साकिब आल हासान

साकिब आल हासान (बङ्गला:সাকিব আল হাসান; जन्म: २४ मार्च १९८७) एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् जसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दश वर्षसम्म शीर्षक स्थानमा रहँदै नयाँ कीर्तिमान राखेका थिए भने उनी हाल पनि टेस्ट क्रिकेट, टि ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रियमा शीर्षक तीन स्थानमा पर्छन्। उनी सन् २०१९ मा इएसपिएन विश्व फेम १०० मा विश्वको उत्कृष्ट खेलाडीको सूचीमा पर्न सफल भएका थिए। उनी आक्रामक बायाँ हातको ब्याट्सम्यान र निम्न ओर्थोडोक्स बलरको रूपमा परिचित छन्। उनले बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीलाई थुप्रै उदक तथा उपाधिहरू दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

साकिब आल हासान
साकिब आल हासान
सन् २०१९ मा हासान
व्यक्तिगत जानकारी
नामसाकिब आल हासान
जन्म (1987-03-24) २४ मार्च १९८७ (उमेर ३७)
मागुरा, बङ्गलादेश
उचाई१.७५ मी (५ फिट ९ इन्च)
ब्याटिङदायाँ-हाते
बलिङमध्यम दायाँ हाते अर्थोडक्स
भूमिकाअल राउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ४६)१८ मे २००७ v भारत
अन्तिम टेस्ट५ सेप्टेम्बर २०१९ v अफगानिस्तान
एदिअ पदार्पण (क्याप ८२)६ अगष्ट २००६ v जिम्बाब्वे
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय५ जुलाई २०१९ v पाकिस्तान
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक७५
टि२०आई पदार्पण (क्याप ११)२८ नोभेम्बर २००६ v जिम्बाब्वे
अन्तिम टि२०आई२१ सेप्टेम्बर २०१९ v अफगानिस्तान
घरेलु टोली जानकारी
वर्षटिम
२००४–२०१९खुलना विभाग
२०१०–२०११वोरचेष्टरसायर
२०११–२०१७कोलकाता नाइट राइडर्स (squad no. ७५)
२०१२खुलना रोयल बङ्गाल
२०१२उतुरा रुद्राज
२०१३ढाका ग्ल्याडिडर्स
२०१३लिचेष्टरसायर
२०१३, २०१८–२०१९बार्बाडोस टार्जेस्ट्स (squad no. ७५)
२०१४एल्डिलेड स्ट्राइक्स (squad no. ७५)
२०१५मेलबर्न रेनोगेट्स (squad no. ७५)
२०१५रङ्पुर राइडर्स
२०१६कराची किङ्स (squad no. ७५)
२०१६–२०१७जमैका तालावाज (squad no. ७५)
२०१६–२०१९ढाका डाइनामाइट्स (squad no. ७५)
२०१७–२०१८पेशावर जालमी (squad no. ७७)
२०१८–२०१९सनराइजर्स हैदराबाद (squad no. ७५)
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रथम श्रेणी क्रिकेट
म्याच ५६ २०६ ७६ ९२
कुल रन ३,८६२ ६,३२३ १,५६७ ५,७७७
ब्याटिङ औसत ३९.४० ३६७.८६ २३.७४ ३७.२७
१००/५० ५/२४ ९/४७ ०/९ ८/३४
सर्वोच्च स्कोर २१७ १३४* 84 २१७
कुल बल १३,०२० १०,५१७ १,६६७ १९,१७०
विकेट २१० २६० ९२ ३१०
बलिङ औसत ३१.१२ ३०.२१ २०.५८ ३०.०३
एक इनिङमा ५ विकेट १८ २३
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ७/३६ ५/२९ ५/२० ७/३२
क्याच/स्टम्प २४/– ५०/- १९/- ४७/–
स्रोत: इइसपियन क्रिक इन्फो, २१ सेप्टेम्बर २०१९

सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा इतिहासमै पहिलोपटक तिनै विधामा (टेस्ट क्रिकेट, टि ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय) शीर्ष स्थानमा पर्ने पहिलो अल राउन्डर बन्न सफल भएका थिए। उनी हाल एकदिवसीय अन्तर्राष्ट्रियमा शीर्ष स्थान, टेस्ट क्रिकेट र टि ट्वान्टीमा दोस्रो स्थान रहेका छन्। सन् २०१७ जनवरी १३ मा टेस्ट क्रिकेट अन्तर्गत व्यक्तिगत २१७ रन बनाउने पहिलो बङ्गलादेशी क्रिकेट खेलाडी बनेका थिए। नोभेम्बर २०१८ मा व्यक्तिगत २०० विकेट झार्ने उनी पहिलो बङ्गलादेशी क्रिकेट खेलाडी बनेका थिए। जुन २०१९ मा साकिब १९९ खेलहरूमा सबैभन्दा छिटो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६,००० रन र २५० विकेट झार्दै कीर्तिमान बनाएका थिए। उनी बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीकको प्रतिनिधित्व गर्दै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् भने विश्वकपमा १००० रन र ३० विकेट लिने उनी एक मात्र बङ्गलादेशी क्रिकेट खेलाडी हुन्। सन् २०१९ को विश्वकपमा व्यक्तगत ६०० रन र १० विकेट लिने उनी पहिलो क्रिकेट खेलाडी बन्न सफल भएका थिए।

शुरूवात वर्ष

साकिबको जन्म २४ मार्च १९८७ मा बङ्गलादेशको खुलना विभागमा पर्ने मगुडा जिल्लामा भएको थियो। साकिबले सानै उमेर देखि क्रिकेट खेल्न शुरू गरेका थिए। प्रथम आलो खेलकुद सम्पादक उत्पल शुभ्रोका अनुसार शाकिब " साकिब क्रिकेटमा प्रवीण थिए र प्राय विभिन्न गाउँ र टोलीहरूले उनलाई खेल खेल्न बोलाउने गर्दथे"। ती मध्ये एक खेलमा साकिबले निर्णय लिने व्यक्तिलाई प्रभावित गरे जसले उनलाई मागुरा क्रिकेट लिगमा रहेको इस्लामपुर पारा क्लबसँग अभ्यास गर्ने प्रबन्ध मिलाए।

अभ्यास सत्रको क्रममा सकिबले आक्रामक ब्याटिङ र तेज बलिङ गरे जसरी उनी सामान्य गर्ने गर्थे। उनलाई इस्लामपुरका लागि खेल्नको लागि छनोट गरियो र उनले पहिलो बलमानै विकेट लिए सफल भएका थिए। उनले बङ्गलादेश सरकार द्वरा खेलकुदमा इजाजतप्राप्त क्रिरा शिक्षा प्रतिष्ठानमा ८ महिनाको प्रशिक्षण गरेका थिए भने सन् २००४ मा साकिबले १७ वर्षको उमेरमा राष्ट्रिय घरेलु लिगमा खेल्नको लागि खुल्लाले मस्यौदा तयार गरेको थियो। साकिबले शुरूवात चरणमा हरारे स्पोर्ट्स क्लबमा बङ्गलादेशको प्रतिनिधित्व गर्दै सन् २००६ अगष्टमा १९ वर्ष मुनिका राष्ट्रिय टोलीबाट जिम्बाब्वेको विरुद्धमा खेलेका थिए। उनले बङ्गलादेशको जितमा महत्त्वपूर्ण भूमिका खेले, जहाँ उनले ३० रन बनाए र आफ्नो पहिलो एकदिवसीय विकेट लिँदै एल्टन चिगुम्बुरालाई आउट गरे। सन् २००५ मा इङ्ल्याण्ड र श्रीलङ्का १९ वर्ष मुनिको टोली समावेशी ट्राई ट्री टूर्नामेन्टको फाइनलमा साकिबले ८७ बलमा शतक बनाए र ३ विकेट लिन सफल भएका थिए। सन् २००५ र २००६ को बीच साकिबले १ युवा एकदिवसीय अन्तर्राष्ट्रिय खेल जहाँ उनले ३५.१८ को औसतमा ५६३ रन बनाए भने २०.१८ को औसतमा २२ विकेट लिए।

घरेलु तथा टि ट्वान्टी क्रिकेट

घरेलु हिसाबमा साकिबले सन् २००४ देखि खुलनाको प्रतिनिधित्व गर्दै आएका थिए भने सन् २०१० मा साकिबले इङ्ल्याण्डको एक क्रिकेट टोली वार्चेष्टरसाइरमा केही महिनाका लागि आवद्ध भएका थिए भने उनी इङ्ल्याण्डको क्रिकेट टोलीमा आवद्ध हुने पहिलो बङ्गलादेशी क्रिकेट खेलाडी बनेका थिए। सन् २०११ इण्डियन प्रिमियर लिगका लागि साकिबले कोलकाता नाइट राइडर्ससँग सम्झौता गरेका थिए।

