सेन्ट पिटर्सवर्ग

सेन्ट पिटर्सवर्ग , पहिले पेट्रोग्राद (१९१४-१९२४) र सेन्ट पिटर्सवर्ग (१९२४-१९९१) नामले परिचित ; see below), रुसको दोस्रो ठुलो सहर हो। यो बाल्टिक समुद्रको फिनल्याण्ड खाडीको नभा नदीको किनारामा अवस्थित छ । सन् २०२१ सम्ममा यस सहरको लगभग ५.६ मिलियन बासिन्दाहरूको जनसंख्या थियो। सेन्ट पिटर्सबर्ग युरोपको चौथो-सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो, बाल्टिक सागरमा रहेको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर र १० लाखभन्दा बढी बासिन्दाहरूको विश्वको उत्तरी सहर हो।

सेन्ट पिटर्सवर्ग
Clockwise from top left: Peter and Paul Fortress on Zayachy Island, Smolny Cathedral, Bronze Horseman on Senate Square, the Winter Palace, Trinity Cathedral, and the Moyka river with the General Staff Building.

मे १६, १७०३ मा तत्कालिन रुसी शासक (जार) पिटर पिटर महानले अहिले पिटर-पल फोट्रेस भनेर चिनिने स्तम्भको पहिलो ढुंगा बिछ्याएर सेन्ट पिटर्सवर्गको निर्माण शुभारम्भ गरेका यो शहर तत्कालिन जारको संरक्षक सेन्ट पिटरको नाउँबाट राखिएको थियो। फ्रान्सेली, जर्मन र इटालेली वास्तुकारहरूले दक्ष रूसी समकालीनहरूसित मिलेर निर्माण गरेको यस सहर लाई विश्वकै उत्कृष्ट शहर मानिन्छ।

सत्रौँ शताब्दीको अन्तसम्म रूसको समुद्रतिर जाने बाटो नभएकोले यसको विकासमा बाधा पुगेको थियो। रूसको जवान जार, पिटर द ग्रेट अर्थात्‌ महान्‌ पिटरको सपना समुद्रको बाटो खोलेर रूसको “युरोप हेर्ने झ्याल” स्थापना गर्ने थियो। दक्षिणमा ब्ल्याक सी जाने बाटोलाई ओटोमन साम्राज्यले रोकेको थियो। त्यसकारण पिटरले बाल्टिक समुद्रको सिमानामा स्विडेन अधीनस्थ उत्तरी इलाकातर्फ ध्यान दिन थाले।आफ्नो सपना साकार पार्न अगस्त १७०० मा पिटरले स्विडेन विरुद्ध युद्ध घोषणा गरे। तिनका सैन्य प्रयासहरूको सुरुमा प्रतिरोध गरिए तापनि तिनले हार खाएनन्‌। नोभेम्बर १७०२ सम्ममा पिटरले लेक लाडोगाबाट स्विडेनीहरूलाई फर्कन बाध्य बनाइसकेका थिए। यो युरोपको सबैभन्दा ठूलो ताल, नेभा नदीबाट ६० किलोमिटर पर बाल्टिक समुद्रमा जोडिएको छ।

नामाकरण

स्विडेनीहरू उक्त तालबाट बग्ने नेभा नदी नजिकैको सानो टापुको गढीमा कडा पहरा दिएर बसिरहेका थिए। पिटरले यसलाई स्विडेनी नियन्त्रणबाट आफ्नो कब्जामा लिएर शलुशेलवर्ग नामाकरण गरे।

पछि, बाल्टिकमा नेभा नदी बग्ने ठाउँ नजिकैको निनशान्ट्स भनिने गढीमा स्विडेनीहरूले आफ्नो अडान लिए। मे १७०३ मा स्विडेनी फौजको पूरै पराजय भयो। यो विजयले गर्दा सम्पूर्ण नदीमुख-भूमि रूसीहरूको नियन्त्रणमा भयो। तुरुन्तै पिटरले नेभाको मुखमा सुरक्षा दिन नजिकैको जायाशी टापुमा गढी बनाउन थाले र यो सहर को निर्माण विधिवत रुप मा शुरु भयो।

