इसाई धर्म

ईसाई धर्म (अन्य प्रचलित नाम:मसीही धर्म वा क्रिश्चियन धर्म) एक इब्राहीमी एकेश्वरवादी धर्म हो, जसका अनुयायीहरूलाई ईसाई भनिन्छ। ईसाई धर्मका अनुयायी ईसा मसीहको शिक्षा अनुसार चल्दछन्। ईसाइहरूमा धेरै समुदायहरू छन् । जस्तै:- कैथोलिक, प्रोटैस्टैंट, आर्थोडोक्स, एवानजिलक आदि। ईसाई धर्मका अनुसार जीव हत्या, अरुको केहि पनि थोकको लोभ गर्नु ,कसैलाई व्यर्थमा आघात पुर्याउनु, व्‍यविचार गर्नु, आदि पाप हो। बाइबल ईसाई धर्मको धर्मग्रन्थ हो।

इसाई धर्म
ईद्भास/क्रस - यो ईसाई धर्मको चिन्ह हो

ईश्वर

ईसाई एकेश्वरवादी हुन्, तर उनिहरू ईश्वरलाई त्रीएकको रूपमा बुझ्दछन् -- परमपिता परमेश्वर, उनका पुत्र ईसा मसीह (यीशु मसीह) र पवित्र आत्मा।

परमपिता

परमपिता यो सृष्टिका रचयिता हुन् तथा शासक पनि हुन्।,

ईसा मसीह

जसको आज विश्वका सबै भन्दा धेरै मान्छे पूजा गर्दछन ति ईसा मसिहा को हुन् ?

ईसाई धर्मका अनुसार ईसा मसीहा स्वयं परमेश्वर थिए उनी पतन भएका (पापी) सबै मनुष्यहरूलाई पाप तथा मृत्युबाट बचाउनको लागि जगतमा देहधारण गरेर आएका थिए। परमेश्वर आत्मा हुन् उनी पापी मनुष्यहरूलाई हैनकी मनुष्यहरू भित्र भएका पापलाई मेटाउनको लागि एक देह धारण गरेर यो धर्तिमा आएका थिए । उनी यस पृथ्वीका पहिला यस्ता ईश्वर थिए जसले मनुष्यहरू बाँचुन् भनेर पापी, रोगी, मूर्ख र सताइएका व्याक्तिहरूको पक्ष लिए तथा त्यसको बदलामा पापको मुल्य आफ्नो ज्यान दिएर चुकाए। हाम्रा पापहरूको सजाय यीशु मसीहले चुकाएकाले नै हमीहरूलाई पापबाट क्षमा मिल्दछ । यो पापी मनुष्य र पवित्र परमेश्वरको मिलनको मिशन थियो जुन प्रभु यीशुको बलिदानबाट पूरा भयो । एक श्रृष्टिकर्ता परमेश्वर भएर उनले पापिहरूलाई मारेनन् तर पापको इलाज गरे। यो कुरा परमेश्वर पिताको मनुष्यहरू प्रतिको अटूट प्रेमलाई प्रगट गर्दछ। परमेश्वर, शारीरमा आए मनुष्यहरूलाई पापबाट बचाउन यो कुरा यीशु मसीहको परिचय हो। यीशु मसीह परमेश्वर थिए। यसै कुरालाई आजको ईसाई धर्मको आधार मानिन्छ। उनले स्वयं भने म हुँ !!! ईसा मसीह (यीशु) एक यहूदी थिए उनी ४ ईसा पूर्वका समयमा इस्राइल इजराइलको गाउँ बेत्लहममा जन्मेका थिए । ईसाईका अनुसार उनकी माता मारिया (मरियम) कुमारी (वर्जिन) थिईन् । ईसा उनको गर्भमा परमपिता परमेश्वरको कृपाले चमत्कारिक रूपले आएका थिए । ईसाको बारेमा यहूदी नबिहरूले यस्तो भविष्यवाणी गरेका थिए "एक मसीहा (अर्थात "राजा" वा तारणहार) जन्म लिने छ।" कसै कसैले ईसा भारतमा पनि आएका थिए भन्ने मान्छन्। पछि गएर ईसाले इजराइलमा यहूदियहरूका माझ प्रेमको सन्देश सुनाए र भने "म नै ईश्वरको पुत्र हुँ"। यो कुरामा पुराणपन्थी यहूदी धर्मगुरु भड्किए र उनका आज्ञानुशार इजराइलको रोमन राज्यपालले ईसालाई क्रूसमा चढेर मर्नाको प्राणदण्ड दिए। ईसाईका अनुसार यसका तीन दिन पछि ईसाको पुनरुत्थान भयो अथवा ईसा पुनर्जीवित भए। ईसाका उपदेश बाइबल का नयाँ नियममा उनका शिष्यहरू द्वारा रेखांकित गरिएका छन्।

