लात्भिया: युरोपको देश

लात्भिया, लात्भियाली: Latvija ; लात्गाली: Latveja; लिभोनियाली: Leţmō), वा आधिकारिक रूपमा गणतन्त्र लात्भिया (लात्भियाली: Latvijas Republika, लात्गाली: Latvejas Republika, लिभोनियाली: Leţmō Vabāmō) उत्तरी युरोपको बाल्टिक क्षेत्रमा पर्ने एक देश हो। यो बाल्टिक राज्यहरू मध्ये एक हो। देशको उत्तरमा एस्टोनिया, दक्षिणमा लिथुआनिया, पूर्वमा रूस, दक्षिणपूर्वमा बेलारुस र पश्चिममा स्विडेनसँग समुद्री सिमाना साझेदारी गरेको छ। लात्भियाले ६४,५८९ वर्ग किलोमिटर (२४,९३८ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र यसको जनसङ्ख्या १९ लाख रहेको छ। यस देशमा शीतोष्ण मौसमी हावापानी पाइन्छ। यसको राजधानी र सबैभन्दा ठूलो सहर रिगा हो। लात्भियाली बाल्टिक क्षेत्रको एकै जातीय समूह र भाषा बोल्ने समूहका हुन्। देशको आधिकारिक भाषा लात्भियाली हो जुन बाल्टिक भाषा बोल्ने एक मात्र जीवित दुई भाषाहरू मध्ये एउटा हो। रूसीहरूको जनसङ्ख्या झन्डै एक चौथाइ भएको यस देशका प्रमुख अल्पसङ्ख्यकहरू हुन्।

गणतन्त्र लात्भिया
  • Latvijas Republika  (लात्भियाली)
  • Latvejas Republika  (Latgalian)
  • Leţmō Vabāmō  (Livonian)
लात्भियाको झण्डा
झन्डा
लात्भियाको निशान छाप
प्रतीकचिह्न
राष्ट्रिय गान: Dievs, svētī Latviju!
(नेपाली: "भगवानले लात्भियालाई आशिष दिनुहुन्छ!")
 लात्भिया-अवस्थिति (गाढा हरियो) – युरोप (हरियो & गाढा खैरो) – युरोपेली सङ्घ (हरियो)  –  [व्याख्या]
 लात्भिया-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा खैरो)
– युरोपेली सङ्घ (हरियो)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
रिगा
५६°५७′उ॰ २४°६′पू॰ / ५६.९५०°N २४.१००°E / 56.950; 24.100
आधिकारिक भाषाहरूलात्भियाली
जातिगत समूहहरू
(सन् २०१९)
  • ६२.५% लात्भियाली
  • २४.७% रुसी
  • 3.2% बेलारुसी
  • २.२% युक्रेनी
  • १.९% पोल्यान्डेली
  • १.१% लिथुआनियाली
  • ०.२% रोमानी
  • ०.२% यहूदी
  • ३.६% अन्य /
    नछुट्याइएको
धर्म
(सन् २०११)
  • ८०.०% इसाई
  • —34.3% लुथरवादी
  • —२५.१% रोमन क्याथोलिक
  • —१६.९% रूढीवादी
  • —३.७% अन्य इसाई
  • १८.३% धर्म इतर
  • १.७% अन्य
रैथाने(हरू)लात्भियाली
सरकारएकात्मक संसदीय संवैधानिक गणतन्त्र
एगिल्स लेभित्स
Krišjānis Kariņš
व्यवस्थापिकासाइमा
स्वतन्त्र 
• घोषणा
१८ नोभेम्बर १९१८
• मान्यता प्राप्त
२६ जनवरी १९२१
• हालको संविधान
७ नोभेम्बर १९२२
• सोभियत सङ्घको पतन पछि
२१ अगस्ट १९९१
• युरोपेली सङ्घमा आवद्ध
१ मे २००४
क्षेत्रफल
• जम्मा
६४,५८९ किमी (२४,९३८ वर्ग माइल) (१२२औँ)
• पानी (%)
२.०९ (सन् २०१५)
जनसङ्ख्या
• सन् २०२० अनुमानित
१९,०७,६७५ (१४७औँ)
• सन् २०११ जनगणना
२०,७०,३७१
• घनत्व
२९.६ /किमी2 (७६.७ /वर्ग माइल) (१४७औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२१ लगत
• जम्मा
$६३.५३९ अर्ब
• प्रति व्यक्ति
$33,393
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
$३७.७२० अर्ब
• प्रति व्यक्ति
$१९,८२४
गिनी (सन् २०१९)३५.२
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.८६६
धेरै उच्च · 37th
मुद्रायुरो (€) (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (पूर्वीय युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वीय युरोपेली ग्रीष्मकालिन समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३७१
इन्टरनेट डोमेन.lv
  1. लात्भियाली भाषा देशको आधिकारिक भाषा हो लिभोनियाली यहाँको लोपोन्मुख भाषा मध्ये एक हो र यसलाई विशेष कानुनी स्थिति प्रदान गरिएको छ। लात्गाली लिखित भाषा हो र लात्भियाली साङ्केतिक भाषालाई विशेष कानुनी स्थिति प्रदान गरिएको छ।
  2. लात्भिया कानुनी रूपमा १८ नोभेम्बर १९१८ देखि अस्तित्वमा आएको थियो।
  3. युरोपेली सङ्घको सदस्य राष्ट्र भएकाले डटइयू डोमेन पनि प्रयोगमा रहेको छ।