सेन्ट पिटर्सवर्ग अरू थुप्रै राजधानी शहरहरूजस्तो नभई सुरुदेखि नै एउटा प्रभावकारी राजधानी बनाउन योजना मिलाईएको थियो। यो सुदूर उत्तर अर्थात्‌ हालको आंकोरेज, अलास्काको जस्तै अक्षांसमा अवस्थित भए तापनि पिटर निर्माणकार्यमा अघि बढे। लेक लाडोगा र नोभगोरोड इलाकाबाट काठ ल्याइयो। पिटरले निर्माणको लागि ढुंगा ल्याउन सकेको एउट कारण त, कोटा तोकिदिएर थियो। सेन्ट पिटर्सवर्गमा सामान ल्याउने प्रत्येक रूसीले ढुंगाहरूको एउटा परिमाण पनि ल्याउनुपर्थ्यो। साथै, पिटरले सर्वप्रथम मस्कोमा र पछि तिनको सम्पूर्ण साम्राज्यमा ढुंगे घर बनाउन निषेध गरे। फलस्वरूप, बेरोजगार डकर्मीहरू सेन्ट पिटर्सवर्गमा काम गर्न आए। यस शहरको निर्माणकार्य द ग्रेट सोभियत इन्साइक्लोपीडिया-ले बताएअनुसार “त्यतिबेलाको समयको लागि असामान्य गतिमा” अघि बढ्यो। ढल निकास, जगको खम्बा, सडक, भवन, चर्च, अस्पताल र सरकारी कार्यालयहरू चाँडै देखा पर्न थाले। यो शहर स्थापना भएको वर्ष, जहाज बनाउने ठाउँमा निर्माणकार्य सुरु भयो र यो पछि गएर रूसी सेनाको मुख्यालय भयो र नौसैनिक विभाग भनेर चिनियो।

सेन्ट पिटर्सवर्ग 
The Bronze Horseman, monument to Peter the Great

कार्यालयहरूको निर्माण

सन्‌ १७१० मा जारहरू गर्मी महिनामा बस्नको लागि समर प्यालेस अर्थात्‌ ग्रीष्मकालीन दरबारको निर्माणकार्य सुरु भयो। सन्‌ १७१२ मा रूसको राजधानी र यसका थुप्रै सरकारी कार्यालयहरू मस्कोबाट सेन्ट पिटर्सवर्ग सारियो। यो सहरको पहिलो ढुंगे दरबारको निर्माणकार्य १७१४ मा पूरा भयो र यो हालसम्म संरक्षित छ। यो दरबार यस शहरको पहिलो राज्यपाल, एलेक्जान्डर मेन्शिकोभको लागि निर्माण गरिएको थियो। त्यही वर्ष उही गढीभित्र पिटर-पल कथिड्रल अर्थात्‌ विशाल गिर्जाघरको निर्माणकार्य सुरु भयो। यसको अग्लो गजुर, सहरकै चिनारी हो। नेभा नदीमा विन्टर प्यालेस अर्थात्‌ हिउँदकालीन दरबार पनि निर्माण गरियो तर १७२१ मा यसलाई भत्काएर ढुंगाको संरचना बनाइयो। पछि लगभग १,१०० वटा कोठा भएको हालको विन्टर प्यालेस बनाइयो। यो भव्य दरबार शहरको केन्द्र अनि सरकारी सङ्ग्रहालय अवस्थित सहरको प्रख्यात हर्मिटाज भएको छ।