साकिबलाई कलकत्ता नाइट राइडर्सले निस्कासन गरेपछि उनी सन् १०१८ को इण्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादसँग आवद्ध भएका थिए। बङ्गलादेश प्रिमियर लिगको पहिलो संस्करणमा साकिबले खुलना रोयल बङ्गालको कप्तान पद सम्हालेका थिए भने दोस्रो संस्करणमा उनी ढाका ग्ल्याडिटर्सको कप्तान पद सम्हालेका थिए। सन् २०१५ को संस्करणमा उनी रङ्पुर राइडर्सका लागि खेल खेलेका थिए भने सन् २०१६ को संस्करण पछि उनी ढाका डाइनामाइटसँग आवद्ध छन्। सन् २०१२ श्रीलङ्का प्रिमियर लिगमा उनले उथरा रुद्राको प्रतिनिधित्व गरेका थिए। साकिबले सन् २०१३ क्यारिबियन प्रिमियर लिगमा बार्बाडोस ट्रिडेन्सका लागि पनि खेल खेलेका थिए। साकिबले सन् २०१६ र सन् १०१७ को क्यारिबियन प्रिमियर लिगमा जमैका तालावासका लागि खेल खेलेका थिए भने पछि सन् २०१८ मा उनी पुन बार्बाडोसमा फर्किएका थिए। सन् २०१५ को संस्करणमा उनलाई मेलबोर्न रिनिगेड्सले छनोट गरेको थियो। सन् २०१६ को पाकिस्तान प्रिमियर लिगको संस्करणमा साकिबलाई कराची किङले छनोट गरेको थियो भने सन् २०१७ को संस्करणमा उनी पेशावर जाल्मीसँग आवद्ध भएका थिए भने सन् २०१८ को संस्करणमा पनि उनी उक्त टोलीका लागि खेल्न भएका थिए तर उनीलाई चोट लागेका कारण उनी खेल खेल्न असमर्थ रहे।

सन् २०१९ जुनमा २०१९ ग्लोबर टि ट्वान्टी क्यानडा प्रतिस्पर्धाका लागि ब्राम्टन उल्भ्सका लागि छनोट भएका थिए।

अन्तर्राष्ट्रिय कार्यकाल

पर्दापण वर्ष

साकिबले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल हरारे स्पोर्ट्स क्लबमा बङ्गलादेशको प्रतिनिधित्व गर्दै सन् २००६ अगष्टमा १९ वर्ष मुनिका राष्ट्रिय टोलीबाट जिम्बाब्वेको विरुद्धमा खेलेका थिए। उनले बङ्गलादेशको जितमा महत्त्वपूर्ण भूमिका खेले, जहाँ उनले ३० रन बनाए र आफ्नो पहिलो एकदिवसीय विकेट लिँदै एल्टन चिगुम्बुरालाई आउट गरेका थिए।

६ अगष्टका दिन भारतको विरुद्धमा साकिबले टेस्ट क्रिकेटमा पर्दापण गरेका थिए। सन् २००९ देखि अप्रिल २०११ सम्म र पछि मार्च २०१२ मा साकिब अन्तर्राष्ट्रिय क्रिकेट परिषद् द्वरा अल राउन्डरको शीर्ष स्थानमा पर्न सफल भएका थिए। डिसेम्बर २०११ मा साकिब विश्वकै सबैभन्दा उत्कृष्ट अल राउन्डर बनेका थिए। सन् २०१४ मा साकिब विश्वका २० सबैभन्दा उत्कृष्ट अल राउण्डको सूचीमा परेका थिए। उनी हाल दिन दर्जाका क्रिकेट खेलहरूमा (टेस्ट क्रिकेट, एकदिवसीय अन्तर्राष्ट्रिय र टि ट्वेन्टी) शीर्ष तीनमा रहेका छन्। सन् २००८ मा न्युजिल्याण्ड विरुद्धको खेलमा साकिबले ३६ रन खर्चिँदै ७ विकेट लिन सफल भएका थिए। हाल सम्म साकिब बङ्गलादेशका सर्वाधिक विकेट लिन क्रिकेट खेलाडी हुन्। सन् २००९ मा साकिबले बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको उपकप्तान पद सम्हालेका थिए। साकिब २२ वर्षको हुँदा बङ्गलादेश र वेस्ट इण्डिजको खेलमा बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका तात्कालिक कप्तान मसराफ मोरटोजा घाइते भएपछि साकिबले कप्तान पद पनि सम्हालेका थिए। साकिब नोभेम्बर २००९ मा उत्कृष्ट टेस्ट क्रिकेट खेलाडी बन्न सफल भएका थिए। जुलाई २०१० मा साकिबले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पद छाडेका थिए भने कप्तान पदमा मोर्टोजा आएका थिए। मोर्टोजा पुनः घाइते भएपछि साकिबलाई कप्तान पद सम्हाल्न आव्हान गरिएको थियो। सन् २०११ को विश्वकपमा बङ्गलादेशले राम्रो प्रदर्शन नगरेपछि उनले कप्तान पद त्यागेका थिए। सन् २०१५ को विश्वकपमा साकिबले बङ्गलादेशको प्रतिनिधित्व गर्दै शुरूमा मैदान उत्रिएका थिए भने उनी सबै एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरूमा कुल ४,०४० रन बनाउन सफल हुने पहिलो बङ्गलादेश क्रिकेट खेलाडी बनेका थिए।