शताब्दीयौँसम्म जर्मनेली, स्विडेनी, पोल्यान्डेली-लिथुआनियाली र रूसी शासनको नियन्त्रणमामा रहेको थियो जहाँ मुख्यतया बाल्टिक जर्मनेली कुलीनद्वारा शासन सञ्चालन गरिएको थियो। जर्मनेली साम्राज्यबाट अलग भएसँगै गणतन्त्र लात्भिया स्थापना १८ नोभेम्बर १९१८ मा भएको थियो र प्रथम विश्व युद्ध पश्चात् यो स्वतन्त्र राष्ट्र घोषित भएको थियो।तथापि, सन् १९३४ मा, कार्लिस उल्मानिसको अधीनमा सत्तावादी शासन स्थापना गरेपछि सन् १९३० को दशकसम्मै देश झन्-झनै निरङ्कुश बन्न पुगेको थियो।

दोस्रो विश्वयुद्धको प्रारम्भमा देशको वास्तविक स्वतन्त्रतामा बाधा पुगेको थियो। सोभियत सङ्घले लात्भियामा जबरजस्ती निगमन गरेको थियो। त्यसपछि यसलाई सन् १९४१ मा नाजी जर्मनीले आक्रमण र कब्जा गरेको थियो। सन् १९४४ मा सोभियत सङ्घले लात्भियाली सोभियत समाजवादी गणतन्त्र गठन गरी आगामी ४५ वर्षको लागि शासन पुन: कब्जा गरेको थियो। देशमा शान्तिपूर्ण गायन क्रान्ति सन् १९८७ मा सुरु भएको थियो र २१ अगस्त १९९१ मा वास्तविक स्वतन्त्रता को पुनर्स्थापनासँगै अन्त्य भएको थियो। त्यसबेला देखि लात्भिया लोकतान्त्रिक एकात्मक संसदीय गणतन्त्र भएको छ।

उच्च आय भएको उन्नत अर्थतन्त्र सहित लात्भिया एक विकसित देश हो। मानव विकास सूचकाङ्कमा धेरै उच्च स्थानमा रहेको छ। यसले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, इन्टरनेट स्वतन्त्रता, प्रजातान्त्रिक शासन, जीवनस्तर र शान्तिको मापनमा अनुकूल प्रदर्शन गर्दछ। लात्भिया युरोपेली सङ्घ, युरोजोन, नाटो, युरोप परिषद्, संयुक्त राष्ट्र सङ्घ, बाल्टिक सागर राज्यहरूको परिषद्, अन्तर्राष्ट्रिय मुद्रा कोष, नोर्दिय-बाल्टिक आठ, नोर्दिय लगानी बैङ्क, आर्थिक सहयोग तथा विकास सङ्गठन, युरोपको सुरक्षा तथा सहयोग सङ्गठन र विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र हो।


यो पनि हेर्नुहोस्


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

    सरकार
    साधारण जानकार
    संस्कृति
    यात्रा
    नक्साहरू

Tags:

बेलारुसयुरोपरुसलात्भियाली भाषालिथुआनियास्विडेन

🔥 Trending searches on Wiki नेपाली:

बुटवल उपमहानगरपालिकासहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रकुकुरउपयोगिताशिक्षाजनसाङ्ख्यिकीय लाभांशनेपालका राजनीतिक दलहरूको सूचीखोटाङ जिल्लाविद्युतभूगोलयुट्युबत्रिभुवन विश्वविद्यालयशिक्षण विधिहरितगृह प्रभावफौजदारी कानुनथारू जातिसिन्धुली जिल्लानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीदिगो विकासका लक्ष्यहरूहिमाली प्रदेश (नेपाल)घुम्ने मेचमाथि अन्धो मान्छेनेपालको राष्ट्रपतित्रिभुवन वीरविक्रम शाहगोपालप्रसाद रिमालनेपालमा भूकम्पको इतिहासकालिञ्चोक भगवतीगङ्गालाल श्रेष्ठमहादेशधर्म निरपेक्षतासहकारीबारा जिल्लामानव विकास सूचकाङ्कआन्तरिक राजस्व विभाग (नेपाल)नयाँ वर्षसर्लाही जिल्लागायत्री मन्त्रबैतडी जिल्लाअपाङ्गतानेपालका जातिहरूबाथनेपालको प्रधानमन्त्रीस्याङ्जा जिल्लादिल्ली सम्झौताखालिस्तान आन्दोलनदोस्रो विश्व युद्धमन्दिर२०२४ इन्डियन प्रिमियर लिगआयोजनागुराँसनेपालको अन्तरिम संविधान २०६३गौरा पर्वसंविधान सभा निर्वाचन, २०६४गणतन्त्रमहानगरपालिकाश्रीमद्भगवद गीताव्यवस्थापन लेखाविधिनेपाल कम्युनिस्ट पार्टीनविकरणीय उर्जागणेशनारायणगोपाल गुरूवाचार्यविश्वकोशवीरेन्द्र वीरविक्रम शाहनेपालमा बोलिने भाषाहरूजगेडानेपालको निसानछापफिफा विश्वकपदुबईसयौँ थुङ्गा फूलका हामीमायाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयाससिन्धुलीगढीरक्सीनेपालका जिल्लाहरूबजारमाधवकुमार नेपालशीतयुद्ध🡆 More