस्करणको वृद्धि सन् २००७ को सुरुतिर चरम बिन्दुमा पुगेको देखिन्छ। सन् २००६ मा विश्वकोशमा दैनिक लगभग १,८०० लेखहरू थपिएका थिए। सन् २०१३ सम्ममा यो औसत ८०० को हाराहारीमा थियो। पालो अल्टो अनुसन्धान केन्द्रको एक टोलीले परियोजनाको बढ्दो विशिष्टता र परिवर्तनको प्रतिरोधको कारण वृद्धिको यो सुस्ततालाई जिम्मेवार ठहराएको थियो।

नोभेम्बर २००९ मा स्पेनको म्याड्रिडस्थित रे जुआन कार्लोस विश्वविद्यालयका एक अनुसन्धाताले सन् २००९ को पहिलो तीन महिनामा अङ्ग्रेजी विकिपिडियाले ४,९०० सम्पादकहरू गुमाएको पत्ता लगाएका थिए। सन् २००८ को सोही अवधिमा यसले ४,९०० सम्पादकमात्र गुमाएको थियो। द वाल स्ट्रिट जर्नलले सम्पादनमा लागू हुने नियमहरूको क्रम र यस्तो सामग्रीसँग सम्बन्धित विवादहरूलाई यस प्रवृत्तिको कारणहरूमा उद्धृत गरेको छ। वेल्सले सन् २००९ मा यी दाबीहरूको खण्डन गर्दै गिरावटलाई अस्वीकार गरेका थिए र अध्ययनको पद्धतिमाथि प्रश्न उठाएका थिए। दुई वर्षपछि, सन् २०११ मा, उनले जुन २०१० मा ३६,००० भन्दा केही बढी लेखकहरू बाट जुन २०११ मा ३५,८०० मा झरेको उल्लेख गर्दै केही गिरावटलाई स्वीकारेका थिए। सोही अन्तरवार्तामा उनले सम्पादकको सङ्ख्या 'स्थिर र दिगो' रहेको पनि दाबी गरेका थिए। सन् २०१३ को एमआईटी टेक्नोलोजी रिभ्यु आर्टिकल नामक पत्रिकाले, लेखेको "विकिपिडियाको पतन"-ले यस दाबीमाथि प्रश्न उठाएको थियो र सन् २००७ देखि विकिपिडियाले आफ्ना एक तिहाइ स्वयंसेवक सम्पादकहरू गुमाइसकेको र बाँकी रहेकाहरूले सुक्ष्म सामग्रीहरूमा बढी ध्यान केन्द्रित गरेको खुलासा गरेको थियो। जुलाई २०१२ मा, द एटलान्टिकले प्रशासकहरूको सङ्ख्यामा पनि गिरावट आएको उल्लेख गरेको थियो। नोभेम्बर २५, २०१३ को न्युयोर्क पत्रिकाको अङ्कमा क्याथरिन वार्डले भनेकी थिइन्, "छैटौँ सर्वाधिक प्रयोग हुने वेबसाइट विकिपिडियाले आन्तरिक सङ्कटको सामना गरिरहेको छ।"

सक्रिय अङ्ग्रेजी विकिपिडिया सम्पादकहरूको सङ्ख्या लामो समयको गिरावटपछि स्थिर रहेको छ।

कोशेढुङ्गा

नेपालमा विकिपिडिया

नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा ३३,०६६ वटा साना-ठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली लेखहरूको सङ्ख्या भने ३१ हजार भन्दा बढी छन्। नेपाली विकिमा हालसम्ममा ६६,८८८ प्रयोगकर्ताहरू दर्ता भएका छन् जसमध्ये सक्रिय प्रयोगकर्ताहरू सरदर ११० जना सक्रिय रहन्छन्। अहिले नेपाली विकिपिडियामा ३ जना प्रबन्धकहरू विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरूमा पनि पृष्ठहरू उपलब्ध छन्। जस्तै नेपाल(नेवारी) भाषा, भोजपुरी भाषा, मैथली भाषा पाली भाषा, डोटेली भाषा

विकिपिडिया लगायत विभिन्न विकी परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडिया फाउन्डेसन नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाली संस्करणको रूपमा विकिमिडिया नेपाल नामक संस्था स्थापनाको लागि प्रस्ताव गरी प्रक्रिया अघि बढाइएको थियो। यसले नेपालमा बोलिने प्रमुख भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गर्दछ। यस संस्थाले कुनैपनि लेखमा नेपाल सम्बन्धित विवाद आइपरेमा त्यसको निवारण गर्ने कार्य समेत गर्दछ।

विकिपिडिया जिरो

यो विकिपिडिया फाउन्डेसन र मोबाइल सेवा प्रदायकबीच सम्झैता भै इन्टरनेट उपभोक्तालाई नि:शुल्क रूपमा विकिपिडिया पहुँच गर्न दिने परियोजना थियो। विकिमिडिया फाउन्डेसनसँगको सहकार्यमा एनसेलले विकिपिडिया जिरो सञ्चालन गरेको थियो।

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

विकिपिडिया इतिहासविकिपिडिया नेपालमा विकिपिडिया टिप्पणीहरूविकिपिडिया सन्दर्भ सामग्रीहरूविकिपिडिया बाह्य कडीहरूविकिपिडियाअलेक्सा इन्टरनेटविकिसर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीसिमिलर वेब

🔥 Trending searches on Wiki नेपाली:

२०१९-२० कोरोना भाइरस प्रकोपचट्याङनेपाली चलचित्रहरूको सूचीमोबाइल फोनविसं २०७२ को महाभूकम्पबीमाबाघशिरीषको फूलनेपाल सशस्त्र प्रहरी बलनबिल बैंकबारा जिल्लाभुईँचालोअल्बर्ट आइन्स्टाइननेपालका स्थानीय तहहरूफाफ डू प्लेसीशिवमहेन्द्र वीरविक्रम शाहयौनइन्डियन प्रिमियर लिगनेपालका प्रदेशहरूसीताकृषि प्रसारपाठ्यक्रमनेपालका सहरहरूको सूचीचेकमूल्य अभिवृद्धि करकार्ल मार्क्ससमाचारबजारशास्त्रराष्ट्रिय प्रजातन्त्र पार्टीबाजुरा जिल्लासुधा त्रिपाठीचिउरीसन्दुक रुइतमनोविज्ञानभारोपेली भाषा परिवारकिराँत कालविप्रेषणविकिमुख्य पृष्ठतथ्याङ्कप्रतिनिधि सभा (नेपाल)योगमाया न्यौपानेशिरुवा पर्वसंस्कारसल्यान जिल्लानमस्तेभारतका राज्य तथा सङ्घ राज्य क्षेत्रको राजधानीहरूबलभद्र कुँवरउपहारसुनसरी जिल्लाट्विटरफापरयशू ख्रिष्टनवलपरासी जिल्लाशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जनेपालको एकीकरणभिटामिनकृषि विकास बैंकमहाभारतनागरिक समाजनेपालका हिमालहरूको सूचीचाँगुनारायण मन्दिरवाच्य (व्याकरण)चितवन जिल्लारानीमहलअधिकारमहामन्दीमगर जातिमनकामना मन्दिरपाल्पा जिल्लापर्यटनखस जातिप्रदेश सभा निर्वाचन, २०७४नयाँ पत्रिका दैनिकसंस्कृति🡆 More