थप सफलता (सन् २००६–२००८)

फेब्रुअरी २००६ मा साकिब बङ्गलादेश र जिम्बाब्वेको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सकिबले बङ्गलादेशको प्रतिनिधित्व गर्ने मौका पाएका थिए। राष्ट्रिय टोलीमा साकिब फरहाद रेजा र मुस्तफिजुर रहमानसँगै पहिलो खेल खेल्न छनोट भएका थिए। तात्कालिक समयमा साकिब र रेजालाई तीन श्रेणीको क्रिकेटमा बङ्गलादेशका उत्कृष्ट खेलाडीको रूपमा वर्णन गरिएको थियो भने यी दुई युवा खेलाडी द्वरा राष्ट्रिय टोली र व्यवस्थापन समितिले ठूलो अपेक्षा गरेको थियो। साकिबले यस खेल हरारे स्पोर्ट्स क्लबमा बङ्गलादेशको प्रतिनिधित्व गर्दै सन् २००६ अगष्टमा १९ वर्ष मुनिका राष्ट्रिय टोलीबाट जिम्बाब्वेको विरुद्धमा खेलेका थिए। उनले बङ्गलादेशको जितमा महत्त्वपूर्ण भूमिका खेले, जहाँ उनले ३० रन बनाए र आफ्नो पहिलो एकदिवसीय विकेट लिँदै एल्टन चिगुम्बुरालाई खेलबाट निस्कासन गरेका थिए। यस शृङ्खलामा साकिबले अविजित रहँदै ३० रन जोडे भने शाशरियर नाफिसले बङ्गलादेशको प्रतिनिधित्व गर्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सतक बनाउन सफल भएका थिए जसका कारण बङ्गलादेशले जिम्बाब्वेलाई सहजै आठ विकेटले पराजित गरेको थियो। सन् २००६ सेप्टेम्बरमा बङ्गलादेश क्रिकेट परिषद् द्वरा राष्ट्रिय क्रिकेट टोलीमा आवद्ध गराइएका फरहाद रेजा र मेहराब हुसेनसँग साकिब पनि एक थिए जसले गर्दा २० देखि २३ वर्ष मुनि उमेरको राष्ट्रिय खेलडीहरूको सङ्ख्यामा वृद्धि भएको थियो।