पवित्र आत्मा

पवित्र आत्मा त्रिएक परमेश्वरका तेश्रा व्यक्तित्व हुन् जसको प्रभावमा व्यक्ति आफू भित्र ईश्वरको महसुस गर्दछ। यो ईसाको चर्च एवं अनुयाईहरूलाई निर्देशित गर्दछ।

बाइबल

ईसाई धर्मग्रन्थ बाइबलमा २ भाग छन्। पहिलो भाग (पुरानो नियम) र यहूदिहरूको धर्मग्रन्थ एउटै हुन्। दोश्रो भाग (नयाँ नियम) ईसाका उपदेश, चमत्कार र उनका शिष्यहरूका कामसँग सम्बन्ध राख्दछ।


सन्दर्भ

Tags:

इसाई धर्म ईश्वरइसाई धर्म बाइबलइसाई धर्म सन्दर्भइसाई धर्मबाइबलयशू ख्रिष्ट

🔥 Trending searches on Wiki नेपाली:

नमस्तेकालीगण्डकी जलविद्युत आयोजनाखस जातिकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)संयुक्त राज्य अमेरिकासंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूपुनर्जागरणभूपि शेरचनगाउँपालिकासुधा त्रिपाठी१ वैशाखमकैनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सीतावैवाहिक बलात्कारबाल विकासफोक्सुन्डो तालयोनीमहाकाव्यमुलुकी ऐननेपालमा पर्यटननेपालको इतिहासदौरा सुरुवालराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)मधेसतिर (कथा)पाठ्यक्रममाओवादी जनयुद्धपाँचथर जिल्लाभण्डारखाल पर्वनेपालका संवैधानिक निकायहरूनुवाकोट जिल्लालोकगीतराष्ट्रिय सभा (नेपाल)न्यायिक समितिविश्वेश्वरप्रसाद कोइरालाअफ्रिकानेपाली कांग्रेसअखिल नेपाल फुटबल सङ्घमानव विकास सूचकाङ्कधरहराचैते दसैँनेपालका प्रमुख नदीहरूको सूचीनिर्वाचन प्रणालीदेशान्तरबीमादीपेन्द्र सिंह ऐरीयशू ख्रिष्टचलानीब्रह्माण्डनेपालको पहिलो संविधान सभाकर्मचारी सञ्चय कोषत्रिभुवन वीरविक्रम शाहपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीनेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८माछापुच्छ्रे बैंक लिमिटेडसमावेशीकरणनवलपरासी जिल्लानेपालका मन्त्रिपरिषद्हरूशिक्षाभानुभक्त आचार्यवाणिज्य बैंकव्यवस्थापनतामाङ जातिमोबाइल फोनक्रोकस सिटी हलमा आक्रमणदसैँकुसुम (फल)नेपालको झन्डाविसं २०७२ को महाभूकम्पराष्ट्रिय सभा निर्वाचन, २०८०बाघउखान-टुक्काओखलढुङ्गा जिल्लालेखा प्रणाली🡆 More