क्लियोपेट्रा सातौँ

क्लियोपेट्रा वा क्लियोपेट्रा सातौँ फिलोपाटर (ग्रिक, Κλεοπάτρα Φιλοπάτωρ अनुवाद: क्लेओपात्रा सातौँ; इपू ६९ अन्त्य – इपू १० वा १२, अगस्ट ३०) प्राचिन इजिप्टको टोलेमिक राज्यकी अन्तिम शासक थिइन। उनले इसापूर्व ५१ देखि इसापूर्व ३० सम्म मिश्र (हाल इजिप्ट)मा स्थित टोलेमिक राज्यमा शासन गरेकी थिइन्। इतिहासकारहरूका अनुसार उनी जति सुन्दर र कामुक थिइन्, त्यो भन्दा धेरै गुणा चतुर, षडयन्त्रकारी र क्रुर थिइन्। क्लियोपेट्रा आफ्नो सौन्दर्यताको लागि गधाको दूधमा मह र जैतुनको तेल लगाएर नुहाउँथिन्।

क्लियोपेट्रा
क्लियोपेट्रा सातौँ
फ्रान्क बर्नाड डिक्सीद्वारा निर्मित क्लियोपेट्राको चित्र
मिश्रकी टोलेमिक महारानी
शासनइपू ५१ देखि इपू १० वा १२, अगस्ट ३० (२१ बर्ष)
पूर्वाधिकारीटोलेमी बाह्रौँ अलेट्स
उत्तराधिकारीनभएको (इजिप्ट माथी रोमद्वारा कब्जा)
सह-शासकहरू
  • टोलेमी बाह्रौँ अलेट्स
  • टोलेमी तेह्रौँ
  • टोलेमी चौधौँ
  • सिजरियन
जन्मइपू ६९
एलेक्जेन्ड्रिया, टोलेमिक राज्य
मृत्युइपू १० वा १२, अगस्ट ३० (३९ बर्ष)
एलेक्जेन्ड्रिया, रोमन इजिप्ट
Burial
अज्ञात चिहान
(सम्भवतः इजिप्टमा)
जीवनसाथी
सन्तान
  • सिजरियन
  • एलेक्जेन्डर हेलियस
  • क्लियोपेट्रा सेलेने
  • टोलेमी फिलाडेल्फस
नाम
क्लियोपेट्रा सातौँ थे फिलोपाटर
वंशटोलेमिक वंश
बाबुटोलेमी बाह्रौँ अलेट्स
आमाइजिप्टकी क्लियोपेट्रा पाँचौँ

जीवनी

प्रारम्भिक जीवन

क्लियोपेट्राको जन्म इसापूर्व ६९ मा टोलेमिक वंशमा भएको थियो। उनी १७ वर्षकी हुँदा उनको पिताको मृत्यु भएको थियो। त्यस पछि मिश्रको प्रथा अनुसार क्लियोपेट्रा आफ्नै भाई टोलेमी तेह्रौँसँग विवाह गरेर दुबै मिलेर मिश्रमा शासन गरे। तर पछि उनीहरू बीच राज्याधिकारको लागि भएको संर्घषको परिणाम स्वरुप क्लियोपेट्रा भागेर सिरिया गइन्।

जुलियस सिजरसँगको सम्बन्ध

जुलियस सिजर आफ्नो दुश्मन पोम्पेको पिछा गर्दै मिश्र आए । सिजरले क्लियोपेट्रालाई देखेपछि उनको सुन्दरता र मादक आँखामा लठ्ठिए । क्लियोपेट्राको जालमा फसेपछि क्लियोपेट्राको पक्षबाट युद्ध गरेर उनलाई मिश्रको रानी बनाउन सिजर तयार भए ।

जुलियस सिजरसँगको युद्धमा तोलेमी मारिए र क्लियोपेट्रा मिश्रको राजसिंहासनमा बसिन् । मिश्रको प्राचिन परम्पराअनुसार उनी आफ्नो अर्को सानो भाइको श्रीमती बनेर राज्य गर्न थालिन् तर केहि समयपछि नै उनले आफ्नो भाइलाई विष पिलाएर हत्या गराइन । त्यसपछि उनले अरसिनोइको पनि हत्या गर्न लगाइन् ।


जुलियस सिजरसँग क्लियोपेट्राको सम्बन्ध – क्लियोपेट्रा रोमन शासक जुलियस सिजरको रखैल थिइन् भनिन्छ । उनीबाट एक पुत्र पनि भयो तर, रोमनहरुले भने यो सम्बन्धको विरोध गरेका थिए । रोमन शासक जुलियस सिजरका सेनापति जनरल मार्क एन्थोनी पनि क्लियोपेट्राको सुन्दरतामा मोहित भए । क्लियोपेट्राले यो कुरा थाहा पाएपछि एन्थोनीलाई आफ्नो शिकार बनाइन् । दुवै पहिलेदेखि नै विवाहित भएपनि उनीहरु एकअर्काको प्रेममा थिए । यी दुवैले अलेक्जान्ड्रियामा शीत ऋतु एकैसाथ बिताएका थिए ।

एन्थोनीबाट उनीहरुको तीन बच्चा भयो । दस्तावेजहरुका अनुसार पछि यी दुईले विवाह गरेका थिए । एन्थोनीसँग मिलेर क्लियोपेट्राले संयुक्त रुपमा सिक्का पनि चलाएकी थिइन् । ४४ ईशापूर्वमा जूलियस सिजरको हत्या पछि एन्थोनीले उनको उत्तराधिकारी गाएस अक्टेभियनको विरोध गरे त्यतिखेर उनको साथमा क्लियोपेट्रा समेत थिइन ।