सन् २००७ को क्रिकेट विश्वकप वेस्ट इण्डिजले आयोजना गरेको थियो भने यस क्रिकेट विश्वकपमा बङ्गलादेशले पनि भाग लिएको थियो। बङ्गलादेश क्रिकेट परिषद्ले विश्वकपमा लागि १५ पुरुष खेलाडी छनोट गरेको थियो जसमा साकिब पनि समावेश थिए भने बङ्गलादेश राष्ट्रिय टोलीको नेतृत्व हाबिबुल बसारले गरेका थिए। बङ्गलादेशले समूह चरण पार गर्दै दोस्रो चरणमा पुगेको थियो भने विश्वपमा ७ अौँ भएको थियो। यस प्रतिस्पर्धामा बङ्गलादेशले भारतलाई हराउँदै खेलबाट निस्कासन गराउन सफद भएको थियो। भारतले दिएको १९२ को लक्ष पछ्याउने क्रममा, यस अघि ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका तामिम इकबाल, मुस्तफिजुर रहमान र साकिब हासानले समान अर्थसतक रन जोड्दै लक्ष्य सम्म पुग्न सफल भएका थिए। यसै विश्वकपमा साकिबले अर्को अर्धसतक रन बनाउन सफल भएका थिए तर बङ्गलादेश दोस्रो चरणमा पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको थियो। त्यस वर्ष पछि मे महिनामा बङ्गलादेश र भारत बीचको ३ एकदिवसीय अन्तर्राष्ट्रिय र २ टेस्ट क्रिकेट प्रतियोगिता आयोजना भएको थियो। १८ मे का दिन साकिबले बङ्गलादेशको प्रतिनिधित्व गर्दै टेस्ट क्रिकेटमा पर्दापण गरेका थिए। उनले त्यस शृङ्खलामा २७ रन जोडे र कुल १३ ओबरमा उनले एक विकेट पनि लिन असमर्थ रहे भने यस खेल बराबरीमा समाप्त भएको थियो। यस एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट शृङ्खलामा बङ्गलादेश दुवै प्रतिस्पर्धामा पराजित भएको थियो भने यस शृङ्खलामा बङ्गलादेश पराजित भएपछि राष्ट्रिय टोलीका तात्कालिक प्रशिक्षक डेभ ह्वाटमोरेले राजिनामा दिएका थिए भने तात्कालिक कप्तान मोहम्मद आसरफुलालाई पनि हाबिबुल बेसहारले विस्थापित गरेका थिए।

सन् २००७ मा दक्षिण अफ्रिकामा आइसिसि ट्वेण्टी२० विश्वकप आयोजना गरेको थियो भने जहाँ बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीले पनि सहभागीता जनाएको थियो। बङ्गलादेशले शुरूवाती चरण र समूह चरणमा वेस्ट इण्डिजलाई हराउन सफल भएको थियो तर कुल ५ खेल खेलेको बङ्गलादेश राष्ट्र टोलीले मात्र १ खेल जितेको थियो भने अन्य ४ खेलहरूमा पराजित हुन पुगेको थियो। वेस्ट इण्डिजसँगको खेलमा साकिबले ३४ ओभरमा ४ विकेट झार्न सफद भएकम थिए र यसको साथसाथै बङ्गलादेशी क्रिकेट खेलाडीले टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा ४ विकेट झार्ने साकिब पहिलो बनेका थिए। यस टि ट्जेण्टी क्रिकेटमा बङ्गलादेश र अष्ट्रेलियाको बीच प्रतिस्पर्धा भएको थियो जहाँ साकिब, मोरटोजा र आलोक कपिललाई अष्ट्रेलियाली बलर ब्रेट लिले ह्याट्रिमा आउट गरेका थिए जसका कारण बङ्गलादेशले ९ विकेटले खेल गुमाउन पुगेको थियो। सोही वर्षको अक्टोबर महिनामा अष्ट्रेलियाली सहायक प्रशिक्षक जेमी सिडन्सले बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक पद सम्हाल्ने घोषणा गरिए थियो भने उनले बङ्गलादेशी खेलाडी र राष्ट्रिय स्तरका खेलाडी राम्रो प्रशिक्षण दिने बताएका थिए।