सेन्ट पिटर्सवर्गको पहिलो दशकमा उल्लेखनीय वृद्धि भयो र १७१४ सम्म शहरभित्र मात्रै ३४,५०० जति घरहरू निर्माण भइसकेको रिपोर्ट गरियो। कुनै रोकटोक विना दरबार तथा विशाल भवनहरू निर्माण हुन थाले। सेन्ट पिटर्सवर्गका बाहिरी इलाकाहरूमा पनि निर्माणकार्य उल्लेखनीय थियो। पिटरको निवास, ग्रेट प्यालेसको निर्माणकार्य १७१४ मा पिटरहफमा सुरु भयो र यसलाई अहिले पेट्रोडभोरेट्स भनिन्छ। त्यतिन्जेल, सार्सकोइ सेला, हाल पुस्किन भनिने नजिकैको सहरमा पिटरकी श्रीमतीको लागि भव्य क्याथरिन प्यालेस अर्थात्‌ दरबार निर्माण गरियो। त्यही दशकको पछिल्लो भागमा दुइटा दक्षिणी इलाकाहरू, पाभ्लोस्क र गाचिनामा दुइटा भव्य दरबार निर्माण गरियो। यो नयाँ विकसित शहरको सौन्दर्यलाई यसका थुप्रै नदी र नहरहरूमाथि निर्माण गरिएका सयौं पुलहरूले अझ बढायो। तसर्थ, सेन्ट पिटर्सवर्गलाई अक्सर “उत्तरको भेनिस” भनेर बयान गरिएको छ।

सेन्ट पिटर्सवर्गमा आउने पर्यटकहरू हेर्ने कुरा थुप्रै भएकोले कहाँबाट सुरु गर्ने होला भनेर वाल्ल पर्छन्‌। हर्मिटाजमा पुग्दा त्यस्तो अलमल्ल हुन्छ। एउटा अनुमान अनुसार सयौं प्रदर्शन कक्षहरूमा राखिएका प्रत्येक वस्तुको लागि एक मिनेट मात्र बिताउने हो भने पनि यात्रा पूरा गर्न वर्षौं लाग्नेछ।अरू भने सेन्ट पिटर्सवर्गको सबैभन्दा ठूलो धन भनेको यसको बाले भन्छन्‌। उदाहरणका लागि प्रख्यात मारिनिस्की रंगमञ्चमा क्रिस्टलका फोहराहरू मुनि बसेर चारैतिर हेर्न सकिन्छ अनि भित्तामा झण्डै ४०० किलोग्राम सुनको लेप लगाइएको छ। यस्तो भूमिकामा संसारकै सबैभन्दा उत्कृष्ट बाले हेर्न सकिन्छ।