दुवै मिलेर रोमन साम्राज्यसँग टक्कर लिने योजना बनाए तर दुवै अक्टेभियनको फौजसँग पराजित भए । क्लियोपेट्रा आफ्नो ६० जहाजको साथमा युद्धस्थलबाट अलेक्जान्ड्रिया आइन । एन्थोनी पनि उनको पछिपछि आए तर, पछि अक्टेभियनले उक्साएपछि क्लियोपेट्राले एन्थोनीलाई धोका दिइन् । अक्टेभियनले एन्थोनीलाई क्लियोपेट्राले आत्महत्या गरिन् भन्ने सूचना दिए त्यो एन्थोनीले सुन्न सकेनन् र उनले आत्महत्या गरे ।

मार्क एन्टोनीसँगको सम्बन्ध

जुलियस सिजरको हत्या पछि रोमको सत्तामा हावी भएका मार्क एन्टोनीले इसापूर्व ४१ मा रानी क्लियोपेट्रालाई रोमको भ्रमणका लागि आमन्त्रण गरे। त्यही भ्रमणको समयबाट क्लियोपेट्रा र मार्क एन्टोनीको प्रेम सम्बन्ध सुरु भएको थियो। पछि एन्टोनी टार्ससबाट फर्कने क्रममा क्लियोपेट्राले उनलाई इजिप्ट आउने निमन्त्रणा दिइन। क्लियोपेट्राको निमन्त्रणालाई स्विकार गर्दै एन्टोनी इसापूर्व ४१ को नोभेम्बरमा एलेक्जेन्ड्रिया पुगे। इपू ४० को बसन्तमा सिरियामा पार्थियन साम्राज्यका पूर्व अधिकारी क्विन्टस लेबिनसले एन्टोनीका गभर्नर लुसियस डेसियस साक्सालाई मारेर उनका सैनिकलाई कब्जामा लिए पछि उनले इजिप्ट छाडे। इपू ४० को अन्त्य तिर क्लियोपेट्राले एन्टोनीबाट जुम्ल्याहा सन्तानलाई जन्म दिइन्। उनीहरूको नाम हेलियस (सुर्य) र सेलेने (चन्द्र) राखियो।

मृत्यु

क्लियोपेट्रा सातौँ 
क्लियोपेट्राको मृत्यु (जेन-एन्ड्रे रिक्सेन्सद्वारा १८७४ मा बनाइएको चित्र)

क्लियोपेट्राले रोमन राजा अगस्टससँगको युद्धमा हार ब्यहोरे पछि उनलाई नै आफ्नो सुन्दरताको जालमा फसाएर फेरि सत्ता प्राप्त गर्ने योजना बनाइन। तर अगस्टसले क्लियोपेट्राको हत्या गर्न लागेको चाल पाएपछि आँफैले एउटा कोब्रालाई टोकाएर आत्महत्या गरिन् भन्ने जनविश्वास छ।

सन्दर्भ सामग्री

Tags:

क्लियोपेट्रा सातौँ जीवनीक्लियोपेट्रा सातौँ सन्दर्भ सामग्रीक्लियोपेट्रा सातौँइजिप्ट

🔥 Trending searches on Wiki नेपाली:

जयन्तीनेपालका राष्ट्रिय निकुञ्जहरूरङनेपाल कम्युनिस्ट पार्टीनमस्तेकाठमाडौँ उपत्यकाअनुराधा कोइरालानेपाल आयल निगम लिमिटेडनेपाली राष्ट्रिय क्रिकेट टोलीमनकामना मन्दिरबहादुर शाहधर्मत्रिभुवन वीरविक्रम शाहनेपालको संस्कृतिकौडिन्य गोत्रबुद्ध धर्मपशुपतिनाथ मन्दिरविद्यालयसम्पत्तिमार्क्सवादबीमामुक्तिनाथजापानलोकतन्त्रविराटनगर महानगरपालिकादादुरामानव विकास सूचकाङ्कबुटवल उपमहानगरपालिकादुधनेपालको इतिहासमन्दिरउच्च अदालतसंयुक्त राष्ट्रसङ्घका महासचिवखस ब्राह्मणकैलाली जिल्लाचितवन राष्ट्रिय निकुञ्जभानु नगरपालिकाकार्कीसुनसरी जिल्लास्याङ्जा जिल्लाकार्यसम्पादन मूल्याङ्कननेपाल प्रजा परिषद्तत्समहनुमानदशरथ चन्ददैलेख जिल्लायुरोपेली सङ्घनयाँ वर्षडेन्युब नदीएमिनेमजीवनीविवाह संस्कारस्नातक तहम.वी.वि.शाहसिद्धबाबा मन्दिरनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामध्यपुर थिमी नगरपालिकाबूढानीलकण्ठ मन्दिरनेपालमा बोलिने भाषाहरूयोगी नरहरिनाथडाँफेदाहालवीरेन्द्रनगर नगरपालिकाअन्नप्राशन संस्कारअङ्ग (जीव विज्ञान)साल्पा पोखरीनेपालको अन्तरिम संविधान २०६३ज्योतिषनेपाली विकिपिडियाभारतप्युठान जिल्लारोहित शर्मापूँजी बजारआयोजनाझापा जिल्लारौतहट जिल्ला🡆 More