सन् २००७ डिसेम्बर र सन् २००८ जनवरीमा बङ्गलादेश र न्युजिल्याण्ड बीच दुई टेस्ट र ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू आयोजना गरिएको थियो तर उक्त पहिलो टेस्ट शृङ्खलामा भने सकिबले खेल खेलेका थिएनन्। चौँथो टेस्ट शृङ्खला सम्म सकिबले एक पनि विकेट लिन सकेका थिएनन् भने उनले पहिलो विकेट न्युजिल्याण्डका क्रेज कमिङको विकेट झार्न सफल भएका थिए। न्युजिल्याण्डले बङ्गलादेशलाई १३७ रनले पराजित गर्दै २ शृङ्खला जितेको थियो भने बङ्गलादेश र न्युजिल्याण्ड बीचको एकदिवसीय अन्तर्राष्ट्रिय पनि न्युजिल्याण्डले ३-० ले हात पारेको थियो। सकिबले बङ्गलादेशको तर्फबाट तीनै एकदिवसीय अन्तर्राष्ट्रिय खेल न्युजिल्याण्को विरुद्धमा खेलेका थिए जहाँ उनले १०.३३ को अौषतमा ३१ रन बनाए भने ४२.३४ को अौषतमा ३ विकेट लिएका थिए। फेब्रुअरी र मार्च २००८ मा दक्षिण अफ्रिका र बङ्गलादेशको बीच दुई टेस्ट र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल जारि गरिएको थियो जहाँ बङ्गलादेश दुवैको टेस्ट खेलहरूमा पराजित भएको थियो। बङ्गलादेश दुवै खेलमा पराजित भएको खेलमा साकिबले पनि खेलेका थिए जहाँ उनले मात्र १ विकेट लिए भने ७५ रन जोडेका थिए। दक्षिण अफ्रिकाले एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३-० ले जितेको थियो। यस एकदिवसीय शृङ्खलामा ३५.३७ को अौषतमा साकिबले एकदिवसीय अन्तर्राष्ट्रिय व्यक्तिगत १,००० रन बनाउन सफल भएका थिए।

बङ्गलादेशका प्रमुख अल राउन्डर (सन् २००८–हाल)

सन् २००८ मा बङ्गलादेश विरुद्ध न्युजिल्याण्ड एकदिवसीय अन्तर्राष्ट्रिय तथा टेस्ट शृङ्खलाको सुरुवात हुनु भन्दा अघि साकिब राष्ट्रिय टोलीका अल-राउण्ड भएता पनि उनलाई मुख्यतया बलर भन्दा ब्याट्सम्यान रूपमा देखिन थालेका थिए भने उनले न्युजिल्याण्डको विरुद्धक‍ टेस्ट क्रिकेटमा उनी ब्याट्सम्यानको रूपमा मैदान उत्रिएका थिए।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

साकिब आल हासान शुरूवात वर्षसाकिब आल हासान घरेलु तथा टि ट्वान्टी क्रिकेटसाकिब आल हासान अन्तर्राष्ट्रिय कार्यकालसाकिब आल हासान सन्दर्भ सामग्रीसाकिब आल हासान बाह्य कडीहरूसाकिब आल हासानएकदिवसीय अन्तर्राष्ट्रियटेस्ट क्रिकेटट्वान्टी२० अन्तर्राष्ट्रियबङ्गलादेशबङ्गाली भाषा

🔥 Trending searches on Wiki नेपाली:

अर्थ मन्त्रालय (नेपाल)नदीको आधारमा नेपालको विभाजनप्रतिव्यक्ति आयराजेश हमालमहाभारतसिन्धुलीगढीकोशिका सिद्धान्तॐ नमो भगवते वासुदेवायसरस्वतीकानूनतेह्रथुम जिल्लानेपाली रुपैयाँदोलखा जिल्लाधान नाचवराहक्षेत्रजापानसात सालको क्रान्तिमानव विकास अर्थशास्त्रविद्यार्थीनेपालमा कृषिसुनसरी जिल्लादशरथ चन्दवर्षा ऋतुयमबुद्धसामन्तवाददोधारा चाँदनी पुलपशुपतिनाथ मन्दिरमदन भण्डारीसम्पादनखड्काव्यासखड्गप्रसाद ओलीआत्रेय गोत्रअर्थनेपालका जातिहरूपृथ्वीनेपाल सशस्त्र प्रहरी बलसुधा त्रिपाठीस्थानीय कार्यपालिकात्रिभुवन विश्वविद्यालयराष्ट्रिय सभा (नेपाल)सङ्खुवासभा जिल्लानेपालको भौगोलिक अवस्थानेपालका प्रमुख नदीहरूको सूचीछिमेकी (कथा)प्रजननदरजनशक्तिहिन्दी भाषानेपालको सर्वोच्च अदालतरामायणराजनीतिक दलपुदिनाकिराँत कालभौतिक विज्ञानकोलेस्टेरोलकार्यपालिकादाइजोमधेश प्रदेशरसुवा जिल्लासुशासननेपाल राष्ट्र बैङ्कनेपालै नरहेशिखरिणी छन्दनेपालको संविधान २०७२सुशान्त केसीअध्यादेशअंशुवर्माभारद्वाज ऋषिखस ब्राह्मणसमाजहोलीसूर्य४२ सालको पर्वआमाआगन्तुक शब्द🡆 More