इतिहास

इतिहास शब्द (इति + ह + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन)को तात्पर्य हो यो निश्चय थियो।

ग्रीसका मान्छेहरूले इतिहासको लागि "हिस्ट्री" (history) शब्दको प्रयोग गर्थे। "हिस्तरी"को शाब्दिक अर्थ "बुन्नु" थियो। अनुमान गर्न सकिन्छ कि ज्ञात घटनाहरूलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरिन्थ्यो जुन सार्थक र सुसंबद्ध बन्न सकोस।

यस प्रकार इतिहास शब्दको अर्थ हो - परम्परादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि लोक कथा), बीरगाथा) (जस्तै कि महाभारत) अथवा ऐतिहासिक साक्ष्य।

इतिहास अन्तरगत हामी जुन विषयको अध्ययन गर्छौँ त्यसमा अहिले सम्म घटित घटनाहरू अथवा त्यो सँग सम्बन्ध राख्ने घटनाहरूको कालक्रमानुसार वर्णन हुन्छ।

अर्को शब्दमा भन्दा अहिले सम्मको उल्लेखित विशिष्ट घटना नै इतिहास हो। अथवा प्राचीनतादेखि नवीनता तर्फ आउने मानवजाति सँग सम्बन्धित घटनाहरूको वर्णन नै इतिहास हो।

इतिहासको आधार र स्रोत

इतिहासको मुख्य आधार युगविशेष र घटनास्थलको त्यो अवशेषहरू नै हुन जुन कुनै न कुनै रूपमा प्राप्त हुन्छन्। जीवनको बहुमुखी व्यापकताकै कारण स्वल्प सामग्रीको आधारमा विगत युग अथवा समाजको चित्रनिर्माण गर्नु दु:साध्य छ। सामग्री जतिनै धेरै हुदैँ जान्छ त्यही अनुपातबाट बितेको युग तथा समाजको रूपरेखा प्रस्तुत गर्नु साध्य हुदैँ जान्छ । प्रर्याप्त साधनहरू हुँदा पनि भन्न सकिन्न कि कल्पनामिश्रित चित्र निश्चित रूपबाट शुद्ध अथवा सत्य नै होला। त्यसैले उपयुक्त कमीलाई ध्यानमा राखि केही विद्वान् बन्छन् कि इतिहासको संपूर्णता असाध्य जस्तै छ, फेरी पनि यदि हाम्रो अनुभव र ज्ञान प्रचुर बनोस, ऐतिहासिक सामग्रीको जाँच-पडतालले हाम्रो कला तर्कप्रतिष्ठत होस तथा कल्पना संयत र विकसित होस त अतीतको हाम्रो चित्र धेरै मानवीय र प्रमाणिक हुन सक्छ। सारांश यो हो कि इतिहासको रचनामा पर्याप्त सामग्री, वैज्ञानिक ढंगबाट त्यसको जाँच, त्यसबाट प्राप्त ज्ञानको महत्त्व बुझ्ने विवेक साथै साथ ऐतिहासक कल्पनाको शक्ति तथा सजीव चित्रणको क्षमताको आवश्यकता छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

इतिहास को आधार र स्रोतइतिहास यो पनि हेर्नुहोस्इतिहास सन्दर्भ सामग्रीइतिहास बाह्य कडीहरूइतिहास

🔥 Trending searches on Wiki नेपाली:

वैदेशिक रोजगारसरस्वतीफुटबल खेलदेवतानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)प्राइभेट लिमिटेड कम्पनीहनुमान जयन्तीगुरुङ जातिमनोविज्ञानमकैको खेतीपोखरेलभूपि शेरचनइसाई धर्मबर्बरसयौँ थुङ्गा फूलका हामीमहाकाव्यजिमेलअगमसिंह गिरीबागमती प्रदेशनेपालमा मौलिक हक र कर्तव्यसुदूरपश्चिम प्रदेश सभाडढेलोडाँफेकुलदेवताअस्ट्रेलियामहिनावारीनेपालका जातिहरूपानीनेपालमा महिला अधिकारअङ्कगाउँपालिकाव्यापारकाठमाडौँ उपत्यकाश्रीकृष्ण श्रेष्ठमदन पुरस्कारविश्वव्यापीकरणनिकाराग्वाभजनभक्ति थापाकुकुरगुल्मी जिल्लाजनकपुरधाम उपमहानगरपालिकापर्यटनक्व्होलासोथार गाउँपालिकाडेन्युब नदीभित्री मधेशथापाकृष्णव्यास नगरपालिकाव्यवस्थापन लेखापरीक्षणघोराही उपमहानगरपालिकारोहित शर्मारारातालनेपाल सम्वत्स्वयम्भूनाथवीरेन्द्रनगर नगरपालिकानेपालको प्रधानन्यायाधीशगरिबीरामप्रसाद ज्ञवालीलुम्बिनीमदन भण्डारी राजमार्गचौबिसी राज्यहरूश्रीमद्भागवत् पुराणयोनीमायासंविधान सभा निर्वाचन २०७०मकवानपुर जिल्लाभ्याम्पायरचूडाकर्म संस्कारदैलेख जिल्लाझापा जिल्ला🡆 More