प्रसिद्ध मूल निवासीहरू

म्याक्सिम बार्स्की (जन्म १९७४), सिबन्ट्रेसाइटका पूर्व प्रमुख

दिमित्री डोभ (जन्म १९६६) भिआइएस समूह पूर्वाधार होल्डिंगका महानिर्देशक

दिमित्री पट्रुशेभ (जन्म १९७७), राजनीतिज्ञ, सरकारी कर्मचारी

अलेक्सी टेचर (जन्म १९७९), उद्यमी, वित्तिय

अन्तराष्ट्रिय सम्बन्ध

भगिनी सहरहरू

  • Aarhus, डेनमार्क (since 1989)
  • Adana, टर्की (since 1997)
  • Alexandroupoli, Greece (since 2015)
  • Antwerp, बेल्जियम (since 1958)
  • बैंकक, थाइल्याण्ड (since 1997)
  • बार्सिलोना, स्पेन (since 1984)
  • Bethlehem, प्यालेस्टाइन (since 2003)
  • Bordeaux, फ्रान्स (since 1991)
  • केप टाउन, दक्षिण अफ्रिका (since 2001)
  • Cebu, फिलिपिन्स (since 2010)
  • कोलम्बो, श्रीलंका (since 1997)
  • Chengdu, चीन (since 1998)
  • Daegu, दक्षिण कोरिया (since 1997)
  • Dresden, जर्मनी (since 1961)
  • Edinburgh, बेलायत (since 1995)[not in citation given]
  • फैसलावाद, पाकिस्तान
  • Gdańsk, पोल्याण्ड (since 1961)
  • Graz, अस्ट्रिया (since 2001)
  • Gothenburg, स्विडेन (since 1962)
  • Hamburg, Germany (since 1957)
  • हवाना, क्युवा (since 2000)
  • हेलसिन्की, फिनल्याण्ड (since 1993)
  • Ho Chi Minh City, भियतनाम (since 1977)
  • Isfahan, इरान (since 1999)
  • इस्तानबुल, टर्की (since 1990)
  • Kota Kinabalu, मलेसिया (since 2017)
  • Kotka, फिनल्यान्ड (since 1997)
  • Le Havre, फ्रान्स (since 1965)
  • लस एन्जलस, अमेरिका (since 1990)
  • लियोन, फ्रान्स (since 1993)
  • मेनचेष्टर, बेलायत (since 1956)
  • मेलबर्न, अष्ट्रेलिया (since 1989)
  • Mikkeli, फिनल्याण्ड (since 1996)
  • Montevideo, उरुग्वे (since 1998)
  • मुम्बई, भारत (since 1963)
  • नाइस, फ्रान्स (since 1997)
  • ओसाका, जापान (since 1961)
  • Piraeus, ग्रीस (since 1965)
  • Plovdiv, बुल्गेरिया (since 2001)
  • Prague, Czech Republic (since 1992)
  • Québec City, क्यानाडा (since 2002)
  • रियो दि जेनेरियो, ब्राजिल (since 1986)
  • Rotterdam, नेदरल्यान्ड (since 1966)
  • Santa Cruz de Tenerife, Spain
  • Santiago, Cuba
  • सांघाई, China (since 1959)
  • सोफिया, बुल्गेरिया
  • St. Petersburg, Florida, अमेरिका
  • स्टकहोल्म, स्विडेन (since 1992)
  • Tampere, फिनल्याण्ड (since 1993)
  • Thessaloniki, ग्रीस (since 2002)
  • Turku, फिनल्याण्ड (since 1953)
  • वार्सा, पोल्याण्ड (since 1997)
  • Zagreb, क्रोएसिया (since 1968)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


Tags:

सेन्ट पिटर्सवर्ग नामाकरणसेन्ट पिटर्सवर्ग कार्यालयहरूको निर्माणसेन्ट पिटर्सवर्ग प्रसिद्ध मूल निवासीहरूसेन्ट पिटर्सवर्ग अन्तराष्ट्रिय सम्बन्धसेन्ट पिटर्सवर्ग सन्दर्भ सामग्रीहरूसेन्ट पिटर्सवर्ग बाह्य कडीहरूसेन्ट पिटर्सवर्ग

🔥 Trending searches on Wiki नेपाली:

विराटनगर महानगरपालिकाअन्तर्राष्ट्रिय नारी दिवसअफगानिस्तानमानव संसाधन व्यवस्थापनसदर चिडियाखाना, नेपालनेपाल कम्युनिस्ट पार्टीमोरङ जिल्लाआन्तरिक नियन्त्रण प्रणालीबजारधनुषा जिल्लाप्युठान जिल्लाधादिङ जिल्लासन ह्युङ-मिनरोगश्रीमद्भगवद गीताहात्तीउत्प्रेषणनयाँ पत्रिका दैनिकयोनीप्रविधिमहिला सशक्तिकरणत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअङ्कयुद्धप्रसाद मिश्रऔद्योगिक क्रान्तिपुनर्जागरणअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालॐ नमः शिवायक्रोकस सिटी हलमा आक्रमणभृकुटीविद्यालयसोलुखुम्बु जिल्लाकोशी प्रदेशविकिकथननेपालको जनआन्दोलन २०४६डाँफेसुपादेउराली मन्दिरदुबईगुराँसबजारशास्त्रअर्थराजेश हमालरौतहट जिल्लाप्रजनन स्वास्थ्यसंयुक्त राज्य अमेरिकाअशोक स्तम्भनेपाल सरकारविवाहस्थानीय तहलागत लेखाविधिबसाइँ सराईपर्सा जिल्लालक्ष्मीप्रसाद देवकोटा२०२२ फिफा विश्वकपबोधिचित्तअन्तर्वार्ताकर्णाली नदीऊर्जासार्वजनिक सेवा प्रवाहनेपालका तालहरूको सूचीजयपृथ्वीबहादुर सिंहमदन पुरस्कारजैविक विविधतानेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेवार जातिगोरखा जिल्लाज्योतिषपरराष्ट्र मन्त्रालय (नेपाल)व्यास नगरपालिकाआसियानमहादेशरानीमहलनेपाल विद्यार्थी सङ्घदैलेख जिल्लाइस्वी सम्वत्🡆 More